वैदेशिक रोजगारमा विभेद

सरकारले कानुनी रूपमा १ सय १० देश खुला गरे पनि अझैं पनि नेपालीको मुख्य गन्तव्य खाडी र मलेसिया नै बनिरहेको छ। कोहि नेपाली खाडीमा महिनाको २० हजार कमाउछन् भने कोहि नेपाली मकाउमा महिनाको २ लाख कमाउछन्।

हातमा हरियो पासपोर्ट, काधमा २ जोर कपडा बोकेको झोला, मनभरि परिवारको माया अनि सन्तानको उज्वल भविष्यको सपना। यी र यस्तै कुरा तरंगित हुँदै रोजगारीको खोजीमा दैनिक करिव एक हजार नेपालीले मुलुक छोडछन्।

विदेशिने नेपालीको मनमा तरंगित हुने भाव हुन् यी जसको अनुभव गर्न नसके पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन देखिने यी र यस्तै पीडा बोध हुने दृश्यले बेरोजगार नेपालीको कहाली लाग्दो वास्तविकता उदाङ्गो पार्छ। नीति निर्माण तहबाट सम्बोधन हुन् नसकेको यो दैनिकीले राज्यलाई सधैं झक्झक्याउछ। नियतिको खाडलमा धकेलिएका यी नेपाली एउटै बाटो बाट विदेशिए पनि उनीहरु गन्तव्य घाम र जुन जस्तो फरक छ। कोहि राम्रो काम र दाम पाउने गन्तव्यमा पुग्छन त केहीको श्रम पसिना मरुभूमिको बालुवामै बिलाउछ। बाध्यताको बाटो बाट धन कमाउन सँगै विदेशिए पनि उनीहरुको श्रम र पसिनामा देखिएको अन्तर “वैदेशिक रोजगारमा विभेद” डलरको कथाको सातौँ शृंखला।

तङ्ग्रिएला कांग्रेस ?

नेपाली कांग्रेसले न पराजयको जिम्मेवारी कसैलाई बोकाउन सकेको छ न आफू तङ्ग्रिने गरी संसद्मै भूमिका खेलेको छ। तङ्ग्रिएला कांग्रेस ? नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी नागरिक फ्रन्टलाइनमा।

