सागमा नेपालको दमदार प्रस्तुति

भूटानविरुद्ध नेपालको शानदार जित

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद(साग) पुरुष फुटबल प्रतियोगितामा नेपालले भूटानविरुद्ध शानदार जित दर्ता गराएको छ। नेपालले सुरुवाती खेलमा भूटानलाई चार शून्य गोल अन्तरले पराजित गरेको हो।

खेलमा नेपालका सुजल श्रेष्ठले पाँचौं मिनेट मै खाता खोलेका थिए। त्यस्तै ५० औ मिनेटमा सुजल श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गरे। उनले अनन्त तामाङको फ्रिकिकलाई चिप गर्दै गोल गरेका हुन्।

६६ औ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल गरेका हुन्। त्यस्तै मिक्चेन तामाङले ७७ औं मिनेटमा चौथो गोल गरे। उनले फ्रिकिक मार्फत गोल गरेका हुन्।

लिग राउन्ड रोविनको आधारमा भएको खेलमा नेपालले फुटबलतर्फ पहिलो खेल खेलेको हो। हिजोमात्रै बंगलादेशविरुद्ध मैदान उत्रेका भूटानी खेलाडी आज थकित देखिन्थे। भूटानले हिजो भएको खेलमा बंगलादेशलाई एक शुन्यले पराजित गरेको थियो।

कहिले पाउँछन् उखु किसानले ५२ करोड ?

बुटवल- नवलपरासीको प्रतापपुरकी उखु किसान हुन अनिता चौधरी। नगदे बालीले परिवारको गरिबी घटाउला भनेर उनले एक बिगाहमा उखु लगाउँदै आएकी छिन्। तर अनिताकै शब्दमा भन्ने हो भने नगदे बालीले गरीबी घटाएन। बरु ऋणमा डुबाएको छ। उखुकै कारण आफनो परिवारको दैनिकी उदारोमा चलिरहेको अनिताको गुनासो छ।

पोहोर ढिलो गरी खुलेका उद्योग छिटै बन्द हुँदा उनले करिब ८ कठ्ठाको उखु मिलमा लैजानै पाइनन्। ‘मिलले नलिएको उखु दाउरा बनाएर बाल्यौं। चामल, नुन, तेल किन्न साहुसँग हात फैलाउनु पर्यो। ऋण चुक्ता गर्न साहुले ६ महिनाको भाका दिएका थिए। भाका नाघेपछिको एक महिनाभित्र चुक्ता नगरे व्याजको स्याज लिन्छन’ अनिताले दुखेसो पोखिन। अनिताले लगाएको एक बिगाहमध्ये १० कठ्ठाको उखु प्रतापुरकै इन्दिरा सुगर मिलमा लगेकी हुन्। उखु कटान र ढुवानी भाडासमेत ऋणकै पैसाले तिरेकी हुन्।

महिला भलिबल टोली स्वर्ण जित्नबाट चुक्यो

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको स्वर्ण पदक जित्नबाट नेपाल चुकेको छ। मंगलबार भएको खेलमा नेपाल भारतसंग ३–२ को सेटमा पराजित भयो।

नेपालले अन्तिम सेटमा १५–६ ले पराजित भयो। यो संगै नेपाल रजत पदक मै सीमित भएको छ। यो सँगै भारतले स्वर्णपदक हात पारेको छ। पहिलो सेट २५–१७ ले गुमाएको नेपालले दोस्रो सेटमा २५–२३ को जित निकाल्दै खेल १–१ को अवस्थामा ल्याएको थियो।

नेपालले तेस्रो सेट २५–२१ ले विजयी बनेको थियो। चौथो सेट नेपालले २५–२०ले गुमाएको थियो। २–२ को अवस्थामा रहेको खेलमा नेपालले अन्तिम सेटमा आत्मविश्वास गुमाएको थियो।

दुई वर्षदेखि बेहाल निकोसेरा सडकः स्थानीयले गरे सवारी आवतजावतमा रोक

भक्तपुर– भक्तपुरको मध्यपुर थिमि निकोसेराबासीहरुले दुई वर्षदेखि बेहाल निकोसेरा सडकखण्ड यथाशिघ्र मर्मत गरिदिन माग गर्दै सवारी आवागमनमा रोक लगाएका छन्। मंगलबार भक्तपुरको सल्लाघारीबाट काठमाडौं पुग्ने अरनिको राजमार्गको मुख्य वैकल्पिक सडकको रुपमा रहेको सल्लाघारी जडिबुटीको मुख्य सडक अन्तर्गतको निकोसेरा क्षेत्रको बिग्रेको सडक मर्मत नगरेपछि स्थानीयहरुले विरोधस्वरुप सडकमा सवारी आवतजावतमा रोक लगाएका हुन्।

