सपथपछि मोदी पुन: मुक्तिनाथमा।अर्को नाकाबन्दी !

के सरकारले ल्याएको बजेट कार्यान्वयन हुने देख्नुहुन्छ ?

सरकारले आज ल्याएको बजेटले तपाईका कति समस्या सम्वोधन गरे जस्तो लाग्छ? के सरकारले ल्याएको बजेट कार्यान्वयन हुने देख्नुहुन्छ ?  पूर्व अर्थ सचिव: रामेश्वोर खनाल, पूर्व गभर्नर: दिपेन्द्र बहादुर क्षेत्री  र राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौडेल सँगको बजेट विशेष फ्रन्ट लाइन सुवास घिमिरेको साथमा।

किन गएनन् भीम रावल प्रचण्डको विहेमा ?

किन गएनन् भीम रावल प्रचण्डको विहेमा ?

किन नयाँ मिडिया काउन्सिल गठन गर्न पर्यो?

नेपालकै प्रेस काउन्सिल पनि कुनै समय ट्रयाक रहेको ठानिन्थ्यो। कहाँ चुक्यो प्रेस काउन्सिल? अनि किन नयाँ मिडिया काउन्सिल गठन गर्न पर्यो? प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष राजेन्द्र दाहाल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याल नागरिक फ्रन्टलाइनमा।

टिम मेटको ब्याड जोक्समा सोमपालको हाँसो

बालुवाटार जग्गामा विष्णु पौडेलमाथि छानविन हुनुपर्छः भीम रावल

भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गाेली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको छ। मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रह्रीले उनीमाथि गोली चलाएको थियो। प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउलेमा विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए।

खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले बताए।

बालुवाटार जग्गामा विष्णु पौडेलमाथि छानविन हुनुपर्छः भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले  बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पार्टीका महासचिव विष्णु पौडेलमाथि छानविन हुनुपर्ने बताएका छन्। सरकार, पार्टी र सन्चारमन्त्री जाेगाउन लागिपरेका बेला रावलले पाैडेलमाथि छानविन तथा दाेषी पाइए कारवाही हुनुपर्ने माग राखेका हुन्।

रिपोर्टर्स क्लबद्वारा सोमबार आयोजित साक्षात्कारमा नेता रावलले ललिता निवासको जग्गा कब्जामा पार्टीका महासचिव पौडेलसमेत मुछिएको स्मरण गर्दै सत्यतथ्य छानविन गरेर दोषी ठहरिए कारबाही हुनुपर्ने माग गरे।

 

पुर्पुरोमा हात राख्नुपर्ने दिन गएः मुख्यमन्त्री राई

 प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताएका छन्।

रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताएका हुन्। केन्द्र, प्रदेश र स्थानीय सरकारले समृद्धिको साझा अभियानमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान चलाएकाले नागरिकको चाहनाअनुसारको विकास हुनेमा जोड दिँदै मुख्यमन्त्री राईले भने, ‘घरघरमा उज्यालो, गाउँगाउँमा सुविधायुक्त सडक, स्वच्छ पिउने पानी, शिक्षा, स्वास्थ्य र सिँचाइको सुविधा नागरिकको चाहनाबमोजिम हामी उपलब्ध गराउने अभियानमा छौँ।

नयाँ कानुनले अधिनायकवाद लाद्न खोजेको हो र?

मिडिया काउन्सिल विधेयकको विरोध किन? नयाँ कानुनले अधिनायकवाद लाद्न खोजेको हो र? प्राध्यापक एवं सञ्चारविद् पी खरेल र प्रेस कानुनविद् काशीराज दाहाल नागरिक फ्रन्टलाइनमा।

भस्मे डनको जात्रै जात्रा

धान र गहुँको फरक नबुझ्नेलाई कांग्रेसले अर्थमन्त्री बनायो, अर्थतन्त्र बिगारियोः प्रदीप गिरी

काठमाडौं– नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद प्रदीप गिरीले धान र गहुँको फरक नबुझ्ने पिएचडी होल्डरलाई अर्थमन्त्री बनाएर कांग्रेसबाट गल्ती भएको बताएका छन्। यसबाट सिंगो नेपालको अर्थतन्त्र नै बिग्रिएको उनको आशय थियो।

