Living Goddess Kumari

जीवित देवी कुमारीमाथी राजनीति हावी भएको छ । नागरीक सम्वादमा कुरा गर्ने क्रममा तलेजु भवानी मन्दिरका मूल पुजारीले यस्तो गुनासो गरेका हुन् । उद्धव कर्माचार्य २३ वर्ष देखि तलेजु भवानी मन्दिरका पुजारीका रूपमा कार्यरत छन् ।
पटक पटक जीवीत देवी कुमारीमा राजनीति गर्न नहुने भन्दै गुठी संस्थान, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्र पठाए पनि कुनै सुनुवाइ नभएको पुजारीले बताए । धर्म, संस्कृतिमा पैसाको कुराले गर्दा अहिले सबैले ‘मनी लिभिङ गडेस ’ भनेर जिस्क्याउने गरेको छ । पैसा दिएमा कुमारीको जुनसुकै बेला पनि दर्शन गर्न पाउने, राष्टाध्यक्ष्ँलाइ कुमारीबाट प्रसाद ग्रहण गर्न लगाउनुको साटो इन्द्रजात्रा व्यवस्थापन समितिबाट टिका ग्रहण गर्न लगाउनु नियम विपरित भएको उनले बताए । कुमारी घर भनेको पवित्र स्थल हो ।
कुमारी छान्ने प्रक्रियामा समेत राजनीतिक पार्टीको दवाव दिने, पुजारीलाइ भन्न लगाउने जस्ता विषय पछिल्लो कुमारी छनौट देखि हावी भएको छ । नेपालमा बौद्ध र हिन्दु धर्मको  आस्ताको रुपमा रहि आएको जीवित देवी कुमारीले विश्वको ध्यान समेत तानेको छ । यस्ता विषयमा पनि राजनीति हावी हुनु राम्रो नभएको बताए । राष्टअध्यक्षले कुमारीको दर्शन गर्दा समेत सचिवालयमा रहेका व्यक्तीहरुले राम्रोसँग जानकारी गराएका छैनन् ।
मल्लकालिन समयबाट चल्दै आएको जीवीत देवी कुमारी तलेजु भवानी मन्दिरको दोस्रो रुप हो । वर्षको एक पटक मात्र तलेजु भवानी मन्दिर सर्व साधारणको दर्शनका लागि खोलिने हुनाले जिवित कुमारीको स्थापना गरिएको हो । अहिले ४ वर्षिया तृष्णा शाक्य १३ कुमारी हुन् । गिन्तीको हिसावले अहिलेको कुमारी १२ मा पर्छिन् । तर स्व. राजा त्रिभुवनको पालामा कुमारीलाइ विफर आएको बेला गालामा खत बसेको थियो । त्यसैले चार वर्षमै अर्को कुमारी परिर्वतन गरियो । विस  १९३८ साल अघि कुमारीका आमाबुवा कुमारीसँगै कुमारी घरमा बस्ने प्रचलन थियो । विस १९३८ पछि मात्रै कुमारी घरमा आमाबुवालाइ नराखेर जिवित देवी कुमारीका लागि सुसारे राख्न लागिएको हो ।

The French Bakery (A true delight)

We recently visited the French Bakery in Chhetrapati to see just what it is that makes it such a sought after eatery.

It is the place itself that hits you first. The layout is your typical crash pad, ideal for hours of meaningful discussions, a quiet space for your reading-studying indulgences and a cozy area for some intimate moments with your loved one. Top it off with good food, and what better heaven could there be?

Fronting the bakery is a large shelf that bears magazines and jars of spices and cups and all things that don’t look like they belong together. But it’s the chaos that gives the bakery an aesthetic appeal.The menu is a work in progress. They are developing their own vegan menu, gluten free cakes and specials that change on a daily basis. There’s so much to choose from but it gets harder to narrow down your order. Not only does everything sounds interesting, but the food here tastes amazing as well. The food comes with many side dishes and each one is a visual delight.Impossible to miss are the cakes. There’s the chocolate truffle – it’s so rich and good that you will want to go back for more. There are brownies too that are equally delightful. For the next birthday celebration, look no more  the French Bakery is right here.

