दशैंमा कर्णालीको फापर र गेडागुडी बेच्ने खाद्य संस्थानको तयारी

नेपालीको महान चाड दशैंलाई लक्षित गर्दै नेपाल खाद्य संस्थानले यस पटक पनि काठमाडौं लगायत प्रमुख सहरहरुमा सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्दैछ। संस्थानले देशभरका विभिन्न बिक्री डिपोबाट चामल, गेडागुडी, गहुँ, कर्णालीको सिमी, फापर बेच्ने तयारी पुरा गरेको संस्थानका सूचना अधिकारी शंकर सापकोटाले जानकारी दिए। संस्थानमाथि सर्वसाधारणलाई सहज रुपमा खाद्यान्न उपलब्ध गराउन नसकेको आरोप लाग्ने गरेको छ ।