Anmol KC ज्वाई हुँदा केही फरक पर्दैन

पार्टी एक हुन्छ भनेर ज्योतिषीले किन भन्न सकेनन् : प्रधानमन्त्री ओली

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टी एकताले एउटा रूप पाएकाे बताएका छन्।

अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहालपछि बोलेका ओलीले पूर्ववर्ती सरकारले मुलुक बर्बाद पारेको आरोप लगाए।

‘अहिले बहुमतको मात्र होइन बलियो सरकार छ। विकासमा लागि परेको छ,’ उनले भने, यही सरकारले विकास गर्छ, तपाईंहरु हेर्दै जानुस्।’

नेकपा सरकारले गरेको विकासको चर्चा गर्दै प्रधानमन्त्री ओलीले बाटो कालोपत्रे, तुइन विस्थापनदेखि, ज्येष्ठ नागरिक भत्तासम्मको विषय बोलेका थिए।

उनले भने, ‘अर्थतन्त्र ठीक बाटोमा छ, केही मान्छेहरु नेकपाले गरेको विकास हेर्न सकिरहेका छैनन्, तिनीहरुलाई पनि हामीले विकास देखाएका छौं।’

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

भाइरल बन्यो राष्ट्रपतिको निषेधित क्षेत्रको फोटो

फोटो खिच्न बन्देज लगाइएको भक्तपुरको तलेजुभित्र शनिबार खिचिएको राष्टपति विद्यादेवी भण्डारीसहितको सामूहिक फोटो भाइरल बनेको छ । भक्तपुरको तलेजुभित्रको फोटो खिच्न बन्देज सम्पदास्थलमा खिचिएको राष्ट्रपति भण्डारीसहितको फोटो भाइरल बनेको हो । सामाजिक सञ्जाल फेसबुकमा फोटो भाइरल भएको हो ।

फोटो भक्तपुर दरबार क्षेत्रको स्वर्णगजुर (सुनको ढोका) बाट भित्र तलेजुको प्रवेशद्वारमा खिचिएको छ । यहाँबाट भित्र तलेजु जान अनिवार्य जुत्ता खोलेर जानुपर्ने व्यवस्था छ । तस्बीरमा राष्टपति भण्डारी भक्तपुर उद्योग वाणिज्य संघले शनिबार दरबार क्षेत्रमा गरेको कार्यक्रममा भक्तपुर दरबार क्षेत्र आइपुग्दा खिचिएको थियो ।

देउवाको प्रश्नः भोट अरूलाई दिएर कांग्रेसलाई कमजोर भन्ने?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई कमजोर प्रतिपक्ष भन्नेप्रति कटाक्ष गरेका छन्।

उनले भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै कांग्रेसको बदनाम गर्न खोजेको आरोप लगाए। झापाको चन्द्रगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति देउवाले कांग्रेसको प्रतिपक्षी भूमिका कमजोर नभएको दाबी गरे।

सभापति देउवाले कांग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाइएको दाबी गरे। ‘प्रजातान्त्रिक पार्टीमा फरक विचारहरु पनि आउँछन्’, उनले भने, ‘ यसलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयो।’ सभापति देउवाले पत्रकारसँग कुरा गर्दै बालुवाटारको विवादित जग्गा सुर्वण शम्शेरकी श्रीमती ललिताको भएको दाबी गरेका छन्।

‘होली वाइन’ सम्मेलनमा चार करोड सरकारी पैसा खर्च

होली वाइन काण्डका कारण विवादित एसिया प्यासिफिक सम्मेलनमा तीन करोड ९९ लाख रुपैयाँ सरकारी खर्च भएको छ। युनिभर्सल पिस फेडेरेसनको आयोजनामा भएको सम्मेलनमा सरकारको एक पैसा पनि खर्च नहुने दावी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। अर्थ मन्त्रालयले भने उक्त रकम भुक्तानी दिइसकेको छ।

सम्मेलनमा सहभागी हुन आएका अतिथिको स्वागत, सुरक्षा, भोज लगायतका शीर्षकमा सरकारले खर्च गरेको थियो। अर्थ मन्त्रालयले पटक–पटक गरेर उक्त सम्मेलनमा भएको खर्चको भुक्तानी गरेको देखिन्छ।