मेरी बास्सैका राजु मास्टरका गफ

विप्लव माओवादीप्रति गृह प्रशासन किन लचिलो ?
काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हिंसात्मक गतिविधी बढ्दै गर्दा सरकारको भूमिकामाथि प्रश्न पनि शुरु भएको छ। पछिल्लोपटक सर्वसाधारणको ज्यान लिने गरी राजधानीमै बम विस्फोट गराइएपछि सरकारको भूमिकामाथि प्रश्नचिन्ह उठ्न थालेको हो।
शुक्रबार साँझ उक्त माओवादी घटकले देशैभर रहेका दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावर तथा बीटीएसहरुमा बम विस्फोट गरी क्षति पुर्‍याएको थियो। सोही क्रममा ललितपुर नख्खुस्थित एनसेलको मुख्यालयमा विस्फोट हुँदा एक जना सर्वसाधारणको निधन भयो भने २ जना सर्वसाधारण घाइते भए। एक दशकको गृहयुद्ध र एक दशककै संक्रमणकालबाट गुज्रिएर शान्ति तथा स्थिरताको यात्रा शुरु गरेको भनिएको समयमा भएका यी हिंसात्मक गतिविधीले फेरी एकपटक नेपाली जनतालाई युद्धको त्रास सिर्जना गरेको छ। यद्यपि विप्लव नेतृत्वको हिंसात्मक गतिविधीको यो घटना पछिल्लो कडी मात्र हो। यसको शुरुवात पहिले नै भइसकेको थियो।
पठाओ सेवा नरोक : सर्वोच्च
मोटर साइकलमा अन्य व्यक्तिलाई ओसार्ने कामबाट नेपाल सरकारको कानुन उल्लंघन भएको दावी सहित परेको एउटा रिटमा सर्वोच्च अदालतले मंगलबार सेवा रोक्न अन्तरिम आदेश दिन नमिल्ने निर्णय सुनाएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्धय केदार प्रसाद चालिसे र अनिल कुमार सिन्हाको संयुक्त इजलासले सो सेवाका विरुद्धमा परेको रिटको सुनुवाई गर्दै सो सेवा रोक्न अन्तरिम आदेश जारी नहुने जनाएको हो।
बीपी राजमार्गमा टाइमकार्ड लागु नगरेपछि छड्के चेकिङ
सिन्धुली- बीपी राजमार्गमा अत्याधिक दुर्घट्ना हुन थालेपछि गति सिमित गरि दुर्घटना न्युनिकरण लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्डलाई कडाइका साथ लागु गर्न थालेको छ। दैनिक दुर्घटना बढ्दै गएपछि तिब्र गतिकै कारण दुर्घट्ना भएको निष्कर्ष सहित ट्राफिक प्रहरीले टाइम कार्डलाई कडाइका साथ लागु गरि ट्राफिक व्यवस्थापनमा जुटेको हो।
प्रत्येक सवारीले टाइम कार्डमा उल्लेख भएअनुसारको समयलाई मध्यनजर नगर्दा दैनिक दर्जनौ दुर्घटना हुने गरेको भन्दै टाइम कार्डको लागु गरिएको हो। बनेपा–सिन्धुली–बर्दिबास सडक खण्ड अन्तर्गत नेपालथोकदेखि सिन्धुलीको भिमान सम्मका लागि गत दुई बर्ष अगाडीबाटै टाइमकार्ड राखिएको भएपनि राजमार्गमा चल्ने सवारीले टाइमकार्डको धन्जी उडाउदै तिब्र गतिमा सवारी चलाउँदा दैनिक दुर्घटना बढ्न थालेको थियो।
नेपालमा दैनिक २५ देखि ३० करोडको मोबाइल कारोबार
पेट्रोलियम पदार्थ र फलामपछि बढी कारोबार हुनेमा मोबाइल फोन हो। नेपालमा ३ करोड ८९ लाख मोबाइल फोन सञ्चालनमा छन्। एक जनाको हातमा चारदेखि पाँच वटासम्म मोबाइल पर्छ। जुन लगभग १ सय ३२ प्रतिशत हुन आउँछ। जसमा ३५ प्रतिशत प्रयोगकर्ता काठमाडौँमा छन्।
प्रतिव्यक्ति आम्दानी उल्लेख नभए पनि उपभोक्ताको मोबाइल फोन खरिदको आँकडा भने उलेख्य छ। दैनिक ७ देखि ८  हजार थानभन्दा बढी मोबाइल खपत हुने नेपाली बजारमा मोबाइलमा थप सुविधा खोज्ने ग्राहक पनि बढ्दै छन्। दैनिक २५ देखि ३० करोडको मोबाइल कारोबार हुने नेपालमा औसत १५ देखि २० हजार मूल्य पर्ने मोबाइल बढी बिक्ने ताम्राकार मोबाइल संघका अध्यक्ष जगत साउद बताउँछन्।
एकैदिन १७१ सवारी साधन कारबाहीमा
जथाभाबी हर्न बजाएर गुड्ने सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार मात्र १७१ सवारी साधनलाई हर्न कारबाही गरेको छ। ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई बढी असर पर्ने भएकाले कारबाहीलाई तीव्रता दिइएको हो।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी दिए।

हास्य कलाकार सन्तोषले भने छोरा बिहे गर्दैन

हास्य कलाकार सन्तोष पन्तलाई अब छोरा साकारको नामबाट चिनिने रहर छ। उनका जेठा छोरा साकार अस्ट्रेलियाबाट फिल्मसम्बन्धी विषय पढेर नेपाल फर्केका छन्। केही वृत्तचित्र र टेलिसिरियलसमेत निर्देशन गरिसकेका उनी एक नेपाली फिल्मको स्क्रिप्ट लेखनमा व्यस्त छन्। यसमा उनलाई बाबु सन्तोषले सघाइरहेका छन्। घरमै स्टुडियो राखेर उनले त्यसमा परिवारका सबै सदस्यका साथ काम गरिरहेका छन्। सन्तोषकी पत्नी प्रतिभा बहुचर्चित टेलिभिजन रियालिटी सो ‘हिजो आजका कुरा’की प्रोडक्सन म्यानेजर थिइन्। उक्त टेलिसिरियल टेलिभिजन इतिहासमा सबैभन्दा बढी रुचाइएको मानिन्छ।