सडक खण्ड अन्तर्गत निकोसेरोको अजिमा आयल स्टोर (पेट्रोल पम्प) देखि दुई सय ५० मिटर पूर्व पुरानो लोगो गार्मेन्ट (गाखु चोक) का दुई ठाउँंहरुमा बाँंसहरु तेर्साएर सडकमा सवारी आगामन अवरुद्ध पारेका हुन्। सवारी आवागमन अवरुद्ध पार्न सयौंको संख्यामा निस्केका पीडितले बिग्रेको सडक खण्डमा बाँस तेर्साएर सवारीआगामनमा रोक लगाएका थिए।

भारतलाई पुरुष भलिबलमा स्वर्ण, फाइनलमा पाकिस्तान पराजित

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद (साग)को पुरुष भलिबल प्रतियोगिताको उपाधी भारतले जितेको छ। फाइनलमा भारतले पाकिस्तानलाई पराजित गर्दै स्वर्णपदक जितेको हो। निकै प्रतिस्पधात्मक बनेको खेलको पहिलो सेट पाकिस्तानले जितेको थियो। त्यसपछि लगातार तीन सेट नै भारतले जितेको हो।

श्रीलंकाद्वारा नेपाल ६ विकेटले पराजित

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाली टोली श्रीलंकासँग पराजित भएको छ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा मंगलाबार भएको खेलमा नेपाली टोली श्रीलंकाको यु–२३ टोलीसँग ६ विकेटले पराजित भएको हो।  घरेलु टोलीले पहिले ब्याटिङ गर्दै दिएको १ सय ७३ रनको लक्ष्य पाहुना टोली श्रीलंकाले १९.१ ओभमा मात्र ४ विकेट गुमाएर भेटाउन सफल भएको हो।

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले पहिलो ३ विकेट ४९ रनमा गुमाएको थियो। आक्रामक ब्याटिंग गरेका ओपनर पाथुम निस्संका ३० रन बनाएर सोमपाल कामिबाट आउट भए पछि लगातार विकेट गुमेको थियो। पाथुमले १२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। त्यसपछि कामिन्दु मेन्डिस १ रन, चरिथ असलंका ६ रन बनाएर आउट भएका थिए।

तेश्रो विकेटको लागि निशान फर्नान्डो र शम्मु अशानले ९१ रनको साझेदारी गर्दै श्रीलंकालाई बलियो स्थितिमा पु¥याएका थिए। ४२ बलमा ५ चौका र १ छक्का मदतले ४६ रन बनाएका फर्नान्डोलाई पवन सर्राफले १७ औं ओभरमा क्याच आउट गराएका थिए। श्रीलंकाका लागि उत्कृष्ट इनिंग खेलेका अशानले अविजित ७२ रन बनाउ। अशानले ४४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। अशेन बान्डाराले अविजित १४ रन बनाउँदा १ चौका र १ छक्का प्रहार गरे।

बलिङमा अन्जली चन्दको ऐतिहासिक रेकर्ड, शून्य रनमा ६ विकेट लिने पहिलो खेलाडी

पोखरा–  नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला टि २० क्रिेकेटमा नेपालले माल्दिभ्सविरुद्ध शान्दार जीत दर्ता गराएको छ। नेपालले माल्दिभ्सलाई १६ रन मै अल आउट गरको हो।

माल्दिभ्सलाई अल आउट गर्न नेपालले १० ओभारको सहारा लिएको थियो। खेलमा नेपालीकी अन्जली चन्दले ६ विकेट लिएपछि माल्दिभ्स धरासायी बनेको हो। २ दशमलव १ ओभर बलिङ गरेकी चन्दले विना रन ६ विकेट लिएकी हुन्।

साग खेलकूदमा उनले बनाएको यो नयाँ तथा ऐतिहासिक रेकर्ड हो। त्यस्तै सीताराना मागर २ र रुविना क्षेत्रीेले १ विकेट लिएकी थिइन्।

१७ रनको लक्ष्य लिएर आएको नेपालले पहिलो ओभर मै लक्ष्य भेट्टायो। व्याटिङमा आएकी काजल श्रेष्ठले पहिलो ओभरमा नै सत्र रन बनाएकी हुन्।

लिग राउन्डरोविनका आधारम हुने खेलमा नेपालले अर्को खेल बुधबार बंगलादेशसंग भिड्ने छ। प्रतियोगितामा ५ देश सहभागी छ।

नेकपा अध्यक्ष दाहालको चीन भ्रमण स्थगित

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले तत्काल चीन भ्रमण स्थगित गरेका छन्। यही मंसिर २४ वा २६ गते चीन जाने कार्यक्रम तय भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारकै क्रममा अस्पतालमा भर्ना भइराखेको अवस्थामा विदेश भ्रमणमा जान उपयुक्त नहुने भन्दै उनले तत्काललाई भ्रमण स्थगित गरेका हुन्।

अध्यक्ष दाहाल सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओली निवास फर्केपछि मात्र दाहालको चीन भ्रमण तय हुनेछ। नेकपाका ६० सदस्यीय टोलीको नेतृत्व गर्दै अध्यक्ष दाहाल चीन जान लागेका थिए। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनी चीन जान लागेका हुन्। शनिबार दिउँसो भएको एक कार्यक्रममा उनले आफू चीन भ्रमणमा जान लागेको बताएका थिए।

सुशासनका लागि कर्मचारीतन्त्र बाधक : मुख्यमन्त्री गुरुङ

चिप्लेढुङ्गा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्र नफेरिएसम्म सुशासनको प्रत्याभूत हुन नसक्ने बताएका छन्। अमेरिकी राजदूतावासको सहयोग र पोखरा उद्योग वाणिज्य सङ्घको समन्वयमा स्थानीय सरकारका पदाधिकारीलाई सुुशासन सम्बन्धी तीन दिने तालीमको उद्घाटन समारोमा उनले व्यवस्था बदलिए पनि कर्मचारी तन्त्रको सोच नबदलिएका कारणले परिवर्तनको अनुभूति नागरिकले गर्न नसकेको बताए।

उनले भने, ‘सुशासन शब्दमा भन्दा पनि व्यवहारमा सुन्दर देखिन्छ, कर्मचारी तन्त्रले आफ्नो व्यवहारमा परिवर्तन ल्याउन सकेनन्।’ उनले सङ्घीय संरचनामा प्रभावकारी कार्य सञ्चालनका लागि स्थानीय तहमा कानून तर्जुमा सहजीकरण समितिमार्फत प्रदेशका ८५ स्थानीय तहमा एकरुपता ल्याउने अभ्यास गरेको बताए। स्थानीय प्रतिनिधिले पारदर्शी रुपमा आफ्नो जिम्मेवारी निभाउन सके नागरिकले सुशासनको प्रत्याभूत गर्नेसक्ने उनको भनाइ थियो।

नेपालका ६९ जिल्लाका विरामी म्याग्दीको तातोपानीमा

म्याग्दी- धवलागिरी गाउँपालिका–५, मल्कवाङका सोनु सिर्पाली पैदल यात्राको क्रममा बाटोमा लडेर घाइते भए। सडकमा बज्रिएपछि सिर्पालीको हात, खुट्टामा समस्या देखियो। शरीर नचल्ने अवस्थामामा पुगेपछि विभिन्न अस्पतालमा उपचार गरी फर्किएका सिर्पालीको हातखुट्टा सुन्निन थालेपछि श्रीमती दिलु सिर्पालीको साहरामा बेनी नगरपालिका–४, तातोपानी कुण्डमा स्नान गर्न आए। एउटा हातमा बैसाखी र अर्को हातमा श्रीमतीको साहराले कुण्डमा आएका सिर्पालीले पाँचदिन स्नान गरेपछि अहिले आफ्नै खुट्टाले विस्तारै लौरो टेकेर बस्ने ठाउँबाट कुण्डभित्र पुग्छन्।

सिर्पालीजस्तै सडक दुर्घटनामा परेका केही विरामीले कुण्डमा आफन्तको सहयोगमा आएर दुई हप्तासम्म लगातार डुबेर निको भएपछि उत्साहित हुदै फर्किएका छन्। बर्दिया जिल्लाकी सामाजिक कार्यकर्ता रवीकला गिरीले तातोपानीमा डुबेपछि रोग निको हुने सुनेर एक समूहलाई लिएर आएकी छन्। छाला पट्पटी फुटेर घाउ शरीरभरि फैलिएको, शरीरमा सेतो दुबी दाग र पायल्स रोगबाट ग्रसित भएका विरामीको रोजाईमा समेत कुण्ड परेको छ।