टिम मेटको ब्याड जोक्समा सोमपालको हाँसो

बालुवाटार जग्गामा विष्णु पौडेलमाथि छानविन हुनुपर्छः भीम रावल

भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गाेली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको छ। मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रह्रीले उनीमाथि गोली चलाएको थियो। प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका २ कुदाक काउलेमा विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए।

खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले बताए।

बालुवाटार जग्गामा विष्णु पौडेलमाथि छानविन हुनुपर्छः भीम रावल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले  बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पार्टीका महासचिव विष्णु पौडेलमाथि छानविन हुनुपर्ने बताएका छन्। सरकार, पार्टी र सन्चारमन्त्री जाेगाउन लागिपरेका बेला रावलले पाैडेलमाथि छानविन तथा दाेषी पाइए कारवाही हुनुपर्ने माग राखेका हुन्।

रिपोर्टर्स क्लबद्वारा सोमबार आयोजित साक्षात्कारमा नेता रावलले ललिता निवासको जग्गा कब्जामा पार्टीका महासचिव पौडेलसमेत मुछिएको स्मरण गर्दै सत्यतथ्य छानविन गरेर दोषी ठहरिए कारबाही हुनुपर्ने माग गरे।

 

पुर्पुरोमा हात राख्नुपर्ने दिन गएः मुख्यमन्त्री राई

 प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताएका छन्।

रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताएका हुन्। केन्द्र, प्रदेश र स्थानीय सरकारले समृद्धिको साझा अभियानमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान चलाएकाले नागरिकको चाहनाअनुसारको विकास हुनेमा जोड दिँदै मुख्यमन्त्री राईले भने, ‘घरघरमा उज्यालो, गाउँगाउँमा सुविधायुक्त सडक, स्वच्छ पिउने पानी, शिक्षा, स्वास्थ्य र सिँचाइको सुविधा नागरिकको चाहनाबमोजिम हामी उपलब्ध गराउने अभियानमा छौँ।