बाल सैन्यको मुद्धा उठाउने विष्टलाई विदेश जान रोक

काठमाडौं, ७ भदौ
तत्कालिन माओवादीका पूर्व बाल सैनिक लेनिन विष्टलाई विदेश जान रोक लगाइएको छ । अन्र्तराष्ट्रिय युवाहरुको कार्यक्रमका लागि थाइल्यान्ड जान लागेका माओवादीका पूर्व बालसैनिक बिष्टलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार विहान ब्ल्याक लिष्ट परेको भन्दै फर्काएको हो । उनी विरुद्ध अदालत वा प्रहरीमा कुनै मुद्धा नभएपनि सरकारले के कारणले उनलाई विदेश जान रोक लगाएको हो भन्ने स्पष्ट खुलेको छैन ।
माओवादी युद्धताका भर्ना भएका वाल सैनिकहरुको अवस्था नाजुक भएको र उनीहरुले गरेको योगदानलाई पार्टी अवमूल्यन गरेको भन्दै विगत केही वर्षदेखि बाल सैन्यको मुद्धा प्रखर रुपमा उठाउदै आएका विष्टलाई अध्यागमन कार्यालयले सरकारसँग अनुमति नलिएका कारण जान रोक लगाएको जनाएको छ । ‘अन्तर्राष्ट्रिय युवा मञ्चमा बालसैनिकको कुरा उठाउन सक्ने भन्दै मलाई विमानस्थलबाट फर्काइएको हो आज विहानै मात्र मलाई कालो सूचीमा राखिएको रहेछ’ विष्टले नागरिकसँग बताए । यसअघि उनी रसिया लगायत विभिन्न देशको भ्रमण गरिसकेका छन् ।