सरोज अधिकारी। प्रकाण्डको गर्जन।पोल पोलमा सम्बृद्धी। ज्ञानेन्द्रको डान्स। वाइड बडी किचलो

विश्वकर्माको प्रश्न हिजो केही नभएका नेता कसरी धनी भए ?

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले सरकारले विदेशीको चाकरी गरिरहेको आरोप लगाएका छन्।

पार्टीले राजधानीमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै विश्वकर्माले ९ महिना सम्म सरकारले कुनै काम गर्न सक्दा सरकारको रुप जनताले चाल पाइसकेको बताए। ’देश अहिले विदेशीको नियन्त्रणमा जस्तो देखिएको छ’, उनले भने, ’सरकारले विदेशीको चाकरी भन्दा अरु केही गरेको छैन।’

नेताहरु रातारात धनी कसरी भए भन्दै विश्वकर्माले प्रश्न गरे। ’हिजो केही नभएकाहरु आज कसरी धनी भएका छन्?’ उनको प्रश्न छ। ’हिजो केही नभएका नेताहरु आज कसरी रातारात धनी भए?’, उनले भने, ’जनताले हिसाव खोज्ने छन्।’ । राष्ट्रलाई मुक्ति गर्नको लागि अन्तिम आन्दोलन जरुरी भएको उनले बताए।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

यो तामझाम किन? सरकार खोज्नेलाई देखाउनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको समाजिक सुरक्षा योजना विश्वकै लागि उदाहरणीय रहेको बताएका छन्। प्रज्ञा भवन कमलादीमा आयोजित पहिलो सामाजिक सुरक्षा दिवसका तथा समाजिक सुरक्षा योजना कार्यान्वयन कार्यक्रममा ओलीले गर्भमा रहेदेखि मृत्युपर्यान्तसम्म व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्न सरकार सफल भएको बताए।

कार्यक्रम प्रचार प्रसारमा तामझाम भएको भन्दै विभिन्न तहबाट आलोचना भइरहेका बेला ओलीले तामाझाम सरकार कहाँ छ भनी खोजी गर्नेका लागि देखाउन गरिएको बताए। ‘अस्ति सरकार कहाँ छ भन्नेहरु थिए, नेपाली काँग्रेसले पत्रकार सम्मेलन गरी सरकार कहाँ छ भनी गरेको प्रश्न गरेकालाई इंगित गर्दै ओलीले भने, ‘देख्नु भयो सरकार कहाँ छ? अब काठमाडौमा मेलम्चीको पानी आउँदै छ, नागढुंगा कलंकी सडक भन्नु हुन्थ्यो। बन्दै छ हेर्नुस सरकार त्यहाँ छ। अब हामीलाई नसोध्नु होस जनतालाई सोध्नुस सरकार कहाँ छ भनेर।’ ओलीले थपे, अब नचाहेर पनि देख्नुहुने छ श्रमजिवीहरुका बीचमा सरकार।’

‘वाइड बडी’ खरिद प्रकरण स् दोषी भेटिए कारबाही

नेपाल वायुसेवा निगमका दुईवटा ‘वाइड बडी’ विमान भित्र्याउँदा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले प्रश्न उठाइरहेका बेला पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जहाज खरिदमा कुनै गल्ती भेटिए जो कोही कारबाहीको दायरामा आउने प्रष्ट्याएका छन्।

गृह जिल्ला कास्की आएका मन्त्री अधिकारीले जहाज खरिद प्रक्रियामा अनियमितता भए नभएको बारे छानबिन भइरहेकाले अहिले नै सबै कुरा यकिन गर्न नसकिने बताए। ‘वाइड बडी खरिद प्रक्रियामा कुनै गल्ती भेटिए छानबिन गरेर कारबाही हुन्छ,’ अधिकारीले भने, ‘संसदका समिति र अख्तियारको छानबिन जारी छ। छानबिनको प्रक्रियामा दोषी भेटिए जो कोही कारबाहीको दावेदार हुनेछ।’

उनले दोषीबाट शोधभर्ना र क्षतिपूर्ति समेत भराइने बताए। ‘दोषीमाथि कारबाही हुन्छ, कोही उम्किन पाउने छैन,’ अधिकारीले भने। संसदको सार्वजनिक लेखा समिति लगायतका निकायले जहाज भित्र्याउँदा ६ अर्ब ५९ करोड रुपैयाँ घोटाला भएको बताएको छ। त्यो छानबिनका क्रममा रहेकाले अहिले नै सबै कुरा भन्न नसकिने मन्त्री अधिकारीले बताए। खरिद प्रक्रियामा त्रुटि भए नभएको पत्ता लगाउने क्रममा आफूले छानबिनमा सघाउने समेत उनले बताए।

प्रधानन्यायाधीशमा जोशी र राणाको नाम सिफारिस

न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्र सम्शेर राणाको नाम सिफारिस गरेको छ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र अध्यक्ष रहेको परिषद्ले मंगलवार प्रधानमन्त्रीको नेतृत्वमा रहेको संवैधानिक परिषदमा जोशी र राणाको नाम सिफारिस गरेको हो। संवैधानिक परिषदले यी दुईमध्ये एक जनालाई छनोट गरी संसदीय सुनुवाई विशेष समितिमा पठाउनेछ। समितिले सुनुवाई गरी अनुमोदन गर्नेरनगर्ने निर्णय लिनेछ।

मिश्रले पुस पहिलो हप्ता उमेर हदका कारण अनिवार्य अवकाश लिने भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढेको हो। यद्यपी जोशी संसदीय समितिबाट यसअघि नै प्रधानन्यायाधीशमा अस्वीकृत भइसकेका न्यायाधीश हुन्। उनको नाममा कैफियत राखेर संवैधानिक परिषदमा सिफारिस गरिएको छ। जसका कारण राणालाई संवैधानिक परिषद्ले अघि बढाउन सक्ने अनुमान गरिएको छ।

कर तिर्न गनगन नगर्नुस् स् मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर तिर्नेवेला गनगन नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। शुक्रबार उद्योग संगठन मोरङले आयोजना गरेको ‘स्थानीय आर्थिक ऐनले पारेको प्रभाव’ विषयक छलफलमा मन्त्री पण्डितले जनताबाट कर बापतको रकम उठाउने तर सरकारलाई तिर्नेवेला गनगन  गर्ने प्रवृत्ति त्याग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका हुन्।

मन्त्री पण्डितले स्थानीय तहले बढी कर लियो भन्ने हल्ला फैलाउने काम पनि नगर्न आग्रह गरे। पण्डितले स्थानीय तहले लिने करको लामो लिष्ट देखाएर मात्रै नहुने बताए। ‘स्थानीय तहले लिने करको लामो लिष्ट देखाएर मात्रै हुँदैन’ उनले भने, ‘नाजायज कर लिएको भए देखाउनुस्।’

 

श्रमजीवी पत्रकार ऐन लागू नगर्ने   सञ्चारमाध्यमलाई दबाब दिइने

नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारगृहलाई दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ।

महासंघको  आज बसेको केन्द्रीय समिति बैठकले सरकारले पछिल्लो पटक वृद्धि गरेको २५ प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि महासङ्घले आन्दोलन गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिए।

महासङ्घले सबै सञ्चारमाध्यमलाई श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न र गराउन नेपाल सरकारलाई आहृवानसमेत गरेको छ। बैठकले साना लगानीका र स्थानीय पत्रपत्रिकालाई स्थायित्व दिन लोककल्याणकारी विज्ञापनमा वृद्धि र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

नासाको अन्तरिक्ष यान मंगलग्रहमा अवतरण

अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ। उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ।

मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु हो।

मानवरहित यो अन्तरिक्ष यान करिब सात महिना पहिले प्रक्षेपण गरिएको थियो। पृथ्वीको सबैभन्दा नजिकको मङ्गलग्रहमा अन्तरिक्ष यान पु(याउने नासाको यो प्रयत्न सफल भएकामा नासाका वैज्ञानिकहरुले खुशीयाली मनाएका छन्। सन् २०१२ मा क्युरिओसिटी रोभर नामको रोबोट बनेपछि वैज्ञानिकमा नयाँ आशा पलाएको थियो।