मैचा टिमसँग गरिएको रमाइलो कुराकानी।

सवा लाख कुखुरा नष्ट

काठमाडौं – मुलुकका तीन जिल्लामा पालेका कुखुरामा बर्डफ्लूको संक्रमण देखिएको छ। मकवानपुर, काठमाडौं, पोखरामा बर्डफ्लूको संक्रमणले धमाधम कुखुरा मरेका छन्। कुखुरा मर्न थालेपछि शंका लागेर परीक्षण गर्दा बर्डफ्लू भाइरस एच५एन१ संक्रमण भएको पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।

बर्डफ्लूको संक्रमण फैलिएपछि किसानलाई करोडौं रुपैयाँको क्षति पुगेको छ। बर्डफ्लूको संक्रमण देखिएको र त्यसलाई फैलिन नदिनका लागि सुरक्षात्मक उपाय अपनाएको पशु सेवा विभागले जनाएको छ। केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरले बर्डफ्लू भाइरस भएको पुष्टि गरेपछि कुखुरा नष्ट गरिएको छ।

कृषिमा वैदेशिक लगानी : स्वदेशी पुँजी बाहिरिने र व्यवसाय धरापमा पर्ने चिन्ता

काठमाडौं– गत फागुन १४ गते संसदमा ‘विदेशी लगानी तथा प्रविधी हस्तान्तरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरकण गर्न बनेको बिधेयक’ दर्ता भयो। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादव प्रस्तुतकर्ता रहेको उक्त विधेयकमाथि अहिले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’मा छलफल भइरहेको छ।

यो विधेयकमाथि भएको छलफलमा आफू पनि उपस्थित भएको बताउँछन् उद्योग वाणिज्य मन्त्रालयका एक अधिकारी। ‘नेपालको कृषि क्षेत्रमा विदेशी लगानी उचित अनुचित भन्ने विषयमा दुई खालको टिपप्णी रहेको पाइयो’, नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, ‘नेपालमा ठूलो परिणाममा विदेशी उत्पादनहरु आयात हुने गरेको परिस्थितीमा ती उत्पादन गर्ने कम्पनी नेपालमा नै आउँदा त्यसले नेपाललाई असर नपर्ने सोचाई एक थरीको पाइयो। अर्का थरीको विचारमा त्यसले नेपालको साना कृषकलाई मारमा पार्ने विचार रहेको विधेयक छलफलका क्रममा पाइयो।’

पाठक अघोषित नजरबन्दमा, बयानको सूचीमा को–को ?

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक घरमै अघोषित नजरबन्द (होम अरेस्ट)मा परेका छन्।

नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने प्रलोभनमा  घुस असुलेको आरोप लागेका पाठकलाई अनुसन्धान छलेर भाग्न सक्ने आशंकामा अख्तियारले उनको नयाँ बानेश्वर, शान्तिनगरस्थित घरमै सादा पोशाकका सुरक्षाकर्मीलाई २४ सै घण्टा पहरा दिनेगरी खटाएको छ।‘पाठकका हरेक गतिविधिमा सूक्ष्म निगरानी राख्नेगरी संयन्त्र तैनाथ गरेका छौं।’ अख्तियार स्रोत भन्छ, ‘पारिवारिक सदस्यबाहेक पाठकको घरमा आउजाउ गर्ने अन्य व्यक्तिमाथि पनि कडा निगरानी गरिँदै छ।’

घुस प्रकरणको अडियो टेप बाहिरिएपछि पाठकले फागुन ३ गते नै पदबाट राजीनामा दिइसकेका छन्।
घुस प्रकरणसम्बन्धी बयानकै क्रममा रहेका कलेज सञ्चालक लम्बोदर न्यौपाने स्थलमार्ग हुँदै भारत फरार भएपछि अख्तियारले पाठकमाथि कडा सुरक्षा पहरासहित निगरानी राखेको हो। पाठकसहित घुस प्रकरणसँग जोडिएका एक दर्जन सरकारी तथा अन्य क्षेत्रका व्यक्ति पनि अख्तियारको कडा निगरानीमा छन्।

किन उतारचढाव हुन्छ सेयरबजार ?

काठमाडौं–लगानीका लागि आवश्यक पुँजी संकलनको एउटा माध्यम हो सेयर। कुनै पनि कम्पनीले आफूलाई आवश्यक पुँजीका आधारमा सेयर जारी गर्छ। यसरी सेयर जारी गर्नुभन्दा पहिला सम्बन्धित निकायबाट स्वीकृति लिनुपर्छ। सूचीकृत सेयर कारोबार स्टक बजारमा हुन्छ। स्टक बजारमा सेयरको मूल्य तलमाथि भइरहन्छ। लगानीकर्ताले स्टक बजारमा सेयरको मूल्य बढेपछि आउने प्रतिफलका अलावा लगानीकर्ताले कम्पनीले गरेको नाफा पनि बोनसको रूपमा पाउँछन्।

सेयर किन्नु भनेको कम्पनीको हिस्सा लिनु हो। अहिले सेयरको मूल्य देखाउने सूचाकांक नेप्से ११ सय हाराहारीमा झरेको  छ। यो समय सेयर किनबेचभन्दा पनि लामो समयसम्म होल्ड गरेर प्रतिफल लिने बेला हो।

यो अवस्थामा आजको भोलि प्रतिफल लिने सोचले सेयर किनबेच गर्नु हुँदैन भन्ने मान्यता राख्छन् अमृतराज रेग्मी।

आठौं राष्ट्रिय खेलकूदका लागि जुडो खेलाडी छनोट

काठमाडौँ – आठौं राष्ट्रिय खेलकूदका लागि प्रदेश नंं १ बाट आठ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन्। आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयका अनुसार पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर दाहाल खत्री र इलामका विवेक कोइराला, ७३ केजीमुनि इलामका पवन राई र रञ्जीतकुमार यादव, ९० केजीमुनि झापाका मङ्लु मेचे र १०० केजीमुनि सङ्खुवासभाका यमुनाप्रसाद काफ्ले छनोट भएका छन्।

त्यसैगरी महिला ४८ केजीमुनि झापाकी स्वस्तिका सुवेदी र मोरङकी सन्ध्या दाहाल, ५२ केजीमुनि झापाकी दिलमाया लिम्बू र सुनसरीकी सुस्मिता कार्की, ५७ केजीमुनि झापाकी श्रेया मगर र सुनसरीकी विद्यादेवी खड्का, ६३ केजीमुनि झापाकी आशा मेचे, ७० केजीमुनि इलामकी दुर्गा भट्टराई, ७८ केजीमुनि इलामकी सुस्मिता खवास र ७८ केजीमाथि मोरङकी गोमा राई छानिए।