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा मंगलबार भाग लिँदै सांसद गिरीले धान र गहुँको फरक नबुझ्ने र आलु प्याजलाई पानी चाहिन्छ कि चाहिँदैन? भन्न नसक्ने पीएचडी होल्डरलाई अर्थमन्त्री बनाएर आफ्नो पार्टीले गल्ती गरेको र यसको असर अर्थतन्त्रमा परेको बताए।

कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा तीन वर्षदेखि नबढेको कर्मचारीको तलब र वृद्धभत्ता दुबै बढ्ने भएको छ। स्रोतले भ्याएसम्म पपुलिष्ट बजेट बनाउने तयारीमा जुटेको सरकारले आगामी आवमा कर्मचारीको तलब अधिकतम २५ प्रतिशतसम्म र वृद्धभत्ता एक हजार थप्ने तयारी गरेको हो।

अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्व बजेट छलफल सम्बन्धी विभिन्न कार्यक्रममा स्रोतले भ्याएसम्म चुनावी प्रतिबद्धताअनुसार बजेट बनाउने बताइसकेका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भएको पूर्वबजेट सुझाव संकलन कार्यक्रममा अर्थमन्त्री खतिवडाले स्रोतले भ्याएसम्म पपुलिष्ट बजेट बनाउने तयारीमा आफू रहेको बताएका थिए।

रातारात अतिक्रमण हुन लागेको जग्गा प्रहरीले जोगायो

उदयपुर– केहि भूमाफियाहरुले रातारात अतिक्रमण गरी कब्जा गर्न खोजेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको जग्गा प्रहरी प्रशासनले मंगलबार खाली गराएको छ। दुई दिनयता रातिको समय पारेर अतिक्रमण गर्दै लगेको झण्डै ३ विगाह क्षेत्रफल जग्गा प्रशासनको आदेशमा प्रहरीले मंगलबार दिउँसो स्थानीय जनप्रतिनिधि र उद्योगका कर्मचारीको रोहबरमा खाली गराएको हो।

त्रियुगानगरपालिका ४ र ६ को सीमानास्थित देउरीको पञ्जियार चोकदेखि दक्षिणतर्फ उद्योगको क्वाटर (कर्मचारी आवास) क्षेत्र जाने सडकको पश्चिमतर्फ मुखको जमिन २ रातयता अज्ञात समूहले किला गाडेर टहरा हाल्ने तयारी गरेको भन्दै उद्योगले सोमबार जिल्ला प्रशासन कार्यालय गुहारेको थिायो। प्रशासनको आग्रहअनुसार प्रहरीले जमिन खाली गराएको हो।

नक्कली लगत खडा गरी मोही बाँडफाँट निर्णय गर्ने तीनविरुद्द मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँटको निर्णय गरी भ्रष्टाचार गरेको अभियोगमा पर्साका तीन जनाविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार बाराको नकटुवा–२ को कित्ता नम्बर ५६ को जग्गामा भूमिसुधार कार्यालय, पर्साले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँट निर्णय गरेको र सो कार्यमा सरकारी कर्मचारीकोसमेत सहभागिता देखिएको छ।

नेकपाको बैठक सकियो, यस्तो भयो निर्णय

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताको एक वर्ष पुगेका अवसरमा र मदन आश्रित स्मृति दिवस मनाउन आज पार्टी मुख्यालय धूम्बाराहीमा तयारी बैठक बसेको थियो। पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको तयारी बैठकले तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा बिहान ८ः३० बजे विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार सोही अवसरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्नेछन्।

