अध्याँरो रातमा उज्यालो सिद्धपोखरी

बर्षभर घुमन्ते र पर्यटकले भरिभराउ रहने यो पोखरीमा इन्द्रजात्राको दिन भने बिशेष रौनक हुन्छ।भक्तपुर नगरपालिका, दुधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली हुने गर्छ.।इन्द्रजात्राको दिन बिहानै देखि श्रद्दालुहरु यहाँ आएर स्नान गर्ने गर्छन। वर्षभरिमा पोखरीमा यही एक दिन मात्रै स्नान गर्न छुट छ ।दिउसो इन्द्रायणलाई पुजा गर्दै खटमा राखेर शहर परिक्रमा गराउँछन र साँझ सिद्धपोखरीमा दिपावली गरी स्वागत गर्ने गर्छन।पोखरीका चारै दिसामा दुई तला बनाएर दिपावली गर्ने गरिन्छ। दिपावलीको लागि भक्तपुर नगरपालिकाले आवश्यक तेलको व्यवस्था गर्ने गरेको छ.। पुर्णीमाको रातमा लहरै राखिएका बत्तिको प्रकाश पोखरीमा ठोक्किदा जो कसैको मन फुरुङ्ग्ग हुन्छ।बर्षा सकिएको संकेत गर्दै भगवान इन्द्रको पुजा गरी यो पर्व मनाइने गरिन्छ।यो इन्द्रायणीको जात्रा भए पनि सर्वसाधारणले सिद्धपोखरीको जात्राको रुपमा लिने गरेका छन् ।इन्द्रायणीलाई सिद्धपोखरीमा लगेर पूजाआजा गरी पोखरीमै मेला लाग्ने भएकाले यसलाई सिद्धपोखरी मेलाको रूपमा लिन थालिएको छ।

भक्तपुरका साना ठुला ३४ पोखरी मध्ये यो सबै भन्दा ठुलो तपुखू (ठुलो पोखरी) पोखरी हो।
यो पोखरीको निर्माण १५ औ शताब्दीको सुरुवाततिर यक्ष मल्लले निर्माण गराएको इतिहास छ।
ऐतिहासिक र पुरातात्विक महत्व बोकेको यो पोखरीमा रहेका विभिन्न रंगका माछाले पनी यसको आकर्षण थप बढाएको छ।१ सय ५८ मिटर लम्बाइ, ७२ मिटर चौडाइ र ४ मिटर गहिराइ भएको यस पोखरी यतिबेला भक्तपुर नगरपालिकाको संरक्षणमा छ।