 

 

 

 

 

निर्मला हत्यामा प्रहरीबाट लापरवाही भएको छ, दोषीलाई कारवाही हुन्छः गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले जनताको सुरक्षाका लागि गृह प्रशासनले क्षमताले भ्याएसम्म काम गरिरहेको बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले एकाध घटनासँग जोडेर प्रहरी प्रशासनको इमान्दारी र निष्ठाप्रति उठाइएको प्रश्न जायज नभएको बताए। मन्त्री थापाले भने, “लागूऔषधको कारोवार, मदिरा सेवन र अश्लील वेबसाइटले महिला हिंसा र बलात्कारको घटना वृद्धि गराउन सहयोग गरेको छ, यसलाई नियन्त्रण गर्न जनता, नागरिक समाज र सरकारका निकायले वडा तहदेखि नै सशक्त रुपमा अभियान चलाउनुपर्छ।”

समाजमा देखिएका यावत् विकृतिजन्य घटना नियन्त्रण गर्न परम्पराभन्दा माथि उठेर नीति, नेतृत्व र संरचनामा व्यापक सुधारको खाँचो रहेको बताउँदै उनले कञ्चनपुरकी निर्मला पन्तको हत्याको घटनामा संलग्न दोषीलाई यथाशक्य छिटो कानूनी कठघरामा उभ्याइने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय प्रहरी प्रशासनको कमजोरी र लापरवाहीका कारण जसरी अनुसन्धान अघि बढ्नुपथ्र्यो त्यो हुन नसकेको स्वीकार्दै गर्दै गृहमन्त्री थापाले भने, “सामन्ती सोच र पूँजीवादको उपजका रुपमा यस्ता घटना हुने गर्छ। अपराधलाई राजनीतिकीकरण तथा राजनीतिलाई अपराधीकरण गर्न हुँदैन, अपराध नियन्त्रण गर्नु हामी सबैको साझा दायित्व हो।”

पन्तको हत्यासम्बन्धी प्रहरीले तयार गरेको मुचुल्कामा भारतमा रहेका उनका बाबुको पनि सहीछाप परेको भनी प्रहरीबाट कागज तयार गरिएको घटनालाई अनुसन्धानमा गम्भीर त्रुटिका उदाहरणका रुपमा लिँदै गृहमन्त्रीले समितिलाई त्यसबारे जानकारी दिएका थिए।

श्रीयाको बलात्कारपछि हत्या प्रकरण, यस्तो छ घटनाक्रम

पोखराकी १० वर्षीय बालिका श्रीया सुनारको बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। सुनारलाई उनकै छिमेकी २७ वर्षीय कुसुम पौडेलले बलात्कार पछि हत्या गरेको प्रहरीले बताएको छ। पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्। बालिका बस्दै आएको घरबाट २ मिनेटको दुरीमा घर भएका पौडेल ४ बर्षीय बच्चाको बाबु समेत हुन्।

कास्की प्रहरीले पत्रकार सम्मेलन गरेर पौडेललाई सार्वजनिक गरेको हो। पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा बालिका मृत भेटिएपछि प्रहरीले अनुसन्धानको प्रक्रिया थालेको थियो। पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा बालिकाको शवको पोष्टमार्टम गरिएको थियो। स्थानीय लीला आधारभूत विद्यालय कक्षा ३ मा अध्ययनरत सुनार सोमबार साँझ ६ बजे बिस्कुट किन्ने भन्दै पसलतर्फ लागेकी थिईन्। स्थानीयका अनुसार बाबुले दोश्रो विवाह गरेपछि मामाघरमा आमासँग बस्दै आईरहेकी सुनारको शव मंगलबार बिहान ८ बजे भेटिएको थियो।

साँझ विस्कुट किन्न घरबाट निस्किएकी उनी घर फर्किएपछि उनको खोजी भएको थियो। प्रहरी र स्थानीयले उनको शव स्थानीय मन्दिरको पूर्व तर्फ भिरालो जंगलमा मंगलबार साँझ फेला पारेका थिए। घटनाको अनुसन्धानको लागि जिप्रका कास्कीबाट डिएसपी रविन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्की खटिएका थिए। प्रहरीले पौडेललाई राती २ः३० बजे पक्राउ गरेको थयो।

