नम्रताले ‘समर लभ’ नगर्ने

ट्रम्पले नेपाल र भुटानलाई भारतकै अंग ठानेपछि…

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतकै अंग ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीले टाइम म्यागजिनलाई बताएका छन।

ट्रम्पका सल्लाहकारले दक्षीण एसियाको बारेमा नक्सा देखाउंदै ब्रिफिङ् गर्दा ट्रम्पले नेपाल र भुटान भारतकै भाग हुन कि ? भन्दै प्रश्न गरेको अमेरिकी गुप्तचर अधिकारीले टाइमसंग खुलासा गरेका हुन् । नेपाल एक स्वतन्त्र देश हो भन्ने थाहा पाएपछि ट्रम्पले भुटानको नक्सा हेर्दै यो भारतको अंग थियो की भनि प्रश्न गरेका थिए।

‘भेनेजुएला प्रकरणले आवश्यकताभन्दा बढी चर्चा पायो’

भेनेजुएला प्रकरणलाई लिएर अनावश्यक विवाद गरिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले आरोप लगाएका छन्। ‘यसलाई आवश्यकताभन्दा बढी चर्चा गरेर उचाल्न खोजिएको छ, भौगोलिक र विविध सम्बन्धका हिसाबले पनि नेपालसँग खासै सम्बन्ध नभएको विषयमा नेपालको भाग्य र भविष्यको फैसला नै यसैले नै गर्ने गरी हल्ला भइरहेको छ,’ उनले भने।

मोबाइलबाटै खोलाको पानी ट्याङ्कीमा !

सुन्दा अचम्म लाग्न सक्छ, खोलाको पानी मोबाइलबाट ट्याङ्कीमा जम्मा हुन्छ भनेर। तर, सुन्दा अपत्यारिलो लागे पनि शुक्लागण्डकीको दरगाममा दरकामकालिका खानेपानी उपभोक्ता समितिले यस्तो प्रविधि भित्र्याएको छ। जसले गर्दा गाउँदेखि १६० मिटर तल घुमौरी स्याङ्दी खोलाको पानी गाउँमा रहेको ट्याङकीमा संकलन हुने गरेको छ।

घुमाउरो बाटो हिँडेर खोला झर्दा २५ मिनेट लाग्छ।  खोलाबाट गाउँ उक्लिँदा ३० मिनेट बढी। दिनमा ८ पटक पानी लगाउन र बन्द गर्न उकाली ओराली गर्नुपर्ने बाध्यता छ। तर, मोबाइलले नै ट्याङकीमा पानी संकलन गर्ने र बन्द गरिदिने भएपछि स्थानीयलाई सुविस्ता भएको छ। हातमा मोबाइल भएपछि खोलामा राखिएको नम्बर डायल गरेर प्राप्त निर्देशन पालाना गरे २२ सेकेण्डमै खोलाको पानी ट्याङ्कीमा आइपुग्छ। यसैगरी मोबाइलबाटै प्राप्त निर्देशन पालना गरे केही सेकेण्डमै पानी बन्द हुन्छ।

दश हजार घुससहित नासु पक्राउ

दश हजार घुस रकम सहित मालपोत कार्यालय जलेश्वरका नायव सुब्बा ढक बहादुर कार्की पक्राउ परेका छन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको टोलीले गौशाला नगरपालिका १ बाट घुस वापत लिएको १० हजार नगद सहित कार्कीलाइ पक्राउ गरेकाे हाे।

ज९प ४९८६ नम्वरको मोटरसाईकल चढेर रामनगर पुगेका कार्कीले आमाको नाममा रहेको जग्गा आमाको मृत्यु पश्चात छोरीहरुलाई नामसारी गर्नका लागि सर्जमिन मुचुल्का बनाउन गएको वेला घुस वापत १० हजार माग गरेका थिए।

सरकारले राष्ट्रिय क्रिकेट टिमलाई जनही ५–५ लाखसहित सम्मान गर्ने

 युएईसँगको ३ एक दिवसीय र ३ टी–२० सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सरकारले जनही ५–५ लाख नगद सहित सम्मान गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो पकट एक दिवसीय र टी–२० सिरिज जित्दै स्वदेश फर्किएको टोलीलाई सम्मान गर्ने निर्णय गरेको मन्त्रिपरिषद् बैठकमा सहभागी सरकारका एक मन्त्रीले नागरिक न्युजलाई बताए।

यता राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पनि यो प्रस्ताव मन्त्रिपरिषद्बाट स्विकृत भएको जानकारी दिए। ‘दुवै सिरिज जितेर स्वदेश फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले जनही ५–५ लाख सहित सम्मान गर्ने निर्णय भएको हो,’ उनले नागरिकसित भने।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन्। उनले बुधबारदेखि लागु हुनेगरी सूचना तथा सञ्चारमन्त्रीलाई राजीनामा दिएको विज्ञप्ति मार्फत सार्वजनिक गरेकी छन्।

उनले ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनेर यस्तो निर्णय गरेको बताएकी छन्। उनी २०७४ मङ्सिर २५ गते खुला प्रतिस्पर्धाबाट बोर्डको अध्यक्षमा नियुक्ति भएकी थिइन्। नेपाली चलचित्र क्षेत्रको इतिहासमा पहिलो पटक बक्स अफिस प्रणालीको शुरूवात गर्ने अवसर आफुलाई प्राप्त भएको उनले बताएकी छन्।