‘आजका कुरा’बाट ‘हिजो आजका कुरा’मा बनेको उक्त सो निर्माणमा साकार लाइट समात्नेदेखि साउन्ड म्यानसम्मको भूमिका थिए। सन्तोषले २१ वर्षमा प्रतिभासँग विवाह गरेका थिए। प्रतिभा शिक्षिका थिइन्। सन्तोषको जेठो सन्तानको रूपमा छोरी सदीक्षा जन्मिइन्। तर, सात वर्षको कलिलो उमेरमै स्कुलबाट फर्कने क्रममा काठमाडौंको चक्रपथमा भएको एक दुर्घटनामा उनको निधन भएको थियो। अहिले सन्तोषका एक छोरा र एक छोरी छन्। कान्छो छोराले लिंग परिवर्तन गरी छोरी बनेका छन्। यसमा सन्तोष खुसी नै छन्। भन्छन्, ‘मै कहिल्यै सन्तानको इच्छाविपरीत गइनँ, उनीहरुले जे चाहे त्यही माने।’

परिर्वतन आफैंबाट सुरु गर्नुपर्छ भन्ने सन्तोषको मान्यता छ। नेपाली सेनामा जागिर पाएपछि उनी आफ्नो कलाकारिताको भविष्य सुरक्षित भएको ठान्छन्। सेनाको जागिरबाट अवकाश पाएको त्यो दिन आफूले कहिल्यै भुल्न नसक्ने उनी बताउँछन्। भन्छन्, ‘त्यो २०७२ वैशाख १२ को दिन थियो, जुन मैले मात्र होइन, कसैले बिर्सन सक्दैनन्। अहिले उनी सेनाकै एक कार्यक्रम ‘माटोले माग्दैन आफैं दिनुपर्दछ’मा व्यस्त छन्।
सन्ताको इच्छालाई स्वतन्त्र छाडिदिनुपर्ने उनी बताउँछन्। छोराबाट छोरी बन्नुमा पनि उनी सन्तानकै सुख मान्छन्। भन्छन्, ‘आमाबुवा भएपछि आफ्ना इच्छा छोराछोरीमा लाद्नु हुँदैन। उनीहरुको चाहना बुझ्नुपर्छ।’ समाजमा व्याप्त विकृतिले युवा जमातमा असर पारेकोमा सन्तोष दुःख मान्छन्। भन्छन्, ‘अधिकारका नाममा पतिपत्नीबीच प्रेमको दूरी बढ्दै छ।’ उनले ठट्यौली पारामा भने, ‘जसले गर्दा छोरा(साकार)बिहे गर्न डराएको छ।’ यस कार्यक्रममार्फत उनले छोरा साकारका लागि बुहरी खोजी पनि गरिएको बताए।

बाँकी विवरण भिडियोमा ।

किन घट्दैछ कम्युनिस्ट साख ?

किन घट्दैछ कम्युनिस्ट साख ? नेकपाका स्थायी कमिटी सदस्य, मणि थापा।

पशुपति शर्माको बिरोध कि उनको गीतको ?

टोक्न सके टोक कान्छा, टोक्न सके टोक…

गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत हटाएपछि यसप्रति को चासो झन् बढेर गयो। उनले चार दिन अघि मात्र ‘लुट्न सके लुट…’ बोलको गीत सार्वजनिक गरेका थिए। तर सत्ताधारी दलका नेता कार्यकर्ताको दवावपछि शर्माले युट्युवबाट गीत हटाए। गीत हटाइए पनि उनको गीत डाउनलोड गरेकाहरुले सामाजिक सञ्जालमा भाइरल बनाए। वर्तमान राजनीति, सरकारका काम, वेतिथिबारे कडा प्रहार गरिएको गीत एकाएक लोकप्रिय बन्यो।  सामाजिक सञ्जाल उनको पक्षमा रंगियो। सञ्चारमाध्यमले उनको गीतको समाचारलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण गरे।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

