मलेसिया रोजगारीले गुमेको स्वास्थ्य र सम्पत्ति

काभ्रे मण्डनदेउपुरका राजकुमार थापा मगर उमेरले भर्खर २२ टेक्दैछन् । बाआमा श्रीमती कान्छी बहिनि अनि १ वर्षकी सानी छोरी छिन घरमा । उमेरले जीवनको सुरुवाती दिनमा रहेका राजकुमारको काधमा ठुलो जिम्मेवारी छ । राजकुमार कान्छोछोरा अरु दाईहरु सबै छुट्टिएर बसेका छन् । त्यहि भएर भूकम्पले भत्किएको घर ठड्याउनु पर्ने,कान्छी बहिनीको बिहे गर्नु पर्ने अनि बाआमा प्रतिको कर्तव्य निर्वाह गर्नुपर्ने सबै जिम्मेवारी राजकुमारकै काँधमा छ । जिम्मेवारीको भारीले थिचिएका राजकुमार विदेश गएर ति दायित्व पुरा गर्ने ध्याउन्नमा लाग्छन र रोज्छन नेपाल जस्तै हावा पानि मिल्ने मलेसिया तर,सुखमय भविष्यको सपना देख्दै विदेशिएका राजकुमारको जीवन मलेसिया रोजगारले मझधारमा पुर्याइदिन्छ । मलेसिया जानु अघि नेपालमा र मलेसिया पुगेपछि पनि स्वास्थ्य परीक्षण गर्दा राजकुमारको दुवै मिर्गौला राम्रो थियो ।
तर अहिले राजकुमारको दुवै मिर्गौलाले काम गर्दैन । दिन बिराएर राजकुमार डायलासीस गर्छन र एक पल्ट डायलासिस गर्दा २५ सय तिर्छन । वैदेशिक रोजगारीले उनको जीवन र सम्पत्ति दुवै सकिदैछ ।
सुटकेशभरि परिवारलाई खुसी अनि केही सम्पत्ति कमाएर नेपाल फर्किने सपना देख्दै मलेसिया गएका राजकुमारको विदेश यात्रा, डलरको कथाको पहिलो शृंखला :