वाइडबडी प्रकरणको चिरफार पर्यटनमन्त्री, रवीन्द्र अधिकारी सँग

सरोज भण्डारीका झापाली गफ

भारतीय गाडी चढेर संसदमा मनाङेको ईन्ट्री

सपथग्रहण गरेको भोलिपल्टै मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे भारतीय गाडी लिएर प्रदेशसभामा छिरेका छन्।

निर्वाचित भएको १४ महिना पछि सोमबार साँझ प्रदेश सभा सदस्यको पद तथा गोपनियताको सपथ खाएका उनले मंगलबार भने भारतको विहार प्रदेशको BR06PD 7529  नम्बरको गाडी चढेर प्रदेश सभा प्रवेश गरे। उनी एक्लै आएनन्, आफुसँगै एउटा युवा टिमको जमात नै लिएर आए।

यसअघि, प्रदेशसभाको भित्री गेटबाट मन्त्री, प्रदेशसभा सदस्य र सरकारी गाडी प्रदेशसभा भवन परिसरमा छिर्ने गरेका थिए।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

नेपाल पहिलो पटक एकदिवसीय क्रिकेटको वरियतामा

नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा प्रवेश गरेको छ।  नेपालले युएईलाई सोमबार ४ विकेटले पराजित गर्दै तीन खेलको सिरिज २–१ ले जिते लगत्तै आइसीसीले वरियतामा समावेश गरेको हो।

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको नेपाल आइसीसीको वरियतामा १५ औं स्थानमा छ। वरियतामा नेपालले १० खेल खेल्दा १५२ अंक पाएको छ। आइसीसीले गत मार्चमा विश्वकप छनोटमा खेलेका ४, नेदरल्याण्ड्सविरुद्धको १, एसिया कप छनोटमा युएईसँग खेलेको १ खेललाई पनि समावेश गर्दै वरियतामा नेपाललाई राखेको हो।

चीन सरकारद्वारा कोटेश्वर–कलंकी सडक हस्तान्तरण

कोटेश्वर–कलंकी सडक चीन सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। सोमबार एक समारोहकाबीच नेपालका लागि चिनियाँ राजदूत हाउ एन्छीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिन्।

सडकको प्रधानमन्त्री ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले उद्घाटन गरे।

चीनले पाँच वर्ष लगाएर १०. ५ किलोमिटर सडकको स्तरोन्ती तथा विस्तार गरेको हो। २०१७ सम्ममा सडक विस्तार सकिसक्ने भनिए पनि भूकम्प र नाकावन्दीका कारण निर्माण कार्य लम्विएको थियो।

पासपोर्टमा अंकुश लगाउँदै सरकार

नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत सरकारले अब अंकुश लगाउने भएको छ। सरकारले पासपोर्ट माग्न जानेलाई ‘जारी नगरिने’ सूचीमा पारेर कस्न लागेको हो।

संघीय प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिसभामा पुगेको ‘राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा पासपोर्ट जारी नगरिने नकारात्मक सूची तयार पारिएको छ। विधेयकको दफा १२ को उपदफा (१) को (क) देखि (ज) सम्मको सूचीलाई जहिल्यै दुरुपयोग गर्न सकिने खतरा छ। दफा १२ को उपदफा १ (क) मा व्यवस्थित गैरनेपाली नागरिकलाई राहदानी जारी नगरिने प्रावधान स्वाभाविक भए पनि अन्य प्रावधानमा दुरुपयोग हुन सक्ने सम्भावना रहेको जानकारहरू औंल्याउँछन्।

‘निर्मलाका बलात्कारीलाई सडकमा ल्याएर कारवाही गर्छाैं’

नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलात्कारमा संलग्नलाई तरुण दलले सडकमा ल्याएर कारवाही गर्ने दावी गरेका छन्। उनले बलात्कार र हत्यामा संलग्नलाई सरकारलेनै संरक्षण गरिरहेको बताउँदै अव तरुण दलले कारवाही गर्ने चेतावनी दिए।

