काउली बुढी | नेकपाको चियापान । पोखरा प्रिमियर लिग । सडक एम्बुस

नागरिक नेटवर्कले नयाँ शो सुरु गरेको छ। ह्वाट्स ट्रेन्डिङ नामक यो शो साप्ताहिक रुपमा हरेक शुक्रवार नेटवर्कमा प्रसारण हुनेछ। यो शो मा साताभर चर्चा बटुलेका विषय र प्रसंगलाई समेट्ने गरिन्छ।

नेकपाको चियापान
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चियापान कार्यक्रमको आयोजना गरेको छ। विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा भृकुटीमण्डपमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको शुभारम्भ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शुभारम्भ गरेका थिए।
कार्यक्रमको शुभारम्भमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनालाई स्वागत गर्दै अध्यक्ष दाहालले चाडपर्वले एकताबद्ध बनाउने तथा त्यही एकताको बलमा समृद्धितर्फ डोर्याउने बताए। मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको भन्दै उनले समृद्धि र समाजवादको नयाँ युगको तयारीमा सांस्कृतिक कार्यक्रमको पनि विशेष महत्व रहने धारणा राखे।

सरकारविरुद्ध सडक सघर्षको तयारीमा कांग्रेस
सरकारविरुद्ध नेपाली कांग्रेस सडक संघर्षमा उत्रने भएको छ। फागुनदेखि वैशाखभित्रमा सडक संघर्षमा उत्रने तयारी भइरहेको कांग्रेस नेताहरूले बताएका छन्। नेपाली कांंग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको यही चाला देखाइरहे कांग्रेस फागुनदेखि सडक संघर्षमा उत्रिने बताए। नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ भक्तपुर ३ नम्बर प्रदेश क्षेत्रीय सम्मेलनको शनिबार उद्घाटन गर्दै उपसभापति निधिले त्यसको लागि आन्तरिक तयारी भइरहेको जानकारी पनि गराए।

नेपालसँग शैन्य सम्बन्ध बढाउन चीन अग्रसर
चीन नेपालसँगको शैन्य सम्बन्ध थप विस्तार गर्न अग्रसर देखिएको छ। चीनले नेपालमा मानवीय सहयोग तथा प्रकोप उद्दार उपकरणका लागि नेपाली सेनालाई २ अर्ब ५३ करोड रुपैयाँबरावरको सहयोग उपलब्ध गराउने भएको छ।
साताव्यापी चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल र उनका समकक्षी चिनिया रक्षा मन्त्री वि फेंगीबीच आज एक सहमति पत्रमा हस्ताक्षर भएको छ।
फेंगी संगको भेटामा पोखरले नेपाल र चीनबीच सम्बन्ध प्रगाढ रहेको औल्याउँदै सैन्य क्षेत्रमा आपसी सहयोग विस्तार गर्दै लानुपर्ने धारणा राखेका थिए। उनले नेपालमा शैन्य विश्वविद्यालय स्थापना गर्न चीन सरकारलाई सहयोगका लागि आग्रहसमेत गरेका थिए।

प्रधानमन्त्री कार्यालयलमा तानिइन् स्वास्थ्य सचिव
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलमा तानेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलका प्रवक्ता विनोद कुँवरले सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरी र शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलमा सरुवा गरिएको नागरिकलाई बताए।
स्वास्थ्य मन्त्रालयको निमित्त–सचिवको जिम्मेवारी मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकु¥याललाई दिइएको छ भने शहरी विकास मन्त्रालयको सचिवमा नेपाल ट्रस्टको कार्यालयका सचिव रमेश सिंहलाई सरुवा गरिएको छ।
स्वास्थ्य सचिव चौधरीको कार्यशैली र पारदर्शिताको विषयलाई लिएर चौतर्फी आलोचना हुँदै आएको थियो।

अन्नपूर्ण संरक्षण क्षेत्रमा हेलिकप्टर रोक्न र पदयात्रा शुल्क घटाउन माग
गण्डकी प्रदेशका सांसद राजिव पहारीले अन्नपूर्ण संरक्षण क्षेत्रमा बढाइएको पदयात्रा शुल्क फिर्ता लिन माग गरेका छन्।
प्रत्येक दुई महिनामा निर्वाचन क्षेत्र भ्रमण गर्ने चुनावी प्रतिबद्धताअनुसार लान्द्रुक र घान्द्रुक भ्रमणमा रहेका सांसद पहारीले संरक्षण क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउन र पदयात्रा शुल्क घटाउन माग गरेका हुन्।
सरकारले भर्खरै राजपत्रमा सूचना प्रकाशित गरी संरक्षण क्षेत्रको प्रवेश अनुमति शुल्क वृद्धि गरेको छ। निर्णयअनुसार विदेशीलाई शुल्क वृद्धि मात्र नभई आन्तरिक पर्यटकलाई पहिलोपटक शुल्क लाग्ने भएको छ। जसको यहाँका पर्यटन व्यवसायी र विदेशी पर्यटक लगायत स्थानीयले चौतर्फी विरोध गरिरहेका छन्। विदेशी पर्यटकले त ठाउँ ठाउँ पैसा लिएको गुनासो गरेका छन्।