आगलागीमा परेर तीन जनाको मृत्यु, १३ घर जलेर नष्ट

रुकुम– गत बिहीबारदेखि सल्यानका विभिन्न ठाउँमा भइरहेको आगलागीमा परेर अहिलेसम्म तीन जनाको मृत्यु भएको छ। आगलागीका कारण १३ घर पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ रामकाडाबाट सुरु भएको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। अहिले पनि जिल्लाका विभिन्न ठाउँमा सुरक्षाकर्मीहरु आगो नियन्त्रणका लागि खटिएको सल्यानका प्रहरी प्रमुख डिएसपी बीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार आगलागीमा परेर अहिलेसम्म जिल्लाको छत्रेश्वरी गाउँपालिकामा दुई जना र शारदा नगरपालिकामा एक जनाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका ६ का ५५ वर्षिया प्यान्टी बोहरा र सोही ठाउँका ४७ वर्षीय खगेन्द्र बोहरा तथा शारदा नगरपालिका ९ दुवेरीका ६३ वर्षीय गोवर्धन पुनको मृत्यु भएको डिएसपी शाहीले बताए। खगेन्द्रको उपचारको क्रममा काठमाडौंमा मंगलबार बिहान मृत्यु भएको बताइएको छ। मंगलबार साँझसम्म पनि यहाँका विभिन्न सामुदायिक वनमा आगलागी भइरहेको प्रहरीले जनाएको छ। जंगलमा भइरहेको आगो नियन्त्रण गर्न सक्ने अवस्थामा नरहेको बताइएको छ।

नयाँ मोडलको खोजीमा प्रचण्ड!

काठमाडौं-  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विकासका नयाँ मोडलको खोजी गर्नुपर्नेमा जोड दिएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने अध्यक्ष दाहालले चेतावनी दिए। मंगलबार ललितपुरमा सुरु भएको अन्तराष्ट्रिय प्राङगारिक कृषि सम्मेलन’लाई सम्बोधन गर्दै उनले संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न सम्बन्धित सबै पक्षलाई आह्वान पनि गरे। नयाँ राजनीतिक प्रणालीलाई स्थापित गराउने गरी हाम्रा कार्यशैलीहरुमा परिवर्तन नभए त्यो प्रत्यूत्पादक हुने अध्यक्ष दाहालको भनाई छ।

कतै तपाइँको मोटरसाइकल असुरक्षित ठाउँमा त पार्किङ छैन ?

काठमाडौं– तपाइँले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि? या असुरक्षित ठाउँमा पार्किङ गर्नु भएको त छैन? त्यसो भए मोटरसाइकल चोरी हुने सम्भावना बढी नै हुन्छ।

चोरहरुले पार्टपूर्जा परिवर्तन गरेर मोटरसाइकल चलाउने गरेकाले तपाइँको मोटरसाइकल भेटिने सम्भावना कम छ। काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गरेर पार्टपूर्जा परिवर्तन गर्ने चोरहरु सक्रिय छन्। मोटरसाइकल ग्यारेज सञ्चालक समेत यसमा संलग्न भएको खुल्न आएको छ।

यस्तै घटना काठमाडौंको गोकर्णेश्वरको अत्तरखेलमा भएको छ। स्थानीय राजन कार्कीको पार्किङ गरिएको मोटरसाइकल वैशाख २८ गते चोरी भएको भनी महानगरीय प्रहरी वृत्त बौद्धमा आएको निवेदन दर्ता भयो। त्यसको अनुसन्धान गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीको मोटरसाइकल मर्मत केन्द्रमा विभिन्न मोटरसाइकलका पाटपूर्जा फेला परेका छन्।

दरबारमार्गमा पूर्वराज परिवारको ‘ह्याप्पी मुड’, पारस देखिएनन् (फोटो फिचर)

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित ‘ह्याप्पी मुड’मा देखिएका छन्। छोरा पारस र श्रीमती कोमलको उपचार तथा भर्खरै देश दौडाहा सम्पन्न गरेका शाहले परिवारसहित दरबार मार्गस्थित किंग्स लाउन्जमा ३ घण्टा समय बिताएका हुन्।

पूर्वराजा शाहसँग परिवारका सदस्य तथा आफन्त सहभागी थिए। श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायतका साथमा ज्ञानेन्द्र किंग्स लाउञ्ज पुगेका थिए। तर, पूर्वराज परिवारको जमघटमा पूर्वयुवराज पारस भने देखिएनन्। झण्डै ४० जना आफन्तको साथमा किंग्स लाउन्ज पुगेका ज्ञानेन्द्रले पुरै तीन घण्टा समय बिताएका थिए।

