शपथ ग्रहणको तमाशा, प्रचण्डको प्रस्तावमा धुर्मुसको “नो !”

रेशमको सपथ। केसीको अनसन। कांग्रेसको फण्डा। रविको झगडा। अनि धमलाको हमला

मनाङ्गेको सपथ सभामुखको टाउको दुखाई

सभामुख नेत्रनाथ अधिकारी आफै बिरामी छन्। टाउकोको शल्यक्रिया गरेका अधिकारीलाई चिकित्सकले धेरै नबोल्न सुझाव दिएका छन्। पत्रकारको प्रश्नमा पनि उनले सटिक जवाफ दिने गर्दछन्।

पूर्ण रुपमा ठिक भई नसकेका उनै सभामुख नेत्रनाथ अधिकारीलाई अहिले एक व्यक्तिको सपथग्रहण टाउको दुखाई बनेको छ। सभामुखको टाउको दुखाउने व्यक्ति अरु कोही नभएर मनाङ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गे हुन।

स्वतन्त्र उम्मेदवार बनेर निर्वाचन जितेपनि उनले अहिलेसम्म सपथग्रहण गर्न पाएका छैनन्। ज्यान मार्ने उद्योग अन्तर्गत कारागार चलान भएपछि उनले माननीयको हैसियतमा सपथ लिन पाएका थिएनन्। तर, पुसको पहिलो साता मनाङ्गे सर्वोच्चको आदेशमा थुनामुक्त भए र दोस्रो साता उनले गण्डकी प्रदेशसभा सचिवालयमा सपथग्रहणको लागि निवेदन दिएका थिए।

 

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

रेशम चौधरी थुनामुक्त नहुने

कारागारबाट निकालेर सांसदको शपथ ग्रहण गराइएका रेशमलाल चौधरीलाई थुनामै राखी अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि चौधरीलाई थुनामै राख्नुपर्ने जिल्ला अदालतको आदेश सोमबार सदर गरेको हो।

२०७२ भदौ २७ मा कैलाली टीकापुरमा ‘थरुहट आन्दोलन’ का क्रममा एक बालक र सात प्रहरीको ज्यान गएको थियो। चौधरीलाई त्यस घटनाको मुख्य अभियुक्त भनी पक्राउ पुर्जी जारी गरिएपछि उनी फरार भएका थिए। चौधरीलाई त्यस घटनाका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीमा किटानी जाहेरी परेको थियो।

घटनाका बेलाको मोबाइल डिटेलको आधारलगायतका प्रमाणले चौधरीलाई छोड्न नमिल्ने देखिएको भन्दै अदालतले थुनामै राख्न आदेश गरेको हो।

रानीपोखरीमा नेविसंघले खेल्यो ब्यङ्‌गात्मक फुटबल!

राजधानीको केन्द्रमा रहेको ऐतिहासिक पुरातात्विक महत्वको रानीपोखरीको स्वरुप २०७२ को भूकम्पले ध्वस्त भयो। भूकम्प गएको झन्डै साढे तीन वर्ष वितिसक्दा पनि सरोकारवाला निकायबीच पूनर्निर्माण कसरी गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा रानीपोखरी पोखरीको स्वरुप गुमाएर चौरजस्तै बनेको छ।

रानीपोखरीको पूर्ननिर्माणमा काठमाडौ महानगरपालिका र पुरातत्व विभागबीच जुहारी जस्तै छ। सम्पदा संरक्षणकर्मीहरुको अडान अर्कातिर छँदैछ। सरकारी निकायबीचकै विवादले रानीपोखरी पुनर्निमाण नभएको विषयलाई व्यंग्य गर्दै प्रतिपक्षीदल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता रानीपोखरीमा मंगलबार फुटबल खेले।

काठमाण्डौंमा फुटबल खेल्नको लागि सयौं फुटसल तथा चौरहरु नभएका होइनन् । तरपनि ऐतिहासिक महत्व बोकेको रानीपोखरी भित्रैै गएर फुटवल खेली नेपाल विद्यार्थी संघले सरोकारवाला निकायलाई दबाब दिएको हो । व्यङग्यात्मक फुटवलले प्रश्न उठाएको छ, के अव रानीपोखरीलाई मैदानकै रुपमा राखिराख्ने हो?

संसदमा तथ्यमै रहेर बाेलेको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफुले तथ्यमै रहेर दलिल पेश गरेको दाबी गरेका छन्। यथार्थ कुरा बाेल्दा पनि अनावश्यक र आधारहीन टिप्पणी हुनेगरेको प्रति प्रधानमन्त्रीले आपत्ति जनाए।

सोमबार नेपाल चेम्बर अफ कमर्सको ६८ औं वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले सरकारको १० महिनामा गरेको कामको प्रगति विवरण संसद बैठकमा पेस गरेको पनि स्पष्ट पारे।  नयाँ तथ्याङ्क निर्माणमा अघि बढिरहेको सरकारलाई तथ्याङ्कहरुसँग खेल्नुपर्ने कुनै कारण नभएको समेत प्रधानमन्त्री ओलीले स्पष्ट पारे। प्रमुख प्रतिपक्षी दल लगायत सञ्चारमाध्यमहरुले प्रधानमन्त्री ओलीले संसदमा झुटा तथ्याङ्क उल्लेख गरेको भन्दै उनको आलोचना गरेपछि प्रधानमन्त्री ओलीले त्यसकाे खण्डन गरेका हुन्।

सभामुखमाथि खनिए गगन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सभामुख पार्टीको कार्यकर्ता जसरी प्रस्तुत भएको आरोप लगाएका छन्। सभामुख कृष्णबहादुर महराले पार्टी कार्यकर्ताको जस्तो व्यवहार देखाएकाले आफूहरुले संसदमा अवरोध गरेको उनको भनाई छ।

‘प्रधानमन्त्रीलाई बोल्न दिने, तर प्रतिपक्षीलाई प्रश्न सोध्न अनुमति दिन्न भन्नु सभामुखको शैली हुकुमी हो। प्रश्न गर्न दिन्न भन्ने उहाँ सभामुख हो कि पार्टी सदस्य?’ कांग्रेसको अवरोधले बैठक स्थगित भएपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले भने, ‘सभामुखज्यूले सभामुखको कुर्सीमा बसेर पार्टी कार्यकर्ताको जस्तो व्यवहार गरेकोले हामी विरोधमा उत्रिएका हौं।’

समसामयिक विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेका थिए। सम्बोधन गर्नुअघि सभामुखसँग कांग्रेसका ५ सांसदले प्रश्न सोध्ने पूर्वसहमति भएको बताउँदै सांसद थापाले सत्तापक्षको मिलेमतोमा समय नदिएको आरोप लगाए।