११ करोडको फूल आयात, निर्यात दुई करोडको
मुलुकमा फूल उत्पादनको ठूलो सम्भावना हुँदाहुँदै पनि वार्षिक करोडौं रुपैयाँको आयात हुने गरेको छ। गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालमा ११ करोड रुपैयाँ बराबरको फूल आयात भएको छ। निर्यात दुई करोडमा सीमित छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार गत आव २०७४÷०७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात र दुई करोड ३७ लाखको निर्यात भएको छ। संघका वरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङले मुलुकमा पुष्प उत्पादनको सम्भावना हुँदाहुँदै पनि चुनौतीहरु रहेको बताए।
‘समग्रमा पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत हाराहारीमा छ,’ उनले भने, ‘यसलाई बढाउन विद्यमान समस्या समाधान गर्नु आवश्यक छ।’
संघका अनुसार मुलुकमा लगभग एक सय ५५ हेक्टर क्षेत्रफलमा पुष्प खेती छ। त्यसैगरी, यस व्यवसायमा ४३ हजार पाँच सयभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न छन्। यस व्यवसायले गत आव २०७४र०७५ मा जम्मा एक अर्ब ८६ करोड ७२ लाखको कारोबार गर्न सफल भएको संघले जानकारी गराएको छ।

श्रीलंकामा नयाँ मन्त्रिपरिषद्
श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराएका छन्। राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन भएको हो।
नवगठित मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको कार्यभार राजापाक्ष स्वयंले लिएका छन् भने विदेश मन्त्रीको कार्यभार सरथ अमुनगुमालाई दिइएको छ। यसबाहेक, पूर्व सरकारमा राष्ट्रपति सिरिसेनाका समर्थकका रुपमा सहभागी रहेका केही मन्त्रीहरुले पुरानै जिम्मेवारी पाएका छन्।
राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई शुक्रबार राति अपदस्थ गरी महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै श्रीलंकामा राजनीतिक तनाव बढेको छ। यो नाटकीय सत्ता परिवर्तनका कारण सत्तारुढ गठबन्धन श्रीलंका फ्रिडम पार्टी र युनाइटेड नेसनल पार्टीबीचको एकता पनि टुटेको छ।

नेपाली यु–१९ महिला टोली स्वदेश फिर्ता
एएफसी यु–१९ च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको नेपाली यु–१९ महिला फुटबल टोली सोमबार राति स्वदेश फर्किएको छ।
थाइल्याण्डमा भएको उक्त च्याम्पियनसिपमा दोस्रो स्थानमा रहदै छनोट भएका नेपाली किशोरी टोलीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घका पदाधिकारीहरूले स्वागत गरेका थिए। नेपाली किशोरी टोली थाइल्याण्डमा भएको उक्त च्याम्पियनसिपमा दोस्रो स्थानमा रहँदै दोस्रो चरणको लागि छनोट हुन सफल भएका थिए।
थाइल्याण्डमै हुने दोस्रो चरणको खेल आगामी सन् २०१९ अप्रिलमा हुनेछ। नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो भने त्यसपछिको दुवै खेलमा जित हात पारेको थियो। नेपालले भारतलाई २–० ले तथा पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गरेको थियो।

विश्वकप क्रिकेट ट्रफी राष्ट्रपतिको हातमा
विश्व यात्रामा रहेको अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छिन्।
संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही कात्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी आइतवार शीतल निवास पु(याइएको थियो। राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचालेकी थिइन।

बिद्यासुन्दरका १०१ चुनावी वाचा : एक पछि अर्को झुट प्रमाणित हुदै

स्थानीय तहको मतदान हुनु पूर्व काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य निकै चर्चामा थिए। कारण थियो उनको चुनावी घोषणपत्र । आफ्नो प्रतिस्पर्धीहरुभन्दा चार कमद अघि बढेर शाक्यले अफु निर्वाचित भएको पहिलो १०० दिनमा १०१ काम गर्ने घोषणा गरे।  धेरैले उनको घोषणलाई चुनाव जित्ने मेलो भने पनि काठमाडौंका जनताले त्यसलाई बिश्वास मात्र गरेनन्, उनलाई अत्याधिक बहुमतले जिताए।

तर दुर्भाग्य भन्नुपर्छ, एक दिनमा एक काम गर्ने प्रतिबद्धता दिएर जनताको मत लिएका शाक्यले १७ महिना बितिसक्दा पनि एकाद प्रतिबद्धता बाहेक खासै केही गर्न सकेका छैनन् ।

Bhogatey Don – What’s Trending | Ep. 4 | यो हप्ता के रह्यो चर्चामा?