यस्तो छ घटना

वैदेशिक रोजगारीबाट फर्किएका उनी सामान्य लेवर काम गर्दै आएका थिए। उनले साथीहरुसँग बसेर स्थानीय भट्टीमा रक्सी पिए। त्यसपछि बाँकी रहेको रक्सी बोकेर साथीको घरमा पुग्छन् र पिउन थाल्छन्। त्यहाँबाट उनी चुरोट किन्नलाई भन्दै रक्सी कै नशामा पसल तर्फ लाग्छन्। सोही समयमा मृतक श्रीया विक (सुनार) पनि मामाको घरबाट एक्लै तल झर्दै गरेको उनले देख्छन्।

मामा घरबाट घरबाट अन्दाजी ६०÷७० मिटर तल एउटा सानो मन्दिर र पुरानो घर रहेको स्थानमा कुसुम र श्रीया विक (सुनार) को भेट हुन्छ। त्यहाँ उनले चकलेट खाउ भन्दै ५ रुपैयाँ दिन्छन्। त्यहाँबाट करिव १० मिटर तल एउटा पुरानो घर र पानी ट्यांकी बिचमा बोलाई पुन थप रु १० देखाई प्रभोलनमा पारी जबर्जस्ती गर्न खोज्छन्। बालिकाले प्रतिकार गर्न खोजेपछि बालिकालाई पानी ट्याङकी मुनि रहेको झाडीमा धकेली दिएका थिए ।

झाडीमा फालिएकी बालिकाको कपडा खोली जबरजस्ती गर्न खोज्दा बालिका चिच्याउन थालेपछि निजले मृतकको घाँटी दुबै हातले थिचेको, केहि समयपछि बायाँ हातले घाटीमा नै थिचीरहि दाहिने हातको चोरी औला मृतकको यौनाङ्गमा जबर्जस्ती घुसाएको प्रहरीले बताएको छ।

त्यतिबेलासम्म बालिका बेहोस भएपछि पौडेलले ढुंगाले अनुहारमा हानेका थिए। बालिकाको हत्या गरेपछि उनले त्यहाँ रहेको पानीको मूलमा हात खुट्टा धोई पखाली नजिकैको खाजा घरमा पुगेर चुरोट पिए र पसलमा दुध किन्न आएकी श्रीमतीसँगै घर गएका थिए।

भारतबाट ल्याएका थिए बिमलले एसिड

असोज ९ गते नवलपरासीको कावासोती नगरपालिका ९ डण्डा बजारकी बसन्ती परियारमाथि एसिड र छुरा प्रहार भयो। सोहि टोलका बिमल सिर्पाइलीले आफु सँग बिहे गर्न नमानेको भन्दै परियारलाई एसिड र छुरा प्रहार गरेका थिए।
उनि यतिबेला प्रहरी हिरासतमा छन।  बिमलले आफ्नो परिवार पनि बिग्रिएको र बसन्ती परियारसँग बिहे गर्न नपाएका कारण एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी समक्ष बयान दिएका छन।
बिमलको आफ्नी श्रीमती सँग समबन्ध बिच्छेदको मुद्दा चलिरहेको छ।  २७ वर्षीया बसन्तीको छाती, पेट र मुखमा चोट लागेको छ। बसन्तीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको छ भने छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट लागेको छ । उनको दायाँ गालाको हड्डी फुटेको छ । बिमलले भारत जाँदा एसिड किनेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।

Story of Transgender

तेस्रो लिङ्गीहरुको समूहमा दिलु बुदुजालाई बद्री दाईु भनेर नचिन्ने सायदै होलान्। बद्री जन्मदा छोरी भएर जन्मिए तर हुर्कंर्दै जाँदा उनमा छोराको जस्तो व्यवहार र हाउभाउ बढ्दै गयो। गाँउघरमा उनको व्यवहारको खुवै चर्चा हुन थाल्यो। लाहुरेकी बहिनी उनी तेस्रो लिङ्गी हुन् कि भनेर सोधखोज हुने गरेको विगत अहिले पनि सम्झन्छन् बद्री। उनका बुवाको सानैमा मृत्यु भयो। आमा, दाजु र दिदिहरुले केटाको जस्तो व्यवहार सुधार्नका लागि धेरै पटक चेतावनी दिए, पिटे पनि तर बद्रीको व्यवहार परिर्वतन भएन।

