CK राउत र सरकार बिच भएको ११ बुँदे सम्झौता रहस्यपूर्ण- प्रा. डा. सुरेन्द्र के सी, राजनीतिक विश्लेषक

विराटनगर – सरकारले सीके राउतसँग गरेको ११ बुँदे सम्झौताप्रति नेपाली कांग्रेसले प्रदेश १ को संसदमा आपत्ति प्रकट गरेको छ।

मंगलबारको संसद् बैठकमा विशेष समय लिएर कांग्रेस सांसद शिवनारायण गनगाईंले सरकारले गरेको सम्झौता शंकास्पद रहेको बताए। प्रधानमन्त्रीले त्यसबारे मुलुकलाई प्रस्ट गर्नुपर्ने पनि उनले माग गरे।

‘राष्ट्रिय अखण्डता र स्वाधीनताविरुद्ध निरन्तर सक्रिय व्यक्तिसँग हठात् सम्झौता गरेर सरकारले देश टुक्र्याउने गतिविधिलाई प्रोत्साहन गरेको देखिएको छ,’ सांसद गनगाईंले भने, ‘यो सम्झौता राष्ट्र हितअनुकूल छैन। यो त्रुटि सच्याउन म सरकारसँग माग गर्छु।’

अदालतको कार्यशैलीप्रति असन्तोष प्रकट गर्दै उनले सर्वोच्च अदालत पनि शंकाको घेरामा परेको बताए। यो घटनाले स्वतन्त्र न्यायालय सरकारको इसारामा चल्न थालेको संकेत दिन्छ।’

मन्त्रिपरिषद् पुनर्गठनको तयारी : अध्यक्ष दाहाल

विराटनगर– नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंगलबार बालुवाटारमा प्रधानमन्त्रीले आफूसँग छलफल गरेको जानकारी दिए।

सरकारलाई थप गतिशिल बनाउन मन्त्रिपरिषद्मा परिवर्तन गर्ने विषयमा प्रधानमनत्रीले सल्लाह मागेको दाहालले बताए।  मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्रको विषय भएकाले आफै निर्णय गर्न सुझाव दिएको दाहालको भनाइ छ।

सिके राउतसँगको सहमति राष्ट्रघात : सभापति देउवा

पोखरा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी गतिविधि गर्दै आएका सिके राउतसँग सरकारले गरेको सहमति राष्ट्रघाती भएको टिप्पणी गरेका छन्। प्रेस युनियन कास्कीले मंगलबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सहमति लगत्तै सिके राउतले भनेका कुराहरु सुन्दा राष्ट्रघात भएको पुष्टिहुने हुने दाबी गरे।

  सरकारसँग सहमति भएपछि पनि राउतले मधेशलाई छुट्टै राज्य बनाउँछु भनेको भन्दै उनले भने ‘सिके राउत पनि सहमति गर्ने मध्येको एक हस्ताक्षर कर्ता हुन्, सहमति भएलगत्तै सिकेले मधेश छुट्टै देश बनाउँछु, स्वतन्त्र मधेश, जनमत संग्रह भनेका छन्, त्यसैले यो राष्ट्रघाती सम्झौता हो।’ यदी जनमत संग्रह वा छुट्टै देश बनाउनेबारे सहमति नभएको भए सरकारले त्यसको खण्डन गर्नुपर्ने बताउँदै त्यसो नगर्दा झन् आशंका बढेको उनको भनाई थियो।

घरेलु उद्योग महोत्सवमा साढे १५ करोडको कारोबार

काठमाडौं –१५ करोड चालिस लाख रुपैयाँको कारोबार गर्दै १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमामा चलिरहेको नेपाल १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने बताए। नेपाली मौलिक उत्पादनहरुको आफ्नो बजारका साथै अन्तराष्ट्रिय बजारमा पनि पुर्‍याउन के के गर्नुपर्छ सरकार तयार रहेको बताए ।

भुटानविरुद्ध नेपाललाई ३–० को अग्रता

विराटनगर – पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०१९ को उद्घाटन खेलमा नेपालले भुटाविरुद्ध ३–० को अग्रता बनाएको छ।

विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे सुरु खेलमा नेपालका लागि मन्जलीकुमारी योन्जनले १३, सावित्रा भण्डारीले १६ र कप्तान निरू थापाले ५४ औं मिनेटमा गोल गरेका छन्।