जापान सपनाले फेरिएको दैनिकी

खोटाङका मविन्द्र राई र राजधानीको चाबहिल घर भएकी भवानी कुँवरले खाना बनाउन एक अर्कोलाई गरेको सहयोग देख्दा लाग्ला पक्कै पनि यी श्रीमान श्रीमती नै होलान। तर भवानी र मविन्द्रबीच न रगतको नै नाता छ, न यी दुई बीच २ महिना पहिला कतै भेट नै भएको थियो। तर यी दुवैको सपना भने एउटै छ, रोजगारी गर्न जापान जाने। त्यहि सपनाले यी दुईको भेट हुन्छ राजधानीमा रहेको एक जाप्निज भाषा सेन्टरमा। जाप्निज भाषा सिकाइने र बस्ने होस्टलको समेत व्यवस्था भएको यो सेन्टरमा बसेका यी दुवैको दैनिकी अहिले फेरिएको छ। जापान सपनाले फेरिएको दैनिकी डलरको कथाको छैठौं शृंखला: