नेपालकी पहिलो महिला प्रधानन्यायाधीश सुशीलाका भगवान दुर्गा

 देबकी बिष्ट
जीवन साथी, जसको आ–आफ्नै इतिहास छ। निडर, हक्की स्वभाव, इमानदार शुशिला कार्कीले २०७३ साल असार २७ मा सर्वोच्च अदालतमा नेपालको पहिलो महिला प्रधान न्यायाधीश बनेर इतिहास रचिन्् । सामान्यतया कडा स्वभावकी शुशिलालाई समय र पेशाले पनि कडा बनाएको लाग्छ । व्यवसायिकरुपमा उनी जति कडा स्वरूपमा प्रस्तुत हुन्छिन, व्यत्तिीगत जीवनमा त्यतिनै नरम पनि छिन् । वाल्यकालमा गाँउघरमा उनी बुवाको न्यायिक सभामा बस्थिन्। ती सभाका छलफल शुशिला खुव रूचीका साथ सुन्थिन्।
२००९सालमा विराटनगरको मध्यम वर्गीय परिवारमा जन्मिएकी शुशिला आज जुन स्थानमा छिन्, त्यसको श्रेय श्रीमान दुर्गालाई दिन्छिन् । ‘छोरो जन्मेपछि, म आमा भए र स्तनपान मात्र गराए । अरु सबै वहाँले गर्नुभयो,’ उनी भन्छिन्। पूर्व प्रधानन्यायाधीश शुशिलाले श्रीमान दूर्गा सुवेदीलाई भगवान र गुरूको दर्जा दिन्छिन्।
दुर्गा सुवेदीको पनि आफ्नै इतिहास छ। २००३ सालमा धनकुटामा जन्मिएका सुवेदी नेपालको प्रजातान्त्रिक आन्दोलनका चर्चित व्यक्ती हुन्। पञ्चायती शासनविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षलाई सहयोग पुर्याउन नेपाल राष्ट्र बैंकको भारू ३० लाख लुट्ने समूहको नतृत्व उनैले गरेका थिए। वसन्त भट्टराई र नगेन्द्र ढुंगेलको सहयोगमा २०३० सालमा नेपाल वायुसेवा निगमको विमान अपहरण गरेका थिए। यसकै कारण दुर्गाले करिब १० वर्ष लामो प्रवास र दुई वर्ष भारतीय जेल मा जीवन विताउनु परेको थियो। कालान्तरमा दुर्गा माओवादी र सरकारबीच शान्ति संवाद गराउने सुत्रधारसमेत बनेका थिए।
दुर्गा सुवेदी जोगी बन्ने भनेर हिडेका थिए तर शुशिलाको प्रेम प्रस्तावले उनलाई विवाह गर्न बाध्य पार्यो । शुशिला जती हक्की स्वभावकी देखिन्छन् त्यत्री नै रोमान्ञ्चक पनि छिन्। न्यायलयमा ३२ वर्ष बिताएकी शुशिलाका विरुद्ध महाअभियोगको प्रस्ताव पनि ल्याइयो। दुर्गा र शुशिलाका एक छोरा छन् जो आमा बुवाको नामबाट सञ्चार माध्यममा आउन मन पराउदैनन्।

नगर प्रमुखका वाचा कति पूरा भए ? 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य।
काठमाडौ महानगर के गर्दैछ ? नगर प्रमुखका वाचा कति पूरा भए ?

रेशमको सपथ। केसीको अनसन। कांग्रेसको फण्डा। रविको झगडा। अनि धमलाको हमला

मनाङ्गेको सपथ सभामुखको टाउको दुखाई

सभामुख नेत्रनाथ अधिकारी आफै बिरामी छन्। टाउकोको शल्यक्रिया गरेका अधिकारीलाई चिकित्सकले धेरै नबोल्न सुझाव दिएका छन्। पत्रकारको प्रश्नमा पनि उनले सटिक जवाफ दिने गर्दछन्।

पूर्ण रुपमा ठिक भई नसकेका उनै सभामुख नेत्रनाथ अधिकारीलाई अहिले एक व्यक्तिको सपथग्रहण टाउको दुखाई बनेको छ। सभामुखको टाउको दुखाउने व्यक्ति अरु कोही नभएर मनाङ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गे हुन।