घुस लिएर मैले जिन्दगीकै गलत काम गरेँ : आयुक्त पाठक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान आयुक्त राजनारायण पाठकले घुस लिएको स्वीकार गरेका छन्। नेपाल इन्जिनियरिङ कलेजको जग्गा सम्बन्धी विवादमा ७८ लाख रुपैयाँ घुस लिएको खबर सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका छन्।

राजीनामापछि पैसा लिएर विवाद नमिलाइदिएको भन्दै कलेजको तर्फबाट उनीसँग भेटघाट हुँदा गोप्य रुपमा रेकर्ड गरिएको भिडियो विभिन्न मिडियाले सार्वजनिक गरेका छन्। नेपाल खबरले सार्वजनिक गरेको भिडियोमा पाठकले घुस लिनु जीवनकै ठूलो गल्ती भएको भन्ने अभिव्यक्ति दिएका छन्। साथै उनले इन्जिनियरिङ कलेजका व्यक्तिसँग सबै काम आफू प्रमुख आयुक्त भएपछि हुने पनि उल्लेख गरेका छन्।

माइतीघरमा घन्कियो पशुपति शर्माको गीत

गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छ…’ गीत प्रति समर्थन जनाउँदै माइतीघरमा विवेकशील नेपाली दल समर्थित युवाहरुले प्रदर्शन गरेका छन्। राजधानीको माइतीघर लगायत देशका विभिन्न स्थानमा उनीहरुले सार्वजनिकरुपमा गीत बजाउँदै प्रदर्शन गरेका हुन्। माइतीघरमा उनीहरुले शर्माको गीत बजाउँदै अभिव्यक्ति स्वतन्त्रता प्रति प्रहार नगर्न चेतावनी दिए। युवाहरु शर्माको गीत बजाएर नाचेका थिए।

समायोजन लगत्तै नयाँ भर्ना खुल्छ : मन्त्री पण्डित

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सकिएपछि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने बताएका छन्।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानकाे कार्यक्रममा बाेल्दै उनले समायोजन प्रक्रिया सकिएलगतै नयाँ कर्मचारी भर्ना सुरु गरिने बताए। ‘‘लोक सेवा आयोगलाई पनि हामीले नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न तयारी अवस्थामा बस्न भनेका छौँ’’ उनले भने, ‘‘समायोजन सकिएलगतै १५ देखि २० हजारसम्म कर्मचारीको नयाँ भर्ना सुरु हुनेछ।’’

मोबाइलको ब्याट्री धेरै समय चल्दैन ? यसो गर्नुस्

मोबाइल फोनको सेटिङ अप्सनमा जानुस्। त्यसपछि ब्याट्री अप्सनमा क्लिक गर्नुस्। यो अप्सन हरेक फोनमा अलग–अलग ठाउँमा हुन सक्छ। कुनैमा अडिसनल सेटिङमा यो अप्सन हुन सक्छ। त्यसपछि ब्याट्री सेभर अप्सनमा सेलेक्ट गर्नुस्। यसले ब्याकग्राउन्डमा चलिरहेका एप्स बन्द गरिदिन्छ। यससँगै ब्याट्री जोगाउने अर्काे उपाय पनि छ। त्यो हो– मोबाइल फोनको बालपेपर ब्ल्याक एन्ड ह्वाइट राख्नु।

 

फेसबुक बाबा

जापान सपनाले फेरिएको दैनिकी

खोटाङका मविन्द्र राई र राजधानीको चाबहिल घर भएकी भवानी कुँवरले खाना बनाउन एक अर्कोलाई गरेको सहयोग देख्दा लाग्ला पक्कै पनि यी श्रीमान श्रीमती नै होलान। तर भवानी र मविन्द्रबीच न रगतको नै नाता छ, न यी दुई बीच २ महिना पहिला कतै भेट नै भएको थियो। तर यी दुवैको सपना भने एउटै छ, रोजगारी गर्न जापान जाने। त्यहि सपनाले यी दुईको भेट हुन्छ राजधानीमा रहेको एक जाप्निज भाषा सेन्टरमा। जाप्निज भाषा सिकाइने र बस्ने होस्टलको समेत व्यवस्था भएको यो सेन्टरमा बसेका यी दुवैको दैनिकी अहिले फेरिएको छ। जापान सपनाले फेरिएको दैनिकी डलरको कथाको छैठौं शृंखला:

“प्रतिपक्षको नजर”, सरकारको एक वर्ष

सरकारको एक वर्ष। “प्रतिपक्षको नजर”। कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. मिनेन्द्र रिजाल नागरिक फ्रन्टलाइनमा।

लभ सिजनमा सुविन भट्टराईका लभ टिप्स

नेकपामा चर्कंदै दाहाल- ओलीबीच जुहारी

भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीमा मतभेद उत्पन्न भएको छ। भेनेजुएला प्रकरणमा नेकपाका दुई अध्यक्ष दाहाल र केपी शर्मा ओलीबीच दोहोरी चलिरहेको छ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा दाहालको वक्तव्यलाई ‘टङ स्लिप’ को रुपमा अथ्र्याएका थिए। त्यसको प्रतिक्रियास्वरुप अध्यक्ष दाहालले बिहीबार चितवनमा सञ्चारकर्मीसँग ‘भेनेजुएला प्रकरणमा आफूले जारी गरेको वक्तव्यलाई पार्टी सचिवालयले आधिकारिक भनिसकेको अवस्थामा एउटा व्यक्तिले के भन्छ भन्ने कुराको अर्थ नहुने’ बताएका थिए।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

सधैंभरि मागेर हाम्रो देश सवल बन्न सक्दैन : गाेकर्ण विष्ट

नेपालको अर्थतन्त्रमा रेमिट्यान्स एउटा महत्वपूर्ण हिस्साको रुपमा भूमिका निर्वाह गरिरहेकाे छ। कुल ग्राहस्थ उत्पादनको झन्डै २५ प्रतिशत भन्दाबढी हिस्सा रेमिट्यान्सले ओगटेको छ। यस्तो अवस्थामा रेमिट्यान्सलाई कसरी वैधानिक माध्यमबाट भित्र्याउने, कसरी उत्पादन तथा रोजगार मुलक क्षेत्रमा लगानीको वातावरण निर्माण गर्ने सन्दर्भमा सरकारले गम्भीर रूपमा सोच्न जरुरी छ।
कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान २५ प्रतिशत रहे पनि त्यसको ठुलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ। त्यसले केवल उपभोग प्रवृतिलाई मात्र प्रोत्साहित गरिरहेको देखिएको छ। अर्को हिसाबले भन्दा रेमिट्यान्सको सहि ढंगले प्रयोग हुन सकेन भने त्यसले परोक्ष रुपमा व्यापार घाटा बढाउने जोखिम रहन्छ।

एनसेल कर प्रकरण

एनसेल प्रकरणमा ठूला राजनीतिक दल र तीनका उच्च नेताहरुले नैतिकता देखाउन सकेनन्। उनीहरुले चाहेको भए एउटा विदेशी कम्पनी कर चुक्ता नगरी स्वदेश फर्कन सक्दैनथ्यो। ठूला दलका नेतामा यो प्रकरणमा कतै अर्को दलले नाफा लिन्छ कि भन्ने मानसिकताले मात्र काम गरेको देखियो। राजनीतिक दलका दोस्रो स्तरका युवा नेताले भने सार्वजनिक रुपमै कर उठाउन सरकारलाई झकझक्याइरहे। सरकारको कामकारबाहीको निगरानी गर्ने, आवश्यक निर्देशन दिनेलगायत जिम्मेवारी पाएका संसदीय समितिहरुले पनि यो प्रकरणलाई आआफ्नो दल र व्यक्तिगत स्वार्थ अनुरुप प्रयोग गर्न खोजे। लेखा र अर्थ समितिले कर असुली गर्न निर्देशन दिए पनि सुनुवाइ भएन।

