छिया–छिया सीमा सडक

भूकम्प तथा लगातारको बाढी, पहिरोले उत्तरी सिमा नाका चीन जोड्ने अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड क्षतविक्षत बनाएको छ। बिनासकारी भूकम्पपछि सीमा नाका तातोपानी बन्द हुँदा सरकारी उपेक्षामा परेको ३६ किलोमिटर लामो यो सडक मर्मत सम्भार अभावमा छिया–छिया बनेको हो ।
२०७२ वैशाख १२ को भूकम्पपछि चीनसँग व्यापारिक कारोवार हुने यो प्रमुख नाका बन्द छ। त्यसयता नाका जोड्ने राजमार्गको मर्मत, सम्भार भएको छैन। नाकासँगै उपेक्षामा परेको राजमार्ग दिनप्रतिदिन खण्डहरमा परिणत भइरहेको छ।
बाह्रसविसे–तातोपानी खण्डको दर्जनौँ स्थानमा भाटेकोसी नदीको कटान र पहिरोको विनाशलीला मात्र देखिन्छ। विगत झैं यो बर्खामा बाह्रविसे–तातोपानी खण्ड बाढी, पहिरोका कारण अधिकांश समय अवरुद्ध रह्यो। सडक बन्द भइ आवतजावत गर्न नपाउँदा बर्खामा लगातार तीन वर्षदेखि स्थानीय गाउँमै थुनिन बाध्य भए ।
१ सय १४ किमी राजमार्गको बाह्रविसेदेखि नै सुरु हुन्छ सडकको दुरावस्था र बाढी पहिरोको विनाशलीला। २०७३ बर्खाको भाटेकोसी बाढीले यो खण्डमा ठूलो क्षति पु¥यायो । बाढीले ठाउँ–ठाउँमा व्यापक सडक कटान ग¥यो भने माथिबाट खसेको पहिरोले थप क्षति पु¥यायो। गत भदौ २ गते साधीखोलामा आएको बाढीले बाह्रविसे–तातोपानी जोड्ने खुर्सानीबारी नजिकको पुल बगायो । त्यहाँ अझै अर्को पुल हाल्ने प्रयास थालिएको छैन । गत वर्ष पहिरोले लार्चा पुल दुई टुक्रा बनाएको थियो ।
बाह्रविसेमाथि भोटेकोसी गाउँपालिकामा झण्डै ३० किमी सडक नयाँ ट्रयाक नै खन्नुपर्ने गरी छिया–छिया छ । तिब्बत जोड्ने मितेरी पुलसम्मै दर्जनौँ स्थानमा गएको पहिरो र नदी कटानले सडकको बेहाल छ । राजमार्गको बसेरी, बोर्डरल्याण्ड, नयाँ पुल, चाकु, हिन्दी, डाकलाङ्, झीर्पु, लार्चा, १० किलो, तातोपानी बजार लगायत स्थानमा साना–ठूला अनगिन्ती पहिरो छन् । तिनै स्थानमा भोटकोसी नदी कटान तीव्र छ । बर्खाको खहरै सडकमै बहिरहेको छ ।
तातोपानी–लिपिङ सडक सम्पर्क टुटेको दुई वर्ष बितिसकेको छ । २०७३ को भोटकोसी बाढीले चार किमी यो खण्डको अधिकांश सडक कटान गरेको थियो । कटानसँगै माथिबाट जमिन बग्दा सडक नै हराएको छ । त्यहाँ सडक ट्रयाक खोल्ने ठाउँसम्म छैन । स्थानीय ठाउँ–ठाउँमा काठ मुढा र फल्याक बिछ्याएर हिँड्न बाध्य छन् । यहाँको यात्रा गर्नु पर्दा राम नाम पुकार्नुपर्ने बाध्यता छ ।

किन रुख नकाटी बन्दैन निजगढ विमानस्थल ?

काठमाडौं– नागरिक उड्ययन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुको विकल्प नभएको बताएका छन्। उनले यो विमानस्थलका लागि बाराजतिको उपयुक्त ठाउँ अरु कहीँ नभएको पनि बताए।

‘नेपालको टेरिटोरीमा चुरेभन्दा दक्षिण, बोर्डरबाट उत्तर तराईतिर यो लेभलको एयरपोर्ट बनाउन सक्ने ठाउँ अन्त कतै छैन्’, उनले भने, ‘भौगलिक हिसाबले उपयुक्त छ, एयर स्पेसको हिसाबले पनि उपयुक्त ठाउँमा र राजधानीको नजिकको हिसाबले पनि असाध्यै करेक्ट ठाउँमा छ।’

विमानस्थल अहिलेको आवश्यकता रहेकोले स्थान परिवर्तन हुनै नसक्ने स्पष्ट पार्दै उनले यद्यपी इआइएका केही बुँदामा त्रुटि रहेको बताउँदै त्यसलाई सच्याइने बताए।

विश्वमा सन् २०१७ मा ४ अर्ब १० करोड यात्रा गरेको र यसमध्ये एसिया प्यासिफिक क्षेत्रमा १ अर्ब ५० करोड रहेको भन्दै अबको १० वर्षमा २ अर्ब पुग्ने तथा त्यसका लागि भारत र चीन विशाल जनसंख्या भएको देशको बीचमा रहेको नेपालले अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य रुपमा बनाउनुपर्ने उनको भनाई छ।

‘नेपालको जनसंख्या वृद्धि ९ देखि १० प्रतिशतको हाराहारीमा छ। यो वृद्धि र यात्रु वृद्धिले हामी के भन्न सक्छौं भने अर्काे अन्तर्राष्ट्रिय विमानस्थल नभई नहुने भन्ने निष्कर्षमा हामी पुगेका छौं। यो बनाउनुपर्छ त्यही ठाउँमा’, निर्देशक अधिकारीले भने। फास्ट ट्रयाकले राजधानी र तराई जोड्ने भएका कारणले पनि निजगढको विकल्प नभएको उनले जिकिर गरे।

‘अहिले हामीसँग भएको काठमाडौं, पोखरा, भैरहवा विमानस्थल भुगोलअनुसार उपयुक्त विमानस्थल होइनन्। त्रिभुवन विमानस्थलमा पनि चार तत्व पुगेको छैन्’ निर्देशक अधिकारीले प्रष्ट्याए, ‘किनभने हामीले मान्नुपर्ने नियम कानुन स्ट्यान्डर र रिकुमेन्डेसन, सिभिलाइजेसन, अर्गनाइजेसन हो। त्यो आइक्यापले निर्धारण गरेको सबै मापदण्ड, स्ट्यान्डर र रिकुमेन्डेसन फुलफिल गर्न निजगढ जतिको उपयुक्त ठाउँ अरु कुनै छैन्। त्यसको लागि पनि हामीले यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनैपर्छ।’

विदेशमा पनि विमानस्थल बनाउँदा रुख काटिने गरेको भन्दै उनले भने, ‘संसारभरी एयरपोर्ट बन्ने भनेकै कि रुख काटेर हो कि समुद्र पुरेर हो।’ ‘अहिले टर्कीको इस्तानबुलमा एयरपोर्ट बन्दैछ, त्यहाँ पनि २५ लाख रुख काटेको छ’, उनले उदाहरण दिँदै थपे, ‘६ लाख रुख चाँही साच्चै काट्यो, बाँकी जिओटी गरेर अन्यत्र लगेको छ।’

उनले निजगढ विमानस्थल निर्माणका क्रममा अहिले नै २४ लाख रुख नकाटिने स्पष्ट पार्दै एयरफोर्समा पर्ने रुखहरु काटिन लागेको जानकारी गराए। ‘८ हजार हेक्टरको २४ लाख रुख अहिले हामी काट्ने होइन। ८ हजार हेक्टर भनेको विमानस्थल क्षेत्र मात्रै हो। विमानस्थल क्षेत्र भनेको सिंगल रनवे (फर्स्ट फेजको), टर्नेल विल्डिङ, अरु सञ्चार सामग्रीहरु छन्। तर एयरफोर्सको रुखहरु त काट्नुपर्यो नी। एयरफोर्समा पर्ने रुखहरु त काट्नै पर्छ’, उनले भने।

रुख काट्न हतार भएको कुरालाई अस्वीकार गर्दै भने, ‘रुख काट्न हतार गरेको होइन, नेपाली सेनासँग हाम्रो सम्झौता भएको डेढ/दुई वर्ष भइसक्यो।’

पानी प-यो कि निद्रै लाग्दैन

वर्षायाममा आकाशबाट झमझमपानीपर्दा रमाउनेहरु धेरै छन् । तर नवलपुर मध्यविन्दु दुइ सेहरी गाउँका बासिन्दा पानी पर्दा ननिदाई बस्छन् । गत वर्ष साउन २९ गते गएको बाढीले उनीहरुको घर बगायो । घरसँगै बस्तुभाउ पनि बगायो । घरमा रहेका खाद्यान्नपनि केहीबाँकी रहेनन् ।
सेहरीमा बस्ने सबैको घर एकैनासको छैन । कसैको भुइँतल्लामात्र छ । कसैको माथिल्लो तलापनि छ । कसैको घर होचो छ । सबैको घरमा अलिअलि भए पनि अन्न छ । बस्तुभाउ छन् । बाढी पस्यो भने सर्पको डर हुन्छ । यस्तै यस्तै डर र त्रासका बीचमा यहाँ बासिन्दाको दिनहरु वितिरहेका छन् ।
यी बस्तीमा बर्सेनीहुने बाढीको त्रास कुनै नौलो कुरा होइन । यहाँका बासिन्दाले पटक पटक सरकारी अधिकारी र राजनीतिकदलका नेताहरुलाई गुहारेका छन् तर केही नतीजा निस्किएको छैन ।
मध्यविन्दु नगरपालिका वडा नं. २ का वडाध्यक्ष नारायण पौडेल यी बस्तीका समस्याबारे जानकार छन् । तर समस्या समाधानकालागिआफूहरुसँग पर्याप्त बजेट नभएको बताउँछन् ।

नेपालका लागी बंगलादेशको राजदुतबासमा फोटो पत्रकारहरुद्वारा प्रर्दशन

बंगलादेशमा विद्यार्थीद्वारा भइरहेको सरकार विरोधी प्रदर्शनबारे आफ्नो धारणा सार्वजनिक गरेको अभियोगमा त्यहाँको सरकारले वरिष्ठ फोटो पत्रकार शाहिदुल आलमलाई प्रकाउ गरेको विरोधमा काठमाडौंमा फोटो पत्रकारहरुले प्रदर्शन गरेका छन् । वरिष्ठ फोटो पत्रकार शाहिदुल आलम निशर्त यथाशिघ्र रिहाई गनुपर्ने तथा प्रेस तथा अभिब्यक्ती स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने माग गदै बसुन्धरास्थित नेपालका लागी बंगलादेशको राजदुतबास अघि ल्पेकार्डसहित प्रर्दशन गदै ज्ञापन प्रत्र बुझाइएको छ ।
फोटो पत्रकार क्लब, राष्ट्रिय फोटो पत्रकार महासंघ, फोटो सर्कल, वरिष्ठ फोटोपत्रकारहरु बिकास रौनियार र उषा तितिक्षु लगायत पत्रकारहरुले ज्ञापन पत्र बुझाएका हुन् । सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेको र अन्तर्वार्ता दिएकै कारण पत्रकारलाई गिरफ्तार गर्नु भनेको प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार हो । प्रेस स्वतन्त्रताको सम्मान गर्न बंगलादेश सरकारलाई आग्रह गर्दै प्रेस स्वतन्त्रता विरोधी सबै खालका क्रियाकलाप बन्द गर्न आग्रह गदै गरिएको छ ।
साहिदुल आलम सधैँ सत्य, न्याय,समानता र स्वतन्त्रताका लागी उभिने मानिस भएको बताउदै फोटो सर्कलकी नयनतारा गुरुङकक्षतिले बंगलादेश सरकारले उनलाई अविलम्ब निर्शत रिहाई गर्नुपर्ने बताइन् ।
सहिदुल फोटोपत्रकार मात्र नभई सामाजिक न्यायका लागि लड्ने एक मानवअधिकारकर्मी पनि हुन्, उनलाई कुनैपनि बहानामा प्रकाउ गर्ने कार्य निन्दनीय रहेको ठहर हामीले गरेका छौँ । उनलाई तत्काल रिहाई गर्न फोटो पत्रकार तथा सामाजिक अभियन्ता उषा तितिक्षुले माग गरीन् ।
साहिदुल आलमको गिरफ्तारीलाई अहिले दक्षिण एशियामा बढ्दै गएको विरोधीलाई सहन नसक्ने प्रवृत्तिको एउटा पाटोको रुपमा नेपाली फोटोपत्रकार तथा पत्रकारहरुले मूल्यांकन गरेका छन् । बंगलादेशी सरकारलाई आलम बंगलादेश बाहिर पनि एक सशक्त व्यक्तित्व भएको र उनको अवस्थाप्रति नेपाली फोटोपत्रकार तथा पत्रकारहरु चिन्तित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सहिदुल आलम नेपाली फोटो पत्रकारहरुको पुराना मित्र तथा हितैषी भएका बंगलादेशी फोटोपत्रकार भएका बताउँदै नेपाल फोटोपत्रकार महासंघका महासचिब हरी रेग्मीले उनलाई बिनाशर्त रिहाई गर्नुपर्ने माग गरे ।
एकजना फोटोपत्रकारले पे्रस स्वतन्त्रताको उपयोग गर्दा गिरफतार गर्ने बंगलादेशी सरकारको कार्य एकदमै निन्दनिय भएको बताउँदै वरिष्ठ फोटो पत्रकार बिकास रौनियारले साहिदुललाई अभिलम्ब रिहा गरी गल्ती सच्चाउन माग गरे ।
सिहिदुलको प्रकाउ सिङगो फोटोपत्रकारिता जगतमाथिको आक्रमण भएको बताउँदै फोटो पत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले क्षमासहित निर्शत रिहाई गरी प्रेस तथा अभिब्यक्ति स्बतन्त्रताको सम्मान गर्न बंगलादेशी सरकारलाई आग्रह गरे ।
बंगलादेशको सत्तारुढ दलको अवामी लिगको विद्यार्थी संगठनले गरेको विरोध प्रदर्शनका क्रममा फोटो पत्रकारमाथि आक्रमण भएको थियो । आन्दोलनका क्रममा फोटो पत्रकारको सुरक्षाका विषयमा शाहिदुलले अन्तर्रा्ष्ट्रिय मिडियामा अन्तर्वार्ता दिएको आरोपमा बंगलादेशी सरकारले गत आइतबार उनलाई घरबाटै पक्राउ गरेको थियो ।

प्रहरीद्वारा जुम्लामा डाक्टर कुटपिट

चिकित्सा शिक्षामा सुधारलगायत सात सूत्रीय माग राखेर जुम्ला सदरमुकाममा २० दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौं लगेको छ। अनशनले गलेका केसीलाई सरकारले ‘तानाशाही शैली’ मा बिहीबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगेको हो। डा. केसीले माग पूरा नभएसम्म जुम्ला अनशन नतोड्ने बताउँदै आएका थिए। अनशनका कारण केसीको स्वास्थ्य अवस्था खस्कँदै गएपछि अत्तालिएको सरकारले सुरक्षाकर्मी लगाएर उनलाई अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट उठाएर काठमाडौं लगेपछि स्थानीय आक्रोशित बनेका छन्। केसीले नमान्दानमान्दै बलजफ्ती उठाएर काठमाडौं लगिएको उनका समर्थकले बताएका छन्। केसीलाई जबरजस्ती काठमाडौं लैजान थालिएपछि प्रतिकारमा उत्रिएका अस्पतालका चिकित्सक, नर्स तथा प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीमाथि प्रहरी निर्ममताका साथ जाइलागेको थियो। प्रतिष्ठानको गेटमा बसेका उनीहरुका टाउकामा प्रहरीले अन्धाधुन्ध लाठी हानेको थियो। लाठी प्रहारबाट चिकित्सक, नर्स, विद्यार्थी र सर्वसाधारण रक्ताम्य भएका थिए। प्रहरी आक्रमणबाट चालीसभन्दा बढी चिकित्सक–विद्यार्थी घाइते भएका छन्। अस्पतालको तेस्रो तलामा डा. केसी थिए। भ¥याङमा बसेका विद्यार्थी, चिकित्सक र नर्समाथि पनि प्रहरीले निर्मम प्रहार गरेको थियो। लाठी प्रहारबाट ढलेका उनीहरूलाई कुल्चँदै प्रहरी डा. केसी अनशन कक्षमा पुगेका थिए। प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गर्न थालेपछि अस्पतालमा रुवाबासी चलेको थियो। आक्रामक बनेर अस्पताल प्रवेश गरेका प्रहरीले अस्पतालभित्र तोडफोडसमेत गरेका छन्। विद्यार्थीलाई लखेट्ने क्रममा प्रहरीले अस्पतालका बेड, टेबुल, सिसा तोडफोड गरेका छन्। अस्पतालभित्र फोडिएका सामान यत्रतत्र छन्। तोडफोडबाट प्रतिष्ठानमा लाखौं रुपैयाँको क्षति पुगेको छ।

त्रिवि शिक्षण अस्पतालमा मानव अङ्गबाट बायो ग्याँस

काठमाडौं–शिक्षण अस्पताल महाराजगन्जमा मानव अङ्गबाट बायो ग्याँस निकालिएको छ। अहिले परीक्षणको रुपमा छ महिनादेखि अस्पतालाजन्य कुहिने फोहोरबाट बायो ग्याँस उत्पादन शुरु गरिएको हो।

न्युरो, सर्जिकल, अति सघन कक्ष (आइसीयू) र मृगौला रोगसँग सम्बन्धित (नेफ्रो वार्ड) बाट निस्कने रगतजन्य फोहोर, शल्यक्रियाका क्रममा निस्कने शरिरका विभिन्न अङ्गहरुलाई अलग्गै संकलन गरि बायो ग्याँस निकालिएको छ। बायो ग्याँसका लागि मानव अङ्गका अतिरिक्त फ्याँकिएका खानेकुरा र कुहिने फोहोरलाई प्रयोग गरिएको छ।यहाँ उत्पादित ग्याँस अस्पतालको भान्सामा प्रयोग गरिएको छ भने पानी तताएर प्रशोधन गर्ने काममा पनि सदुपयोग गरिएको छ।

अस्पतालजन्य फोहोरको संक्रमणको जोखिम अत्यधिक रहन्छ । शिक्षण अस्पतालको नयाँ प्रयोगलाई अन्य अस्पतालले पनि पछ्याउनु जरुरी देखिन्छ।

शिक्षण अस्पतालले बायो ग्याँस उत्पादन नगर्दासम्म अस्पतालको फोहोर काठमाडौ महानगरपालिकालाई बुझाइन्थ्यो जुन खुलम खुल्ला टेकुको संकलन केन्द्र हुँदै डम्पिङ साइट औखरपौवासम्म पुग्थ्यो। फोहोर जलाउँदा निस्कने धुवाँले वातावरण प्रदूषण हुने र महानगरपालिकाले ओखरपौवामा फाल्ने फोहोरमा कहिलेकाँही सुई र संक्रमित फोहोर मिसिदा थप जोखिम बढ्ने गरेको थियो।

Sweden Vs Switzerland | Pre-Match Analysis Round of 16

Hopes run high for both the teams after positive qualifying campaigns. It’s been 24 years since Sweden reached the last eight. The Swiss, on the other hand, haven’t played a World Cup quarter-final since 1954. Needless to say, both teams need this, but who will grab this opportunity – an in-depth analysis on the possibilities.

Belgium Vs Japan | Pre-Match Analysis Round of 16

Will Belgium – the leading goalscorers in the group phase continue their winning streak, or will the surprise Asian squad win their first round of 16 match? Before you pick sides hear Sanjib Mishra’s analysis on how this match  could pan out.

वृद्धाश्रमको फरक संसार

पशुपतिनाथको भिडभाड र हल्लाखल्लादेखि अलग एउटा कुनामा यस्तै एउटा वृद्धाश्रम छ। जहाँ जीवनको अन्तिम अध्याय भगवानको शरणमा व्यतित गरिरहेका करिबh २ सय जना मानीसहरु बस्दछन। सांसारिक माया, मोह, परिवार, आफन्तजन, इष्टमित्र सबैदेखि अलग्गीएका अलग्गाइएका करिब दुई सय मानीसहरुको कथा कहालीलाग्दो छ ।

 

Spain Vs Russia | Pre-match Analysis Round of 16

काउन्टर अट्याकमा फाइदा लिने रूसी लक्ष्य
आयोजक रूसले आइतबार विश्वकपअन्तर्गत अन्तिम १६ को खेलमा स्पेनको चुनौती पन्छाउन समूहचरणका पहिला दुई खेलमा गरेजस्तै जुझारु प्रदर्शन दोहोर्याउन आवश्यक छ । समूह ‘बी’ को विजेताको रूपमा नकआउट चरण प्रवेश गरेको स्पेनले समूह चरणमा सोचेअनुरूप नतिजा भने ल्यान सकेको थिएन – विश्लेषण नागरिक नेटवर्कमा।

Can Russia bring back the bang they started the World Cup with, or will Spain continue their streak – they have not lost a match since Euro 2016 – get an in-depth perspective and weigh the odds of both  teams.

France Vs Argentina | Pre-Match Analysis FIFA 2018: Round of 16

फ्रान्स र अर्जेन्टिना भिड्दै

विश्वकप फुटवलमा आजदेखि नकअाउट चरणका खेल प्रारम्भ हुँदैछन् । आज पहिलो खेलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन् ।

असार गाउँदै एक्लै कान्छी

भक्तपुरको पिखेलस्थित खेतमा ६० बर्षीया कान्छी थापाले असारे भाका सुनाउँदै गर्दा उनलाई साथ दिने कोही थिएनन् । उनी संगै रोप्दै गरेका उनको गीत सुनेर मुस्कुराउथे तर भाकामा लय भने मिलाउन सकक्दैन थे । पछिल्ला पिढीले आधुनिक लय समाएको तर पुरानो भाका विर्सेको उनको बुझाई छ ।