के पोर्न प्रतिबन्धले बलात्कारका घटनामा कमी आउला ?

देशभर बढी रहेको बलात्कार र महिला हिंसाको घटनालाई मध्यनजर गर्दै नेपाल सरकारले गएको हप्ता पोर्न साइट बन्द गर्ने निर्णय लियो ।
सरकारले उक्त कदमबाट बलात्कारका घटनामा कमि आउने बताइरहदा धेरैले उक्त कदमको निन्दा गरेका गरे । के पोर्न साइट बन्द गर्ने निर्णयले सरकारले भनेजस्तै बलात्कारका घटनामा कमि आउला वा अरु धेरैले भन्ने गरेझैं यो सरकारले आफ्नो सुरक्षा कमजोरी ढाकछोप गर्न लिएको निर्णय हो ?
नागरिक ३६० को यो शृङ्खलामा हामी सरकारको पोर्न साइट बन्द गर्ने निर्णय र सो निर्णय सगँ जोडिएका विभिन्न बिषयमा रहेर चर्चा गर्दैछौं  ।