नागरिक नेटवर्कले नयाँ शो सुरु गरेको छ। ह्वाट्स ट्रेन्डिङ नामक यो शो साप्ताहिक रुपमा हरेक शुक्रवार नेटवर्कमा प्रसारण हुनेछ। यो शो मा साताभर चर्चा बटुलेका विषय र प्रसंगलाई समेट्ने गरिन्छ।

साझाले ल्यायो बिजुली बस

राजधानीका सडकमा अब विद्युतीय बसहरु गुड्ने भएका छन्। सहरी यातायातमा ‘मास ट्रान्पोर्टेसन’लाई सरकारले प्रवर्दन गर्न थालेपछि सक्रिय भएको साझा यातायात प्रालिले काठमाडौंमा विद्युतीय बस सेवा सुरू गरेको हो।

ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान विद्युतीय बस सेवा सञ्चालनको उद्घाटन गरेका छन।साझाले उपत्यकाको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको बताएको छ।

चिनमा निर्मित यी वस खरिदका लागि एसियाली विकास बैंकले सहयोग उपलब्ध गराएको साझाका निमित्त कार्यकारी प्रमूख महेन्द्रराज पण्डेले जानकारी गराए। चालकसहित २० सिटको क्षमताका ती बसहरुमा सीसी क्यामेरा जडान गरिएका छन् ।

राष्ट्रपतिको राजसी टीका

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको देखिन्छ।

नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे । तर राजतन्त्र नेपालको हितमा नरहेको निष्कर्षसहित त्यसलाई फालेर ल्याइएका गणतन्त्रमा समेत राष्ट्रप्रमुख (राष्ट्रपति भण्डारी) बाट राजसी प्रवृत्ति देखाइएको भन्दै उनको आलोचना भइरहेको छ।

बढुवा नहुने भएपछि सशस्त्रका एसएसपीको राजीनामा

बढुवामा सशस्त्र प्रहरी नियमावली बाधक भएपछि सशस्त्र प्रहरी बलका एसएसपी सञ्जयविक्रम राणाले पदबाट राजीनामा दिएका छन्। सशस्त्र प्रहरी बलमा रिक्त ६ डिआइजी पदमा बढुवा प्रक्रिया सुरु भएलगत्तै राणाले राजीनामा दिएका हुन्। विपत् व्यवस्थापनको प्रमुख रहेका एसएसपी राणाले सोमबार राजीनामा दिएको बताए।

आफूलाई बढुवा नगर्न सशस्त्र नियमावली परिवर्तन गरिएको र पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि राजीनामा दिएको उनको भनाइ छ। ‘नेपाली सेनाबाट २०४६ सालमा सेवा प्रवेश गरेको हुँ। सरकारले सबै प्रक्रिया पूरा गरेपछि सशस्त्र प्रहरीमा सेवा स्थानान्तरण भएको हो, मैले कसैको भाग खोस्न खोजेको होइन । मेरो पालो आयो, बढुवा दिनुस् भनेको हुँ’, राणाले भने ‘अन्याय सहन सकिनँ।’

एसपी विष्ट र इन्सपेक्टर भट्टलाई बर्खास्त गर्न सिफारिस

निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए।

प्रहरी नायब महानिरीक्षक एवम् प्रवक्ता थापाले गृह मन्त्रालयले उक्त सिफारिस उपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताए।

वसन्तपुरमा एकै दिन १३ लाख आम्दानी

सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थान वसन्तपुरमा पर्यटकको संख्या बढेपछि एकै दिन करिब १३ लाख आम्दानी भएको छ।

भूकम्प गएको तीन वर्ष बितिसक्दा विस्तारै पुनःनिर्माणले गति लिइरहेको बेला पर्यटकको संख्यामा वृद्धि भएकाले आम्दानी बढेको हो। घुम्न आउने पर्यटकबाट मङ्गलबार मात्रै १३ लाख आम्दानी गरेको हनुमान ढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जानकारी दिए। अन्य दिन सामान्यतयाः दैनिक १० लाख आम्दानी गर्दै आएको छ।

सार्क राष्ट्रबाट आउने पर्यटकको संख्या ८२ अन्य देशबाट १ हजार २६९ जना पर्यटक घुम्न आएका थिए। यसै कारण यो वर्ष अहिलेसम्मको सबैभन्दा बढी शुल्क पनि त्यसै दिन १२ लाख ८१ हजार ३०० जम्मा भएको हो। यहाँ विशेष गरी चीन, जर्मन, फ्रान्सलगायत देशबाट पर्यटक घुम्न आउने गर्दछन्।

रारामा पर्यटकको चाप बढ्दो

कर्णाली प्रदेशको ठूलो ताल रारामा यस याममा रारा जानेको संख्यामा वृद्धि भएको छ। दसैं र तिहारको बीचमा बिदा हुने भएकाले आन्तरिक पर्यटकको संख्या बढेको हो। पर्याप्त होटल, लज नहुँदा दैनिक सरदर १५ सय पर्यटक रारामा जाने गर्दा खान बस्नका लागि असुविधा हुने गरेको छ।

देशका विभिन्न स्थानबाट दैनिक ३०० मोटरसाइकल, १५० जीप तथा १० बस जाने गरेको गोठीजिउला प्रहरीचौकीका प्रहरी हबल्दार दीर्घराज अधिकारीले बताए। राराको हुटुमा डाँफे होटल तथा हेरिटेज होटल, माझघट्टमा रहेको होमस्टे, मृर्माटप होटल, रारा भ्यु होटलको क्षमताभन्दा बढी पर्यटक हुने भएकाले कोही त्रिपालमा, कोही गाडीमा र कोही आगो बालेर रात बिताएको बारा निजगढबाट आएका आन्तरिक पर्यटक निर्मल भण्डारीले गुनासो गरे।

 

विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदै

इङ्ल्याण्ड र वेल्समा आगामी वर्ष संयुक्तरूपमा आयोजना हुने अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याइँदैछ। आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ।

ट्रफी नेपालमा चार दिन राखिनेछ। नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रगिरिमा पुर्याइनेछ।  पोखरा प्रिमियर लिग क्रिकेट (पिपिएल)का लागि सबै खेलाडी र क्रिकेटसम्बद्ध व्यक्ति पोखरामा रहेकाले ट्रफी पोखरा लैजान लागिएको हो।

 

समुद्रमाथि बनाईएको विश्वकै लामो पुल सञ्चालनमा

चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सबभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गरेका छन्। सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ। चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ।

समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ। चीनका राष्ट्रपति चिनफिङले मङ्गलबार सो पुल उद्घाटन गरेका हुन्। उक्त उद्घाटन समारोहमा मकाउ र हङ्कङका उच्चस्तरीय नेताहरुको पनि उपस्थिति रहेको थियो।

खशोग्गीको हत्यारालाई कठघरामा उभ्याइने साउदी अरब

पत्रकार जमाल खशोग्गीको हत्यारा जो भएपनि उसलाई कडा कानूनी सजाय हुने साउदी अरबले जनाएको छ।

मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पत्रकार खशोग्गीको हत्यामा सम्लग्न जो कोही भएपनि उसलाई कानूनी दायरामा ल्याइनेछ।”

राज्य सञ्चालित एसपिए न्यूज एजेन्सीलाई प्राप्त मन्त्रीपरिषद् बैठकपछि सरकारले जारी गरेको वक्तव्यमा भनिएको छ, “साउदी अरबले सत्यतथ्य पत्ता लगाउन सम्भावित उपायहरूलाई अवलम्बन गरेको छ र घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा सम्लग्न सबैलाई कानून बमोजिम सजाय दिइनेछ।” खशोग्गीको इस्तानबुलस्थित साउदी अरबेली महाबाणिज्य दूतावासमा गत अक्टोबर २ मा हत्या गरिएको थियो। तर उक्त हत्या कसले र के उद्देश्यले गरेको थियो अझै अनुसन्धानको प्रक्रियामा रहेको छ।

डलर सामु रुपैया इतिहासकै कमजोर हुनुमा यस्ता छन् कारण

केही महिना यता डलरको तुलनामा नेपाली रुपैया निकै कमजोर भएको छ । अघिल्लो वर्ष १ डलर किन्नका लागि  ९० रुपया तिर्नु पर्थ्यो भने अहिले १ डलरको भाउ ११९ रुपैया पुगेको छ । रुपैया कमजोर हुँदा बिशेषगरी विदेशबाट आयात गरिने समानको भाउ आकाशिएको छ भने नेपालजस्तो आयतामुखी  अर्थतन्त्रलाई ज्यादै प्रतिकुल असर परिरहेको छ । आखिर किन नेपाली रुपैया यति कमजोर भयो ?