स्वतन्त्र उम्मेदवार बनेर निर्वाचन जितेपनि उनले अहिलेसम्म सपथग्रहण गर्न पाएका छैनन्। ज्यान मार्ने उद्योग अन्तर्गत कारागार चलान भएपछि उनले माननीयको हैसियतमा सपथ लिन पाएका थिएनन्। तर, पुसको पहिलो साता मनाङ्गे सर्वोच्चको आदेशमा थुनामुक्त भए र दोस्रो साता उनले गण्डकी प्रदेशसभा सचिवालयमा सपथग्रहणको लागि निवेदन दिएका थिए।

 

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

रेशम चौधरी थुनामुक्त नहुने

कारागारबाट निकालेर सांसदको शपथ ग्रहण गराइएका रेशमलाल चौधरीलाई थुनामै राखी अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि चौधरीलाई थुनामै राख्नुपर्ने जिल्ला अदालतको आदेश सोमबार सदर गरेको हो।

२०७२ भदौ २७ मा कैलाली टीकापुरमा ‘थरुहट आन्दोलन’ का क्रममा एक बालक र सात प्रहरीको ज्यान गएको थियो। चौधरीलाई त्यस घटनाको मुख्य अभियुक्त भनी पक्राउ पुर्जी जारी गरिएपछि उनी फरार भएका थिए। चौधरीलाई त्यस घटनाका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीमा किटानी जाहेरी परेको थियो।

घटनाका बेलाको मोबाइल डिटेलको आधारलगायतका प्रमाणले चौधरीलाई छोड्न नमिल्ने देखिएको भन्दै अदालतले थुनामै राख्न आदेश गरेको हो।

रानीपोखरीमा नेविसंघले खेल्यो ब्यङ्‌गात्मक फुटबल!

राजधानीको केन्द्रमा रहेको ऐतिहासिक पुरातात्विक महत्वको रानीपोखरीको स्वरुप २०७२ को भूकम्पले ध्वस्त भयो। भूकम्प गएको झन्डै साढे तीन वर्ष वितिसक्दा पनि सरोकारवाला निकायबीच पूनर्निर्माण कसरी गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा रानीपोखरी पोखरीको स्वरुप गुमाएर चौरजस्तै बनेको छ।

रानीपोखरीको पूर्ननिर्माणमा काठमाडौ महानगरपालिका र पुरातत्व विभागबीच जुहारी जस्तै छ। सम्पदा संरक्षणकर्मीहरुको अडान अर्कातिर छँदैछ। सरकारी निकायबीचकै विवादले रानीपोखरी पुनर्निमाण नभएको विषयलाई व्यंग्य गर्दै प्रतिपक्षीदल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता रानीपोखरीमा मंगलबार फुटबल खेले।

काठमाण्डौंमा फुटबल खेल्नको लागि सयौं फुटसल तथा चौरहरु नभएका होइनन् । तरपनि ऐतिहासिक महत्व बोकेको रानीपोखरी भित्रैै गएर फुटवल खेली नेपाल विद्यार्थी संघले सरोकारवाला निकायलाई दबाब दिएको हो । व्यङग्यात्मक फुटवलले प्रश्न उठाएको छ, के अव रानीपोखरीलाई मैदानकै रुपमा राखिराख्ने हो?

संसदमा तथ्यमै रहेर बाेलेको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफुले तथ्यमै रहेर दलिल पेश गरेको दाबी गरेका छन्। यथार्थ कुरा बाेल्दा पनि अनावश्यक र आधारहीन टिप्पणी हुनेगरेको प्रति प्रधानमन्त्रीले आपत्ति जनाए।

सोमबार नेपाल चेम्बर अफ कमर्सको ६८ औं वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले सरकारको १० महिनामा गरेको कामको प्रगति विवरण संसद बैठकमा पेस गरेको पनि स्पष्ट पारे।  नयाँ तथ्याङ्क निर्माणमा अघि बढिरहेको सरकारलाई तथ्याङ्कहरुसँग खेल्नुपर्ने कुनै कारण नभएको समेत प्रधानमन्त्री ओलीले स्पष्ट पारे। प्रमुख प्रतिपक्षी दल लगायत सञ्चारमाध्यमहरुले प्रधानमन्त्री ओलीले संसदमा झुटा तथ्याङ्क उल्लेख गरेको भन्दै उनको आलोचना गरेपछि प्रधानमन्त्री ओलीले त्यसकाे खण्डन गरेका हुन्।

सभामुखमाथि खनिए गगन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सभामुख पार्टीको कार्यकर्ता जसरी प्रस्तुत भएको आरोप लगाएका छन्। सभामुख कृष्णबहादुर महराले पार्टी कार्यकर्ताको जस्तो व्यवहार देखाएकाले आफूहरुले संसदमा अवरोध गरेको उनको भनाई छ।

‘प्रधानमन्त्रीलाई बोल्न दिने, तर प्रतिपक्षीलाई प्रश्न सोध्न अनुमति दिन्न भन्नु सभामुखको शैली हुकुमी हो। प्रश्न गर्न दिन्न भन्ने उहाँ सभामुख हो कि पार्टी सदस्य?’ कांग्रेसको अवरोधले बैठक स्थगित भएपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले भने, ‘सभामुखज्यूले सभामुखको कुर्सीमा बसेर पार्टी कार्यकर्ताको जस्तो व्यवहार गरेकोले हामी विरोधमा उत्रिएका हौं।’

समसामयिक विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेका थिए। सम्बोधन गर्नुअघि सभामुखसँग कांग्रेसका ५ सांसदले प्रश्न सोध्ने पूर्वसहमति भएको बताउँदै सांसद थापाले सत्तापक्षको मिलेमतोमा समय नदिएको आरोप लगाए।

 

 

 

 

 

 

 

निर्मलालाई न्याय दिने नाममा निर्दोषमाथि किन अन्याय ?

कंचनपुरकी दुर्गादेवी पन्तले बलात्कार पछि हत्या गरिएकी आफ्नी छोरीको न्यायको लागि लडाई सुरु गरेको महिनौ भयो । यस बिच उनि न्याय माग्दै प्रहरी चौकी देखि नेता कार्यकर्ताका घरदैलोसम्म धाइन । प्रधानमन्त्री र मन्त्रीहरुसंग न्यायको याचना गरिन । आमरण अनसन बसिन्।

छोरीको मृत्युपछि विक्षिप्त बनेका उनका श्रीमान यज्ञराज डिप्रेसनको शिकार हुनपुगे । उनकी छोरी निर्मला पन्त साउन १० गते साथी रोशनी बमको घर जान्छु भनेर हिडेकी थिइन् । उनको शव त्यसको भोलिपल्ट बलात्कार गरेर मारिएको अवस्थामा भेटिएको थियो । ६ महिना बित्दा पनि प्रहरी प्रशासनले उनको छोरी कसले मार्यो भनेर भन्न सकेको छैन । पन्त परिवारले निर्मलालाई न्याय दिलाउन अझै कति दुखका पहाड चढ्नुपर्ने हो भन्न गाह्रो छ ।

निर्मला घटना र त्यस पश्चात उनको परिवारको लडाई संग प्राय नेपाली परिचित छ र उनीहरुको न्यायको मागमा देश भरका जनताको साथ समर्थन देखिएको छ ।

तर धेरैलाई थाह नहुन सक्छ निर्मला हत्या अनुसन्धानमा गृह मन्त्रालय र नेपाल प्रहरीको चरम लापरबाहीका कारण अरु धेरैले पन्त परिवारकै नियती भोग्नुपरेको छ ।
प्रहरी र चरणबद्ध रूपमा गठन गरिएका विभिन्न अनुसन्धान टोलीले आझसम्म एक हजार भन्दा बढीलाई सोधपुछ गरिसकेको छ । यसक्रममा हजारौं फोन कलहरुमाथि नीग्रानी राखिएको प्रहरीको दाबी छ । ति मध्य केहिलाई प्रहरीले शंकास्पद गतिविधि देखिएको भन्दै थुनामा लिएको थियो।

प्रमाण बिना दोषीको बिल्ला भिराएर मिडियामाझ सार्वजानिक अहिले सम्म ७ जना ब्यक्तिहरु र उनका परिवारले ठुलो मानसिक पिडा र यातना व्योहोर्नु पर्यो । अरु धेरैले आफ्न नाम निर्मला हत्यासंग जोडिएर आउ बदनामी कमाउनु पर्यो ।
एक पछि अर्को निर्दोषमाथि जवर्जस्ती अपराध थोपार्न खोज्दा धेरैमा प्रहरीनै अपराधि जोगाउन लागेको हो भन्ने परेको छ ।

निर्मलाको न्यायका पक्षमा सडकमा शान्तिपुर्ण आन्दोलन गरिरहेका जनता माथी गोलि चलाएर पहिलेनै विश्वसनीयता गुमाइसकेको प्रहरीको छवि यसले अझै धमिलो बनाएको छ।

प्रहरीको काम अपराधीलाई सजाय दिनु त हो तर त्यो भन्दा ठूलो निर्दोषलाई जोगाउनु हो । प्रहरी बाटै निर्दोष प्रताडित हुन्छन् भने को बाट न्यायको आश गर्ने ?

कतारले दिएको बिझाइरहने घाउ

पहिलो पटक साउदी अरब गएका धादिङका भुपेन्द्र मल्ल ठकुरीका लागि वैदेशिक रोजगारी केही समय फापेकै थियो। सम्झौता गरे अनुसारको काम नपाए पनि दुख गरेर केही पैसा जोगाउदै नेपाल पठाउदै पनि थिए। तर भावीको लेखा भुपेन्द्रको जीवनमा एका एक नसोचेको घटना घट्छ। विदेशमा कमाएर पठाएको सबै पैसा लिएर भुपेन्द्रकी जहान अपरिचित व्यक्ति सँग हिडछिन्। भुपेन्द्रले जीवन जिउने सहारा खोजे र रोजे पनि। अनि सुरुभयो उनको जीवनको दोस्रो अध्याय। जीवनको दोस्रो अध्याय सुखमय बनाउने सोचमा लागेका भुपेन्द्र आफ्नै देशमा केही गरु भन्दै पाइलाहरु अघि बढाउन खोज्छन तर भेट्दैनन्। अन्तत फेरी उही बाटो रोज्छन वैदेशिक रोजगारीको र लाग्छन् खाडी मुलुक कतार। तर सुख र दुखको संगम हुँदै अघि बढिरहेको भुपेन्द्रको जीवनमा एकाएक बज्रपात आइपर्छ। कतार बाट फर्किएपछि राजधानीको नारायणगोपाल चोक महाराजगंज नजिकै सानो रेडिमेड कपडा पसल संचालन गरिरहेका भुपेन्द्रको डलर कमाउदाको कथा सुन्न हामी उनकै पसलमा पुग्यौ।

सिंहदरवार बदल्ने सङ्घर्ष कहाँ पुग्यो ?

ग्रीनकार्डधारीलाई सरकारी पदमा बस्न नदिने अडानलाई कार्यान्वयन गरेर पहिलो कार्यकालमा चर्चा कमाएका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित नागरिक फ्रन्टलाइनमा।

होली वाइन र ओली वाइनको कक्टेल कस्तो होला !

नेपालको सामाजिक, राजनीतिक र वर्तमान परिस्थितिमा मनोज गजुरेल व्यंग्यात्मक प्रस्तुति दिँदै।

#पानीजहाज # गगनको माइक # प्रियंका र निकको रोमान्स #धुलो उडाउने ब्रुमर #बल्छी धुर्वे

अब नेपालको आफ्नै स्याटलाइट

नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह (स्याटलाइट) प्रक्षेपण गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै स्याटलाइट प्रक्षेपण गर्न लागेको हो।

‘बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए। सरकारले सहुलियत मूल्यमा तीनवटा भू–उपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम पठाएको जानकारी दिँदै उनले आगामी वैशाखसम्ममा प्रक्षेपणको तयारी भइरहेको बताए।

 

भ्रष्टाचारको नेतृत्व ओलीले गर्दैछन्ः अमेरश कुमार

नेपाली कांग्रेसका सभाषद् अमरेश कुमार सिंहले सरकार सुसासन र समृद्दिको खोक्रो नारा बाँडेर भ्रष्टाचारमा अग्रसर रहेको आरोप लगाएका छन्। भ्रष्टाचारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरिरहेको भन्दै उनले ओलीको राजिनामा समेत माग गरे।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा मन्तब्य राख्दै सिंहले नेपाल वायुसेवा निगमको वाईड बडीमा भएका भ्रष्टाचार र प्रधानमन्त्री कार्यालयमा बनाउने भनिएको वार रुम निर्माणलाई द्रिष्टान्त बनाउँदै राजिनामाको माग गरेका हुन्।विमान खरिदमा भएका अनियमितताको फेहरिस्त आफूसँग रहेको जानकारी उनले संसदलाई गराएका थिए।

‘विमान खरिदका लागि दर्ता नभएको कम्पनीसँग संझौता गरिएको छ, आउट डेटेड सेरिजको बिमान ल्याइएको छ, भनिएको भन्दा कम तौलको  ल्याइएको छ,’ उनले भने, ‘सबै अनियमितताका प्रमाण म संसदलाई दिन चाहन्छु।’

 

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

 

 

संसदमा प्रधानमन्त्रीलाई प्रश्नः पानी जहाज कहाँबाट चल्यो ?

