सरोज अधिकारी। प्रकाण्डको गर्जन।पोल पोलमा सम्बृद्धी। ज्ञानेन्द्रको डान्स। वाइड बडी किचलो

विश्वकर्माको प्रश्न हिजो केही नभएका नेता कसरी धनी भए ?

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले सरकारले विदेशीको चाकरी गरिरहेको आरोप लगाएका छन्।

पार्टीले राजधानीमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै विश्वकर्माले ९ महिना सम्म सरकारले कुनै काम गर्न सक्दा सरकारको रुप जनताले चाल पाइसकेको बताए। ’देश अहिले विदेशीको नियन्त्रणमा जस्तो देखिएको छ’, उनले भने, ’सरकारले विदेशीको चाकरी भन्दा अरु केही गरेको छैन।’

नेताहरु रातारात धनी कसरी भए भन्दै विश्वकर्माले प्रश्न गरे। ’हिजो केही नभएकाहरु आज कसरी धनी भएका छन्?’ उनको प्रश्न छ। ’हिजो केही नभएका नेताहरु आज कसरी रातारात धनी भए?’, उनले भने, ’जनताले हिसाव खोज्ने छन्।’ । राष्ट्रलाई मुक्ति गर्नको लागि अन्तिम आन्दोलन जरुरी भएको उनले बताए।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

यो तामझाम किन? सरकार खोज्नेलाई देखाउनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको समाजिक सुरक्षा योजना विश्वकै लागि उदाहरणीय रहेको बताएका छन्। प्रज्ञा भवन कमलादीमा आयोजित पहिलो सामाजिक सुरक्षा दिवसका तथा समाजिक सुरक्षा योजना कार्यान्वयन कार्यक्रममा ओलीले गर्भमा रहेदेखि मृत्युपर्यान्तसम्म व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्न सरकार सफल भएको बताए।

कार्यक्रम प्रचार प्रसारमा तामझाम भएको भन्दै विभिन्न तहबाट आलोचना भइरहेका बेला ओलीले तामाझाम सरकार कहाँ छ भनी खोजी गर्नेका लागि देखाउन गरिएको बताए। ‘अस्ति सरकार कहाँ छ भन्नेहरु थिए, नेपाली काँग्रेसले पत्रकार सम्मेलन गरी सरकार कहाँ छ भनी गरेको प्रश्न गरेकालाई इंगित गर्दै ओलीले भने, ‘देख्नु भयो सरकार कहाँ छ? अब काठमाडौमा मेलम्चीको पानी आउँदै छ, नागढुंगा कलंकी सडक भन्नु हुन्थ्यो। बन्दै छ हेर्नुस सरकार त्यहाँ छ। अब हामीलाई नसोध्नु होस जनतालाई सोध्नुस सरकार कहाँ छ भनेर।’ ओलीले थपे, अब नचाहेर पनि देख्नुहुने छ श्रमजिवीहरुका बीचमा सरकार।’

‘वाइड बडी’ खरिद प्रकरण स् दोषी भेटिए कारबाही

नेपाल वायुसेवा निगमका दुईवटा ‘वाइड बडी’ विमान भित्र्याउँदा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले प्रश्न उठाइरहेका बेला पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जहाज खरिदमा कुनै गल्ती भेटिए जो कोही कारबाहीको दायरामा आउने प्रष्ट्याएका छन्।

गृह जिल्ला कास्की आएका मन्त्री अधिकारीले जहाज खरिद प्रक्रियामा अनियमितता भए नभएको बारे छानबिन भइरहेकाले अहिले नै सबै कुरा यकिन गर्न नसकिने बताए। ‘वाइड बडी खरिद प्रक्रियामा कुनै गल्ती भेटिए छानबिन गरेर कारबाही हुन्छ,’ अधिकारीले भने, ‘संसदका समिति र अख्तियारको छानबिन जारी छ। छानबिनको प्रक्रियामा दोषी भेटिए जो कोही कारबाहीको दावेदार हुनेछ।’

उनले दोषीबाट शोधभर्ना र क्षतिपूर्ति समेत भराइने बताए। ‘दोषीमाथि कारबाही हुन्छ, कोही उम्किन पाउने छैन,’ अधिकारीले भने। संसदको सार्वजनिक लेखा समिति लगायतका निकायले जहाज भित्र्याउँदा ६ अर्ब ५९ करोड रुपैयाँ घोटाला भएको बताएको छ। त्यो छानबिनका क्रममा रहेकाले अहिले नै सबै कुरा भन्न नसकिने मन्त्री अधिकारीले बताए। खरिद प्रक्रियामा त्रुटि भए नभएको पत्ता लगाउने क्रममा आफूले छानबिनमा सघाउने समेत उनले बताए।

प्रधानन्यायाधीशमा जोशी र राणाको नाम सिफारिस

न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्र सम्शेर राणाको नाम सिफारिस गरेको छ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र अध्यक्ष रहेको परिषद्ले मंगलवार प्रधानमन्त्रीको नेतृत्वमा रहेको संवैधानिक परिषदमा जोशी र राणाको नाम सिफारिस गरेको हो। संवैधानिक परिषदले यी दुईमध्ये एक जनालाई छनोट गरी संसदीय सुनुवाई विशेष समितिमा पठाउनेछ। समितिले सुनुवाई गरी अनुमोदन गर्नेरनगर्ने निर्णय लिनेछ।

मिश्रले पुस पहिलो हप्ता उमेर हदका कारण अनिवार्य अवकाश लिने भएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढेको हो। यद्यपी जोशी संसदीय समितिबाट यसअघि नै प्रधानन्यायाधीशमा अस्वीकृत भइसकेका न्यायाधीश हुन्। उनको नाममा कैफियत राखेर संवैधानिक परिषदमा सिफारिस गरिएको छ। जसका कारण राणालाई संवैधानिक परिषद्ले अघि बढाउन सक्ने अनुमान गरिएको छ।