Manoj Gajurel Comedy – ट्राफिकले दशैंको संकेत दिँदै

दशैं आएको थाहा पाउने उपायहरू पनि छ ।

पहिलो उपाय, शहरमा चोरहरू र लुटेराहरूको बिगबिगी बढ्न थाल्छ, तब थाहा पाए हुन्छ, दशैं नजिक आउँदै छ ।

त्यस्तै अर्को उपाय, अहिले ठाउँ ठाउँमा ट्राफिकले दशैंको संकेत दिइसकेको छ ।

ढुक्क हुनुस् ! केहि नहुन्जेल, केहि पनि हुँदैन।

चाँडै आउदैछ।

#DhukkaHunus #ComingSoon

Dhukka Hunus – Manoj Gajurel Comedy

खसी बजार । खसी किनिरहेका मानिसहरू । भाउ सोध्दै गरिरहेका मानिसहरू । खसी यताउति चलिरहेका दृश्यहरू । त्यही दृश्यहरू बीच मनोज गजुरेलको प्रवेश । यो बजिया दशैंमा खसी नकाटी नहुने नियम कसले चलाएको होला हँ ? पाए त त्यसैलाई खसी बनाइदिन्थेँ म । दशैं भने पछि दशैं मात्रै माने त भइहाल्यो नि । बीचमा खसी किन चाहियो ?

अहिले कहाँ छुनु खसीको भाउ ? सरकारले त भाउ घटाउ भनिरहेको छ । तर सरकारले भनेको खसीले टेरे पो । भाउ त झन् झन् पो बढाइरहेको छ ।

बरु यसपाली कमरेड बामदेव गौतमले चाहिँ राम्ररी दशैं मान्ला कि जस्तो देखिया छ । किनभने दशैं आउन अगावै उहाँले एउटा राम्रो खसी पाइसक्नुभएको छ । सुनिन्छ, पार्टीले नै उहाँलाई त्यो खसी उपलब्ध गराएको रे ! खसी पनि अहिल्यै पर्सी पनि सकेको छ रे !

ढुक्क हुनुस् ! केहि नहुन्जेल, केहि पनि हुँदैन। चाँडै आउदैछ। #DhukkaHunus #ComingSoon

Pension program for Farmer | Bridge Train | What’s Trending – Ep. 3 | यो हप्ता के रह्यो चर्चामा?

नागरिक नेटवर्कले नयाँ शो सुरु गरेको छ। ह्वाट्स ट्रेन्डिङ नामक यो शो साप्ताहिक रुपमा हरेक शुक्रवार नेटवर्कमा प्रसारण हुनेछ। यो शो मा साताभर चर्चा बटुलेका विषय र प्रसंगलाई समेट्ने गरिन्छ।

वामदेव गौतमको रहरले नेकपा शीर्ष तहमै विवाद।

नेपाल कम्युनिस्ट पार्टी्भित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिइरहेका बेला नेता वामदेव गौतमले उपनिर्वाचन लड्ने विषयले झनै विवाद बढाएको छ। नेकपाले बर्दिया निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा चुनावमा पराजित नेता गौतमलाई काठमाडौं–७ बाट निर्वा्चित सांसदलाई राजीनामा गराएर संसद्मा लैजाने प्रक्रिया सुरु गरेपछि यसले विवाद भनै चर्काएको हो। मंगलबार नेकपाका सांसद रामवीर मानन्धरले पत्रकार सम्मेलनमार्फत गौतमका लागि राजीनामा दिने घोषणा गरेका थिए।
सांसद मानन्धरले अध्यक्ष पुष्पकमल दाहाल र नेता गौतमसँग छलफल गरी राजीनामा दिन लागेको जनाएपछि नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमा लामो प्रतिक्रिया लेख्दै दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्नुपर्ने बताएका छन्। पोखरेलले भनेका छन्, ‘प्राप्त भएको उचाइसँगै चुनौती पनि प्रकट हुन सक्छन् भन्ने कुरालाई यति बेला पनि हेक्का राख्नु जरुरी छ।

नेपाल प्रहरी सफल छ, तर पर्याप्त होइनः प्रधानमन्त्री ओली।

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा नेपाल प्रहरीको काम प्रशंसनीय रहेपनि त्यो पर्याप्त भने नभएको बताएका छन्।
नेपाल प्रहरीको ६३औं स्थापना दिवस समारोहलाई संबोधन गर्दै अपराध अनुसन्धानमा नेपाल प्रहरीको सफलता ९० प्रतिशत रहेको भन्दै ओलीले कुनै विषयका असफलताले नकरात्मक असर पर्न जाने भन्दै प्रहरीको साख रक्षाका लागि नेपाल प्रहरी थप व्यवसायिक हुन जरुरी रहेको औल्याए। प्रहरीले ९० प्रतिशत अपराधी पत्ता लगाए पनि त्यो पर्याप्त होइन,’ उनले भने, साख जोगाउन नेपाल प्रहरी अझै व्यवसायिक बन्नैपर्छ।’
ओलीले नेपाल प्रहरीलाई अझै नागरिकमूखि बनाउन सक्दा सरकारकै प्रभावकारिता देखिने भन्दै प्रहरीको मनोबल बढाउने कृयाकलाप सञ्चालन गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए। ‘प्रहरीलाई थप साधनश्रोत सम्पन्न बनाउन जरुरी छ,’ उनले भने, ‘ त्यसका लागि सरकार लागि रहेको छ। यसका लागि सरकार प्रतिवद्ध छ।’

