फर्निचर एक्स्पोमा ३ सय देखि ३ लाख सम्मको फर्निसिङ सामान

असोज ४ गते देखि काठमाडौंको भृकुटीमण्डपमा जारी छैटौं फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’आयोजकले अपेक्षा गरेभन्दा भब्य रुपमा आज सम्पन्न भएको छ ।

३ सय देखि ३ लाख सम्मका समान राखिएको एक्स्पो ७५ हजारभन्दा बढीले उपभोक्ताले अवलोकन गरेको नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । सयभन्दा बढी स्वेदेशी तथा विदेशी ब्रान्ड तथा कम्पनी सहभागी एक्स्पोमा सहभागी सबै प्रदर्शकले दसैंलक्षित छुटमा सामान उपलब्ध गराएका थिए ।

विगत वर्षका एक्स्पोको तुलनामा यसपटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहेका कारण अवलोकनकर्ताको भीड लागेको आयोजकको भनाइ छ ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण बनेका छन् । यसका साथै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका उत्पादनमा अवलोकनकर्ताको भीड देखिएको छ । एकै छाना मुनी आफूलाई आवश्यक सबै उत्पादन खाज्नेका लागि एक्स्पो एक उपयुक्त केन्द्र बनेको उपभोक्ता र आयोजकको भनाइ छ ।

करिव ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल नेपाली फर्निचर उद्योग आफ्नो बजार विस्तार गर्न राम्रो वातावरणको पर्खाईमा छ ।