अक्षयकुमारको नागरिकता विवादमा, बचाउमा बलिउडकर्मी

मुम्बई– बलिउड अभिनेता अक्षय कुमारको नागरिकता विवादमा परेको छ। भारतमा लोकसभा निर्वाचन भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीको गैरराजनीतिक अन्तर्वार्ता लिएर चर्चामा रहेका तथा भारतको वीर एप्लीकेशन आइडियाका संस्थापकसमेत रहेका अक्षयको नागरिकतामाथि प्रश्न उठेको हो। आफूसँग भारतीय नागरिकता नरहेको बेला देशभक्ति जगाउने फिल्म खेल्ने र मोदीको अन्तर्वार्ता लिएर भारतीयको भावनामाथि खेलवाड गरेको आरोप समेत उनीमाथि लागेको छ।

अनुभव काम लागेन: धोनी

हैदराबाद –चेन्नई सुपर किङ्सका कप्तान महेन्द्र सिंह धोनीले आफ्नो टोली अनुभवी खेलाडीले भरिए पनि त्यो अनुभवको भरपूर सदुपयोग गर्न नसक्दा इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इन्डियन्सलाई सुम्पिन बाध्य भएको बताएका छन्।

आइतबार भएको फाइनलमा मुम्बईले चेन्नईमाथि १ रनको सनसनीपूर्ण जितका साथ चौथो पटक आइपिएलको उपाधि जितेको हो। १ सय ५० रनको विजयलक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रन मात्र जोड्न सक्यो। ५९ बलमा ८० रन बनाएर खेलिरहेका ओपनर शेन वाट्सन अन्तिम ओभरको दोस्रो बलमा रनआउट भएपछि खेल मुम्बईको पक्षमा ढल्किएको थियो।

प्रचण्डले गाए “ओए झुमा झुम्कावाली”

सुर र स्वरको इन्धनले चल्ने नेपालको एकमात्र रेल, प्रमोद खरेल। प्रचण्डले गाए “ओए झुमा झुम्कावाली”। प्रचण्डको गायकीमा प्रमोद खरेलको जजमेंटले यसरी भयो हंगामा।

कम्युनिष्ट नेता बिहानदेखि रातिसम्म दलाल मात्रै भेट्छन् किन?

कम्युनिष्ट नेता बिहानदेखि रातिसम्म दलाल मात्रै भेट्छन् किन? मार्क्सवादी चिन्तक एवं सत्तारुढ नेकपा स्थायी समिति सदस्य घनश्याम भुसाल नागरिक फ्रन्टलाइनमा।

ढुक्क हुनुसका मनोज गजुरेल

प्रधानमन्त्रीलाई गिज्याउने तुइन यात्रा

जाजरकोट– नलगाड नगरपालिका–१ ठूलाबगरका पठवीर पुनले तुइनमा झुन्डिएर यात्रा गर्न थालेको वर्षौं भयो। वर्षातका बेला मात्र होइन अन्य बेलामा पनि भेरी नदी माथिको तुइनमा झुन्डिएर यात्रा गर्न उनको बाध्यता हो।

प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्रीको पद समाल्दा ०७२ असोजमा देशमा भएका सबै तुइनहरु विस्थापन गर्ने घोषणा गरेको खबर सुनेर पठवीर निकै खुसी भएका थिए, अब पुल र गतिलो सडकमा यात्रा गर्न पाइने भयो भनेर।

अाजै सरकारकाे नीति तथा कार्यक्रम बहुमतले पास भयाे। साे क्रममा प्रधानमन्त्री अाेलीले देशभरका तुइन विस्थापन गर्ने र त्यसकाे ठाउँमा झाेलुंगे पुल निर्माण गर्ने बताएका छन्।

सडकमै सुतेका चिया श्रमिक भन्छन्, ‘माग पूरा नगरे पछि हट्नेवाला छैनाैं’