कञ्चनपुरमा थप २ प्रहरी निलम्बित।

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाको घटनास्थल अनुसन्धानमा जिम्मेवार प्रहरीहरुले गम्भीर लापरबाही गरेको पाइएको बताएको छ।
कार्यालयले गम्भिर लापरबाही गरेको भन्दै उक्त घटनाको अनुसन्धानमा संलग्न थप २ जना प्रहरीलाई निलम्बनसमेत गरेको छ। निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत घटनास्थल अनुसन्धान अधिकृत प्रहरी नायव निरिक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन।
स्थानीयले समेत उनीहरुमाथि घटनापछिको अनुसन्धानमा प्रमाण लोप गर्ने काम मा सक्रिय रहेका आरोप लगाउँदै आएका थिए।। पन्तको हत्याको सम्बन्धमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुको भूमिका छनविन गर्न प्रहरी प्रधान कार्यालयले एक छानविन समिति गठन गरेको थियो।

किसान पेन्सन कार्यक्रम।

राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्य्विधि तय गरेको छ। कार्य्विधिभित्र के कस्ता प्रावधान रहेका छन्, आयोगले सार्वजनिक भने गरको छैन। मौलिक हक कार्यान्वयनका लागि जारी भएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ लाई कार्यान्वयन गर्न आयोगले कार्यक्रमको कार्य्विधि तयार गरेको हो।
कार्य्विधिभित्र मुख्यरुपमा किसानका वर्गीकरण, परिचयपत्र वितरण तथा योगदानमा आधारित पेन्सन सहुलियतसम्बन्धी व्यवस्था रहेको बताइएको छ। साथै पेन्सन कार्यक्रमभित्र मुख्यतः किसानलाई सहुलियतरुपमा मल, बीउबिजन, नगद अनुदान, बीमाजस्ता क्षेत्रलाई सम्बोधन हुने छ।

बन्धक बनाइएका तीन महिलाको उद्दार।

ओमनमा जागिर लगाइदिने भन्दै दलालले भारत पु(याएका तीन नेपाली महिलाको उद्दार गरिएको छ। मनकामना एकता फाउन्डेसन र प्रहार जनशक्ति पार्टीले उत्तरी मुम्बइको एउटा घरमा बन्धक बनाएर राखिएका तीन महिलाको उद्दार गरेको हो।
फाउन्डेसनका अध्यक्ष मोतिलाल न्यौपानेलाई एक अपरिचित व्यक्तिले फोनमा तीन महिलालाई एक घरमा बन्धक बनाएको सूचना दिएपछि उनको पहलमा महिलाहरुको उद्दार गरिएको हो। न्यौपानेले फाउन्डेसनका अन्य पदाधिकारीलाई खबर गर्दा फाउन्डेसनका पदाधिकारी कम्लेश सिंह जनशक्ति पार्टीको कार्यकर्ता रहेको र उनले आफ्नो पार्टीलाई खबर गरेपछि प्रहरीको सहयोगमा उनीहरुको उद्दार भएको हो।

जनकपुर आइपुग्यो ‘ब्रोडगेज रेल’।

पौने सय वर्षसम्म ‘न्यारोगेज’ मा सञ्चालन भई पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ। भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच वर्षअघि रेलसेवा बन्द गरिएको हो। जयनगर–जनकपुर ब्रोडगेज रेलवेको भार परीक्षण बुधबार भएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेकाले ब्रोडगेज रेल आगामी मंसिर मसान्तभित्र औपचारिक रुपमा सञ्चालनमा आउने नेपाल रेल विभागका साइट इन्जिनियर विनोदकुमार ओझाको दाबी छ।
सीमावर्ती भारतीय सहर जयनगरबाट ५३ वटा मालबाहक बोगी (डब्बा) सहित रेल बुधबार दिउँसो जनकपुर आइपुग्यो। उक्त रेलले अनुमानित पाँच हजार टन ब्लास्ट (गिटी) बोकेर जनकपुर आएको इन्जिनियर ओझाले बताए। सन् २०१० मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणक्रममा त्यहाँको सरकारसँग जयनगर–जनकपुर रेलवेको स्तरोन्नति गर्ने सम्झौता भएको थियो।

