डेंगीले पनि छानी छानी नेतालाईनै टोक्ने!!!!

मोदीले भने : मित्र ओलीजी ! म चाँडै नेपाल आउनेछु

काठमाडौं-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नै नेपाल भ्रमणमा आउने बताएका छन्। नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाईप लाईन परियोजनाको मंगलबार संयुक्तरुपमा अनलाइन उद्घाटनमा बोल्दै मोदीले भने, ‘ यहाँले मलाई एकपटक नेपाल आउने निमन्त्रणा दिनुभएको छ, यहाँ समक्षा आउने मेरो पनि इच्छा छ । म चाँडो आउने प्रयास गर्नेछु।’

उनले नेपाल र भारतबीच पारिवारिक र सांस्कृतिक सम्वन्ध रहेको बताए। ‘पछिल्ला वर्षहरुमा उच्च राजनीतिक तहमा नजिकको सम्वन्ध र नियमित सम्पर्क रहेको छ,’ मोदीले भने, ‘पिपुल्स टु पिपुल्स सम्वन्ध हाम्रो सम्वन्धको आधार हो।’

वैदेशिक रोजगारमा जानेलाई ‘पहिलो पाइला’ मै दु:ख

काठमान्डौं – वैदेशिक रोजगारमा जाने श्रमिकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै विभेद सुरु हुने गर्छ। वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरुलाई अध्यागमनमै त्यस्तो विभेद हुने गरेको देखिन्छ। रोजगारका लागि विदेश प्रस्थान गर्नेहरुको संख्या अनुसार अध्यागमन डेक्स नछुट्याँइदा श्रमिकहरुले पहिलो पाइलाबाटै दु:ख व्यहोर्नु पर्ने हुन्छ।

कुटनीतिक, विद्यार्थी, पर्यटक तथा व्यवसायिक प्रयोजनमा जानेहरुका डेक्स खालि हुँदा पनि श्रमिकहरु एकै डेक्समा लामो लाइन बस्न बाध्य हुने गर्छन्। देशको मुख्य आय स्रोत रेमिट्यान्स भित्र्याउने श्रम शक्तिलाई अध्यागमनले लामो लाईनमा राखेर दुःख दिने गरेको हो। विमानस्थल अध्यागमनका अन्य डेक्स खाली रहँदा पनि रोजगारीमा जनेहरु सिमित डेक्समा लामो लाइन सहित पर्खाइमा बस्नुपर्ने बाध्यता छ। पर्यटकका लागि छुट्याइएका डेक्स खाली रहँदा पनि श्रमको लागि विदेश जानेहरुका लागि ति डेक्स प्रयोग गरिएको हुँदैन।

अलिबाबाको अध्यक्षबाट ज्याक माले दिए राजीनामा

बेइजिङ– विश्वकै सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्षको पदबाट मंगलबार राजीनामा दिएका छन्। अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजीनामा दिएका हुन्।

चीनमा स्थापित यस अनलाइनले विश्वमै इ–कमर्शका क्षेत्रमा प्रभाव सिर्जना गरेको छ। चीनकै एकजना सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका ज्याक माले आफ्नो ५५ औं जन्मदिनका दिन समूहको अध्यक्ष पद छाडेको घोषणा गरेका हुन्। उनले एक वर्षअघि नै अध्यक्ष पद त्याग्ने बताउँदै आएका थिए।

उनी अलिबाबा पार्टनरसिपको सदस्यका रुपमा भने कम्पनीमा रहनेछन्। ३६ जना सदस्य रहने यो अलिबाबा पार्टरनसिपले कम्पनीका सञ्चालक सदस्यहरु छान्ने अधिकार राख्दछ।

नेपाल विदेशी अपराधीको क्रिडास्थल बन्दैन : आइजीपी खनाल

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाललाई विदेशी अपराधिहरुको क्रिडास्थल बन्न नदिन नेपाल प्रहरी सक्षम रहेको बताए।

प्रहरी महानिरीक्षक खनालले नेपालमा आएर उन्मुक्ति पाउँछु भन्ने सोच विदेशी अपराधिहरुले नराख्दा हुने चेतावनी समेत उनले दिए। उनले विदेशी अपराधिहरु कानुनी दायरामा आउन मात्रै नेपाल आए हुने पनि स्पष्ट पारे।

