डा. बाबुराम भट्टराई : छोरी नजन्मदै ‘डर्टस अफ कार्ल मार्क्स’ उपहार दिने बाबु

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पहिलो सन्तानको मुखसम्म हेर्न पाएनन् । भट्टराई र हिसिला यमीको २०४० सालमा जेठो सन्तानको रूपमा छोरा जन्मीए पनि विडम्वना जन्मेको केहि घण्टामै उसले संसारबाट विदा लियो ।
दोस्रो सन्तानको रूपमा छोरी अर्थात मानुषी यमी भट्राई जन्मीइन् । छोरी जन्मनु उनका लागि उत्सव थियो । छोरी जन्मनु केहि महिना अघि नै पूर्व डा. भट्राईले ‘डर्टस अफ कार्ल मार्क्स  ’ छोरीका लागि उपहार छोडेका थिए पत्नी हिसिलालाई । पुस्तकमा उनले हस्ताक्षर गरेका थिए । बाबुराम र मानुषीको भावनात्मक भन्दा पनि बढी बौद्धिक सम्बन्ध रहेको आमा हिसिलाको भनाई छ । कहिलेकाँहि आफुसँग भन्दा पनि छोरी मानुषीसँग बाबुरामको कुरा बढी मिल्ने उनी बताउँछिन् ।
बाबुराम भट्राई र हिसिलाको सम्बन्ध भावनात्मक भन्दा पनि विवेकसंगत बढी रहेको लाग्छ । बाबुराम र हिसिलाको भारतमा विवाह हुँदा पनि उनीहरूले विवाह गर्नु पूर्व एउटा हस्ताक्षर गरेका थिए । जसमा लेखिएको थियो “हाम्रो सम्बन्ध भनेको समाज रूपान्तरणका निम्ती साधक हुनुपर्छ । जतीबेला हामीलाई बाधक लाग्छ त्यत्ती बेला यो टुट्न पनि सक्छ ।”  चालिस वर्षको अन्तरालमा अहिले टुट्ने लक्षण भन्दा पनि झन् बलियो हुँदै गएको बाबुरामले सुनाए ।
२०६५ मा अर्थमन्त्री, २०६८ भाद्र देखि २०६९ साल चैत्रसम्म मुलुकको ३६ औ प्रधानमन्त्री बने बाबुराम । त्यसपछि तत्कालिन एनेकपा माओवादी पार्टीको उपाध्यक्ष पद र संसद सदस्यता २०७२ साल असोजमा परित्याग गरे । विसं २०७३ साल असार २७ गते औपचारिक रुपमा निर्वाचन आयोगमा नयाँ शक्ती पार्टी नेपाल दर्ता गरे । बाबुराम भट्राईले पार्टी परित्याग गर्ने निर्णय सबैभन्दा पहिले छोरी मानुषीसँग भनेका थिए । त्यत्ती बेला मानुषी अचम्मीत परेकी थिइन् । मानुषीले भन्छिन् ‘ बाले यस्तो निर्णय एक दिनुुहुन्छ भन्ने थियो तर यस्तो अवस्थामा लिनु हुन्छ भनेर सोचेकी पनि थिएन ।’
बाबुरामलाई लाग्छ सम्बन्ध भनेको जहिले पनि पूरक हुनुपर्छ । हामी धेरैले आफू जस्तो छौ उस्तै अर्को पनि खोज्छौ तर उनलाई त्यो ठिक लाग्दैन । आफूभन्दा विपरित हुनुपर्छ । बाबुराम अन्तरमुखी छन् । हिसिला बहिरमुखी गुण भएकी छिन् । उनलाई हिसिला हुँदा एकदमै सहज लाग्छ । हिसिलाले गर्दा आफु बढी समाजिक भएको मान्छन् बाबुराम । राजनीतिक परिवार र त्रासको वातावरणमा हुर्कीएकी मानुषीलाई आमा बुवाको अनुपस्थिती भन्दा पनि आमाबुवाको उपस्थिती अनौठो लाग्छ ।
आफ्नो सफलतामा भाइ शिव भट्राई, बुवा र आमाको सहयोग धेरै ठूलो रहेको उनलाई लाग्छ । नेपाल, बेलायत, नैनीताल, दार्जिलिङ हुँदै २०१६ मा दिल्लीको जवाहरलाल नेहरू विद्यालयबाट राजनीति शास्त्रबाट एमफिल सकेकी मानुषीले पीएचडीको पढाइ छोडेर नेपाल फर्किइन् । मानुषी बा हुर्केको, पढेको परिवेशबाट पनि आफुले धेरै कुरा सिकेको बताउँछिन् ।
मानुषीको तनहुँका जेकेन्द्र श्रेष्ठसँग प्रेम विवाह भयो । छोरीको विवाह हुँदा बाबुराम निकै भावुक भए । भावुक हुनुको कारण पनि रहेछ । सानो छँदा गाँउघरमा विवाहमा बाजा बजीरहँदा दुलही रूदाँ बाबुराम पनि रूने रहेछन् । जसले गर्दा उनी छोरी मानुषीलाई अन्माउँदा भावुक बनेका रहेछन् ।
मानुषीसँग पनि विवाहको रमाइलो अनुभुती रहेछ । विवाह समारोह सकिएपछि जानुपर्छ भन्ने उनले सोचेकी रहिन्छन् । समारोह सकिएपछि मानुषी लुगा चेन्ज गर्न गएकी थिइन् । त्यत्तीकैमा ल विदाइ हुन्छ अब भनेर बोलाउन आएपछि आफु झसङ्ग भएको बताइन् । गाडीमा चढीसकेपछि ‘आमाले जेकेन्द्र जीसँग ल है छोरीको  ख्याल राख्नु है’ भनेपछि मात्र सेन्टीमेन्टल बनाएको थियो । हो साच्चीकै जाँदैछु जस्तो लाग्यो । मानुषी र बाबुराम भट्टराईका रूचीमा पनि खासै फरक भएको हिसिला बताउँछिन् ।
कार्यक्रम “सम्बन्धहरु” मा आधारित भएर लेखिएको –बाँकी भिडियो