समायोजन कर्मचारीले रोजेकै ठाउँमा

समायोजन फाराम भरेको कर्मचारीमध्ये अधिकांश कर्मचारीको समायोजन उनीहरूले रोजेकै ठाउँमा हुने संघीय मन्त्रालयले जनाएको छ। समायोजन महाशाखाले ८० प्रतिशतभन्दा बढी कर्मचारीको समायोजन उनीहरूले रोजकै तहमा हुने बताएको छ।

प्रदेश ३ र काठमाडाैं महानगरपालिकाको हकमा भने कर्मचारीले राजेको ठाउँमा समायोजन हुने निश्चित नभएको मन्त्रालयको भनाइ छ। समायोजन फाराम भर्दा करिब ५ हजार कर्मचारीले प्रदेश ३ र करिब ३ हजार कर्मचारीले काठमाडौं महानगरपालिकलाई पहिलो रोजाइ बनाएको संघीय मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी गराए।

‘कम्युनिष्ट सरकारविरुद्ध लण्डनमा पनि विरोध’

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारविरुद्ध नेपालमा देशव्यापी प्रदर्शन गरेकै दिन बेलायतमा समेत सरकारको विरोध गरिएको छ । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले सोमवार लण्डनस्थित नेपाली दूतावास भवनमा  जम्मा भएर सरकारको विरोध गर्दै सरकारबिरुद्ध ज्ञापनपत्र बुझाएको छ।

जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलको टोलीले वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी मार्फत प्रधानमन्त्री केपी ओलीलाई ८ बुँदे विरोध स्वरुप ज्ञापन पत्र बुझाएको हो।

 