गत असार १४ गते एक सार्वजनिक कार्यक्रममा नेपालमा पानी जहाज चल्ने मिति तोकेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज संसदमा जहाज चलेको स्थानबारे जानकारी दिन माग गरिएको छ।

ओलीले पुस १६ गतेदेखि नेपालमा जहाज चल्ने घोषणा गर्दै जहाज चल्ने मिति टिपेर राख्न र टिकट काट्न  सबैलाई आग्रह गरेका थिए।प्रम ओलीको सोही भनाईलाई पकड्दै प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा बोल्दै नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का सांसद प्रेम सुवालले त्यसबारे जानकारी दिने व्यवस्था सभामूखसमक्ष आग्रह गरेका हुन्।

 

विवेकशील साझामा खटपट

१६ महिनाअघि गठन भएको विवेकशील साझा पार्टीमा खटपट देखिएको छ। उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो। तर, प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछिका एक वर्षमा पार्टीले समातेको बाटो गलत भएको थापाले निष्कर्ष निकालेका छन्।

१८ पृष्ठ लामो समिक्षा प्रतिवेदन तयार गर्दै थापाले भनेका छन्, ‘न नेतृत्व विकास भएको छ न उल्लेखनीय संख्यामा सदस्यहरू थपिएका छन्। दल संकुचित नीति र निर्णयको बन्दी भएको छ।’ दलका धेरै उर्जाशील सदस्य र शुभचिन्तकहरू निरूत्साहि बनेको आरोप लगाउँदै उनले वैकल्पिक राजनीतिको नेतृत्व गर्ने भनेको विवेकशील साझा पार्टीले आफ्नो निश्चित परिपाटीसमेत बसाल्न नसकेको दाबी गरे।

 

ओली र दाहाल पाइलट रहेको जहाज दुर्घटनामा पर्छ : गगन

नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसँग गणतान्त्रिक मूल्य मान्यता नरहेको टिप्पणी गरेका छन्। ‘यो आरोप होइन, सत्य हो’, थापाले सोमवार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने।

नेता थापाले नेकपाको जहाज पनि दुर्घटना पर्ने बताए। ‘नेपाल कम्युनिस्ट पार्टीको जेट चलाउने दुइटा पाइलट हुनुहुन्छ। दुईटा पाइलटमध्ये एउटालाई संघीयता मनै पर्दैन। अर्काे पाइलटले अस्ती संसदमा उद्घोष गर्नुभयो मलाई लोकतन्त्र मन पर्दैन’, गगनले भने, ‘इन्जिन गणतन्त्रको छ, इन्जिन चल्दै चल्दैन। दुइटा पाइलट हुनुहुन्छ, एउटालाई संघीयता मन पर्दैन र अर्काेलाई लोकतन्त्र मन पर्दैन। उहाँहरुलाई यसैगरी चलाउन दिइराख्यो भने यो प्लेन दुर्घटनामा पर्छ।’

भित्रियो सुपर कम्प्युटर

मुलुक सुपर कम्प्युटरको युगमा प्रवेश गरेको छ। नेपालको प्राज्ञिक उत्कृष्टतामा अगुवाइ लिइरहेको काठमाडौं विश्वविद्यालय (केयू) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भिœयाएसँगै मुलुक सुपर कम्युटर युगमा प्रवेश गरेको हो।

साधारण कम्प्युटरले भन्दा हजारौं गुणा छिटो गणना (प्रोसेसिङ) गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने केयूका असिस्टेन्ट प्रोफेसर (फिजिक्स) डा. राजेन्द्र अधिकारी बताउँछन्। उनले भने, ‘तीव्र गणना तथा विशाल संग्रहण क्षमताका कारण सुपर कम्प्युटर धेरै क्षेत्रको अनुसन्धानमा उपयोगी हुन्छ। अहिले नेपाली वैज्ञानिक तथा इन्जिनियर ठूलो स्तरको ‘डाटा प्रोसेसिङ’ का लागि अन्य देशमा निर्भर हुनुपर्दा अनुसन्धान ढिलो भइरहेको छ।’