‘आजसम्म हामीले बलात्कार र हत्यामा संलग्नलाई कारवाही गर्न सडकबाट खवरदारी ग¥यौं’ आइतबार तरुण दलले वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश स्तरीय विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले भने, ‘अव सडकमै ल्याएर हत्यारा र बलात्कारीलाई कारवाही गछौं।’

‘चुरोट सित्तैमा दिए १० हजार जरिवाना’

सित्तैमा चुरोट दिँदा वा उपहारको रुपमा वितरण गर्दा ख्याल गर्नुहोस् १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ला। चुरोट मात्रै होईन सूर्तिजन्य पदार्थ अन्तर्गत पर्ने बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी, जर्दा, गुट्खा, सूर्ति वा सूर्तिजन्य पदार्थ कसैले पनि वितरण गर्न वा उपहार दिन पाउने छैन्। फुटकर रुपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न पनि पाईनेछैन्।

गण्डकी प्रदेश सरकारले प्रदेशसभामा पेश गर्न लागेको सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनकाे विधेयक अनुसार तपाईले सजाय भोग्नुपर्ने हुन्छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले यो विधेयकको मस्यौदा तयार पारेको हो। मानव स्वास्थ्यलाई ख्यालमा राखेर सरकारले सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन विधेयक ल्याएको हो। यो विधेयकलाई मन्त्रिपरिषद्ले प्रदेशसभामा पेश गर्न स्विकृत दिएपछि प्रदेशसभा सचिवालयमा दर्ता समेत भईसकेको छ।

लगानीकर्ताको टुंगो नलाग्दै रुख काट्न किन हतार ? प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

सरकारले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी गरेको दुई दशक भन्दा बढी भयो।यसपछि योजनामा परेका भैरहवा र पोखरा विमानस्थल निर्माणको तयारीमा छ।तर राष्ट्रिय गौरवको प्रस्तावित दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भने एक पछि अर्को उल्झनमा पर्दै आएको छ।

शान्ता चौधरी : कहिले काहि मैले बालअधिकार हनन गरे जस्तो लाग्छ ।

कम्लरीदेखि सभासदसम्म उनको पहिचान हो । तत्कालिन नेकपा एमालेको कोटाबाट नेपालको पहिलो संविधानसभा सदस्य भइन् । सभासद छँदा पढाइको अभाव पुरा गर्न कक्षा ८ मा भर्ना भइन् । उनी एसइई परिक्षा दिने तयारीमा छिन् ।  सांसद तथा नेकपा नेपालकी संसदिय दलकी सचेतक शान्ता चौधरीको जीवनी कुनै फिल्मको भन्दा कम छैन । शान्ता नौ वर्षमा मात्र टेकेकी थिइन् । उनीले बाध्यतावस कम्लरी बस्नु पर्यो  त्यसपछि हुर्किदै गएकी शान्ता सुरक्षीत हुनको लागि उनको विवाह भयो । शान्ताले १९ घण्टा काम गर्नुपर्थ्यो । न गाँसको ठेगान न बासको ।  कामबाट फुर्सदै नमिल्ने ।
उनको संघर्षका कथाहरु त्यहाँ रोकिएन । विद्रोही स्वभावकी शान्ताले कम्लरीको हकहितका लागि सभासद हुनु अघिदेखि नै लडिरहेकी थिइन् । उनी पार्टीका आँखामा पर्न थालिन् । शान्ता तत्कालीन नेकपा एमाले पार्टी सदस्य भइन् । त्यो भन्दा अघि उनलाई अरू पार्टीले पनि प्रस्ताव नराखेका होइनन । तर शान्ताले नेकपा एमाले चुनिन् । नेपालको पहिलो संविधान सभाको निर्वाचन पछि उनी सभासद भइन् । संविधानसभा भवनमा पहिलो दिनको घटना अहिले पनि उनको मानसपटलमा छाइरहन्छन्। उनले ति घटनाबाट आत्मग्लानी भएर बस्नु भन्दा त्यसबाट पाठ सिक्नुपर्ने अठोट लिइन् । त्यसपछि गाँउको रहनसहन देखि शहरको उठवस सिकिन् ।
दृढ इक्षा शक्तिका अघि हरेक परिस्थतीले घुडा टेक्छ । शान्ता चौधरी त्यसको उदाहरणकी पात्र पनि हुन् । शान्ताका एक छोरा, एक छोरी छन् । छोरी उनीसँगै एसइईको परिक्षाको तयारी गर्दैछिन् । छोरा कक्षा १२ मा पढ्छन् ।
राजनीतिक भुमिकासँगसँगै उनले बचेको समय आफ्नो पढाइकालागि छुट्याएकी छिन् । शान्तलाइ घरमा पढाइका लागि छोराले सघाउँछन् । घरमा छोरा अनिलले अध्ययनमा सघाउछन । आमाछोराका बिच कहिलेकाही झगडा पनि हुन्छ । अनिल चाहि आमाले अक्षरमा सुधार नल्याएका कारण रिसाउछन्  । छोरी भने होस्टेलमा बस्छिन । शान्तालाई एउटा कुराले जहिले चित्त दुखाँउछ । उनि भन्छिन् “जव दुःख थियो श्रीमान जहिले साथमा रहे । सुखका दिन फिरे जस्तो लागेको थियो । श्रीमानले नै साथ छोडिदिए” । शान्ताका श्रीमानले दुइ वर्ष अघि दोस्रो विवाह गरे । जव शान्ताका श्रीमान कतारबाट घर दाङ फर्के । उनले अर्को विवाह गरेका हुन् । छोरा अनिलले धेरै सम्झाउदा पनि मानेनन । शान्ता भन्छिन् ‘रक्सी नखाँदा भगवान , रक्सी खाएपछि केहि नदेख्ने’ । श्रीमानले दोस्रो विवाह गरेपनि सम्बन्ध विच्छेद भएको छैन । अहिले कान्छी श्रीमतीबाट दोस्रो सन्तानको रुपमा छोरा जन्मीएको छ । कान्छीको दुःख देखेर शान्ताले सानो बच्चाको लागि खर्च दिन्छिन्  । सौता भन्ने शव्द नराम्रो भएपनि मानवताको नाताले त्यो सानो बच्चाको के दोष ? शान्ता उल्टै प्रश्न गर्छिन् । त्यसले अभावको जीवन भोग्नु नपरोस् !  शान्ताको यस्तै सोच छ । महिला भएकै कारण जीवनमा अनेकन लाल्छाना भोगिन् तर उनका पाइला र आत्मविश्वास कहिले डगमगाएन । उनी आफ्नो लक्ष्यमा अडिग रहिन् । (बाँकी भिडियोमा)

सरकारको प्रस्तुति, जनताका अपेक्षा

सरकारको प्रस्तुति, जनताका अपेक्षा।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटा नागरिक फ्रन्टलाइन मा।

सरोजको नौटंकी रविको विवाह बिजयको अनसन र मेनुका पौडेल

संसदमा घम्साघम्सी

चिकित्सा शिक्षा विधेयक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताको नाममा रहेका अस्पताललाई वेवास्ता गरेको विषयमा प्रतिनिधिसभाको मंगलवारको बैठकमा घम्साघम्सी भएको छ।

कांग्रेसले आफ्ना नेताको नाम रहेको अस्पताललाई संघीय सरकारमातहत नल्याएसम्म सदन चल्न नदिने अडान राख्दै अवरोध कायम राखेको छ भने अर्काेतिर सभामुख कृष्णबहादुर महरा पेलेरै चिकित्सा शिक्षा विधेयक अगाडि बढाउने प्रयासमा छन्। जसका कारण संसदमा घम्साघम्सीको अवस्था सिर्जना भएको हो।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

बेद छोएर अमेरिकी संसदमा ह्यारीको सपथ

अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठबाट निर्वाचित नेपाली मुलका अमेरिकी सांसद ह्यारी भण्डारीले विश्वकै ग्रन्थ बेद छोएर सपथग्रहण गरेका छन्। भण्डारीको शपथ ग्रहण जनवरी ९ तारिखमा मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा भएको थियो।

सांसद भण्डारीले विश्वकै पुरानो ग्रन्थ छोएर सपथ गरेको भवन रहेको स्थान एनापोलिस संयोगवस अमेरिकी ईतिहासकै पुरानो संसद भवन हो। जहाँबाट अमेरिकी संविधान निर्माण प्रक्रिया अनुसार सविधानसभा भवनको रुपमा प्रयोग भएको थियो।

 

बम्जन आश्रम : मुद्दा बलियो बनाउन ठोस प्रमाण बटुल्दै प्रहरी

तपस्वी भनिएका रामबहादुर बम्जनको आश्रमबाट अनुयायी बेपत्ता बनाएको जाहेरीमा सिन्धुपाल्चोक प्रहरी मुद्दा बलियो हुनेगरी ठोस प्रमाण बटुल्नतिर अग्रसर भएको छ।

पहिलो चरणमा प्रहरी बम्जनको बाँडेगाउँस्थित तोड्केभिर आश्रमबाट बेपत्ता भएका मकवानपुर हैटौँडाका सञ्चलाल आइवाको अनुसन्धानमा केन्द्रित भइरहेको छ। बाँडेगाउँको आश्रमभित्रै सञ्चलालाई कुटिकुटी हत्या गरेर खाडल खनी गाडेको सार्वजनिक भएपछि प्रहरीले मुद्दा बलियो हुनेगरी ठोस प्रमाण जुटाउनतिर अनुसन्धान केन्द्रित बनाइरहेको हो।

वाइड वडी काण्ड: दाहाल, देउवा र ओलीको सहमतिमा

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वाइड वडी विमान खरिद प्रकरण पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेरबहादुर देउवा, र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीवीच सहमतिमा भएको आरोप लगाएका छन्।

शनिबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रमा बोल्दै उनले भने, ‘यो काण्ड दुई भुतपूर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीको कार्यकालमा र सहमतिमा भएको देखिएको छ।’ यस प्रकरणमा दोषी जोसुकै भएपनि छानबिन गरी निष्कर्षमा पुग्न उनले माग राखे। वाइड वडी जहाज खरिद काण्डमा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीले संसदलाई ढाँटेको आरोप लगाउदै उनले भने, ‘यो प्रकरणमा संसद्लाई मन्त्रीले ठाडै ढाँटे। अरु देशमा भएको भए कारबाही हुन्थ्यो।’

जबर्जस्ती करणी मुद्दामा फरार वडाध्यक्षद्वारा आत्मसमर्पण

जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले आज जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। ती युवतीले गत मङ्सिर ६ गते प्रहरीमा उजुरी दिएपछि वडाध्यक्ष रेग्मी फरार रहेका थिए।

 

नेपालमा वैकल्पिक शक्ति असफल भएकै हो त ?

अघिल्लो वर्षको चुनावमा प्रदेशमा केही सिटमा चित्त बुझाउन परेपनी  विवेकशील साझा पार्टीलाई एउटा ठुलो सम्भावना बोकेको पार्टीको रूपमा हेरिएको थियो । तर गठन भएको डेढ वर्ष नपुग्दै दुई टुक्रामा विभाजित हुँदा यसले नेपालको बैकल्पिक राजनीतिक आन्दोलनमा ठुलो धक्का लागेको धेरैको विश्लेषण छ ।
अरु कतिको बुझाइमा सामाजिक आन्दोलनको जगमा नेपाली राजनीतिक वृत्तमा उदाएको यस पार्टीको फुटले ठुला दलहरुलाई मनोबैज्ञानिक बल पुगेको छ । फुट सगै नेपालमा सोघोषित बैकल्पि शक्तिको भविस्य माथि बहस चुलिएको छ । भर्खरै बनेको त्यसमा पनि सानो पार्टी मिलाउन नसक्नेहरुले कसरी देशलाई नेतृत्व दिन सक्लान् भनेर धेरैले प्रश्न गरिरहेका छन् ।
हामी ठुला पार्टी जस्तो होइनौं भन्ने तर गराइमा पुराना पार्टी भन्दा खासै भिन्नता देखाउन नसक्दा शुबचिन्तकहरुलाई निराश बनाएको छ।  यस अघि बैकल्पिक भनिएको नयाँ शक्ति पार्टीले यस्तै फुटको शिकार हुन पुगेको थियोे । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीका धेरै नेताकार्यकर्ता माओवादीमा प्रवेश गरेपछि भट्टराई एक्ला जस्तै भएका छन् ।

परदेशको “कोसेली”-प्यारालाइसिस

गुल्मीकि तुमाकला कुमालले करिव ४ वर्षअघि श्रीमान हरि बहादुरलाई साउदी अरबका लागि बिदा गरेकि थिइन्। श्रीमान सँग बिछोडिदाको पीडालाई मनको एउटा कुनामा गाठोपार्दै तुमाकला काठमाडौंबाट घर फर्किन्। सम्झनामा दिनहरु कट्दै गए। साउदी अरबबाट फर्किंदै गरेका श्रीमानलाई लिन तुमाकला त्यहि ४ वर्षघि छुट्टिएको एयरपोर्ट पुगिन्। महिनौ विदेशमा जे जस्तो दु:ख भोगेपनि आफ्नो मातृभूमि फर्किदाको खुसी अनि साथमा लामो बिछोडपछि हुन लागेको मिलन। धेरैका निम्ति खुसीयालीको त्यो क्षण तुमाकलाका निम्ति भने ४ वर्षपछिको त्यो भेट तुवालै तुवालोले घेरिएको धुम्म अनि अध्याँरो बन्यो। हरि बहादुर सँगै एउटै कम्पनीमा काम गरेर फर्किएका कोहि सुटकेश घिसार्दै बाहिर निस्किंदै थिए त कोहि विदेशको कोसेलीले भरिएको झोला काँधमै भिरेर बाहिरिंदै थिए। तर तिनैका बीचमा कसैको सहारामा बाहिरिन्छन् हरि बहादुर। अचेत अवस्थामा। उनलाई हुइलचेयरमा राखेर कसैले बाहिर ल्याउछन्।
त्यही दृश्यले तुमाकला भावविह्वल हुन्छिन्। बोल्न र हिड्न नसक्ने बनेका हरिबहादुरका आखाँबाट बर्र आशु झर्छन्। परिवारको सहारा बन्ने सपना देख्दै साउदी अरब गएका हरिबहादुर अरुको सहारामा नेपाल फर्किन्छन्। धन कमाउने सपना देख्दै विदेशिएका हरिबहादुरको कथा डलरको कथाको चौथो शृंखला।

विवेकशील साझा पार्टी १६ महिनामै किन टुक्रियो?

विवेकशील साझा पार्टी टुक्रिएपछि वैकल्पिक राजनीतिको धार नेपालमा कमजोर भएको आँकलन गरिदैछ। सुसंस्कृत राजनीतिक संस्कारको वकालत गरेको विवेकशील साझा पार्टी १६ महिनामै किन टुक्रियो?

शपथ ग्रहणको तमाशा, प्रचण्डको प्रस्तावमा धुर्मुसको “नो !”

शपथ ग्रहणको तमाशा, प्रचण्डको प्रस्तावमा धुर्मुसको “नो !”