डा. बाबुराम भट्टराई : छोरी नजन्मदै ‘डर्टस अफ कार्ल मार्क्स’ उपहार दिने बाबु

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पहिलो सन्तानको मुखसम्म हेर्न पाएनन् । भट्टराई र हिसिला यमीको २०४० सालमा जेठो सन्तानको रूपमा छोरा जन्मीए पनि विडम्वना जन्मेको केहि घण्टामै उसले संसारबाट विदा लियो ।
दोस्रो सन्तानको रूपमा छोरी अर्थात मानुषी यमी भट्राई जन्मीइन् । छोरी जन्मनु उनका लागि उत्सव थियो । छोरी जन्मनु केहि महिना अघि नै पूर्व डा. भट्राईले ‘डर्टस अफ कार्ल मार्क्स  ’ छोरीका लागि उपहार छोडेका थिए पत्नी हिसिलालाई । पुस्तकमा उनले हस्ताक्षर गरेका थिए । बाबुराम र मानुषीको भावनात्मक भन्दा पनि बढी बौद्धिक सम्बन्ध रहेको आमा हिसिलाको भनाई छ । कहिलेकाँहि आफुसँग भन्दा पनि छोरी मानुषीसँग बाबुरामको कुरा बढी मिल्ने उनी बताउँछिन् ।
बाबुराम भट्राई र हिसिलाको सम्बन्ध भावनात्मक भन्दा पनि विवेकसंगत बढी रहेको लाग्छ । बाबुराम र हिसिलाको भारतमा विवाह हुँदा पनि उनीहरूले विवाह गर्नु पूर्व एउटा हस्ताक्षर गरेका थिए । जसमा लेखिएको थियो “हाम्रो सम्बन्ध भनेको समाज रूपान्तरणका निम्ती साधक हुनुपर्छ । जतीबेला हामीलाई बाधक लाग्छ त्यत्ती बेला यो टुट्न पनि सक्छ ।”  चालिस वर्षको अन्तरालमा अहिले टुट्ने लक्षण भन्दा पनि झन् बलियो हुँदै गएको बाबुरामले सुनाए ।
२०६५ मा अर्थमन्त्री, २०६८ भाद्र देखि २०६९ साल चैत्रसम्म मुलुकको ३६ औ प्रधानमन्त्री बने बाबुराम । त्यसपछि तत्कालिन एनेकपा माओवादी पार्टीको उपाध्यक्ष पद र संसद सदस्यता २०७२ साल असोजमा परित्याग गरे । विसं २०७३ साल असार २७ गते औपचारिक रुपमा निर्वाचन आयोगमा नयाँ शक्ती पार्टी नेपाल दर्ता गरे । बाबुराम भट्राईले पार्टी परित्याग गर्ने निर्णय सबैभन्दा पहिले छोरी मानुषीसँग भनेका थिए । त्यत्ती बेला मानुषी अचम्मीत परेकी थिइन् । मानुषीले भन्छिन् ‘ बाले यस्तो निर्णय एक दिनुुहुन्छ भन्ने थियो तर यस्तो अवस्थामा लिनु हुन्छ भनेर सोचेकी पनि थिएन ।’
बाबुरामलाई लाग्छ सम्बन्ध भनेको जहिले पनि पूरक हुनुपर्छ । हामी धेरैले आफू जस्तो छौ उस्तै अर्को पनि खोज्छौ तर उनलाई त्यो ठिक लाग्दैन । आफूभन्दा विपरित हुनुपर्छ । बाबुराम अन्तरमुखी छन् । हिसिला बहिरमुखी गुण भएकी छिन् । उनलाई हिसिला हुँदा एकदमै सहज लाग्छ । हिसिलाले गर्दा आफु बढी समाजिक भएको मान्छन् बाबुराम । राजनीतिक परिवार र त्रासको वातावरणमा हुर्कीएकी मानुषीलाई आमा बुवाको अनुपस्थिती भन्दा पनि आमाबुवाको उपस्थिती अनौठो लाग्छ ।
आफ्नो सफलतामा भाइ शिव भट्राई, बुवा र आमाको सहयोग धेरै ठूलो रहेको उनलाई लाग्छ । नेपाल, बेलायत, नैनीताल, दार्जिलिङ हुँदै २०१६ मा दिल्लीको जवाहरलाल नेहरू विद्यालयबाट राजनीति शास्त्रबाट एमफिल सकेकी मानुषीले पीएचडीको पढाइ छोडेर नेपाल फर्किइन् । मानुषी बा हुर्केको, पढेको परिवेशबाट पनि आफुले धेरै कुरा सिकेको बताउँछिन् ।
मानुषीको तनहुँका जेकेन्द्र श्रेष्ठसँग प्रेम विवाह भयो । छोरीको विवाह हुँदा बाबुराम निकै भावुक भए । भावुक हुनुको कारण पनि रहेछ । सानो छँदा गाँउघरमा विवाहमा बाजा बजीरहँदा दुलही रूदाँ बाबुराम पनि रूने रहेछन् । जसले गर्दा उनी छोरी मानुषीलाई अन्माउँदा भावुक बनेका रहेछन् ।
मानुषीसँग पनि विवाहको रमाइलो अनुभुती रहेछ । विवाह समारोह सकिएपछि जानुपर्छ भन्ने उनले सोचेकी रहिन्छन् । समारोह सकिएपछि मानुषी लुगा चेन्ज गर्न गएकी थिइन् । त्यत्तीकैमा ल विदाइ हुन्छ अब भनेर बोलाउन आएपछि आफु झसङ्ग भएको बताइन् । गाडीमा चढीसकेपछि ‘आमाले जेकेन्द्र जीसँग ल है छोरीको  ख्याल राख्नु है’ भनेपछि मात्र सेन्टीमेन्टल बनाएको थियो । हो साच्चीकै जाँदैछु जस्तो लाग्यो । मानुषी र बाबुराम भट्टराईका रूचीमा पनि खासै फरक भएको हिसिला बताउँछिन् ।
कार्यक्रम “सम्बन्धहरु” मा आधारित भएर लेखिएको –बाँकी भिडियो

नेपाल सरकार कुटनीतिमा अपरिपक्क देखिएकै हो त ?

नेपाल सरकार कुटनीतिमा अपरिपक्क देखिएकै हो त ? नेपाल सरकारका परराष्ट्रमन्त्रि प्रदीप ज्ञवाली, नागरिकको स्टुडियोबाट नागरिक फ्रन्टलाइनको लाईभ प्रसारणमा।