दसैं आयो तर खुलेन सडक।

दसैं आयो तर घर जाने बाटो छैन्। सडकमा घर भन्दा ठुला ढुङ्गा छन्। वर्षा सकिएको एक महिना बढि भयो तर पनि समयमा खुलाउने प्रयास कतैबाट पनि भएन,’ सदरमुकाममा पढ्ने रोल्पा थवाङका रबिन रोका मगरले पैदल घर जानुपर्ने पीडा पोखे। ‘बाटो खनेर के गर्नु ४ महिना भयो गाडी चल्न सक्दैनन्। आधा बाटोसम्म बल्ल बल्ल गाडी जान्छ रे। त्यहाँबाट हिड्नु पर्छ।’ अहिले दाङ, होलेरी थवाङ सडक खण्ड अन्तर्गत छेर्लावाङसम्म दुख सुख सवारी साधन चले पनि त्यो भन्दा अगाडि सडक अवरुद्ध छ।
सडक मर्मत नहुँदा रोल्पालीलाई मात्र नभएर पूर्वी रुकुमका जनतालाई समेत असहज भएको छ। कार्यालयको कामले सदरमुकाम लिवाङ आएका थवाङ गाउँपालिकाका कर्मचारी अधिकार बुढा दसैं मनाउन आफ्नो घर पूर्वी रुकुम कसरी जाने भन्ने चिन्तामा छन्। उनी भन्छन ‘दसैं आइसक्यो। घर जानुपर्ने बाटो खुल्ने छाट छैन। छेर्लावाङसम्म त वाइक जान्छ। त्यहाँबाट हिँडेर जाने त होला। भन्न त दसैंसम्म खुल्छ कि भन्छन।’
करिब ४ महिनादेखि सडक अवरुद्ध भएपछि स्थानीयलाई आवत जावत गर्न मात्र नभएर दैनिक उपभोग्य सामग्री ओसार पसारमा पनि सकस परेको छ। गाउँ भन्दा बाहिर बस्नेहरू दसैंको लामो बिदा मनाउन घर फर्किने सोच गाराइरहदा सडक सम्झेर दिक्क पर्ने गर्दछन।

११ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस।

गृह मन्त्रालयको बढुवा समिति सचिवालयले ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ। बढुवा सिफारिसका लागि शनिवार बसेको समितिको बैठकले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उप(नियम (४) बमेजिम बढुवा सिफारिस गरेको जानकारी दिएको छ।
समितिको बैठकले बिनोद शर्मा घिमिरेलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ भने विकास श्रेष्ठलाई दुई नम्बरमा डिआईजीका लागि बढुवा सिफारिस गरेको छ। सिफारिस हुने अन्यमा क्रमशस् ठाकुर प्रसाद ज्ञवाली, पुर्णचन्द्र जोशी, तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरि बहादुर पाल, निरज बहादुर शाही, प्रधुम्न कुमार कार्की, हरिभक्त प्रजापती र सुर्य प्रसाद उपाध्याय रहेका छन्।

सीके राउत प्रहरी नियन्त्रणमा।

स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतवार जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख लिएर फर्किदै गर्दा प्रहरीले राउतलाई नियन्त्रणमा लिएको हो। रौतहटका प्रहरी नायव उपरीक्षक महेन्द्र प्रसाद मरासिनीका अनुसार उनीसँग सोधपुछ गर्ने काम भइरहेको छ। सिके राउतका समर्थकहरु गठबन्धनका जिल्ला अध्यक्ष अशोक सिंहको नेतृत्वमा प्रहरी कार्यालय अगाडि बाक्लै संख्यामा उपस्थित थियो।

Nepal Law- Muluki Ain Explained, १६५ वर्ष पछि फेरिएको मुलुकी ऐनको किन बिरोध ?

यही भाद्र १ गते देखि नेपालमा मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता ऐन लगायतका कानून लागू भयो । सो कदम नेपाली न्यायीक इतिहासमा एक महत्त्वपूर्ण कदम थियो। यसले १६५ वर्ष अघि जंग बहादुर राणाको शासनकालमा जारी मुलुकी ऐनको विधिवत विसर्जन गरेको थियोे ।

तर उक्त कानून जारी भए लगत्तै डाक्टर, पत्रकार, र नागरिक समाज लगायत धेरैले खुलेरै बिरोध गरे। उक्त बिरोध पश्चात सो ऐनमा भएका कतिपय प्रावधान संशोधन हुने क्रममा छन् । आखरी के कारण विभिन्न पेसाकर्मीहरु मुलुकी ऐनको बिरोधमा उत्रिए ? नयाँ संविधानको मर्म र भावना अनुसार ल्याइएको उक्त ऐनमा के छ र प्रत्येक नेपालीका लागि किन महत्त्वपूर्ण छ? नागरिक ३६० को यो शृङ्खलामा हामी यिनै बिषयमा रहेर चर्चा गर्दैछौ ।

५ वर्षपछि बाध्यताले विदेशिने अवस्थाको अन्त्य, Foreign Employment from Nepal

श्रममन्त्रीले भने झैँ ५ वर्षपछि बाध्यताले विदेशिने अवस्थाको अन्त्य होला ?