बद्रीलाई राम्रो शिक्षा दिइयो। घरको परिवारको चित्त बुझाउनको लागि दिलु कुमारीबाट नागरिकता झिके। उनी विदेश पनि गए। विदेशबाट फर्के पछि उनले २०६८ सालमा दिलु बुद्दुजाबाट नागरिकता झिके। तर त्यसपछि विडम्बना बद्रीले कहिल्यै विदेशमा कामदारको रुपमा जाने अनुमति पाएनन्। बद्री अहिले पनि नेपाल कम्यूनिष्ट पार्टी म्याग्दीका जिल्ला नेता हुन्।

उनी २०४६ को जनआन्दोलन चलिरहेकै समयमा म्याग्दीबाट काठमाडौं पहिलो पटक आएका थिए। त्यतिबेला बेला राजधानी आँउदा हिजडा भन्दै प्रहरीले कुटेको नमिठो सम्झना छ उनी सँग। बद्री तेस्रो लिङ्गीको अभियानमा लागेको १८ वर्ष भैसक्यो। व्लुडाइमण्ड सोसाइटी , मितिनी नेपाल हुँदै अहिले समावेशी मंच नेपालसँग आवद्व भएर तेस्रो लिङ्गीको अधिकारका लागि लडिरहेका छन्। परिवार, समाजबाट हेपिएका गे, लेस्वीयन, ट्रान्सजेन्डर (पुरूष–महिला र महिला–पुरूष) र वायोसेक्सुअल (महिला,पुरूष दुवैप्रति आर्कर्षित हुने) इन्ट्रासेक्सुअल (महिला,पुरूष नछुट्टिएको) छन्। समाजबाट मात्र होइन अहिले राज्यबाट समेत हेपिएको गुनासो छ उनीहरुको। बद्रीले नयाँ संसोधित ऐनमा समलिङ्गी विवाहका पक्षमा उल्लेख नगरिएकाले कानुनी रुपले असुरक्षीत भएको भन्दै धेरै ट्रान्सजेण्डरका पार्टर्नले समेत छोडेर गएको बताए। जसले गर्दा अनौपचारिक रुपमा विवाह गरेर बसेका वा लिभिङ टुगेदरमा बसेका तेस्रो लिङ्गीहरु समस्यामा परेका छन्।

त्यसै पनि तेस्रो लिङ्गीलाई घरबेटीले कोठाभाडा दिन मान्दैनन्। कहि काम गर्न गयो हेपाहा प्रवत्ति हुन्छ। जसले गर्दा ट्रान्सजेण्डर सडकमा ुसेक्सु रोजीरहेका छन्। परिवारले उनीहरुमा आएको प्राकृतिक परिवर्तनलाई अस्वीकार गर्दाको तनाब अर्को छ। तेस्रो लिङ्गीमा महिलाबाट पुरूष बन्नेहरुले पाठेघर फ्याँक्ने प्रवृत्ति अहिले धेरै चलेको छ। पटक पटक महिनावारी हुने भएको कारणले पनि यसो गर्ने गरेको बद्रीले कुराकानीको क्रममा बताए। तर बद्रीले भने आफु प्राकृतिक रुपले जस्तो छन् त्यस्तै स्वीकार गरेको बताए। अरु ट्रान्सजेन्डरलाई पनि त्यस्तै स्वीकार गर्न उनको सुझाव छ।

पुरूषबाट महिला बनेका ट्रान्सजेन्डरहरुले भने छाती बढाउने, दाह्री जुङ्गा नआउने हर्मोनको औषधी प्रयोग गर्ने गरेका छन्। यो सहज र सस्तो छ। यसले ट्रान्सजेन्डरहरुमा शरिरमा एलर्जी हुने समस्या देखिएको छ। केहि पैसा भएकाहरु जो पुरूषबाट महिला बनेका छन् उनीहरुले स्तनमा सिलिकन प्रयोग गरेका छन्। लिङ्ग समेत परिवर्तन गराएका छन्। तर अंग प्रत्यारोपण गराउने केहि ट्रान्सजेन्डरमा समेत इन्फेक्सन भइरहने समस्याले सताएको छ।

