श्रीयाको बलात्कारपछि हत्या प्रकरण, यस्तो छ घटनाक्रम

पोखराकी १० वर्षीय बालिका श्रीया सुनारको बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। सुनारलाई उनकै छिमेकी २७ वर्षीय कुसुम पौडेलले बलात्कार पछि हत्या गरेको प्रहरीले बताएको छ। पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्। बालिका बस्दै आएको घरबाट २ मिनेटको दुरीमा घर भएका पौडेल ४ बर्षीय बच्चाको बाबु समेत हुन्।

कास्की प्रहरीले पत्रकार सम्मेलन गरेर पौडेललाई सार्वजनिक गरेको हो। पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा बालिका मृत भेटिएपछि प्रहरीले अनुसन्धानको प्रक्रिया थालेको थियो। पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा बालिकाको शवको पोष्टमार्टम गरिएको थियो। स्थानीय लीला आधारभूत विद्यालय कक्षा ३ मा अध्ययनरत सुनार सोमबार साँझ ६ बजे बिस्कुट किन्ने भन्दै पसलतर्फ लागेकी थिईन्। स्थानीयका अनुसार बाबुले दोश्रो विवाह गरेपछि मामाघरमा आमासँग बस्दै आईरहेकी सुनारको शव मंगलबार बिहान ८ बजे भेटिएको थियो।

साँझ विस्कुट किन्न घरबाट निस्किएकी उनी घर फर्किएपछि उनको खोजी भएको थियो। प्रहरी र स्थानीयले उनको शव स्थानीय मन्दिरको पूर्व तर्फ भिरालो जंगलमा मंगलबार साँझ फेला पारेका थिए। घटनाको अनुसन्धानको लागि जिप्रका कास्कीबाट डिएसपी रविन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्की खटिएका थिए। प्रहरीले पौडेललाई राती २ः३० बजे पक्राउ गरेको थयो।

यस्तो छ घटना

वैदेशिक रोजगारीबाट फर्किएका उनी सामान्य लेवर काम गर्दै आएका थिए। उनले साथीहरुसँग बसेर स्थानीय भट्टीमा रक्सी पिए। त्यसपछि बाँकी रहेको रक्सी बोकेर साथीको घरमा पुग्छन् र पिउन थाल्छन्। त्यहाँबाट उनी चुरोट किन्नलाई भन्दै रक्सी कै नशामा पसल तर्फ लाग्छन्। सोही समयमा मृतक श्रीया विक (सुनार) पनि मामाको घरबाट एक्लै तल झर्दै गरेको उनले देख्छन्।

मामा घरबाट घरबाट अन्दाजी ६०÷७० मिटर तल एउटा सानो मन्दिर र पुरानो घर रहेको स्थानमा कुसुम र श्रीया विक (सुनार) को भेट हुन्छ। त्यहाँ उनले चकलेट खाउ भन्दै ५ रुपैयाँ दिन्छन्। त्यहाँबाट करिव १० मिटर तल एउटा पुरानो घर र पानी ट्यांकी बिचमा बोलाई पुन थप रु १० देखाई प्रभोलनमा पारी जबर्जस्ती गर्न खोज्छन्। बालिकाले प्रतिकार गर्न खोजेपछि बालिकालाई पानी ट्याङकी मुनि रहेको झाडीमा धकेली दिएका थिए ।

झाडीमा फालिएकी बालिकाको कपडा खोली जबरजस्ती गर्न खोज्दा बालिका चिच्याउन थालेपछि निजले मृतकको घाँटी दुबै हातले थिचेको, केहि समयपछि बायाँ हातले घाटीमा नै थिचीरहि दाहिने हातको चोरी औला मृतकको यौनाङ्गमा जबर्जस्ती घुसाएको प्रहरीले बताएको छ।

त्यतिबेलासम्म बालिका बेहोस भएपछि पौडेलले ढुंगाले अनुहारमा हानेका थिए। बालिकाको हत्या गरेपछि उनले त्यहाँ रहेको पानीको मूलमा हात खुट्टा धोई पखाली नजिकैको खाजा घरमा पुगेर चुरोट पिए र पसलमा दुध किन्न आएकी श्रीमतीसँगै घर गएका थिए।