इलाम – ३८ दिनयता आन्दोलनरत इलाम र झापाका चिया श्रमिकले मंगलबार राजमार्गमा सुतेर विरोध जनाएका छन्। उनीहरूले झापाको बिर्तामोडमा सवारीका साधनसमेत बन्द गराइ प्रदर्शन गरेका हुन्।

बिर्तामोडस्थित बिएन्डसी हस्पिटलछेउबाट सुरु भएको श्रमिकको -याली मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। त्यसपछि पूर्व–पश्चिम राजमार्गमै सुतेर विरोध जनाएपछि दिउँसो १ देखि साढे २ बजेसम्म लामो तथा छोटो दूरीका सवारीसाधनसमेत ठप्प भएका थिए।

कोणसभालाई सम्बोधन गर्दै श्रमिक नेताहरूले न्यूनतम् ज्याला, सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने बताए। उनीहरूले श्रमिकले भोकभोकै लामो समय आन्दोलन गरेर सरकारी निर्णय कार्यान्वयन माग गर्दा पनि सरकारले बेवास्ता गरेको गुनासो गरे।

नागरिकता बनाइदिन्छु भनी सेवाग्राहीसँग घुस माग्दै गर्दा पक्राउ

महाेत्तरी – इलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरीमा कार्यरत कम्प्युटर अपरेटर अशोककुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।

सिंहले नागरिकता प्रमाणपत्र पत्र बनाउन सहज गराइने भन्दै सेवाग्राहीसँग घुस रकम मागेका थिए। सिंहलाई जिल्लाको बर्दिबासस्थित आयोगको कार्यालयबाट खटिगएको टोलीले ४ हजार घुस रकमसहित समातेको जनाएको छ।

कार्यालयबाटै समातिएका सिंहमाथि थप अनुसन्धान भइरहेको कार्यालयले जानकारी दिएको छ।

सहकारी बैँक स्थापनाको तयारी

काठमाडौं– सरकारले पहिलो पटक सहकारी बँंक गठन गर्ने व्यवस्था गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ५ सय एकवटा सहकारी संघ, संस्थालाई मिलाएर सबै प्रदेशमा पहिलो पटक सहकारी बैँक स्थापना हुने गरी ‘सहकारी नियमावली–२०७५’ ल्याएको हो।

सबै प्रदेशमा रहेका सहकारी संस्थाहरुलाई मिलाएर पहिलो पटक सहकारी नियमावली बनाइएको सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए।

गगन थापा भन्छन्– प्रधानमन्त्रीले गैरसंसदीय भाषा प्रयोग गर्दा सभामुख निरीह

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादा कायम राख्न नसकेको आरोप लगाएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले गैरसंसदीय भाषा प्रयोग गर्दा पनि सभामुख भूमिकाविहीन अवस्थमा रहेको बताए।

प्रधानमन्त्रीले आक्रोश, कुण्ठा र निम्छरो अभिव्यक्तिलाई छोडेर अन्यको जवाफ दिन्छु भनेपछि आफुहरुले नियमापत्ति गर्दै असंसदीय भाषा प्रयोग भएकाले रेकर्डबाट हटाउन रुलिङ गर्न माग गर्दा उल्टै प्रधानमन्त्रीकै जवाफलाई निरन्तरता दिएँदा पनि सभामुख निरीह देखिएको टिप्पणी गरे।

प्रधानमन्त्रीको कम्बोडिया भ्रमणबारे संसदलाई जानकारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कम्बोडिया र भियतनाम भ्रमणबारे संघीय संसदलाई जानकारी गराएका छन्।

संघीय संसदको प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले बैशाख २६ गतेदेखि कम्बोडिया र भियतनामको औपचारिक भ्रमण गर्न लागेको जानकारी गराए। उनले जेठ १ गतेसम्म हुने आफ्नो औपचारिक भ्रमणले अन्तराष्ट्रिय सम्बन्ध सुदृढ बनाउनुको साथै नेपालको पर्यटन प्रर्वद्धनमा सकारात्मक योगदान पुग्ने विश्वास लिएको बताए।

