Living Goddess Kumari

जीवित देवी कुमारीमाथी राजनीति हावी भएको छ । नागरीक सम्वादमा कुरा गर्ने क्रममा तलेजु भवानी मन्दिरका मूल पुजारीले यस्तो गुनासो गरेका हुन् । उद्धव कर्माचार्य २३ वर्ष देखि तलेजु भवानी मन्दिरका पुजारीका रूपमा कार्यरत छन् ।
पटक पटक जीवीत देवी कुमारीमा राजनीति गर्न नहुने भन्दै गुठी संस्थान, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्र पठाए पनि कुनै सुनुवाइ नभएको पुजारीले बताए । धर्म, संस्कृतिमा पैसाको कुराले गर्दा अहिले सबैले ‘मनी लिभिङ गडेस ’ भनेर जिस्क्याउने गरेको छ । पैसा दिएमा कुमारीको जुनसुकै बेला पनि दर्शन गर्न पाउने, राष्टाध्यक्ष्ँलाइ कुमारीबाट प्रसाद ग्रहण गर्न लगाउनुको साटो इन्द्रजात्रा व्यवस्थापन समितिबाट टिका ग्रहण गर्न लगाउनु नियम विपरित भएको उनले बताए । कुमारी घर भनेको पवित्र स्थल हो ।
कुमारी छान्ने प्रक्रियामा समेत राजनीतिक पार्टीको दवाव दिने, पुजारीलाइ भन्न लगाउने जस्ता विषय पछिल्लो कुमारी छनौट देखि हावी भएको छ । नेपालमा बौद्ध र हिन्दु धर्मको  आस्ताको रुपमा रहि आएको जीवित देवी कुमारीले विश्वको ध्यान समेत तानेको छ । यस्ता विषयमा पनि राजनीति हावी हुनु राम्रो नभएको बताए । राष्टअध्यक्षले कुमारीको दर्शन गर्दा समेत सचिवालयमा रहेका व्यक्तीहरुले राम्रोसँग जानकारी गराएका छैनन् ।
मल्लकालिन समयबाट चल्दै आएको जीवीत देवी कुमारी तलेजु भवानी मन्दिरको दोस्रो रुप हो । वर्षको एक पटक मात्र तलेजु भवानी मन्दिर सर्व साधारणको दर्शनका लागि खोलिने हुनाले जिवित कुमारीको स्थापना गरिएको हो । अहिले ४ वर्षिया तृष्णा शाक्य १३ कुमारी हुन् । गिन्तीको हिसावले अहिलेको कुमारी १२ मा पर्छिन् । तर स्व. राजा त्रिभुवनको पालामा कुमारीलाइ विफर आएको बेला गालामा खत बसेको थियो । त्यसैले चार वर्षमै अर्को कुमारी परिर्वतन गरियो । विस  १९३८ साल अघि कुमारीका आमाबुवा कुमारीसँगै कुमारी घरमा बस्ने प्रचलन थियो । विस १९३८ पछि मात्रै कुमारी घरमा आमाबुवालाइ नराखेर जिवित देवी कुमारीका लागि सुसारे राख्न लागिएको हो ।