धिरेन्द्रकी बोल्ड कान्छी छोरी, पुर्व राजाको नृत्य मोह

लालपुर्जा नेपालीसँग, जग्गामा भारतीय हैकम

बुटवल – नवलपरासीस्थित सुस्तावासीले भारतीय अतिक्रमणको पीडा भोग्न थालेको चार दशक बित्यो। भारतीयले अतिक्रमण गरी बस्ती नै बसालेपछि फराकिलो सुस्ता एकाएक साँघुरियो। हडप्न नसकेको कयौं बिघा जमिन विवादित भन्दै भारतीय सीमा सुरक्षा बल एसएसबीले जोतभोग गर्न दिएन। जग्गाको लालपुर्जा बाकसमा थन्किए। जमिन बाँझै रह्यो। नारायणी नदीपारि रहेको सुस्ता गाउँपालिका–५ मा पर्ने सुस्ताको कुल क्षेत्रफल ४० हजार नौ सय ८० हेक्टर हो। तर अहिले सात हजार हेक्टर जमिनमात्रै नेपालीले उपभोग गर्दै आएका छन्। १४ हजार हेक्टरमा भारतीयले अतिक्रमण गरी बस्ती बसालेका छन्। १९ हजार हेक्टर जमिन विवादित भन्दै कुनै पक्षले उपभोग नगर्ने सर्तमा त्यसै छाडिएको छ। त्यो जमिन अहिले झाडीमा परिणत भएको छ।

सुस्ताको बड्का टोलका ६० वर्षीय निजामुद्दिन अन्सारीको एक बिघा जमिन पनि झाडीमा परिणत भएको छ। उक्त जमिनमा डेढ दशकअघिसम्म उनी मुरीका मुरी धान र तोरी फलाउँथे। ‘मेरो जमिन मलाई मेरा छोराछोरीजस्तै प्यारो लाग्छ तर मैले त्यही जमिनमा टेक्न नपाएको १४ वर्ष भयो,’ उनले भने, ‘मेरो जमिन हडप्नेलाई देख्दा खुन उम्लेर आउँछ।’ सुस्ताकै लैला बेगमले पाँच बिघा जमिनको लालपुर्जा बाकसमा सुरक्षित राखेकी छन् तर खेती गर्न पाएकी छैनन्। २०६१ सालसम्म भारतीयसँग लडेरै उनले आफ्नो जमिन जोगाएकी थिइन्।

सीमा अतिक्रमणको विरोधमा नेपालीले गरे बेल्जियममा प्रर्दशन

लण्डन- बेल्जियमस्थित नेपाली समुदायले भारतले नेपाली सीमा मिचेको भन्दै प्रर्दशन गरेका छन्।  भारतले जारी गरेको  नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा समेटिएको बिरुद्ध नेपालीहरुले ब्रसेल्सस्थित भारतीय दूतावास भवन अगाडि जम्मा भएर विरोध गरेका हुन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको नेतृत्वमा त्यहाँस्थित आदी दर्जन भन्दा बढी संघसँस्थाको सकृयतामा सोमबार एक विरोध प्रदर्शनको आयोजना गर्दै   भारतीय दूतावास पुगेर ज्ञापन पत्र बुझाईएको आयोजक मध्यका एक विष्णु भुजेलले जानकारी दिए।

भारतीय दूतावास मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको ज्ञापनपत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै हालै भारतद्धारा जारी राजनीतिक नक्साको विरोध गरिएको छ। पत्रमा भारतले २३ जिल्लामा ६०७ वर्गमिटर नेपाली जमिन भारतले हडप्दा हजारौंको संख्यामा नेपाली नागरिक प्रभावित भएको बताउँदै तत्काल दुबै देशका परराष्ट्मन्त्रालयबीच उच्चस्तरिय समिति मार्फत समस्याको समाधान गर्न आग्रह गरिएको छ। पत्रमा नेपाली सीमा भित्र रहेका भारतीय सुरक्षा निकायलाई तत्तकाल फिर्ता लैजान  भनिएको छ।