कर तिर्न गनगन नगर्नुस् स् मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर तिर्नेवेला गनगन नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्। शुक्रबार उद्योग संगठन मोरङले आयोजना गरेको ‘स्थानीय आर्थिक ऐनले पारेको प्रभाव’ विषयक छलफलमा मन्त्री पण्डितले जनताबाट कर बापतको रकम उठाउने तर सरकारलाई तिर्नेवेला गनगन  गर्ने प्रवृत्ति त्याग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका हुन्।

मन्त्री पण्डितले स्थानीय तहले बढी कर लियो भन्ने हल्ला फैलाउने काम पनि नगर्न आग्रह गरे। पण्डितले स्थानीय तहले लिने करको लामो लिष्ट देखाएर मात्रै नहुने बताए। ‘स्थानीय तहले लिने करको लामो लिष्ट देखाएर मात्रै हुँदैन’ उनले भने, ‘नाजायज कर लिएको भए देखाउनुस्।’

 

श्रमजीवी पत्रकार ऐन लागू नगर्ने   सञ्चारमाध्यमलाई दबाब दिइने

नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारगृहलाई दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ।

महासंघको  आज बसेको केन्द्रीय समिति बैठकले सरकारले पछिल्लो पटक वृद्धि गरेको २५ प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि महासङ्घले आन्दोलन गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिए।

महासङ्घले सबै सञ्चारमाध्यमलाई श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न र गराउन नेपाल सरकारलाई आहृवानसमेत गरेको छ। बैठकले साना लगानीका र स्थानीय पत्रपत्रिकालाई स्थायित्व दिन लोककल्याणकारी विज्ञापनमा वृद्धि र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

नासाको अन्तरिक्ष यान मंगलग्रहमा अवतरण

अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ। उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ।

मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु हो।

मानवरहित यो अन्तरिक्ष यान करिब सात महिना पहिले प्रक्षेपण गरिएको थियो। पृथ्वीको सबैभन्दा नजिकको मङ्गलग्रहमा अन्तरिक्ष यान पु(याउने नासाको यो प्रयत्न सफल भएकामा नासाका वैज्ञानिकहरुले खुशीयाली मनाएका छन्। सन् २०१२ मा क्युरिओसिटी रोभर नामको रोबोट बनेपछि वैज्ञानिकमा नयाँ आशा पलाएको थियो।

१८ करोडको गाडी : राष्ट्रपतिले सस्तो गाडी चढ्दा के बिग्रन्छ ?

काठमाडौं– सरकारले राष्ट्रपतिका लागि १८ करोडको गाडी खरिद गर्दै छ। तर पूर्व प्रधानमन्त्री लगायतका अन्य विशिष्ट व्यक्तिका लागि खरिद गरिएका दर्जनौ गाडी भने साधारण मर्मत नपाएर त्यतिकै थन्केर बसेका छन्।

ति गाडीहरु मध्ये कतार र दक्षिण कोरियाले दिएका कम्तीमा दस विलासी मोटर प्रयोग नगरी परराष्ट्र मन्त्रालय र राहादानी विभागमा बेवारिसे अवस्थामा छन्। नेपाल सरकारको आग्रहमा दुई वर्ष अघि कतार सरकारले ८ वटा मर्सिडिज बेन्ज इ क्लास कार र मर्सिडिज बेन्ज जिप उपहार दिएको थियो।

यस्तै कति सामान्य मर्मत गरेरै चलाउन मिल्ने गाडीहरु नारायणहिटी दरबार परिसरमा थन्क्याएर राखिएका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका समयमा सवारी चलाउन किनिएको ६ वटा बुलेट प्रुफ कारसमेत त्यहाँ छन्। २०६१ सालमा २८ करोड रुपैयाँ खर्च गरेर नौ वटा बुलेट प्रुफ कार किनिएको थियो। तीमध्ये अहिले तीनवटा मात्रै प्रयोगमा छन्।

त्यस बाहेक गृहमन्त्रालयनिर्वाचन आयोगपरराष्ट्र मन्त्रालय आदिले विभिन्न समयमा राम्रो मूल्यमा किनेका  गाडीको संख्या अझै ठूलो छ। बितेका एक दशकमा सरकारी बजेटको ठूलो हिस्सा गाडी किन्नमा गएको देखिन्छ। तथ्याङक अनुसार सरकारले ५४ अर्ब गाडी किन्नमा खर्चिएको देखिन्छ। गाडी मर्मत र इन्धनमा पनि अर्बौ खर्च भएको देखिन्छ।

राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसँग १८ करोड रुपैयाँ माग गरेको छ।  त्यसो त सरकारले मोटर खरिदका लागि  गत वर्षनै चार करोड रुपैयाँ उपलब्ध गराए पनि राष्ट्रपतिको चाहना अनुसार रकम अपुग भएको भन्दै कार्यालयले रक्षा मन्त्रालयसँग थप १२ करोड रुपैयाँको माग गरेको  थियो। नागरिक दैनिकले उक्त समाचार प्रकाशित गरेपछि  खरिद प्रक्रियानै रोकिएको थियो।

तर वाम सरकार आएसँगै गाडी किन्नका लागि पहिलेको १६ करोडमा दुई करोड थप गरेर कुल १८ करोड माग गरिएको हो। राष्ट्रपति कार्यालयले समान खरिदको सामान्य प्रक्रिया मिचेर नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो। सेनालाई सुरक्षाका लागि कस्ता गाडी उपयोगी हुन्छन् भन्ने कुराको राम्रो ज्ञान हुँदा सेना मार्फत गाडी किन्न लागिएको राष्ट्रपति कार्यालय स्रोत बताउँछ।

कमल खत्री | १८ करोडको गाडी | सालीलाइ उपहार राजदूत |वाइडबडी भाडाको कि किनेको?

नागरिक नेटवर्कले नयाँ शो सुरु गरेको छ। ह्वाट्स ट्रेन्डिङ नामक यो शो साप्ताहिक रुपमा हरेक बुधवार नेटवर्कमा प्रसारण हुनेछ। यो शो मा साताभर चर्चा बटुलेका विषय र प्रसंगलाई समेट्ने गरिन्छ।

राष्ट्रपतिलाई कार किन्ने योजनाको चर्को विरोध
राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘बुलेट प्रुफ’ सहितको विलासी गाडी किन्ने र उनको निवास विस्तार गर्न प्रहरीको तालिम केन्द्र सार्ने सरकारको निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको छ।
अर्थ मन्त्रालयले राष्ट्रपतिको नयाँ कारका लागि १८ करोड रुपैयाँ निकासा गरेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मान्छेहरु खनिएका हुन्।
धेरै व्यक्तिले ट्वीटर र फेसबुकमा महंगो विलासी कार किन्ने सरकारी निर्णयको भर्त्सना गर्दै करदाताको पैसा दुरुपयोग नगर्न सचेत गराएका छन्।
अञ्जना शाक्य नयाँ राजदूत
सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर अञ्जान शाक्यलाई नयाँ राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।
यही कार्तिक २५ गते बसेको मन्त्रीपरिष्दको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सो जानकारी गराए। राप्रपाका नेता थापालाई प्रचण्डको प्रधानमन्त्रीकालमा राजदूत नियुक्त गरिएको थियो। त्यस्तैगरी अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई पनि फिर्ता बोलाउने निर्णय गरिएको छ।
उनहरुलाई तीन साताको म्याद दिइएको छ। सरकारले त्यही दिन भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य, मलेसियाका लागि राजदूतमा उदयराज पाण्डे र यूएईका लागि नेपाली राजदूतमा परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गरेको छ।
वायुसेवा निगम उच्च वित्तीय जोखिममा
लामो समयदेखि ग्राउन्ड हेन्डलिङ (भूमिस्थ सेवा) को आम्दानीबाट बाँचिरहेको नेपाल वायुसेवा निगम नयाँ दुई जहाज खरिदसँगै उच्च वित्तीय जोखिममा पुगेको छ।
अर्बौं रुपैयाँ कर्जा लिएर खरिद गरेका दुई वाइड बडी जहाजलाई निगम व्यवस्थापनले पूर्ण क्षमतामा उडाउन नसकेपछि निगम वित्तीय जोखिममा पुगेको हो। आगामी दिनमा पनि निगमले व्यावसायिक योजनाअनुसार ठूला जहाजलाई उडाउन नसके निगमले आफ्नो सम्पत्ति बेचेर मात्र वित्तीय व्यवस्थापन गर्नुपर्ने अवस्था आउनेछ । अर्बौं रुपैयाँ ऋण लिएर किनेका जहाजलाई निगमले दैनिक १२ घन्टा पनि उडाउन सकेको छैन।
राष्ट्रियसभा सदस्य पासवान माथि कुटपिट
राष्ट्रियसभा सदस्य रामप्रीत पासवानमाथि शुक्रवार उनकै गाउँमा कुटपिट भएको छ। कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासवानलाई कुटपिट गरेको हो। उनी सङ्घीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वा्चित भएका थिए। छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि आफ्नो ज्यान मार्ने किसिमले आक्रमण गरेको उनले बताए। उनको शरीरमा चोट लागेको बताइएको छ।
मन्त्रिपरिषद्का निर्णय हरेक बिहीबार सार्वजनिक गरिने
परिपक्व नहुदैँ निर्णय सार्वजनिक भइदिँदा गलत सूचना प्रवाह भएको भन्दै मन्त्रिपरिषद्को हरेक निर्णय प्रत्येक बिहीबार सार्वजनिक गरिने भएको छ। सरकारका प्रवक्तासमेत रहेका सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकार र मन्त्रिपरिषद्सम्न्धी धारणा हरेक बिहीबार सार्वजनिक गर्ने जनाएका हुन्।
‘निर्णय परिपक्व नभई सार्वजनिक गर्दा गलत सन्देश प्रवाह भएकाले त्यसलाई सुधार गर्न सरकार गम्भीर भएको छ,’ प्रवक्ता बाँस्कोटाले भने, ‘मन्त्रिपरिषद् तथा सरकारसम्बन्धी धारणा अब हरेक बिहीबार सार्वजनिक गरिनेछ ।’ सो क्रममा हरेक मन्त्रालयका प्रवक्तासमेत उक्त पत्रकारसम्मेलनमा उपस्थित हुनेछन् भने पत्रकारले सोही क्रममा प्रवक्तासमेतसँग पनि जिज्ञासा राख्न पाइनेछ।
निर्मलाको हत्यारालाई सरकारले लुकायो स्देउवा
 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार हत्यारा र बलात्कारीको संरक्षणमा लागेका कारण देशमा दण्डहिनता मौलाउ“दै गएको बताएका छन्।
मंगलबार विराटनगरमा आयोजित प्रदेश स्तरिय नेपाली कांग्रेस महासमितिको बैठक २०७५ का लागि प्रस्तुत हुने राजनीतिक प्रस्ताव मस्यौदामाथि सुझाव संकलन कार्यक्रममा बोल्दै देउवाले सरकारले नै निर्मला पन्तको हत्यारालाई लुकाएको दाबी पनि गरे। देउवाले भने ‘सरकारले नै निर्मलाको हत्यारालाई लुकाएको छ।’
सरकारले चाहेको खण्डमा निर्मलाको हत्यारा पत्ता लगाउन केही बेर पनि नलाग्ने उनको भनाई छ। ‘हत्यारालाई कारवाही नै गर्न नचाहेका कारण जति दबाव दिएपनि सरकारलाई तातो लागेको छैन।’ उनले कम्युनिष्ट अधिनायकवाद विरुद्धको आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिएका छन्। देशमा कम्युनिष्ट शासकहरू अधिनायकवादतर्फ अघि बढीसकेको उनको दाबी छ।
अध्ययनका लागि अमेरिका जाने नेपाली १४ प्रतिशतले बढे
अध्ययनका लागि अमेरिका जाने नेपालीको संख्या यो वर्ष १४.३ प्रतिशतले बढेको छ। अमेरिकी शिक्षा तथा संस्कृति मामिला ब्युरो र अन्तरराष्ट्रिय शैक्षिक आदानप्रदान कार्यक्रम (आईआईई)ले गरेको अध्ययनले नेपाली विद्यार्थीको संख्या उल्लेख्य बढेको देखाएको हो।
अध्ययनले अमेरिकामा विद्यार्थी अपूर्ति गर्ने देशमा उत्कृष्ट २५ भित्र परेको जनाएको छ। उक्त अध्ययन अनुसार अमेरिकमा प्रमाणपत्र तह(अन्डर ग्र्याजुएट)का विद्यार्थी आपूर्ति गर्ने देशमा नेपाल १०औ स्थानमा परेको छ।
 सन २०१८मा १३ हजार २७० जना नेपाली अध्ययनका लागि अमेरिका पुगेको रिपोर्टमा औल्याइएको छ।
पुराना थन्क्याई नयाँ गाडी किन्न बजेट माग
संघीय संसद् सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्काएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ । संसद् सचिवालयले अर्थ मन्त्रालयलाई पत्र पठाई दुईवटा एक करोड रुपैयाँभन्दा बढीका र बाँकी २१ वटा स्कारर्पियो जिप खरिदका लागि बजेट मागेको छ । माग गरिएका सबै गाडी किन्दा राज्य कोषमा १८ करोड रुपैयाँ व्ययभार थपिनेछ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेका लागि एक करोड रुपैयाँमाथिका दुईवटा गाडी खरिद गर्न लागिएको हो । स्कारर्पियो जिप संसदीय समितिका सभापति र अन्य पदाधिकारीका लागि खरिद गर्न लागिएको संसद् सचिवालयले जनाएको छ।
इपिएलको खेलतालिका सार्वजनिक
एभरेस्ट प्रिमियर लिग (इपिएल) को उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्सले ललितपुर प्याट्रियोट्सको सामना गर्ने भएको छ।
सोमबार आयोजक इपिएल प्राइभेट लिमिटेडले मंसिर २२ बाट सुरु हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो । दोस्रो दिनको पहिलो खेलमा ललितपुरले चितवन टाइगर्सको सामना गर्नेछ भने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजको सामना गर्नेछ।
पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली क्वालिफायरमा प्रवेश गर्नेछन् । जसको विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि तेस्रो र चौथो स्थानको टोलीबीच हुने इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।

बाम सरकारका ९ महिना : के ओली सरकार विफल हुँदै गएको हो ?

२०७२ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा राष्ट्रियताको अडान लिएर जनताको मन जित्न सफल प्रम केपी शर्मा ओलीले आफ्नो पार्टी तत्कालीन नेकपा एमालेलाई तीन तहको चुनावमा ठुलो सफलता दिलाए। उनै ओलीको पहलमा एमाले र एकीकृत माओवादी बीच एकता भयो । र, ओलीले मधेसवादी पार्टीसहितको सहयोगमा दुई तिहाई सरकार बनाउन सफल भए। चुनाव पछिका दिनमा ओली झनै शक्तिशाली भएको भान हुन्थ्यो । पार्टी एकीकरण हुँदा होस् वा मन्त्री छान्दा, उनको निर्णयमाथि आवज उठाउने खासै कोही थिएनन् । तत्कालीन एमाले भित्र गुट राजनीतिनै सकिसकेको धेरैको बुझाइ थियोे ।

हुन त ९ महिनाको काम हेरर सरकार विफल वा सफल भयो भनी टिप्पणी गर्नु कुनैपनी सरकार माथि अन्याय हुन्छ । तर विहानीले दिनको संकेत गर्छ भनेजस्तै पहिलो केही महिनामा सरकारले के गर्न सक्यो, सकेन भन्ने कुराले धेरै ठुलो अर्थ राख्छ । र, यी संकेतलाई आधार मान्ने हो भने सरकारले जन अपेक्षा बमोजिम काम गर्न सकिरहेको छैन भन्ने प्रष्ट छ। विकास र समृद्धिको नारा दिएर चुनाव लडेको ओली सरकारले झण्डै ९ महिना बितिसक्दा पनि सामान्य विकास निर्माण, शान्ति सुरक्षा, महिला हिंसा न्यूनीकरण र भ्रष्टाचार रोकथामका लागी खासै केही गर्न सकेको देखिदैन। बलियो सरकार आएपछि भ्रष्टाचार र बेथिति कम हुने धेरैको विश्वास थियो । तर कानुन बिपरित काम गर्दै आएको यातायात माफिया, कालिका कन्स्ट्रक्सन, पप्पु कन्स्ट्रक्सन आदि ठुला कम्पनी सामू सरकारले देखाएको लाचारीले धेरैलाई निराश बनाएको छ। झण्डै चार महिना बितिसक्दा पनि सरकारले कंचनपुरकी १३ वर्षे बालिका निर्मला पन्तको हत्यारा पक्राउ गर्न र परिवारलाई न्याय दिलाउन सकिरहेको छैन। महँगी र कालोबजारी नियन्त्रण गर्ने काममा पनि सरकार निकै उदासीन देखिएको छ । भर्खरै बनेका प्रदेश सरकारलाई चलयमान र आत्मनिर्भर बनाइ संघियतालाई मजबुत बनाउने ऐतिहासिक जिम्मेवारी पुरा गर्ने काममा पनि सरकार चुकेको देखिन्छ ।
पछिल्लो समय ओली सरकारको सर्वत्र विरोध हुन थालेको छ । प्रतिपक्षी नेपाली काङ्ग्रेस लगायतका पार्टीले त बिरोध गर्ने भएनै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरुले पनि सरकारको चर्को आलोचना गरिरहेका छन् ।यो आलोचनाको केन्द्रबिन्दुमा छन् प्रधानमन्त्री केपी शर्मा ओली । केही अघि मात्रै जनताको त्यत्रो साथ समर्थन पाएका ओलीको किन यति ठुलो निन्दा ? के यो ओली सरकार बिफल हुँदै गएको संकेत हो ? कि यस्तो देखिएको मात्रै हो ?

मलेसियासँगको पहिलो श्रम सम्झौता : नेपाली कामदारलाई यस्ता फाइदा

यही कार्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौता भयो। काठमाडौंमा हस्ताक्षर भएको उक्त समझदारी पत्रमा श्रममन्त्री गोकर्ण बिष्ट र मलेसियाका श्रममन्त्री एम कुलासेगरनले हस्ताक्षर गरेका थिए। नेपाल र मलेसियाबीच भएको उक्तश्रम समझादारी पत्रमा के कस्ता कुरा समावेश छन् र ति सहमतिबाट नेपाललाई के कस्ता फाइदा होलान्हामीले श्रम सम्झौताबाट नेपालीलाई फाइदा हुनसक्ने पाँच मुख्य बुंदा यहाँ प्रस्तुत गरेका छौं   

१) समझदारी पत्र अनुसार अब रोजगारदाताले नै कामदार मलेसिया जाँदा लाग्ने सम्पूर्ण खर्च व्यहोर्नु पर्नेछ। यो खर्चमा म्यानपावरलाई दिनुपर्ने सेवा शुल्कभिजा शुल्क,  हवाई टिकटको शुल्क र स्वास्थ्य सुरक्षा परीक्षण गर्दा लाग्ने खर्च आदि समेटिएको छ। इमानदारी पूर्वक लागु भए अब मलेसिया जाने नेपाली कामदारले आफ्नो १५ दिनको तलब खर्च गर्दा पुग्छ। मलेसिया जाने कामदारले हाल औसतमा रु एक लाख तिर्ने गर्छन्।

२ ) मलेसियामा काम गरिरहेका नेपालीले त्यहाँका नागरिक सरह नै तलब सुविधा र भत्ता पाउने छन्। अतिरिक्त काम गर्दा नियम बमोजिमओभर टाइम‘ सुबिधा दिनुपर्ने हुन्छ। कामदारको बैंक खातामा हरेक महिनाको पहिलो हप्ता भित्र तलब भत्ता हाल्नुपर्ने ब्यवस्था गरिएको छ। साथैसाथै अब कामदारको तलबबाट लेवी‘ काटिने छैन।

३) यसअघि मलेसिया जाने कामदारको करारपत्र ३ वर्ष रहँदै आएकोमा अब दुई वर्ष मात्र हुनेछ। अब दुई वर्ष काम गरेपछि कुनैपनि  कामदार आफुले चाहेमा घर फर्कन पाउनेछन्। खाडीका देशमा काम गर्न जाने कामदारको करारपत्रको अबधि पनि २ वर्षको हुन्छ।

४) श्रम शोषण लगायतका हिंसामा परेको अवस्थामा नेपाली कामदार त्यहाँको श्रम अदालत जान पाउने छन् र मुद्दा  बिचाराधिन रहेसम्म सोही देशमा बस्न पाउने छन्।

५) नेपाली कामदारले पनि मलेसियाली सरह दुर्घटना बिमा र स्वास्थ्य बिमा पाउने छन्। कुनै नजिकको  आफन्तको मृत्यु भएको खण्डमा कामदारले १४ बिदा पाउनेछन्। कामदारकै मृत्यु भएको खण्डमा सो कुराको जानकारी तुरुन्त नेपाली राजदूतावासलाई गराईरोजगारदाताले शव घर पठाउन पर्नेछ।

कुन्ती मोक्तान |शेरधन सुटुक्क अमेरिकामा |लालबाबुले गरे म्ह:पूजा |अर्का लालबाबुको गाडीलस्कर

नागरिक नेटवर्कले नयाँ शो सुरु गरेको छ। ह्वाट्स ट्रेन्डिङ नामक यो शो साप्ताहिक रुपमा हरेक बुधवार नेटवर्कमा प्रसारण हुनेछ। यो शो मा साताभर चर्चा बटुलेका विषय र प्रसंगलाई समेट्ने गरिन्छ।

 

मुख्यमन्त्री शेरधन राईका सहयोगीद्वारा पत्रकार कुटिए

समाचार लेखेको विषयलाई लिएर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका मुख्य सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले शुक्रबार न्यूयोर्कमा पत्रकार लोकमणि राईलाई कुटेका छन्।
तिहारको एक कार्यक्रम चल्दै गर्दा एक परिचितले पत्रकार राईलाई एकछिन बाहिर हिड भन्दै कार्यक्रमस्थल बाहिर लगेर कुटपिट गरिएको बताइएको छ। उमेशले बाहिर लगेर मनपरी गाली गलौज गर्दै मुख्यमन्त्रीको विषयमा जेपायो त्यही लेख्ने पत्रकार तैहोस भन्दै पत्रकार राईको अनुहारमा मुक्का हानेका थिए। घाइते पत्रकार राईलाई लगत्तै एम्बुलेन्स मार्फत स्थानीय एलमहर्स्ट हस्पिटलको इमरजेन्सीमा भर्ना गरिएको थियो।
मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमण विवादमा परेको छ। उपचारका लागि थाइल्यान्ड गएका राई त्यहाँबाट अमेरिका पुगेका छन्। अमेरिका जानेबारेमा राईले संघीय सरकारबाट स्वीकृति लिए÷नलिएको विषयमा स्पष्ट हुन नसकेका कारण उनी विवादमा परेका हुन्। पराराष्ट्र मन्त्रालय स्रोतले राईको विदेश भ्रमण विषयमा कुनै जानकारी नआएको जनाएको छ।

नेकपा अध्यक्ष दाहाल र गृहमन्त्रीले तातोपानी कुण्डमा लगाए डुबुल्की

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा अवस्थित कुण्डमा नुहाएका छन्। पत्नी सीता, छोरी गंगा सहित परिवारका सदस्यलाई लिएर दाहाल तातोपानी पुगेका थिए।
भारत, सिंगापुर थाईल्याण्डका अस्पतालको उपचारबाट समेत सन्चो नभएपछि कुण्डमा स्नान र जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको उद्घाटन गर्न दाहाल परिवारसहित म्याग्दी पुगेका हुन्। दाहालसँगै पत्नी नैनकलालाई लिएर आएका गृहमन्त्री रामबहादुर थापा समेत उद्घाटन कार्यक्रम सकिए लगत्तै उनीसँगै एउटै गाडीमा कुण्ड तर्फ हानिए।

सभापतिलाई घेराबन्दी गर्दै कांग्रेसका असन्तुष्ट
नेपाली कांग्रेसका असन्तुष्ट पक्ष पार्टीको आसन्न महासमिति बैठकमा सभापति शेरबहादुर देउवालाई घेराबन्दी गर्ने तयारीमा जुटेका छन् । बहुमतको बलमा सभापति देउवा स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकाल्दै असन्तुष्ट पक्ष महासमिति बैठकमा पेस हुने विधान संशोधन मस्यौदासहितका प्रस्तावमा फरक मत लैजाने तयारीमा जुटेको हो।
महासमिति बैठकमा पेस हुने विधान संशोधन मस्यौदासहितका अन्य प्रस्ताव सर्वसम्मतबाट केन्द्रीय समितिबाट पारित हुन नदिने रणनीति असन्तुष्ट पक्षको छ । पार्टी पदाधिकारी मनोनयन, नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद, विजयकुमार गच्छदारलाई उपसभापति बनाउनेसहितका प्रस्ताव सभापति देउवाले बहुमतबाट पारित गरेको ठहर असन्तुष्ट पक्षको छ।

निर्मलाका आमाबुवाको धर्ना जारी
छोरीको हत्यारा पत्ता लगाउनुपर्ने मागसहित निर्मलाका आमाबुवाले जिल्ला प्रशासन कार्यालयअगाडि सोमबार पनि धर्ना जारी राखेका छन् । उनीहरुलाई साथ दिँदै केही स्थानीय महिलाअधिकारकर्मी र नगारिक समाजका व्यक्ति पनि धर्नामा बसेका छन् । ‘छोरीको हत्यारा पत्ता नलागेसम्म यहाँबाट उठ्दिनँ’, निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘सरकार गम्भीर नभएकाले न्यायका लागि म धर्नामा बसेको हुँ।’
निर्मलाकी आमा दुर्गादेवी भने घरमा रहेका दुई छोरी डराउने भएकाले दिउँसो धर्ना बसेर राति फर्कने गरेकी छन् । ‘म दिनभरि धर्नामा बसें । छोरीहरु एक्लै हुने भएकाले साँझ घर फर्केकी हुँ’, उनले भनिन्, ‘मेरो छोरीको हत्यारा प्रहरीभित्रै अनुसन्धान गरे पत्ता लाग्छ । प्रहरीले पत्ता लगाइरहेको छैन ।

मंसिर भित्र पार्टी एकता टुंगिन्छ स् नेता खनाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आउँदो मंसिरभरमा तल्लो तहसम्मै पार्टी एकता भइसक्ने दाबी गरेका छन्। उनले माथिल्ला कमिटी निर्माण भइसकेपनि तल्लो तहसम्म पार्टी एक हुँदा मात्र पार्टी सशक्त हुने बताए।
उनले तलैसम्म एकता भएपछि मात्र पार्टी सशक्त र जनव्यापी हुने बताए। ‘संविधानको भावना अनुसार समाजवादी बाटोको अगुवाई पार्टीले गरिरहेको छ,’ गृहजिल्ला इलामस्थित नेकपाले सोमबार आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले भने, ‘नेकपाले कल्पना गरेको सुखी नेपाली समृद्ध नेपाल निर्माणको लक्ष्य पूरा हुने आधार तयार भएको छ।’

सरकारलाई दिएको समर्थन चाँडै फिर्ता हुन्छ  झा
राजपा नेपालका अध्यक्ष मन्डलका सदस्य अनीलकुमार झाले राजपाले सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने बताएका छन्। दीपावली, नेपाल संवत् तथा छठको अवसरमा रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राजपा नेता झाले सरकारले संविधान संशोधनतर्फ चासो नदेखाएकोले मधेस आन्दोलनका मागहरु सम्बोधन गराउन आन्दोलन गर्नुपर्ने हुँदा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन्।
राजपाले सरकारलाई सर्त सहित समर्थन दिएको तर सरकारले कुनै वास्ता नगरेकोले समर्थन फिर्ता लिएर अधिकारका लागि आन्दोलन गर्नुको विकल्प नभएको उनले बताए।

नेपाली मूलका एचबि भण्डारी अमेरिकी मध्यावधि निर्वाचनमा विजयी
अमेरिकी मध्यावधि निर्वाचनमा नेपाली मूलका एचबि भण्डारी निर्वा्चित भएका छन्। भण्डारी मेरिल्याण्डको हाउस अफ डेलीगेट डीष्ट्रीक–८ बाट निर्वा्र्चित भएका हुन्।
मंगलबार भएको निर्वाचनमा भण्डारी २० हजार, ९ सय, ७७ मत प्राप्त गर्दै विजयी भए। उनी अमेरिकी राजनीतिमा उपल्लो तहमा निर्वा्चित हुने पहलो नेपाली मूलका अमेरिकी राजनीतिज्ञ हुन्। तीन जना निर्वा्चित भएकोमा उनी दोश्रो धेरै मत ल्याएर विजयी हुन सफल भए। यो जितसँगै भण्डारी अमेरिकी राज्य संसद् भवन छिर्न सफल भएका छन्।
निर्वाचन क्षेत्र संख्या ८ मा भण्डारीसँगै एरिक ब्रोमवेल र कार्ल ज्याक्शन पनि डेमोक्रेटीक पार्टीका तर्फबाट प्रतिस्पर्धामा थिए। ह्यारीले रिपब्लिकन दलका ३ जना उम्मेदवारहरु जो क्लस्टर, जोसेफ बोट्लर र कार्ल ज्याक्सनसँग निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।
फेरि उठ्यो इपिएस सुधारको आवाज
नेपाली श्रमिकले मन पराएको कोरिया रोजगारी प्रक्रिया रोजगार अनुमति प्रणाली (इपिएस) सुधारका लागि पुनः आवाज उठेको छ । विगतमा इपिएसमार्फत कोरिया पुगेका श्रमिकले सुधारका लागि माग गर्दै आए पनि पछिल्लो समयमा श्रमिकको अधिकारबारे निरन्तर आवाज उठाउँदै आएका विज्ञहरूले समेत इपिएस सुधारमा जोड दिन थालेका हुन्।
बसोबास, सुरक्षा तथा आर्थिक दृष्टिकोणले राम्रो मानिँदै आएको कोरिया रोजगारीमा छनोट प्रक्रियाका कारण कामदार शोषित हुँदै आएको ठहर गर्दै विज्ञहरूले इपिएस सुधारको आवश्यकता देखिएको बताएका छन् । इपिएस प्रणाली अन्तर्गत कोरिया जाने कामदारको अवस्था र सुरक्षाबारे केन्द्रित रहँदै केही दिनअघि सोलमा आयोजित नेपालसहित विभिन्न मुलुकका श्रमिक, श्रमविज्ञ, नागरिक समाजका अगुवाहरूको भेलाले युवाको कोरिया सपनामा इपिएस बाधक बन्ने खतरा रहेको निष्कर्ष निकालेका छन्।

एमनेस्टीले फिर्ता लियो सुकीलाई दिएको सम्मान
मानवअधिकार सम्बन्धी अन्तरराष्ट्रिय सँस्था एमनेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ आङ सान सुकीलाई दिएको सर्वोच्च सम्मान फिर्ता लिएको छ। सुकीको मानवअधिकार प्रतिको प्रतिवद्धता र व्यवहारप्रति विश्वव्यापी रुपमा प्रश्न उठेपछि उक्त सम्मान फिर्ता लिइएको हो।
सन् १९९१ को नोबेल पुरस्कार विजेता सुकीलाई एमनेस्टीले सन् २००९ मा आफ्नो सर्वोच्च सम्मान ‘एम्बेस्डर अफ कन्शियन्स अवार्ड’ प्रदान गरेको थियो । त्यतिबेला नोबल पुरस्कार जितेसँगै मानवअधिकार र शान्तिका लागि सुकी विश्वव्यापी विम्ब नै बनिन्। लामो अवधिको निर्वासन, जेल र नजरबन्दको जीवन गुजारी आफ्नै देशभित्र प्रजातन्त्र प्राप्तिका लागि संर्घष गर्दै आएकी थिइन । आफ्नै घरमा नजरबन्दमा रहेको अवस्थामा सुकीलाई एम्नेस्टीले सर्बोच्च सम्मान प्रदान गरेको थियो।

सेड्रीना शर्मा | स्थापितको पद चैट | मन्त्रीको चियापानले क्रिकेट मैदान बिग्रियो | चियापान बेतुकका खर्च

नागरिक नेटवर्कले नयाँ शो सुरु गरेको छ। ह्वाट्स ट्रेन्डिङ नामक यो शो साप्ताहिक रुपमा हरेक शुक्रवार नेटवर्कमा प्रसारण हुनेछ। यो शो मा साताभर चर्चा बटुलेका विषय र प्रसंगलाई समेट्ने गरिन्छ।

लोडसेडिङमुक्त तिहार

लोडसेडिङमुक्त तिहार मनाउन लागिएको तीन वर्ष भएको छ। नेपाल विद्युत् प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो।
त्यसरी गरिएको परीक्षण सफल भएपछि लोडसेडिङको मार खेप्नु नपरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताए। ‘लोडसेडिङ अन्त्य भएको योसमेत गरेर तीन तिहार हुन्छ,’ उनले सोमबार नागरिकसँग भने, ‘त्यसअघि दैनिक १२–१३ घन्टा लोडसेडिङ हुने गरेको थियो।’

प्रदेश मन्त्री केशव स्थापित पदमुक्त
तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई पदमुक्त गरेका छन्। मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख अनुसार शुक्रबार बर्खास्त गरेको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए।
नियुक्त गरेको नौ महिनापछि मन्त्री पदबाट स्थापितलाई बर्खास्त गर्दै भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मवारी मुख्यमन्त्री पौडेल आफैंले लिएका छन्। स्थापितलाई पद मुक्त गरेको चिठ्ठी प्रदेश प्रमुखको कार्यालयमा शुक्रबारै बुझाईएको छ।
‘मुख्यमन्त्री ज्यूले संविधान अनुसार मन्त्री स्थापितलाई पदमुक्त गर्नुभएको हो’, स्वकीय सचिव पौडेलले भने, ‘मुख्यमन्त्रीको निर्देशन नटेर्ने र मन्त्रालयको बजेट सबैभन्दा बढि भएपनि प्रगति शून्य भएकाले बाध्य भएर बर्खास्त गर्नुभएको हो।’

मुस्कुराउँदै डिस्चार्ज भए प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्। छातीमा संक्रमण र रगतमा चिनीको मात्रा असन्तुलन भएपछि सोमवारदेखि उपचाररत प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शुक्रवार साँझ डिस्चार्ज गरेको हो।
ओली मुस्कुराउँदै अस्पतालबाट बाहिरिएका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री डिस्चार्ज भएको बताए। ओली अस्पतालबाट सिधै सरकारी निवास बालुवाटार प्रवेश गरेका छन्।
ओलीलाई सुरुमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। पछि मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखेर उपचार गरिएको थियो।

भारतमा बन्धक बनाइएका २८ नेपाली महिलाको उद्दार
खाडी मुलुकमा रोजगारीको प्रलोभन देखाइ साढे २ महिना देखि भारतमा बन्धक बनाइएका २८ नेपाली महिलालाई भारतीय प्रहरीले उद्दार गरेको छ।
भारतको उत्तर प्रदेशस्थित इन्दरपुरको एक भवनमा उनीहरुलाई साढे २ महिनादेखि बन्धक बनाइ राखिएको प्रहरीले जनाएको छ। बन्धक बनाउने काममा संलग्न रहेको अभियोगमा केदार भनिने एक व्यक्तिसहित अन्य ५ जनालाई पनि गिरफ्तार गरेको उद्दारमा संलग्न वरिष्ठ प्रहरी उपरिक्षक वैभव कृष्णले जानकारी गराए।

शेयरको अनलाईन कारोबार प्रणाली सञ्चालनमा
नेपाल शेयर बजारलाई अन्तरराष्ट्रिय स्तरको बनाउने गरी नेपाल स्टक एक्सचेन्जले अनलाईन कारोबार प्रणाली सुरु गरेको छ। चालु आर्थिक वर्षको पहिलो दिन(गत साउन १) देखि नै सञ्चालनमा ल्याउने भनिएको स्वचालित अनलाईन कारोबार प्रणाली मङ्गलबारदेखि पूर्ण कार्यान्वयनमा ल्याइएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।अनलाइन प्रणालीको अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेका हुन्।
यो प्रणाली सुरु भएसँगै अब दास्रो बजारमा शेयर कारोबारका लागि धितोपत्र दलाल व्यवसायी (ब्रोकर) अफिस घाउनु पर्ने वाध्यता हटेको छ। शेयर खरिदविक्री कार्य घरमै बसी अनलाईन मार्पत नै कारोबार संभव हुने भएपछि विदेशमा बस्ने नेपालीलेसमेत दिन दिनै सेयर कारोबारमा सहभागी हुनसक्ने छन्। आजदेखि आम लगानीकर्ताले इन्टरनेटको पहुँच भएको कुनै पनि स्थानमा रहेर आफैंले कारोबार गर्न सक्नेछन।
धावनमार्ग पिचको जिम्मा चिनियाँ कम्पनीलाई
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्गको पिच परिवर्तन गर्ने जिम्मा चिनियाँ कम्पनीले पाएको छ । साढे ६ दशक पुरानो पिच परिवर्तनका लागि सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कोअपरेसनबीच सम्झौता भएको हो।
सम्झौताअनुसार चिनियाँ कम्पनीले १८ महिनामा काम सम्पन्न गरिसक्ननु पर्नेछ । प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले चिनियाँ कम्पनीले पाँच महिनामा पूर्वतयारी गरिसक्ने जानकारी दिए ।

पाँच लाख ४८ हजार नगदसहित चौध जुवाडे पक्राउ
प्रहरीले सोमबार पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ।
जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो। पक्राउ परेकाबाट पाँच लाख ४७ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

कमेडी क्लब सञ्चालन गर्दै जितु
नेपाल टेलिभिजनबाट एकताका प्रसारित टेलिश्रृंखला ‘जिरे खुर्सानी’मा ‘मुन्द्रे’ चरित्रबाट दर्शकमाझ चिनिएका हास्य कलाकार जितु नेपालले सोही टेलिभिजनमा ‘मुन्द्रेको कमेडी क्लब’ सञ्चालन गर्ने भएका छन्। कि इन्टरटेनमेन्टले निर्माण गर्न लागेको यो कार्यक्रम सोमबारबाट राति नेपाल टेलिभिजनमा प्रसारण हुनेछ।
कलाकार जितुले शनिबार राजधानीमा पत्रकारमाझ दुई वर्ष अघिदेखिको सोचलाई यसपटक पूरा गर्न लागेको बताए। ‘कुनै समय टेलिभिजनमा हिट बनेका टेलिसिरियल ‘तितो सत्य’, ‘मेरी बास्सै’ र ‘जिरे खुर्सानी’ अहिले छैनन्। कार्यक्रमका लागि नेपालका ग्रामीण भेग पुग्दा अधिकांश दर्शकले कमेडी कार्यक्रमको माग गर्नुभयो,’जितुले भने,‘टेलिभिजनले नै दर्शकमाझ मलाई ‘मुन्द्रे’का रुपमा चिनायो। त्यसकारण पनि मैले सो पनि ‘मुन्द्रे’ नाम राखेर सञ्चालन गर्न लागेको हुँ।’

ट्रम्पका कारण अमेरिकाले इज्जत गुमायो स् इरान
अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको प्रतिष्ठालाई कमजोर बनाएको बताउँदै इरानविरुद्ध प्रतिबन्ध लगाउने बिषयमा अमेरिका अन्तिममा इरानसँग पराजित हुने इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले शनिबार बताएका छन्।
खामेनीको पर्सियाली ट्वीटर पेजमा तेहरानमा गरिएको सम्बोधनलाई उद्धृत गरी उल्लेख गरिएको छ, “अमेरिकाका वर्तमान राष्ट्रपति ट्रम्पले उदारवादी प्रजातन्त्र र अमेरिकाको बचेखुचेको प्रतिष्ठालाई बेनाम बनाएका छन्। अमेरिकाको बेजोडको शक्ति र मजबुत अमेरिकी अर्थतन्त्र र सैन्य शक्ति पनि पछिल्ला सरकारका कारण कमजोर बन्दै गएको छ।”

नेपाली पासपोर्ट भारतको तुलनामा दोब्बर महंगो

नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली सूचीमा पर्छ। तर यसको मूल्यको हिसाबले छिमेकी देशहरु भन्दा निकै महँगो रहेको पाइएको छ।

३२-पृष्ट लामो पासपोर्ट सामान्य प्रकियाबाट लिनको लागि रु ५,००० तिर्नु पर्छ। सामान्य प्रक्रियाबाट पासपोर्ट लिदा जिल्ला हेरेर कम्तिमा १० दिन देखि ३ महिनासम्म लाग्न सक्छ।

तुरुन्त लिनुहुन्छ भने सामान्य प्रक्रिया भन्दा तीन गुणा बढी पैसा तिर्नु पर्ने  हुन्छ। जस्तै आवेदन दिएकै दिन पासपोर्ट लिन चाहे १५,०००दोस्रो दिन लिन चाहे १२००० र तेस्रो दिन लिन चाहे १०,००० तिर्नुपर्ने हुन्छ। अझै तपाईले विदेशमै पासपोर्ट झिकाउनु भयो भने यो रकमको तीन गुण बढी तिर्नुपर्ने हुन्छ।

आर्थिक हिसाबले हामीभन्दा सम्पन्न भएपनि  नेपालको तुलनामा हाम्रा छिमेकी देशहरुमा पासपोर्ट निकैको शुल्क सस्तो छ। दक्षिणी छिमेकी भारतमा ३६ पृष्ठको पासपोर्टको मूल्य १५०० भारतीय अर्थात् २६०० नेपाली रुपैयाँ छ। ६० पृष्ठ लामो पासपोर्टका लागि भने ३२०० नेपाली रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। यो मूल्य नेपालको भन्दा झन्डै आधा सस्तो हो।