दुई अर्ब बढी खर्च भएको बिमस्टेक सम्मेलनबाट नेपालले के पायो?

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक)को चौथो सम्मेलन भर्खरै काठमाडौँमा सम्पन्न भयो।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा बंगालको खाडीको तट र यसको आसपासमा रहेका दक्षिण एसियाका भारतनेपालबंगलादेशभुटानश्रीलङ्का र दक्षिण पूर्वी एसियाका थाइल्यान्ड र म्यानमार सदस्य छन्। सरकारी अधिकारीहरुको भाषामा चौथो बिमस्टेक सम्मेलन भव्य रुपमा सप्पन्न भयो। वास्तबिकता के हो तअझ महत्वपूर्ण कुरा त २ अर्ब भन्दा बढी रुपैयाँ खर्चिएर गरिएको सम्मेलनबाट नेपालले चाहिँ के पायो तचार बर्ष अघि नेपालले आयोजना गरेको सार्क सम्मेलन र हालै भएको बिमस्टेक सम्मेलन बीच के कस्तो फरक रह्यो त?