सुई काण्ड बारे यसो भन्छिन कलेज नेपालकी छुच्ची आमा

काठमाडौंमा ‘रअ’ प्रमुखका ४० घण्टा

भारतीय खुफिया एजेन्सी ‘रिसर्च एण्ड एनालाईसिस बिंग’ (रअ) का प्रमुख सामन्त गोयल शनिबार साँझ ३ दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं आए। गत असार ११ गते आइपीएस अधिकारीबाट (रअ) को प्रमुखमा नियुक्त भएपछि गोयल ३ सदस्यीय टोलीको नेतृत्व गर्दै पहिलोपटक नेपाल आएका हुन्।  उनको साथमा थिए, शशीभूषण सिंह तमोर (रअका उपप्रमुख तथा दक्षिण एसिया–चीन विशेषज्ञ), अरुण कुमार जैन (नेपालका लागि रअको पूर्वप्रमुख)।

शनिबार साँझ साढे ७ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गोयलको टोली नागपोखरीको जिम्बु थकालीमा भोजनका लागि पुग्यो। स्रोतका अनुसार खाना खाएर रअको टोली प्रधानमन्त्री निवास बालुवाटार पुग्यो। त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्यो। प्रधानमन्त्रीको सचिवालय यो भेट स्विकार्न तयार छैन। राजनीतिक व्यक्तिको भेट अघि खुफिया एजेन्सीका प्रमुखलाई भेट्न उपयुक्त नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गोयललाई नभेटेको बालुवाटरको भनाई छ। स्रोतका अनुसार भेट सकेर गोयल टिमसहित बास बस्नका लागि महाराजगञ्जस्थित एक प्रतिष्ठित व्यक्तिको घर पुग्यो। पहिलो दिन बुक गरेको होटलमा बसेनन्। उनीहरुको बौद्ध स्थित ह्यात होटलमा बस्ने व्यवस्था मिलाइएको थियो।

 

विप्लव समूहलाई नियन्त्रणमा लिन सफल भयौंः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सरकार मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न सफल रहेको दावी गरेका छन्। गृहमन्त्री थापाले सुरक्षा चुनौतिको रुपमा रहेको नेत्रविक्रम चन्द विप्लव समूहलाई नियन्त्रणमा लिन पनि सरकार सफल भएको बताए।

उनले अति राजनीतिकरण गरिएका कारण निर्मल पन्तको हत्यारा पत्ता लगाउन नसकिएको तर्क पनि गरे। मंगलबार मन्त्रालयको एक वर्षको कामको समिक्षा र चालू आर्थिक वर्षको कामको कार्ययोजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो हत्या प्रकरणको छानवीनको कामलाई सरकारले गम्भिरतापूर्वक अघि बढाईरहेको पनि बताए।

‘भारतीय बाँधका कारण तराई डुबानमा’

नेपाल मजदूर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराई बाढी र डुबानको मारमा परेको बताएका छन्।

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको एक तालिमको आज समापन कार्यक्रममा उनले भारतीय तटबन्धले पारेको समस्या समाधान गर्न सरकार लाग्नुपर्ने बताए। दरबार क्षेत्रमा अवस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन जीर्णोद्धार गर्न पुराना प्रमाण भेटाउन नसक्दा ढिलाइ भइरहेको बताउँदै उनले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका सम्पदा तथा सार्वजनिक र पर्ती जग्गाको अभिलेखीकरण राख्नुपर्नेमा जोड दिए।

‘विप्लवले हतियार नबिसाए वार्ता हुँदैन’

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताका लागि उसले हतियार बिसाउनुपर्ने पूर्वसर्त अघि सारेको छ। विभिन्न सम्पर्क सूत्रमार्फत विप्लव समूहसँग वार्ता प्रयास जारी रहेको धारणा सरकारी टोलीका संयोजक सोमप्रसाद पाण्डेले सार्वजनिक गरिरहेका बेला सरकारकै प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हतियार नबिसाएसम्म वार्ता असम्भव भएको बताएका हुन्।

मन्त्री बाँकोटाका अनुसार विप्लव समूह हतियार बिसाएर शान्तिपूर्ण तथा प्रतिस्पर्धाको राजनीतिमा आएमात्रै वार्तामा बस्न सकिन्छ। असम्भव मागका सामु वार्ताका नाममा ‘कुमालेको चक्र’ मा फस्ने पक्षमा सरकार नरहेको पनि उनले स्पष्ट पारे।

छोरी उमेरकी शिल्पासँग बहुविवाह गरेको भन्दै छविकी जेठी श्रीमती प्रहरीमा

 फिल्म निर्माता छविराज ओझाविरुद्ध बहुविवाह मुद्दामा उजुरी परेको छ। छविकी जेठी श्रीमती हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरुद्ध बहुविवाह मुद्दामा उजुरी दिएकी हुन्।

हेमाले उजुरीमा ‘मेरा श्रीमानले घरमा श्रीमती हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा मेरा विपक्षी पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिएर हदैसम्मको सजाय गरीपाउँ’ भनी उल्लेख गरेकी छिन्।

हेमाले छविसँग आफ्नो २०४१ सालमा विहे भएको तथा दुई छोरासमेत रहेको र सम्बन्ध पनि सामान्य नै रहेको बताउँदै साउन ३ गते आफूले छवि र शिल्पाको विवाह दर्ताको प्रमाणपत्र फेला पारेको र सोही प्रमाणपत्रको आधारमा बहुविवाहको मुद्दामा उजुरी दिएको उल्लेख गरेकी छिन्।