यसरि लाग्यो कृष्णलाई करेन्ट,रुदै सुनाए । राजेश हमालका जोक्स। साकारको नयाँ गित।मन्त्रीले सचिव भकुरे

विवेकशील साझाको आरोप : नियोजित ढंगले पार्टी फुटाइयो

विवेकशील साझा पार्टीले पार्टीका पूर्व संयोजक उज्वल थापा समूहले नियोजित रुपमा पार्टी फुटाएको आरोप  लगाएको छ। थापाले केन्दीय समिति बैठक  हुनुभन्दा पहिले नै पार्टी नयाँ दर्ता प्रकृया शुरू गरेको मंगलबार विवेकशील साझाका प्रवक्ता डा. सूर्यराज आचार्यद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

साथै विवेकशील साझाको केन्द्रीय समितिले पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाको रुपमा मूल्यांकन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रद्धारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ।  केन्द्रिय समितिको बैठकमा पार्टीमा घटेका पछिल्ला घटनाहरु र अन्य समस्याहरुबारे छलफल भएको बताइएको छ ।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

प्रदेश २ का मन्त्रीले सचिव कुटे

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि हातपात गरेका छन्। मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बाेलाएर कुटपिट गरेका हुन्।

घटना लगत्तै प्रहरीले सचिवलाई नियन्त्रणमा लिएकाे छ। संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणकाे उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए। क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दर्ता गराएकोमा ४० वटा संस्था छनोट भएका थिए।

कोरिया भाषा परीक्षा अर्को वर्षदेखि अनलाइन

सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए।

अचेल कोरियन भाषा परीक्षा कागजमा लिने चलन छ। ‘अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने होइन। हामीले परीक्षा केन्द्र तोकिदिएका हुन्छौं। त्यहाँ छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमै परीक्षा दिनुपर्ने हुन्छ,’ भण्डारीले भने। उनले हाल आवेदन प्रक्रियालाई अनलाइन प्रणालीमा परिणत गरिएको छ। अर्को वर्ष सन् २०२० देखि अनलाइनबाटै इपिएस परीक्षा दिने व्यवस्था हुने उनले बताए।

वाइड बडी खरीद प्रकरणमा मेराे संलग्नता छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

आइतबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए। उनले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गरे। “मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो,” उनले भने।

बालिका बलात्कार तथा हत्यामा धर्मपितालाई जन्मकैद

धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ। जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो।

मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जनालाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिए।

वर्षा राउतको विहे फागुनमा

अभिनेत्री वर्षा राउतले विहे गर्ने भएकी छिन। वर्षाले प्रेमी सन्जोग काेइरालासँग आगामी फागुन २ गते विहीवारका विहे गर्ने भएकी हुन्।

उनले विहेको निमन्त्रणा कार्ड सोमवार विहान फेसबुकमा शेयर गरेर आफ्ना फ्यान तथा दर्शकलाई विहेबारे जानकारी दिएका छिन्।

वर्षा पछिल्लो पुस्ताकी चर्चित नायिका हुन्। उनी लामो समयदेखि मोडल सन्जोगसँग प्रेममा थिइन। सन्जोगकै कारण आफूले अहिलेको स्थानसम्मा पुगेको वर्षाले बताउँदै आएकी छिन्।

चीनसँगको सीमामा भारतले ४४ वटा सडक निर्माण गर्ने

भारतले चीनसँगको सीमामा ४४ वटा रणनीतिक महत्वको सडक निर्माण गर्ने भएको छ। भारत सरकारले पञ्जाब र राजस्थानमा दुई हजार एक सय किलोमिटर भन्दा बढी एक्सियल र ल्याटरल सडकको पनि निर्माण गर्ने सिपिडब्लूडीको डकुमेन्टले देखाएको छ।  भारत–चीन सीमामा रणनीतिक महत्वका ४४ वटा सडक निर्माण गर्नका लागि अधिकार प्राप्त गरेको सेन्ट्रल पब्लिक वर्कस् डिपार्टमेन्टले तयार पारेको र यसै महिनाको सुरुमा सार्वजनिक गरेको सन् २०१८–२०१९ को वार्षिक प्रतिवेदनअनुसार ती सडकहरु द्वन्दका समयमा फौजलाई तत्काल परिचालन गर्ने उद्देश्यका साथ निर्मााण हुने भएका हुन्।

नयाँ प्रधान न्यायाधीश: होला न्यायालयमा सुधार ?

नयाँ प्रधान न्यायाधीश: होला न्यायालयमा सुधार ?