म जुनसुकै बेला मर्न सक्छु : डा.गोविन्द केसी

१५ पटक अनशन बस्दा पनि चिकित्सा शिक्षा ऐन पारित नगरी संसद अधिवेशन अन्त्य गरेकोमा विरोध जनाउँदै डा. गोविन्द केसीले यसको विषयमा तत्काल ठोस कदम नचाले १६ औं पटक अनशन बस्ने चेतावनी दिएका छन्। तर १६ औं अनशनको स्वरुप कस्तो हुनेबारे खुलाएनन्। ‘१६ औ अनशन कहाँ हुन्छ, कसरी हुन्छ? म कसैलाई पनि भन्दिन। तर यो निर्णायक हुन्छ’, उनले भने। तर उक्त अनशन कुशासनका विरुद्ध हुने पनि उनले स्पष्ट पारे। आफू जनताको सेवक भएको र काजमा बिदा लिएर अनशन बसेको पनि स्पष्ट पारे। ‘मैले नेताले जस्तो मालिक हुन खोजेको होइन, म तीन करोड नेपालीको सेवक हुँ, ओलीजीहरु नोकर हुन, तर मालिक जस्तो नाटक गरिरहेका छन्।’ राजनीति गर्नेले विवेक पुर्याएनन् भन्दैमा आफूले विवेकको मुखमा ताला लगाउन नसक्ने उनको स्पष्टोक्ति छ। आफू तीन करोड नेपालीको प्रतिनिधित्व गर्दै लडिरहेको बताउँदै डा केसीले देशका लागि जुनसुकै समय मर्न सक्ने पनि बताए।