केही वर्षयता विदेशिने कामदारको संख्यामा निरन्तर गिरावट आइरहेको छ । अझ साढे चार महिनादेखि नेपालीको प्रमुख गन्तव्य मानिने मलेसिया बन्द छ । श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट भने ५ वर्षमा बाध्यताले विदेशिने अवस्था अन्त्य हुने दाबि गर्छन । मुलुकमा रोजगारीका पर्याप्त अवसरहरु नभैरहेको बेला के ५ वर्षमा वैदेशिक रोजगारीमा जाने क्रम रोकिएला ?

कल गर्ल भन्छन् “विर्सेर पनि सेक्स वर्कर नबन्नु “

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक दिन ३ जना एचआइभी संक्रमीत भइरहेका छन् । एचआइभी संक्रमणको उच्च जोखिममा रहेका समूहहरु सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिगंी तथा तेस्रोलिगीहरु, रोजगारीका लागि विदेशिनेहरु र कारागारका कैदीहरु छन् । जसमध्ये सुइद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरूष समलिंगी यौनकर्मीहरुमा अरु समूह भन्दा एचआइभी संक्रमण हुने उच्च जोखिम रहेको छ ।

हरेक व्यक्क्तीका जीवनमा आफ्नै भोगाइ र सिकाइ हुन्छन् । कसैले जीवनका भोगाइबाट सिकेर जीवनको गोरेटोलाइ परिवर्तन गर्न चहान्छन् भने कसैले चाहेर पनि परिर्वतन गर्न सक्दैनन् । राजधानीका सडक देखि महलसम्म सेक्स वर्करका रूपमा कति छन् भन्दा यसको यकीन तथ्या«ङ छैन । प्राय जसो सडकमा होस् वा ठुला होटेल, फ्ल्याटमा सेक्स वर्कर गर्ने धेरै युवायुवतीहरुको परिवारलाइ के काम गर्छन् भन्ने समेत जानकारी हुँदैन । अहिले युवती मात्र होइइन । केहि युवाहरु पनि सेक्स वर्करका रुपमा व्यक्तीगत सम्पर्कमा जानेगरेको पाइन्छन् । धेरै जसो युवतीहरु प्रेमी र श्रीमानबाट पीडा पाएर सडकमा पुगेको भेटिन्छन् । नयाँ ऐन संसोधन भएपछि सडकमा सेक्स वर्करको रुपमा संलग्न रहेको भेटिएमा ३ महिना जेल सजाय सहति १० हजार जरिवाना तोकिएको छ । नयाँ ऐन संसोधन भएपछि यो नियम भदौ १ गते लागू भएको हो । हामीले नागरिक संवादमा कल गर्ल र सडकमा सेक्स वर्करको रूपमा काम गर्ने एचआइभी भएकी युवतीहरुसँग संवाद गरेका छौ ।

निर्मलाका लागि न्याय माग्दै काठमाडौंमा प्रदर्शन, गृहमन्त्रीकाे राजिनामा माग

कञ्नपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको दोषी पत्ता लगाई कारवाही गर्न माग गर्दै राजधानीको माइतिघर मण्डलामा विराेध प्रदर्शन गरिएको छ।दर्शनकारीले घटना अनुसन्धानमा गृह प्रशासन असफल भएकाे भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालकाे राजिनामा माग गरिएकाे छ।

महिला सांसद प्रति रेखा थापाको आक्रोस, बलात्कारका घटना बढ्दा के खिचडी पकाउँदै हुनुहुन्छ ?

नायीका रेखा थापाले बलात्कारजस्ता घटनाका अपराधी लुकाएर सरकारले के गर्न खोज्दै छ भन्दै आक्रोश पोखेकी छन्। कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको न्यायको लागि गरिएको प्रदर्शनमा थापाले अपराधीलाई करवाही गर भनेर प्रष्ट भाषामा गरेको माग सरकारले नबुझेको भन्दै उनले सरकारले कस्तो खोजेको हो भन्दै प्रश्न गरिन्। उनले भनिन्, ‘सरकारले सिधा भाषा बुझेन अब न्यायको लागि कस्तो भाषा प्रयोग गर्नु पर्ने हो।’

पछिल्लो समय देशमा महिला हिंसाका घटना बढेको भन्दै उनले आगामी दिनमा महिलाको भविष्य कस्तो होला भन्नेमा आफूहरु त्रसित रहेको बताईन्। न्याय माग्नका लागि विरोध र आन्दोलन नै गर्नुपर्ने अवस्था आउनु  दुखद रहेको उनले बताइन्।