२८ नेपाली विदेशी अस्पतालको कोमामा

काठमाडौं – घरमै केही काम गर्ने सोच बनाएका पति रामसिंहलाई करबल गरी वैदेशिक रोजगारीमा पठाएकोमा दार्चुला, दल्लेखकी प्रमिला धामीलाई अहिले पश्चाताप भइरहेको छ।

६ महिनाअघि साउदी अरेबियाको जेद्दास्थित एक कम्पनीमा काम गर्दागर्दै लडेका २९ वर्षीय रामसिंहको टाउकोमा गहिरो चोट लागेको छ। सोही चोटका कारण यतिखेर उनी त्यहाँको अस्पतालमा भर्ना भएका छन्। पत्नीले घर फर्काउने प्रयास गरे पनि सफल हुन सकेकी छैनन्।

‘अघिल्लो महिनासम्म जतिसक्दो चाँडो घर फर्काउनुप-यो भन्दै हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘विदेशबाट ल्याउन नसक्दा तनाव भइरहेको छ।’ उनी रोजगारीका लागि साउदी पुगेको ६ महिना मात्र पुगेको थियो।

स्वदेशमा पाइने अवसरमा आँखा नलगाई वैदेशिक रोजगारीमा जाँदा कतिपयले राम्रो आर्थिक प्रगति गरे पनि कतिपयले जिन्दगीभरी नमेटिने दाग र पीडा बोक्न बाध्य छन्।

गरिबी निवारणमा चिनियाँ प्रयास उदाहरणीय

बेइजिङ – चीनको हपै प्रान्तस्थित लाइस्वै जिल्लाको नान्यु गाउँका बासिन्दाको सन् २०१६ सम्म प्रतिव्यक्ति वार्षिक आय तीन हजार तीन सय चिनियाँ युयानमात्रै थियो। आम्दानीको स्रोत राम्रो नहुँदा नान्यु गाउँका ५९ परिवारका एक सय तीनजना सदस्य अति विपन्नको सूचीमा थिए। सो गाउँका बासिन्दा रोजगारीको खोजी गर्दै बेइजिङसम्म भौंतारिन्थे। गाउँमा भएको उब्जाउ जमिनको पनि उपयोग भइरहेको थिएन।

स्थानीयलाई खान तथा लाउनसमेत धौधौ हुन्थ्यो। सन् २०१४ मा चिनियाँ गरिबी निवारण कोष र सामसुङ ग्रुपले संयुक्त रुपमा नान्यु गाउँमा गरिबी निवारण परियोजना सुरु गरे। यसबाट गाउँको परिचय नै फेरिएको परियोजना संयोजक छांगले बताए। ‘अहिले नान्यु गाउँको गरिबी निवारणमात्रै भएको छैन, गाउँकै परिचय फेरिएर पर्यटकीय गन्तव्य बनेको छ,’ उनले भने, ‘दुई वर्षमै यहाँका स्थानीयको प्रतिव्यक्ति आय दोब्बरभन्दा धेरै वृद्धि भएको छ।’ उहिले उनीहरुको प्रतिव्यक्ति आय ७ हजार २ सय चिनियाँ युयान पुगेको छ।

शिक्षकको पनि शिक्षक युट्युब

रोल्पा – खाली समयमा नेपाल मावि कोटगाउँ रोल्पाका शिक्षकहरुसंगै बसेर मोवाइलमा युट्युुबबाट शैक्षिक सामाग्री निमार्णबारे खोजी गर्छन्। त्यहा सिकाइए अनुसारका सामाग्री तयार गरेर कक्षा कोठामा जाने अधिकतम प्रयास गर्छन्। प्रविधिको अधिकतम प्रयोग गर्दै सकेसम्म गतिलो पठनपाठन गर्नु उनिहरुको चाहाना पनि छ। यतिबेला मोवाइलको युट्युुब शिक्षको शिक्षक बनेको छ।

सीमित साधन श्रोत भित्र असिमित चाहानालाई युट्युबको सिकाइले पनि ठूलै सहयोग गरेको छ। विायगत अनुसारका सामाग्री निर्माण गरेर कक्षा कोठामा जादा विद्यार्थीलाई सिकाउन सहज हुने भएपछि शिक्षकहरुको चासो झनै थपिएको हो। फूल, पुतली, अक्षर अंक जस्ता सामाग्रीले साना विद्यार्थीको सिकाई झनै सहज हुने गरेको छ।

‘आफूसंग शैक्षिक सामाग्री भयो भने कक्षा कोठामा विद्यार्थीलाई बुझाउन सजिलो हुन्छ। शैक्षिक सामाग्री निर्माणको तालिम नपाएका कारण युट्युुबमा सर्च गरेर काम चलाउछौ।’ शिक्षिका अञ्जु रोकामगरले भनिन् ‘यसले विद्यार्थीलाई मात्र नभएर हामीलाई पनि सिकाउन सहज बनाएको छ।’

सागमा सहभागी हुने राष्ट्रिय टिमको तयारी पूरा

काठमाडौं- आसन्न १३ औ दक्षिण एशियलाी खेलकुद (साग)मा सहभागि हुने खेलाडीको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मंगलबार पत्रकार सम्मेलन गरे मंसिर १५ देखि २४ गते सम्म नेपालमा आयोजना हुने खेलकुदमा नेपालले पदकका हिसाबले सागलाई ऐतिहासिक सफल बनाउने दावी पनि गरेको छ।

संयोजक रानाभाटले राखेपको लक्ष्य अनुरुप सागमा नेपालले ५० भन्दावढी स्वर्ण जित्नका लागि राम्रो तयारी गरेको बताए। सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कूल ३१ स्वर्ण जितेको थियो । सागमा त्यतिवेला १२ खेल समावेश गरिएको थियो। रानाभाटका अनुसार सागमा नेपालले २८ खेलमा पुरुषतर्फ तीनसय १२, महिलामा दुई सय ८७ गरी कूल पाँचसय ९९ खेलाडीको सहभागिता रहनेछ।

सागमा एक सय २३ प्रशिक्षक र ५० जना ब्यवस्थापकको पनि सहभागिता रहने छ । प्याराग्लाङडिङको सहभागिता लगभग सकिएको पनि रानाभाटले थपे। खेल र खेलाडीको अन्तिम सहभागिताको विषयमा नेपाल ओलम्पिक कमिटिले एक दुईदिनमा निक्र्योल गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए।

पाँच व्यापारीविरुद्ध ३८ करोडको मुद्दा

काठमाडौं – राजस्व अनुसन्धान विभागले ३८ करोड ३० लाख रुपैयाँ राजस्व छली गरेको अभियोग लगाउँदै पाँचवटा व्यापारिक फर्म र तिनका प्रोप्राइटरविरुद्ध मुद्दा दायर गरेको छ।

मूल्य अभिवृद्धिकर (भ्याट) को नक्कली कारोबार गरेको र अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गरेको आरोपमा विभागले आइतबार झापा र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

विभागका अनुसार झापाको गुट्खाजन्य वस्तु उत्पादन गर्ने साकम्बरी प्रोडक्टविरुद्ध अन्तःशुल्क स्टिकरमा राजस्व छली गरेको आरोपमा ३६ करोड ५६ लाख रुपैयाँ बिगो कायम गरी अदालतमा मुद्दा दायर गरिएको हो।

विभागका अनुसार अन्तःशुल्क छली गर्ने साकम्बरीका प्रोप्राइटर मुकेश शर्मासहित ६ जनाविरुद्ध झापा जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरिएको हो।

विभागका अनुसार झापाको मेची नगरपालिका १४ मा रहेको साकम्बरीले गुट्खाजन्य वस्तु उत्पादन र बिक्री गर्दा अन्तःशुल्क स्टिकर नलगाई राजस्व छली गरेको फेला परेको हो।

किसानलाई समर्थन मूल्यभन्दा ६ सय कम

बिचौलियाको काम गर्ने व्यापारी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (साबिकको खाद्य संस्थान)को मिलेमतोले किसान समर्थन मूल्यभन्दा कममा धान बेच्न बाध्य भएका छन्। खाद्यले खरिद नगरेपछि बिचौलिया व्यापारीले भनेकै मूल्यमा बेच्न बाध्य भएको भजनी गाविस–२ का किसान खुमबहादुर खड्काले बताए। उनका अनुसार सरकारले यस वर्षका लागि तोकेको समर्थन मूल्यभन्दा बिचौलियालाई प्रतिक्विन्टल ६ सय रूपैयाँ सस्तोमा धान बेचिएको छ।