अध्याँरो रातमा उज्यालो सिद्धपोखरी

बर्षभर घुमन्ते र पर्यटकले भरिभराउ रहने यो पोखरीमा इन्द्रजात्राको दिन भने बिशेष रौनक हुन्छ।भक्तपुर नगरपालिका, दुधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली हुने गर्छ.।इन्द्रजात्राको दिन बिहानै देखि श्रद्दालुहरु यहाँ आएर स्नान गर्ने गर्छन। वर्षभरिमा पोखरीमा यही एक दिन मात्रै स्नान गर्न छुट छ ।दिउसो इन्द्रायणलाई पुजा गर्दै खटमा राखेर शहर परिक्रमा गराउँछन र साँझ सिद्धपोखरीमा दिपावली गरी स्वागत गर्ने गर्छन।पोखरीका चारै दिसामा दुई तला बनाएर दिपावली गर्ने गरिन्छ। दिपावलीको लागि भक्तपुर नगरपालिकाले आवश्यक तेलको व्यवस्था गर्ने गरेको छ.। पुर्णीमाको रातमा लहरै राखिएका बत्तिको प्रकाश पोखरीमा ठोक्किदा जो कसैको मन फुरुङ्ग्ग हुन्छ।बर्षा सकिएको संकेत गर्दै भगवान इन्द्रको पुजा गरी यो पर्व मनाइने गरिन्छ।यो इन्द्रायणीको जात्रा भए पनि सर्वसाधारणले सिद्धपोखरीको जात्राको रुपमा लिने गरेका छन् ।इन्द्रायणीलाई सिद्धपोखरीमा लगेर पूजाआजा गरी पोखरीमै मेला लाग्ने भएकाले यसलाई सिद्धपोखरी मेलाको रूपमा लिन थालिएको छ।

भक्तपुरका साना ठुला ३४ पोखरी मध्ये यो सबै भन्दा ठुलो तपुखू (ठुलो पोखरी) पोखरी हो।
यो पोखरीको निर्माण १५ औ शताब्दीको सुरुवाततिर यक्ष मल्लले निर्माण गराएको इतिहास छ।
ऐतिहासिक र पुरातात्विक महत्व बोकेको यो पोखरीमा रहेका विभिन्न रंगका माछाले पनी यसको आकर्षण थप बढाएको छ।१ सय ५८ मिटर लम्बाइ, ७२ मिटर चौडाइ र ४ मिटर गहिराइ भएको यस पोखरी यतिबेला भक्तपुर नगरपालिकाको संरक्षणमा छ।

सेक्सलाई कुण्ठाको विषय नबनाऔँ

पछिल्लो समय देशभित्र बलात्कारका घटना बढ्दो छ । बलात्कार र महिला माथि भैरहेको समग्र हिंसा कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बहस चल्दै गर्दा केहिले बलात्कार जस्तो संवेदनशिल घटनाका दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै आएका छन् । तिनै अभियान्ता मध्येका एक हुन सावित्री सुवेदी । नागरिक सगँको कुराकानीमा
सुवेदीले बलात्कार निर्मुल पार्न सेक्सको सवालमा परिवार र समाज निकै खुल्ला हुनुपर्ने बताएकी छिन । समाजमा दिनानुदिन बढिरहेको बलात्कारका घटनाको पछाडि हाम्रो समाजको सेक्सलाई हेर्ने संकिण मानसिकता पनि एउटा मुख्य कारण रहेको उनको जिकिर छ। बाकी भिडियोमा।

फर्निचर एक्स्पोमा ३ सय देखि ३ लाख सम्मको फर्निसिङ सामान

असोज ४ गते देखि काठमाडौंको भृकुटीमण्डपमा जारी छैटौं फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’आयोजकले अपेक्षा गरेभन्दा भब्य रुपमा आज सम्पन्न भएको छ ।

