ओली सरकार आएपछि पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्यै

दुईतिहाई बहुमतसहित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली सरकारमा आएसँगै पेट्रोलियम पदार्थ बढेको बढ्यै छ। फागुनमा सरकार बनाएका ओलीको कार्यकालको १ सय दिनभित्रै ५ पटक मूल्य वृद्धि भएपछि चर्काे विरोध भएको थियो। विरोध मात्र होइन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले त सडक आन्दोलन नै गरेको थियो। त्यतिबेला सत्तारुढ दलका भातृ संगठन मूल्यवृद्धिको विरोध गर्न नहुने धारमा उभिएका थिए। चौतर्फी आलोचना भएपछि सरकारले मूल्य समायोजन गरेको थियो। तर बुधबार फेरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।