साइलीसँग कहिले पनि ब्रेकअप हुँदैन

प्रधानमन्त्री ओलीकाे गुनासाे : व्यापारीले झुक्याए

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी व्यापारीले झुक्याएको गुनासो गरेका छन्। नेपाल उद्योग परी संघको १६ औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले चिनी व्यापारीले कालाबजारी गरेको आरोप लगाएका हुन्।

‘दशैँ, तिहारअघि विदेशबाट आएको चीनीका कारण नेपालको चिनी गोदाममै थन्कियो भनेर गुनासो गरेपछि चिनीको आयातमा रोक लगाइयो। तर नेपालका चिनी व्यापारीले नै कालाबजारी गरे’, उनले भने, ‘६० रुपैयाँ प्रतिकिलोमा बेच्ने चिनीलाई १०५ मा बेचेको पनि पाइयो। यसरी चिनी व्यापारीले सरकारलाई झुक्याए।’

उनले यो व्यापार नभई ठगी भएको आरोप लगाए।  ‘यो व्यापार हैन सिधै ठगी हो’, उनले भने, ‘यस्ता क्रियापकलाप बन्द  हुनुपर्छ।’

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

‘नेपालको पानी पिउन कतार आतुर’

 खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच मंगलबार खानेपानी मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ।

भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो। भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन्। उनले नेपालको पानी त्यसै खेर गैरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराइन।

मन्त्री मगरले भनिन्, ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङ वाटर निर्यात गर्ने विषयमा मेरो ध्यान बढी केन्द्रित छ। कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न पाए अझ राम्रो हुन्थ्यो। म एकदम उत्साहित छुँ।’

एनसेलसँग तीन महिनाभित्र पुँजीगत लाभकर उठाऊ

सर्वोच्च अदालतले अबको तीन महिनाभित्र एनसेलसँग पुँजीगत लाभकर उठाउन आदेश दिएको छ। सर्वोच्चले मंगलबार उक्त मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै बिक्रीमा लाग्ने पुँजीगत लाभकर तीन महिनाभित्र उठाउन आदेश दिएको हो। सरकारलाई निदृष्ट गरेको लाभकर चुक्ता नगरेसम्म लाभांस वितरण र सेयर बिक्रीको अनुमति दिन समेत रोक लगाउने फैसला सर्वोच्चले गरेको छ।

प्रधानन्यायाधिश चोलेन्द्रशम्शेर राणा, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बृहत पूर्ण इजलासले मुद्दाको टुंगो लगाएको थियो। हालसम्म एनसेलले साढे २३ अर्बभन्दा बढी लाभकर र विलम्ब शुल्क तिरिसकेको छ।

सुरक्षा जिम्मा नेपाली सेनाको काँधमा

अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहाँ रहेका अमेरिकी फौजलाई अस्थायी रूपमा अन्यत्र सारिएको छ। द्वन्द्वका कारण भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ। लिबियाको अवस्था एक्कासि बिग्रिएपछि शान्ति सेनामा खटिएका सुरक्षाकर्मीलाई त्रिपोलीबाट अन्यत्रै सारिएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पुष्टि गरेकी छन्। राजधानी त्रिपोलीमाथि कब्जा जमाउने उद्देश्यले विद्रोहीले आक्रमण सुरु गरेपछि सुरु भएको संकटका कारण अमेरिकी र भारतीय शान्ति सैनिक त्यहाँबाट अन्यत्रै सारिए पनि नेपाली शान्ति सेनालाई भने थप जिम्मेवारी दिइएको छ।

राप्रपाको प्रदर्शनको क्रममा झडप

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको माग गर्दै गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ। राप्रपाको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा अवस्था तनावपूर्ण भएको हो।

प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा २६ जना घाइते भएको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। सरकारलाई दबाब दिन गरिएको धर्नका क्रममा अध्यक्ष कमल थापालाई नियन्त्रणमा लिन खोजेपछि अवस्था तनावपूर्ण भएको थियो।

हिन्दुराष्ट्र पुनस्र्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रणलगायत २१ बुँदे माग राख्दै राप्रपाले गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।