‘खाद्यले किसानबाट धान किन्दैन,’ उनले भने, ‘गहुँ खेती लगाउन मल, सिँचाइ लगायत खर्चको लागि बिचौलियालाई सस्तोमा धान बेच्नुको विकल्प नै भएन।’ उनले प्रतिक्विन्टल १९ सयका दरले धान बेचेको बताए। सरकारले मोटो धानको २५ सय ३२ रूपैयाँ ८० पैसा र मसिनोको २६ सय ७३ रूपैयाँ समर्थन मूल्य तोकेको थियो।

खाद्यले खरिद नगर्ने र व्यापारी तथा बिचौलियाको सिन्डिकेटका कारण सबै किसानले सस्तोमा बिचौलिया व्यापारीलाई धान बेचेका छन्। ‘हामीले अहोरात्र खटेर उब्जाएको धानको मूल्य पाउँदैनौं,’ भजनी–३ का किसान फूलराम चौधरी भन्छन्, ‘प्रतिक्विन्टल १९ सयमा बेच्दा लागत पनि उठेन।’ गहुँ खेतीका लागि पैसा चाहिएकोले लागत खर्च नउठे पनि बिक्री गर्नुपरेको उनको भनाइ छ।

ढुंगा, गिटी निकालेको भन्दै स्थानीयले रोके टिपर, अवरोध हटाउन अश्रुग्यास प्रहार

उदयपुर – उदयपुरको बेलका नगरपालिकामा भइरहेको नदीजन्य पदार्थ उत्खनन कार्य रोक्न माग गर्दै अवरुद्ध सडक खोल्न खोज्दा प्रहरी र अवरोधकर्ताबीच झडप भएको छ ।

मंगलबार विहान ५ बजे भएको दोहोरो झडप हुन खोज्दा प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गर्नु परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

नगरपालिकाले लगाएको चालु आर्थिक वर्षको नदीजन्य पदार्थको ठेक्का पाउने डिबी कन्स्ट्रक्सनले बेलका नगरपालिका ६ साविक बबलास्थित शिसुवा खोलाबाट निकालर लाँदै गरेको २० वटा टिपरको ढुंगा चतारा–फत्तेपुर–कन्चनपुर सडक खण्डको बेलका ४ लालबजारमा स्थानीयले ५ दिनदेखि रोकेर राखेका थिए ।

अवैध उत्खनन गरेकाले नगरपालिकाले ठेक्का रद्ध गर्नुपर्ने, ढुंगा अनलोड गर्नुपर्ने र ठेकेदारको दादागिरी अन्त्य गर्नुपर्ने ३ बुँदे माग राख्दै स्थानीयले सडक छेउमा रोकिराखेका टिपर प्रहरीले हटाउन खोज्दा दुई पक्षबीच झडप भएको हो । झडपमा बढी क्षति हुन नदिन तथा भिडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गर्नु परेको इप्रका रामपुरका निरीक्षक रामचन्द्र साहले बताए।

कुवेतविरुद्धको खेलमा नेपाल १-० ले पराजित

काठमाडौं- फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा  नेपालले कुवेतविरुद्ध १–० ले हार ब्यहोरेको छ। भुटानको थिम्पुमा भएको होम खेलमा हारका बावजुत सुधारिएको प्रदर्शन गरेको छ।

नेपालले पहिलो हाफमा एक गोल ब्यहोरेको थियो। कुवेतका बदर अल अलमोतकाले २८ औं मिनेटमा गोल गरेका थिए।

यसअघि कुवेतविरुद्धको अवे खेलमा नेपाल ७–० ले पराजित भएको थियो। दशरथ रंगशालामा खेल हुने भनेर तोकिए पनि रंगशालाको पुनर्निर्माण नसकिएपछि नेपालले भुटानको रंगशाला रोजेको थियो।