३ सय देखि ३ लाख सम्मका समान राखिएको एक्स्पो ७५ हजारभन्दा बढीले उपभोक्ताले अवलोकन गरेको नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । सयभन्दा बढी स्वेदेशी तथा विदेशी ब्रान्ड तथा कम्पनी सहभागी एक्स्पोमा सहभागी सबै प्रदर्शकले दसैंलक्षित छुटमा सामान उपलब्ध गराएका थिए ।

विगत वर्षका एक्स्पोको तुलनामा यसपटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहेका कारण अवलोकनकर्ताको भीड लागेको आयोजकको भनाइ छ ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण बनेका छन् । यसका साथै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका उत्पादनमा अवलोकनकर्ताको भीड देखिएको छ । एकै छाना मुनी आफूलाई आवश्यक सबै उत्पादन खाज्नेका लागि एक्स्पो एक उपयुक्त केन्द्र बनेको उपभोक्ता र आयोजकको भनाइ छ ।

करिव ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल नेपाली फर्निचर उद्योग आफ्नो बजार विस्तार गर्न राम्रो वातावरणको पर्खाईमा छ ।

निर्मला हत्यासँग जोडिएका विभिन्न पक्ष 

कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना भैसकेको छ। निर्मलाको हत्याबारे धेरै तथ्य बाहिर आएको भए पनि प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन र पीडित पक्षलार्इ न्याय दिलाउन सकेको छैन्। नागरिक ३६० को यस शृंखलामा हामी निर्मला पन्तको हत्यासँग जोडिएका विभिन्न पाटोमाथि चर्चा गर्दैछौं।

यौन प्रस्ताव अस्वीकार गर्दा एसिडले लियो ज्यान

गत भदौ २६ गते मंगलबार राति एसिड आक्रमणमा परेकी चन्द्रनिगाहपुर ६ की १७ वर्षीया सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ। एसिड आक्रमणबाट घाइते भएकी १५ वर्षीया सुस्मिता दासको अवस्था भने सामान्य रहेको छ।
उपचारको क्रममा किटाणुको संक्रमण बढ्दै गएको र किटाणुको असर अन्य अंगमा पनि बढ्दै गएकाले उनको मृत्यु भएको डा.सुरेन्द्र बस्नेतले बताएका छन्। उनका अनुसार एसिडले जलेको भाग निकालेर फालेपछि त्यस भागमा शरीरकै अन्य स्थानबाट छाला ल्याएर पुर्नुपर्ने हुन्छ।
‘१७ बर्षे सम्झना दासको छाला भर्ने प्रक्रिया त पुरा भयो तर त्यसपछि हुने इन्फेक्सनबाट बचाउन सकिएन’, चिकित्सक सुरेन्द्र बस्नेतले भने।
सम्झनामाथि आफ्नै छिमेकी, साइनोमा ठुलोबुवा पर्ने रामबाबु पासवानले आफ्नो यौन प्रस्ताव नस्वीकारेको भन्दै एसिड छ्यापेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी अहिले प्रहरी हिरासतमा छन्।
कान्छी आमासँग रहदै आएका दास दिदीबहिनीकी आमा धनमाया तामाङ छोरीहरु अस्पतालमा भएको खबर पाएर मलेसियाबाट फर्किएकी थिइन।

दशैंमा कर्णालीको फापर र गेडागुडी बेच्ने खाद्य संस्थानको तयारी

नेपालीको महान चाड दशैंलाई लक्षित गर्दै नेपाल खाद्य संस्थानले यस पटक पनि काठमाडौं लगायत प्रमुख सहरहरुमा सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्दैछ। संस्थानले देशभरका विभिन्न बिक्री डिपोबाट चामल, गेडागुडी, गहुँ, कर्णालीको सिमी, फापर बेच्ने तयारी पुरा गरेको संस्थानका सूचना अधिकारी शंकर सापकोटाले जानकारी दिए। संस्थानमाथि सर्वसाधारणलाई सहज रुपमा खाद्यान्न उपलब्ध गराउन नसकेको आरोप लाग्ने गरेको छ ।