करलाई लिएर नगरपालिका र उद्योगी व्यापारीबीच जुहारी

डोल्पा- नगरपालिका र उद्योगी व्यापारिबीच करको विषयलाई लिएर जुहारी चलेको छ। त्रिपुरासुन्दरी नगरपालिका क्षेत्र भित्रका उद्योगी व्यापारीहरुले नगरले नगरवासी र व्यापारीलाई उपलब्ध गराउनु पर्ने सुबिधा उपलव्ध नगराएको भन्दै नगरलाई कुनैपनि किसिमको कर नतिर्ने चेतावनी दिएका छन्।

नगरपालिका भित्र स्वच्छ खानेपानी,भरपर्दो विद्युत,सञ्चार र समयमा स्वास्थ्य संस्थाहरुमा औषधी ब्यवस्था लगायतको सुविधा र उद्योगी व्यापारी मैत्री कर प्रणाली नल्याएको भन्दै कुनैपनि किसिमको कर नगरलाई नतिर्ने बताएपछि नगर र व्यापारीबीच जुहारी चलेको हो।

सहुलियत कर्जामा एक अर्व प्रवाह

काठमाडौं-  सरकारले देशभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याएको सुहलियतपूर्ण कर्जामा करिब एक ऋण प्रवाह भएको छ। सरकारले सात प्रकारका व्यवसायलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको थियो। सो क्षेत्रमा कार्यविधि कार्यान्वयनमा आएको यो अवधिमा एक अर्ब कर्जा प्रवाह गरेको हो।

मन्त्रिपरिषद्ले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ गत भदौ २१ गते पास गरेको थियो। असोज ११ गतेदेखि राष्ट्र बैंकले परिपत्र जारी गरेर सबै वित्तीय संस्थालाई उक्त कार्यविधि कार्यान्वयनमा लैजान निर्देशन दिएको थियो।

रेस्लिङ आयोजना हुँदै, ६ देशका टप रेस्लरहरुको सहभागीता हुने

काठमाडौं– नेपालमा रिगं रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिबिधिहरु अगाडी बढाउदै आएको छ। नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेजका कारण यसको विकास र विस्तार गर्ने उदेश्यले स्थापना भएको यो संघले खेलाडी उत्पादन गर्नेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पियनसिपहरु गर्दै आइरहेको छ।

रिगं रेस्लिङ संघले डिस होमको सहकार्यमा बैशाख २८ गते शनिबारका दिन एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्न लागेको छ। त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते दिउँसो ३ बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुनेछ।

बाबुको फिल्ममा योद्धा आलिया

मुम्बई – बलिउड फिल्म ‘कलंक’को असफलता पछि फिल्मकी नायिका आलिया भट्ट चाँडै नै फिल्म ‘सडक २’को सुटिङको तयारी सुरु गर्दैछिन्। आगामी मे महिनाबाट छायांकन सुरु हुने फिल्मको निर्देशक आलियाका पिता महेश भट्टले निर्देशन गर्दैछन्।

आलिया पहिलोपटक पिताद्वारा निर्देशन गर्न लागेको फिल्ममा काम गर्न लागेकी हुन्। फिल्म ‘सडक २’ मा आलियाका अलावा आदित्य रोय कपुर, सञ्जय दत्त, पुजा भट्टलगायतका कलाकारको अभिनय रहनेछ। फिल्म ‘सडक २’ सन् १९९१ मा रिलिज भएको सुपरहिट फिल्म ‘सडक’को सिक्वेल हो। अघिल्लो संस्करणको फिल्ममा सञ्जय दत्त र पुजा भट्ट प्रमुख भूमिकामा थिए।

कम्युनिष्टहरु बिलासी बन्दै …

कम्युनिष्ट पार्टी नाम राखेका दलहरु सत्तामा बारम्बार पुगेका छन्। तर पनि उनीहरुले वकालत गर्ने सर्वहारा वर्गको उत्थानका लागि अपेक्षित काम भएका छैनन्। कम्युनिष्टहरु बिलासी बन्दै गएका छन्। नागरिकता वितरण प्रक्रिया र संघीय संरचनाको सन्दर्भमा सँधै विरोध गर्दै आएका सादगी नेता एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नागरिक फ्रन्टलाइमा।