यसरि लाग्यो कृष्णलाई करेन्ट,रुदै सुनाए । राजेश हमालका जोक्स। साकारको नयाँ गित।मन्त्रीले सचिव भकुरे

विवेकशील साझाको आरोप : नियोजित ढंगले पार्टी फुटाइयो

विवेकशील साझा पार्टीले पार्टीका पूर्व संयोजक उज्वल थापा समूहले नियोजित रुपमा पार्टी फुटाएको आरोप  लगाएको छ। थापाले केन्दीय समिति बैठक  हुनुभन्दा पहिले नै पार्टी नयाँ दर्ता प्रकृया शुरू गरेको मंगलबार विवेकशील साझाका प्रवक्ता डा. सूर्यराज आचार्यद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

साथै विवेकशील साझाको केन्द्रीय समितिले पछिल्लो अवस्थालाई अनपेक्षित र दुखद घटनाको रुपमा मूल्यांकन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रद्धारा पूर्ण समीक्षात्मक रिपोर्ट तयार पार्ने निर्णय गरेको छ।  केन्द्रिय समितिको बैठकमा पार्टीमा घटेका पछिल्ला घटनाहरु र अन्य समस्याहरुबारे छलफल भएको बताइएको छ ।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

प्रदेश २ का मन्त्रीले सचिव कुटे

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि हातपात गरेका छन्। मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बाेलाएर कुटपिट गरेका हुन्।

घटना लगत्तै प्रहरीले सचिवलाई नियन्त्रणमा लिएकाे छ। संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणकाे उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए। क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दर्ता गराएकोमा ४० वटा संस्था छनोट भएका थिए।

कोरिया भाषा परीक्षा अर्को वर्षदेखि अनलाइन

सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए।

अचेल कोरियन भाषा परीक्षा कागजमा लिने चलन छ। ‘अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने होइन। हामीले परीक्षा केन्द्र तोकिदिएका हुन्छौं। त्यहाँ छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमै परीक्षा दिनुपर्ने हुन्छ,’ भण्डारीले भने। उनले हाल आवेदन प्रक्रियालाई अनलाइन प्रणालीमा परिणत गरिएको छ। अर्को वर्ष सन् २०२० देखि अनलाइनबाटै इपिएस परीक्षा दिने व्यवस्था हुने उनले बताए।

वाइड बडी खरीद प्रकरणमा मेराे संलग्नता छैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

आइतबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए। उनले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गरे। “मेरो पालामा वाइड बडी विमान खरिदबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो,” उनले भने।

बालिका बलात्कार तथा हत्यामा धर्मपितालाई जन्मकैद

धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ। जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो।

मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जनालाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिए।

वर्षा राउतको विहे फागुनमा

अभिनेत्री वर्षा राउतले विहे गर्ने भएकी छिन। वर्षाले प्रेमी सन्जोग काेइरालासँग आगामी फागुन २ गते विहीवारका विहे गर्ने भएकी हुन्।

उनले विहेको निमन्त्रणा कार्ड सोमवार विहान फेसबुकमा शेयर गरेर आफ्ना फ्यान तथा दर्शकलाई विहेबारे जानकारी दिएका छिन्।

वर्षा पछिल्लो पुस्ताकी चर्चित नायिका हुन्। उनी लामो समयदेखि मोडल सन्जोगसँग प्रेममा थिइन। सन्जोगकै कारण आफूले अहिलेको स्थानसम्मा पुगेको वर्षाले बताउँदै आएकी छिन्।

चीनसँगको सीमामा भारतले ४४ वटा सडक निर्माण गर्ने

भारतले चीनसँगको सीमामा ४४ वटा रणनीतिक महत्वको सडक निर्माण गर्ने भएको छ। भारत सरकारले पञ्जाब र राजस्थानमा दुई हजार एक सय किलोमिटर भन्दा बढी एक्सियल र ल्याटरल सडकको पनि निर्माण गर्ने सिपिडब्लूडीको डकुमेन्टले देखाएको छ।  भारत–चीन सीमामा रणनीतिक महत्वका ४४ वटा सडक निर्माण गर्नका लागि अधिकार प्राप्त गरेको सेन्ट्रल पब्लिक वर्कस् डिपार्टमेन्टले तयार पारेको र यसै महिनाको सुरुमा सार्वजनिक गरेको सन् २०१८–२०१९ को वार्षिक प्रतिवेदनअनुसार ती सडकहरु द्वन्दका समयमा फौजलाई तत्काल परिचालन गर्ने उद्देश्यका साथ निर्मााण हुने भएका हुन्।