धमलामाथि भयंकर हमला

अमेरिकाले भन्योः नेपाल भारतीय आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल

काठमाडौं– संयुक्त राज्य अमेरिकाले नेपाल भारतको आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल भएको बताएको छ।

मंगलबार अमेरिकी विदेश मन्त्रालयले आतंकवादसम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनमा मुजाहिद्दिनका लागि पछिल्लो समय नेपाल उर्वर भूमी भएको उल्लेख छ। मुजाहिद्दिन मुस्लिम समुदाय निकट आतंकवादी समूह हो। यसले भारतमा दर्जनौं बम हमला गरिसकेको छ भने सयौं नागरिकको ज्यान गएको छ।

मुजाहिद्दिनले पाकिस्तानी आतंकवादी समूह लस्कर ए–तैयबा, जैश–ए–मोहम्मद र हर्कत अल–जिहादसँग पनि द्विपक्षीय सम्बन्ध राख्दै आएको प्रवितदेनमा उल्लेख छ।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

जनतामुखी ऐन लागु नभएसम्म लड्ने डा. केसीको अडान, सत्याग्रहमा कांग्रेस डडेल्धुराको समर्थन

डडेल्धुरा– सात वटा माग राखी सोमबार देखि १७ औँ पटक सत्याग्रह थालेका डा. गोबिन्द केसीले जनतामुखी र बिधानमुखी ऐन नहुञ्जेल आफु लड्ने बताएका छन्। सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा पुगि सत्याग्रह थालेका डा. केसीले नागरिक र चिकित्सक हैसियतले समस्या सामाधानका लागि सरकारसंग लड्ने कर्तव्य भएको बताउँदै उनले जनतामुखी र बिधानमुखी ऐन नबन्दासम्म आफू लड्ने स्पष्ट पारे।

चिकित्सा शिक्षाका विकृति विसंगति अन्त्य गर्नु पर्नेमा सरकार उल्टै निजी मेडिकल कलेजका ज्यादती संरक्षणमा लागेको भन्दै डा. केसीले डडेल्धुराबाट सत्याग्रह थालेका हुन्। ‘सबै नेपालीको गुणस्तरीय, सस्तो, निःशुल्क र सुलभ स्वास्थ्य सेवामा समान पहुँच हुनुपर्छ’, उनले भने, ‘मेरो सत्याग्रह जारी नै रहने छ। केही दिन म हेर्छु। भएन भने अरु कडा कडा माग पनि थप्छु।’

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

वीरगन्ज- पर्साको जीराभवानी गाउँपालिका–३ परसवाकी नितु देवी पासवानको हत्याको आरोपमा प्रहरीले उनका श्रीमान रामबाबु पासवानलाई पक्राउ गरेको छ। ठोरी गाउँपालिका–५ को सुवर्णपुरमा पर्ने ओरिया खोला नजिकै पुर्वतिरको झाडीमा नितुको शव आइतबार बेलुकी फेला परेको थियो।

घाँटी रेटेर हत्या गरी फालिएको अवस्थामा नितुको शव स्थानीयले देखेपछि घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। जानकारी पाएलगत्तै पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिहं राठौरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि अनुसन्धान गर्दै जाँदा मृतक नितुका श्रीमानलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।

असन्तुष्टिबीच नेकपा-राजमो तालमेल

बागलुङ- बागलुङ–२ (ख) मा हुने उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता, कार्यकर्ता आफ्नै उम्मेदवार हुनुपर्ने पक्षमा थिए। एक्लै लडे पनि चुनाव जितिने जिकिर उनीहरुको थियो। आफ्नो पार्टीको समर्थनमा अघिल्लो चुनाव जितेको राष्ट्रिय जनमोर्चालाई सघाउने मनस्थितिमा नेकपा थिएन।

एक्कासी नेकपा र राजमोबीच केन्द्रीय तहमा चुनावी तालमेलको सहमति बनेपछि नेकपाका स्थानीय नेता, कार्यकर्ता झस्किए। राजमोलाई अन्यत्र सघाउने गरी बागलुङमा नेकपाकै उम्मेदवार उठाउनुपर्ने मागसहित जिल्लास्तरीय नेता पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्मलाई भेट्न पुगे।

बलिउड अभिनेता गोविन्दा काठमाडौंमा

काठमाडौं– बलिउड अभिनेता गोविन्दा काठमाडौं आइपुगेका छन्। वीरगञ्जमा हुन लागेको चलचित्र महोत्सवमा सहभागी हुन गोविन्दा मंगलबार अपराह्न काठमाडौं ओर्लिएका हुन्।

बिहीबारबाट सुरु हुने महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छन्। गोविन्दालाई महोत्सव आयोजक चलचित्र निर्माता संघले बोलाएको हो।

गोविन्दा श्रीमती सुनिता आहुजा र नेपाली नायिका निरुता सिंंहका साथमा काठमाडौं आएका हुन्। निरुता पछिल्लो समय मुम्बईमा बस्दै आएकी छिन्। उनी पनि महोत्सवमा सहभागी हुन आएकी हुन्।

‘पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण’

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

उपाध्यक्ष कँडेलले खाद्यान्न उत्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रले पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल जस्तो विकासोन्मुख देशहरुले खाद्यन्न प्रणालीमा सुधार गरेर पनि पोषणमुक्त खाद्यन्नको व्यवस्थापन गर्न सक्ने पनि स्पष्ट पारे। त्यसका लागि जनतामा चेतना जागृत गराउन लाग्नु पर्नेमा पनि उनको जोड छ।

अब युएई जान पैसा नलाग्ने

काठमाडौं – रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैयाँ पनि तिर्न नपर्ने भएको छ।

