कतारले दिएको बिझाइरहने घाउ

पहिलो पटक साउदी अरब गएका धादिङका भुपेन्द्र मल्ल ठकुरीका लागि वैदेशिक रोजगारी केही समय फापेकै थियो। सम्झौता गरे अनुसारको काम नपाए पनि दुख गरेर केही पैसा जोगाउदै नेपाल पठाउदै पनि थिए। तर भावीको लेखा भुपेन्द्रको जीवनमा एका एक नसोचेको घटना घट्छ। विदेशमा कमाएर पठाएको सबै पैसा लिएर भुपेन्द्रकी जहान अपरिचित व्यक्ति सँग हिडछिन्। भुपेन्द्रले जीवन जिउने सहारा खोजे र रोजे पनि। अनि सुरुभयो उनको जीवनको दोस्रो अध्याय। जीवनको दोस्रो अध्याय सुखमय बनाउने सोचमा लागेका भुपेन्द्र आफ्नै देशमा केही गरु भन्दै पाइलाहरु अघि बढाउन खोज्छन तर भेट्दैनन्। अन्तत फेरी उही बाटो रोज्छन वैदेशिक रोजगारीको र लाग्छन् खाडी मुलुक कतार। तर सुख र दुखको संगम हुँदै अघि बढिरहेको भुपेन्द्रको जीवनमा एकाएक बज्रपात आइपर्छ। कतार बाट फर्किएपछि राजधानीको नारायणगोपाल चोक महाराजगंज नजिकै सानो रेडिमेड कपडा पसल संचालन गरिरहेका भुपेन्द्रको डलर कमाउदाको कथा सुन्न हामी उनकै पसलमा पुग्यौ।