‘गाउँमा सिंह मात्रै आयो दरबार आएन’

जुम्ला– स्थानीय तहको निर्वाचन भएको साढे दुई वर्ष बितिसक्दा पनि जुम्लाका स्थानीयले गाउँमा सिंहदरबारको अनुभुति गर्न पाएका छैनन्। गाउँमा सडक पुगेको छैन्। खानेपानी समस्या निवारण हुन सकेको छैन्। स्थानीय उत्पादनको बजारीकरण हुन सकेको छैन्। गाउँका सिंहदरबारले कुनै प्रकारको देखिने खालको विकासका क्रियाकलाप अघि बढाउन नसकेकोप्रति जुम्लाबासी आक्रोशित छन्।

संघीयता कार्यन्वयनमा आउँदै गर्दा गाउँका सिंहदरबारले गाउँको उत्थान गर्ने आकांक्षा थियो, पातारासी ३ का उर्गेल लामा भन्छन्,‘त्यो सरकार न गाउँमा आयो, नत गाउँपालिकामा। उल्टै स्थानीयलाई सास्तीको अनुभुति भईरहेको छ। ’ स्थानीय सरकार विकास भन्ने बित्तिकै डोजरले सडक खन्नुलाई सम्झन्छ। सानातिना समस्या हेर्दै हेर्दैन।

ज्यानकै जोखिम मोलेर गर्भपतन

रोल्पा – रोल्पा अस्पताल लगायत जिल्लाका अन्य १२ स्वास्थ्य संस्थामा ‘मेडिकल एर्बोसन’ अर्थात औषधीको प्रयोगबाट ९ हप्ता सम्मको अनिच्छित गर्भपतनको निशुल्क सुविधा छ। त्यसो त अस्पतालसहित अन्य दुई प्राथमिक स्वास्थ्य केन्द्रमा १२ हप्ता सम्मको क्लीनीकल अर्थात उपकरणको प्रयोगद्वारा गरिने गर्भपतनको निशुल्क सेवा पनि छ। तर विधि कारणले यहाँका किशोरीहरुले असुरक्षित गर्भपतन गराई रहेका छन्। गर्भपतन गराउने थाहा पाएकाले गर्भनिरोधका बारेमा जाने पनि प्रयोग भने गर्दैनन्।

असुरक्षित गर्भपतन गराउदा आर्थिक हिसाबले मँहङ्गो पर्ने मात्र नभएर ज्यान कै जोखिम समेत रहने भएता पनि उनिहरु अझै सरकारी संस्थाको निशुल्क र भरपर्दो सेवा लिदैनन्। निजी अस्पताल र मेडिकलमा कुनै जाच बिना गैरकानुनी रुपले औषधीको कारोवार भइरहेको छ। जिल्ला अस्पतालको एक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ५९ जना बिरामीलाई रगत चढाउनु परेकोमा १६ जना असुरक्षित गर्भपतनपछि भएको अत्याधिक रक्तश्रावका कारण रगत दिनु परेको थियो।

पुरस्कारमा केन्द्र नै हाबी

काठमाडौं – निजामती सेवा दिवसका अवसरमा सरकारद्वारा प्रदान गरिएको पुरस्कारमा केन्द्रमै रहेका उच्च पदस्थ कर्मचारी हाबी देखिएका छन्। सरकारले यसपटक पनि उपयुक्त कर्मचारी नभेटेको भन्दै सर्वाेत्कृष्ट पुरस्कार घोषणा नगरे पनि उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार पाउनेमा केन्द्रकै विभिन्न मन्त्रालय र निकायमा कार्यरत उच्च पदस्थ कर्मचारीको वर्चस्व देखिएको हो।

१६ औं निजामती सेवा दिवसका अवसरमा १० जना उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिएको थियो। संघीयता कार्यान्वयनमा निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा पठाएपछि दुर्गम र जनताको दैलोमा पुगेर सेवा गरेका कर्मचारीलाई प्रोत्साहित गर्नुको सट्टा केन्द्रमै रहेकालाई पुरस्कृत गरेको हो। पुरस्कार सिफारिस गर्न सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। मुख्यसचिवकै सिफारिस बमोजिम ४० जना पुरस्कृत भएका हुन्।