काठमाडौंमा सोमबार सम्पन्न नेपाल–युएई संयुक्त कार्य समूह बैठकले विगतको शून्य लागतको श्रम समझदारी (एमओयू) लाई कार्यान्वयनमा लैजाने सहमति गरेपछि युएई जानेले एक रुपैयाँ पनि तिर्नु नपर्ने भएको हो। त्यहाँ जाँदा लाग्ने सबै खर्च अब रोजगारदाता आफैंले बेहोर्ने छ।

युएई जाने हवाई टिकट पनि रोजगारदाताले नै उपलब्ध गराउने सहमति भएको छ। ६ महिनाअघि दुई देशबीच भएको  समझदारीलाई कार्यान्वयन गराउन दुई दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र युएईको मानव संशाधन मन्त्रालयका अधिकारीहरूले छलफल गरेका थिए। यस्तो सहमति नेपालले २०७५ को कात्तिक १२ मा पहिलोपटक मलेसियासँग गरेको थियो।

डोजरले जताततै तहसनहस

दिलबहादुर छत्याल–धनगढी/जगत खड्का–बझाङ/बिरा गडाल–बैतडी

देशमा संघीय संरचना र तीन तहको सरकार बनेसँगै सिंहदरबारको सेरोफेरोमा केन्द्रित शासन अधिकार गाउँ पुग्यो भनियो। त्यही मेसोमा स्थानीय तहले जनताको चाहना र मापदण्डविपरीत जताततै डोजर चलाउँदा सुदूरपश्चिमका पहाडमा सिंह गाउँ पसेजस्तै आतंक फैलिएको स्थानीयले अनुभूत गरिरहेका छन्। सम्भाव्यता अध्ययन, बिनाइस्टिमेट र मापदण्डविपरीत जता मन लाग्यो त्यतै डोजरले पहाड चिथोर्दा कैयौं बस्ती पहिरोमा पुरिएका छन्। कैयौं विस्थापित भएका छन्। कैयौंको अकालमै मृत्यु भएको छ। वर्षात्मा पहिरो गएर राजमार्गमा क्षति पुगेको छ। पानीको मुहान सुक्दै गएका छन्।

स्थानीय तहका जनप्रतिनिधिले आफैं डोजर किनेर विकासका नाममा आतंक मच्चाएको स्थानीयको गुनासो छ। ‘सिंहदरबार गाउँ आउँछ भन्थे, यहाँ त नरभक्षी सिंह गाउँ पसेजस्तै डोजर आतंक फैलिएको छ,’ डोजरले फालेर घाइते बनाएकी बैतडीका गौरी जोशीले भनिन्। लाखौं खर्च गरेर खनिएका धेरै सडक पहिरोले भत्किएका छन्।

कहाँ कहाँ हुँदैछ उपनिर्वाचन?

काठमाडौं– आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र  प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।

निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो। कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ को (क), बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख) र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ। सम्बन्धित क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका सदस्यको निधनका कारण ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

प्रदेश प्रमुख परिवर्तन स्वाभाविकः अध्यक्ष दाहाल

राँझा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख परिवर्तन हुनु स्वाभाविक प्रक्रिया भएको बताएका छन्। प्रेस सङ्गठन बाँके शाखाले आज नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो प्रक्रियालाई सामान्य रुपमा लिनुपर्छ भने।

‘प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य हो, सरकारले दुई वर्षपछि मात्र यो परिवर्तन गरेको छ’, उनले बताए, ‘यसलाई ठूलो ठान्नुपर्ने र के के न भयो भन्नुपर्ने केही छैन।’ नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई दुई वर्षसम्म परिवर्तन नगर्नु नै सरकारले उनीहरुमाथि सम्मान गरेको जानकारी दिँदै अध्यक्ष दाहालले भने, ‘अन्य देशमा पनि सरकार परिवर्तनसँगै प्रदेश प्रमुख पनि फेरिने प्रचलन छ, सरकारले प्रदेश प्रमुख परिवर्तन गर्नु स्वभाविक हो।’

बक्स–अफिसमा ‘जोकर’ को कमाल

न्युयोर्क – हलिउड फिल्म ‘जोकर’ ले बक्स–अफिसमा नौ सय मिलियनभन्दा बढी ग्रस कलेक्सन गरेर कमाल गरेको छ। यसको ग्रस कलेक्सन एक अर्ब अमेरिकी डलर नाघ्दैछ। हिंसात्मक दृश्यका कारण विवादित बनेको ‘जोकर’ फिल्मले हालसम्म नौ सय ३४ मिलियन अमेरिकी डलर ग्रस कलेक्सन गरिसकेको छ।

अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिकाभित्र मात्र ‘जोकर’ फिल्मले दुई सय ९० मिलियन डलर कलेक्सन गरिसकेको छ भने संसारभर ६ सय मिलियन डलर कमाई गरिसकेको छ। ज्याकिन फिनिक्सद्वारा अभिनित ‘जोकर’ फिल्ममा मानसिक समस्या भएको एक्लो मान्छेको कथा समेटिएको छ।

गार्जियनले मात्र यो फिल्मको चार वटा फरक–फरक समीक्षकका समीक्षा प्रकाशित गरेको थियो। ‘जोकर’ मा फिनिक्सले गरेको अभिनयका कारण उनी यस वर्षको ओस्कर अवार्डको प्रबल दावेदार मानिएका छन्।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

धमला माथि भयङ्कर हमला!

धमला माथि भयङ्कर हमला! अब ‘ढुक्क हुनुस्’को दर्शकलाई १० हजार बराबरको उपहार जित्ने सुवर्ण अवसर। पूर्ण जानकारीको लागि पुरा भिडियो हेर्नुहोस्।