जसले निर्मलालाई मर्न दिइनन् 

साउन ११ गते कंचनपुरकी १३ वर्षे किशोरी निर्मला पन्तको शव आफ्नो घर नजिकैको एक उखुबारीमा बलात्कार गरेर फालेको अवस्थामा भेटियो । सरकारी तथ्यांकअनुसार साउन यता निर्मला जस्तै करिब २०० महिला र किशोरीहरु बलात्कारका शिकार भए। तर अन्य घटनाले खासै त्यति ध्यान तान्न सकेन जति निर्मलाको घटनाले तान्यो ।
निर्मलाका परिवारलाई न्याय दिलाउन आज देशभर आन्दोलन र दबाबका कार्यक्रम जारी छ।
तपाईलाई लाग्न सक्छ अरु घटना त्यतिकै सेलाउदा निर्मला घटनाले कसरी राष्ट्रिय अन्तरास्ट्रिय रूप लियो ।
यसको श्रेय जान्छ कंचनपुरका साहसी महिला अधिकरकर्मी र त्यहाका जनतालाई जस्ले आफ्नो सुरक्षाको प्रवाह नगरीकन निर्मलाको न्यायका लागि लडे। निर्मलाको न्यायका लागि सुरुवाती लडाइँको नेतृत्व गर्ने मध्येकि एक हुन् लक्ष्मी मल्ल जस्ले ठूलो दवाबका बाबजुद निर्मलाको न्यायका लागि लडिरहिन । उनै मल्लले निर्मलाको न्यायका लागि लड्दा आन्दोलनरत स्थानीयले भोग्नुपरेको ब्यथा यसरी सुनाइन् ।