मेरी बास्सैका राजु मास्टरका गफ

विप्लव माओवादीप्रति गृह प्रशासन किन लचिलो ?
काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हिंसात्मक गतिविधी बढ्दै गर्दा सरकारको भूमिकामाथि प्रश्न पनि शुरु भएको छ। पछिल्लोपटक सर्वसाधारणको ज्यान लिने गरी राजधानीमै बम विस्फोट गराइएपछि सरकारको भूमिकामाथि प्रश्नचिन्ह उठ्न थालेको हो।
शुक्रबार साँझ उक्त माओवादी घटकले देशैभर रहेका दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावर तथा बीटीएसहरुमा बम विस्फोट गरी क्षति पुर्‍याएको थियो। सोही क्रममा ललितपुर नख्खुस्थित एनसेलको मुख्यालयमा विस्फोट हुँदा एक जना सर्वसाधारणको निधन भयो भने २ जना सर्वसाधारण घाइते भए। एक दशकको गृहयुद्ध र एक दशककै संक्रमणकालबाट गुज्रिएर शान्ति तथा स्थिरताको यात्रा शुरु गरेको भनिएको समयमा भएका यी हिंसात्मक गतिविधीले फेरी एकपटक नेपाली जनतालाई युद्धको त्रास सिर्जना गरेको छ। यद्यपि विप्लव नेतृत्वको हिंसात्मक गतिविधीको यो घटना पछिल्लो कडी मात्र हो। यसको शुरुवात पहिले नै भइसकेको थियो।
पठाओ सेवा नरोक : सर्वोच्च
मोटर साइकलमा अन्य व्यक्तिलाई ओसार्ने कामबाट नेपाल सरकारको कानुन उल्लंघन भएको दावी सहित परेको एउटा रिटमा सर्वोच्च अदालतले मंगलबार सेवा रोक्न अन्तरिम आदेश दिन नमिल्ने निर्णय सुनाएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्धय केदार प्रसाद चालिसे र अनिल कुमार सिन्हाको संयुक्त इजलासले सो सेवाका विरुद्धमा परेको रिटको सुनुवाई गर्दै सो सेवा रोक्न अन्तरिम आदेश जारी नहुने जनाएको हो।
बीपी राजमार्गमा टाइमकार्ड लागु नगरेपछि छड्के चेकिङ
सिन्धुली- बीपी राजमार्गमा अत्याधिक दुर्घट्ना हुन थालेपछि गति सिमित गरि दुर्घटना न्युनिकरण लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्डलाई कडाइका साथ लागु गर्न थालेको छ। दैनिक दुर्घटना बढ्दै गएपछि तिब्र गतिकै कारण दुर्घट्ना भएको निष्कर्ष सहित ट्राफिक प्रहरीले टाइम कार्डलाई कडाइका साथ लागु गरि ट्राफिक व्यवस्थापनमा जुटेको हो।
प्रत्येक सवारीले टाइम कार्डमा उल्लेख भएअनुसारको समयलाई मध्यनजर नगर्दा दैनिक दर्जनौ दुर्घटना हुने गरेको भन्दै टाइम कार्डको लागु गरिएको हो। बनेपा–सिन्धुली–बर्दिबास सडक खण्ड अन्तर्गत नेपालथोकदेखि सिन्धुलीको भिमान सम्मका लागि गत दुई बर्ष अगाडीबाटै टाइमकार्ड राखिएको भएपनि राजमार्गमा चल्ने सवारीले टाइमकार्डको धन्जी उडाउदै तिब्र गतिमा सवारी चलाउँदा दैनिक दुर्घटना बढ्न थालेको थियो।
नेपालमा दैनिक २५ देखि ३० करोडको मोबाइल कारोबार
पेट्रोलियम पदार्थ र फलामपछि बढी कारोबार हुनेमा मोबाइल फोन हो। नेपालमा ३ करोड ८९ लाख मोबाइल फोन सञ्चालनमा छन्। एक जनाको हातमा चारदेखि पाँच वटासम्म मोबाइल पर्छ। जुन लगभग १ सय ३२ प्रतिशत हुन आउँछ। जसमा ३५ प्रतिशत प्रयोगकर्ता काठमाडौँमा छन्।
प्रतिव्यक्ति आम्दानी उल्लेख नभए पनि उपभोक्ताको मोबाइल फोन खरिदको आँकडा भने उलेख्य छ। दैनिक ७ देखि ८  हजार थानभन्दा बढी मोबाइल खपत हुने नेपाली बजारमा मोबाइलमा थप सुविधा खोज्ने ग्राहक पनि बढ्दै छन्। दैनिक २५ देखि ३० करोडको मोबाइल कारोबार हुने नेपालमा औसत १५ देखि २० हजार मूल्य पर्ने मोबाइल बढी बिक्ने ताम्राकार मोबाइल संघका अध्यक्ष जगत साउद बताउँछन्।
एकैदिन १७१ सवारी साधन कारबाहीमा
जथाभाबी हर्न बजाएर गुड्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार मात्र १७१ सवारी साधनलाई हर्न कारबाही गरेको छ। ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई बढी असर पर्ने भएकाले कारबाहीलाई तीव्रता दिइएको हो।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिए।