नेपालका लागी बंगलादेशको राजदुतबासमा फोटो पत्रकारहरुद्वारा प्रर्दशन

बंगलादेशमा विद्यार्थीद्वारा भइरहेको सरकार विरोधी प्रदर्शनबारे आफ्नो धारणा सार्वजनिक गरेको अभियोगमा त्यहाँको सरकारले वरिष्ठ फोटो पत्रकार शाहिदुल आलमलाई प्रकाउ गरेको विरोधमा काठमाडौंमा फोटो पत्रकारहरुले प्रदर्शन गरेका छन् । वरिष्ठ फोटो पत्रकार शाहिदुल आलम निशर्त यथाशिघ्र रिहाई गनुपर्ने तथा प्रेस तथा अभिब्यक्ती स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने माग गदै बसुन्धरास्थित नेपालका लागी बंगलादेशको राजदुतबास अघि ल्पेकार्डसहित प्रर्दशन गदै ज्ञापन प्रत्र बुझाइएको छ ।
फोटो पत्रकार क्लब, राष्ट्रिय फोटो पत्रकार महासंघ, फोटो सर्कल, वरिष्ठ फोटोपत्रकारहरु बिकास रौनियार र उषा तितिक्षु लगायत पत्रकारहरुले ज्ञापन पत्र बुझाएका हुन् । सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेको र अन्तर्वार्ता दिएकै कारण पत्रकारलाई गिरफ्तार गर्नु भनेको प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार हो । प्रेस स्वतन्त्रताको सम्मान गर्न बंगलादेश सरकारलाई आग्रह गर्दै प्रेस स्वतन्त्रता विरोधी सबै खालका क्रियाकलाप बन्द गर्न आग्रह गदै गरिएको छ ।
साहिदुल आलम सधैँ सत्य, न्याय,समानता र स्वतन्त्रताका लागी उभिने मानिस भएको बताउदै फोटो सर्कलकी नयनतारा गुरुङकक्षतिले बंगलादेश सरकारले उनलाई अविलम्ब निर्शत रिहाई गर्नुपर्ने बताइन् ।
सहिदुल फोटोपत्रकार मात्र नभई सामाजिक न्यायका लागि लड्ने एक मानवअधिकारकर्मी पनि हुन्, उनलाई कुनैपनि बहानामा प्रकाउ गर्ने कार्य निन्दनीय रहेको ठहर हामीले गरेका छौँ । उनलाई तत्काल रिहाई गर्न फोटो पत्रकार तथा सामाजिक अभियन्ता उषा तितिक्षुले माग गरीन् ।
साहिदुल आलमको गिरफ्तारीलाई अहिले दक्षिण एशियामा बढ्दै गएको विरोधीलाई सहन नसक्ने प्रवृत्तिको एउटा पाटोको रुपमा नेपाली फोटोपत्रकार तथा पत्रकारहरुले मूल्यांकन गरेका छन् । बंगलादेशी सरकारलाई आलम बंगलादेश बाहिर पनि एक सशक्त व्यक्तित्व भएको र उनको अवस्थाप्रति नेपाली फोटोपत्रकार तथा पत्रकारहरु चिन्तित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सहिदुल आलम नेपाली फोटो पत्रकारहरुको पुराना मित्र तथा हितैषी भएका बंगलादेशी फोटोपत्रकार भएका बताउँदै नेपाल फोटोपत्रकार महासंघका महासचिब हरी रेग्मीले उनलाई बिनाशर्त रिहाई गर्नुपर्ने माग गरे ।
एकजना फोटोपत्रकारले पे्रस स्वतन्त्रताको उपयोग गर्दा गिरफतार गर्ने बंगलादेशी सरकारको कार्य एकदमै निन्दनिय भएको बताउँदै वरिष्ठ फोटो पत्रकार बिकास रौनियारले साहिदुललाई अभिलम्ब रिहा गरी गल्ती सच्चाउन माग गरे ।
सिहिदुलको प्रकाउ सिङगो फोटोपत्रकारिता जगतमाथिको आक्रमण भएको बताउँदै फोटो पत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले क्षमासहित निर्शत रिहाई गरी प्रेस तथा अभिब्यक्ति स्बतन्त्रताको सम्मान गर्न बंगलादेशी सरकारलाई आग्रह गरे ।
बंगलादेशको सत्तारुढ दलको अवामी लिगको विद्यार्थी संगठनले गरेको विरोध प्रदर्शनका क्रममा फोटो पत्रकारमाथि आक्रमण भएको थियो । आन्दोलनका क्रममा फोटो पत्रकारको सुरक्षाका विषयमा शाहिदुलले अन्तर्रा्ष्ट्रिय मिडियामा अन्तर्वार्ता दिएको आरोपमा बंगलादेशी सरकारले गत आइतबार उनलाई घरबाटै पक्राउ गरेको थियो ।