विगतका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई देशबीच विगतमा भएका सम्झौता प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको छ। चीन र नेपालबीच बिआरआईअन्तर्गत विभिन्न महत्वपूर्ण सम्झौता भए पनि कार्यान्वनको अवस्था भने सन्तोषजनक देखिँदैन। बैठकमा चिनियाँ पक्षले सम्झौता कार्यान्वयनमा भइरहेको विलम्बबारे चासो देखाएपछि बैठकले तिनको प्रभावकारी कार्यान्वयनका लागि सहमति जुटाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

नेपाल र चीनबीच तीन महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर भएको छ। चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा सोमबार भएको सम्झौतामा मनाङमा ३५ करोड ६० लाख रुपैयाँको लगानीमा अस्पताल निर्माण गर्ने, आपतकालीन अवस्थामा प्रयोग गर्न ५ हजार टेन्ट उपलब्ध गराउने र नेपालस्थित चिनियाँ दूतावास र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच ‘नेपालमा स्वयंसेवी चिनियाँ शिक्षक कार्यक्रम’ सञ्चालन गर्ने उल्लेख छ। बैठकमा नेपाल चीन दुई पक्षीय सम्बन्ध, चिनियाँ राष्ट्रपति सी जिङ पिङको एक महिनापछि हुने भनिएको सम्भावित भ्रमणको तयारीलगायत विषयमा पनि छलफल भएको जनाइएको छ।

पूँजी बजारकाे दायरा बढदै गयाेः अर्थमन्त्री खतिवडा

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले एशीयाली राष्ट्रहरुले विश्वकै अर्थतन्त्रलाई सदृढ बनाउन महत्वपूर्ण योगदान दिन सक्ने दावी गरेका छन्।

अर्थमन्त्री खतिवडाले पूँजी बजारको विस्तारको गतिलाई अझै बढाउँदै लगेर एशीयाली राष्ट्रहरुले विश्वमै गरिवी निवारणको अभियानमा पनि अग्रणी भूमिका निर्वाह गर्न सक्ने बताए। मंगलबारबाट काठमाडौंमा सुरु भएको एशीया प्यासिफिक सेन्ट्रल सेक्युरिटिज डिपोजिटरी ग्रुप’ को २३ औं वार्षिक साधारणसभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले नेपालको पूँजी बजारको दायरा बढदै गएको उल्लेख गर्दै यसको निर्वाध विकासका लागि सरकारले प्रविधिको विकासमा जोड दिएको पनि स्पष्ट पारे।

अर्थमन्त्री खतिवडाले सरकारले पूँजी बजारकै हितका लागि उत्पादनमूलक क्षेत्रमा बाह्य लगानी भित्र्याउन जोड दिनु परेको पनि स्पष्ट पारे।

नाडाललाई चौथो पटक उपाधि

न्युयोर्क – निकै रोमाञ्चक बनेको ग्रान्ड स्लामको फाइनलमा आइतबार राफाइल नाडालले सफलता हात पार्दै चौथो पटक युएस ओपनको उपाधि उचालेका छन्। न्युयोर्कस्थित आर्थर एसे स्टेडियममा सम्पन्न युएस ओपनको फाइनलमा रसियन प्रतिद्वन्द्वी डानियल मेदभेदेभलाई पाँचौं सेटमार्पmत स्तब्ध बनाउँदै स्पेनिस स्टार नाडालले १९औं  ग्रान्ड स्लाम जितेका छन्। विश्व नम्बर दुई नाडालले विश्व नम्बर पाँच रसियन स्टार मेदभेदेभलाई ७–५, ६–३, ५–७, ४–६ र ६–४ ले हराएका थिए।

३३ वर्षे दायाँ हाते नाडाल पुरुषतर्पm सर्वाधिक ग्रान्ड स्लाम विजेता रोजर फेडेररको २०औं ग्रान्ड स्लामको रेकर्डनजिक पुगेका छन्। साथै नाडाल युएस ओपनको एकलतर्पmको उपाधि जित्ने दोस्रो पाका खेलाडीसमेत बनेका छन्। यसअघि सन् १९७० मा केन रोजवेलले ३५ वर्षको उमेर युएस ओपनको उपाधि जितेका थिए।