कालापानी लिपुलेक हाम्रो हो

सुन्तलाको जुस पिएर डा. केसीले गरे अनसन स्थगित

डडेल्धुरा– डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्। नौ दिनदेखि अनसनमा बसेका डा. केसीले मंगलबार अपरान्ह साढे ४ बजेदेखि स्थगित गरेका हुन्।

डडेल्धुरा अस्पतालमा नौ दिनदेखि अनसन बसेका केसीले अस्पतालमा पत्रकार सम्मेलन गरी अमरगढी नगरपालिका–४ खलङ्गाका चार वर्षीय बालक श्रीआन्स जैरुको हातबाट सुन्तलाको जुस पिएका थिए।

केहि दिन अघि भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भुभाग आफ्नो भन्दै दाबी गरेपछि आफुले अनसन स्थगित गरेको डा. केसीले बताए। डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।

सरकारले माग पुरा नगरे फेरि पनि अनसन बस्ने केसीको भनाई छ ।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

बैंक कर्मचारीलाई नियन्त्रणमा लिएर चार लाख लुटपाट

बारा- फेटा गाउँपालिका–६ पुरैनियाबाट रकम संकलन गरि आउँदै गरेको अवस्थामा निर्धण बैंकको कर्मचारीलाई नियन्त्रणमा लिएर अज्ञात समुहले चार लाख रुपैयाँ लुटेका छन्। मंगलबार दिउँसो फेटाबाट मोतिसर आउँदै गरेको अवस्थामा फेटा–जगतपुर सडक खण्डमा पर्ने डोरा पुल नजिकैबाट अज्ञात समुहले बैंकका कर्मचारीसँग चार लाखको हाराहारीमा रकम लुटेर भागेको बारा प्रहरीले जनाएको छ।

बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बैंकका कर्मचारी जीवन खडकाले पुरैनियाबाट संकलन गरि प्रसौनी लैजान लागेको चार करिब लाख रकम अज्ञात समुहले लुटेको र लुटेरा समुहलाई खोज्ने कार्य शुरु गरिएको बताए।

भारतीय नम्बर प्लेटमा आएका दुई जनाले बन्दुर देखाएर रकम लुटेर भारततीर भागेको अनुसन्धानबाट खुलेको खनालले बताए।

रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहार, एक प्रहरी घाइते

रौतहट- रौतहटको सिमावर्ती मठिया प्रहरी चौकी माथी बम प्रहार भएकाे छ। स्थानीय ईशनाथ नगरपालिका ४ नेपाल भारत सिमा क्षेत्रको मठियामा रहेको प्रहरी चौकीमा भारततर्फबाट आएका अपराधीक समुहले बम प्रहार गरेका हुन्।

बिआर०५८६५०१ नम्बरको हिरो डिलक्स मोटरसाइकल चढेर आएका अपराधीक समुहले गरेको बम प्रहारबाट सेन्ट्री  डिउटी खटिएका प्रहरी जवान रन्जित यादव घाइते भएका छन्। बमको छर्रा लागेर चौकी नजिक रहेकाे एउटा खसी मरेको छ।

प्रहरी जवान यादव सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। प्रहरीले बम प्रहार गर्ने एक जना भारत ढाका का २५ वर्षिय चन्दन कुमारलाई पक्राउ गरेको छ। घटनाको थप विवरण आउन बाकी छ। मोटरसाइकलमा आएका दुईजनाले बम प्रहार गरेको बुझिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ।

प्रदेश नं २ सरकारले आफ्नै गुप्तचर राख्न विधेयक ल्याउँदै

काठमाडाैँ – प्रदेश नं २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो (गुप्तचर) राख्न विधेयक ल्याइरहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले रासससँग कुरा गर्दै वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरी प्रदेश अनुसन्धान ब्यूरो गठन गर्न विधेयक ल्याउन लागिएको बताउनुभयो। यसअघि प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयक संसद्बाट पारित गरिसकेको छ।

प्रदेश सरकारले प्रदेश अनुसन्धान ब्यूरो गठनका लागि चाहिने विधेयक निर्माण प्रक्रियालाई अगाडि बढाइसकिएको भन्दै राज्यमन्त्री कुशवाहाले भन्नुभयो, “विधेयक अहिले कार्य व्यवस्था समितिबाट पारित भएर कानून मन्त्रालयमा आइसकेको र अब प्रदेशसभामा दर्ता हुनेछ।” केन्द्रमा रहेको राष्ट्रिय अनुसन्धान ब्यूरोले गर्ने प्रवृत्तिकै काम प्रदेश अनुसन्धान ब्यूरोले गर्नेछ।

नेविसंघको नारा : ‘सरकार कता हरायो, राष्ट्रियता जोगाउन डरायो’

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ।

भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएपछि आक्रोशित हुँदै आएको नेविसंघले मंगलबार बिहान काठमाडौंको चावहिलमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै आफ्नो विरोध प्रर्दशनलाई निरन्तरता दिएको हो। त्यस क्रममा उनीहरुले ‘सरकार कता हरायो, राष्ट्रियता जोगाउन डरायो’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए।

नेविसंघ, काठमाडौं जिल्ला समितिको आह्वानमा आयोजना गरिएको सो विरोध प्रर्दशनमा राष्ट्रियता जोगाउन अपिल गर्दै सडकमा आउन पनि सबैलाई अपिल गरिएको प्लेकार्ड समेत प्रर्दशन गरिएको थियो। नेविसंघले भारतले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी पनि दिँदै आएको छ। भारतले आफ्नो नक्सामा समावेश गरेको नेपाली भूमि फिर्ता नभएसम्म आफूहरुको आन्दोलन जारी रहने नेविसंघका केन्द्रिय सदस्य मनोज बैद्यले बताए।

उद्योगी पक्राउमा निजी क्षेत्रको आपत्ति

काठमाडौं – नेपाल–चीन उद्योग वाणिज्य संघले वरिष्ठ उद्योगी तथा व्यापारी रुप ज्योतिको गिरफ्तारीप्रति आपत्ति जनाएको छ। संघले सोमबार विज्ञप्ति जारी गर्दै संघका सल्लाहकार तथा मुलुककै प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना ज्योति ग्रुपका उपाध्यक्ष रुप ज्योतिलाई विदेशबाट फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

ज्योतिले नेपाल तथा चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापार प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएको संघले जनाएको छ। ‘एक प्रतिष्ठित उद्योगी, व्यापारी तथा मुलुककै ख्याति प्राप्त लगानीकर्ताप्रति भएको अमर्यादित व्यवहार खेदजनक छ,’ संघले भनेको छ, ‘उक्त कार्यबाट लगानीकर्ता हतोत्साहित भई निजी क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भएको छ।’

वैदेशिक रोजगारीमा जानेलाई इ–स्टिकर : पहिलो चरणमा व्यक्तिगतलाई

काठमाडौं – वैदेशिक रोजगारीमा जाने युवालाई सोमबारदेखि श्रम स्वीकृतिको निस्सा इ–स्टिकरको माध्यमबाट दिन सुरु गरिएको छ। वैदेशिक रोजगार विभागले  गरेको परीक्षण सफल भएपछि इ–स्टिकर वितरण सुरु भएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए।

श्रम स्वीकृति लिने युवालाई राहादनीमा टाँसेर दिइने स्टिकरलाई नक्कली बनाउने धन्दा मौलाएपछि इ–स्टिकरको सहायता लिइएको हो। भुसालले इ–स्टिकर प्रयोग गर्दा अहिले स्टिकर छपाइ गर्दा लाग्ने खर्च पनि जोगिने बताए। उनका अनुसार पहिलो दिनदेखि व्यक्तिगत र वैधानिकतर्फ वैदेशिक रोजगारीमा जानेलाई इ–स्टिकर उपलब्ध गराउन सुरु गरिएको छ।

साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ। सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो।

पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ। महानगरीय अपराध महाशाखामा मासिक १० देखि १५ उजुरी ‘इमेल फिसिङ’को पर्ने गरेको छ।

‘इमेल फिसिङ’ भनेको दुईजना व्यवसायी वा आफन्तबीच इमेलमा भएको कुराकानी अपरिचित व्यक्तिले बीचमा बसेर गोप्य निगरानी गर्ने र व्यवसायी वा आफन्तबीच इमेलमार्फत रकमको कारोवार हुन थालेपछि मेल आइडी, बैंकको खाता नम्बर र देशसमेत इमेलमार्फत परिवर्तन गरेर रकम ठगी गर्नु हो।

टुबोर्ग ओपन सेसन्स् २ मा ‘माया मेरी माया’

काठमाडौं  – गायक सञ्जय श्रेष्ठको ‘माया मेरी माया’ गीतको प्रत्यक्ष प्रस्तुति टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ। क्रसरोड्स ब्याण्डले प्रदर्शन गरेको ‘माया मेरी माया’ गीत टुबोर्ग ओपन सेसन्स् २ मा गायक श्रेष्ठले संगीतकार विनायक शाहको साथमा प्रस्तुति दिएका छन्।

सन् १९९२ मा गायक श्रेष्ठले स्थापना गरेको क्रसरोड्स नामक पप ब्याण्डले नेपाली र पश्चिमी संगीतलाई समायोजन गरेर विभिन्न गीतहरु तयार गरेका थिए। क्रसरोड्सको पहिलो एल्बम ‘नयाँ मोड’ मा ‘अन्जान मायालु’, ‘त्यो मुटुलाई’ र ‘माया मेरी माया’ जस्ता गीतहरु समावेश थिए।

च्यानल आरबिट्ररीद्वारा सञ्चालन टुबोर्ग ओपन सेसन्स् २ नामक युट्युब सिरिजमा कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको गीतहरुको प्रस्तुति समावेश गरिन्छ। नेपाली संगीत क्षेत्रको विविधतालाई अँगाल्ने र परम्परागत सांगीतिक आधारलाई सम्मान गर्न सुरु गरिएको सेसन्स्को सिजन १ मा ५१ वटा गीतहरु अपलोड गरिएको थियो।

ओडिसीमा बास्केटबल हुने

काठमाडौं – ओडिसी इन्टरनेसनल एकेडेमीको आयोजनामा १२औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंसिर ७ गतेदेखि हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत जुनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १६ टिमले भाग लिने ओडिसीका प्रिन्सिपल नारायण रोकाले जनाएका छन् । गल्र्सको प्रतिस्पर्धा थ्री बाइ थ्री स्वरुपमा हुनेछ । ब्वाइजमा एन्जल्स हर्ट तथा गल्र्समा ग्रिनल्यान्ड डिफेन्डिङ च्याम्पियन हुन् ।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396