एहोई एहोई प्रचण्डले पदमलाई बिर्सिएछन,के भन्छन् खुपीका बा?

आरक्षण कार्यान्वयनकाे माग गर्दै बालुवाटारमा प्रदर्शन

विभिन्न जनजातिसँग सम्बन्धित संघसंस्थाहरूले आरक्षणको कार्यान्वयन गर्न माग गर्दै मंगलबार बालुवाटारमा विरोध प्रदर्शन गरेका छन्। संविधानले नै समानुपातिक समावेशी सिद्धान्त सुनिश्चितता गरेको सन्दर्भमा राज्यले त्यसलाई बेवास्ता गरेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै उनीहरूले मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरे। प्रदर्शनकारीले ‘संविधान मिच्न पाइँदैन, महिला आरक्षण सुनिश्चित गर, लोकसेवा आयोगको असमान विज्ञापन खारेज गर’ भन्दै नाराबाजी गरेका थिए।

सन्दीपले भिसा पाए

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेेले भिसा पाएका छन्। क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि भिसा अप्लाई गरेका उनलाई अमेरिकी दूतावासले बिहान भिसा दिन अस्वीकार गरेको थियाे।

दूतावासले फेरि रिभ्यूका लागि बाेलाएर भिसा दिएकाे हाे। उनले ट्विट गरेर जानकारी गराउँदै अमेरिकी दूतावास, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई धन्यवाद दिएका छन्। अमेरिकी दूतावासले उनलाई भिसा नदिएकाे समाचार विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित भएपछि उनका समर्थकले सामाजिक सञ्जालमा व्यापक विराेध गरेका थिए।

प्रतिष्ठा जोगाउन नसक्दा आत्महत्या

भ्रष्टाचारको अभियोग लागेका व्यक्तिले समाजमा आफ्नो प्रतिष्ठा जोगाउन नसक्दा आत्महत्याको बाटो रोज्न लागेको मनोविश्लेषकले टिप्पणी गरेका छन्।  यसै महिना मात्रै भ्रष्टाचारको अभियोग लागेका तीन कर्मचारीले आत्महत्या गरेपछि पारिवारिक सहयोग र समाजमा आफ्ना प्रतिष्ठा गुमेका कारण उनीहरूले त्यस्तो कठोर बाटो राजेको मनोविश्लेषकको टिप्पणी छ।

मनोविश्लेषक गोपाल ढकालका अनुसार बेलाबेलामा आफन्त र परिवारसमेत तनाबमा हुने भएकाले अभियोग लागेका व्यक्तिलाई असहयोग महसुस हुँदा उनीहरू विस्तारै तनावमा हुने भएकाले आवेशमा आउन सक्छन्।  ‘तनाब बढ्दै गएपछि उनीहरू जीवनमा बाँचेर कुनै अर्थ छैन भन्ने मनोवृत्ति बढ्दै जाँदा आत्महत्या नै गर्न पुग्छन्।  पछिल्ला घट्नाक्रम त्यसैको उदहारण हुन्,’ मनोविश्लेषक ढकालले भने, ‘आइतबार बिहान मालपोत कार्यालय कलंकीका निलम्बित कर्मचारी (नायब सुब्बा) हरि आचार्यले सुसाइट नोट लेखेर आत्महत्या गर्नु नै जीवनदेखि हार खानु हो। ’

‘नागार्जुन दरबार प्रचण्डको बिर्ता हो ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवम् प्रदेश नम्बर–३ की सांसद् रीता माझीले सत्तारूढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागार्जुनबाट राजा खेद्ने भन्दै दिएको अभिव्यक्तिप्रति आपति प्रकट गरेकी छिन्। उनले राजा खेदनका लागि नागार्जुन दरबार प्रचण्डको विर्ता हो? हो भने खेदेर देखाउन प्रचण्डलाई चुनौति दिएकी हुन्।

सोमबार आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को २० औं स्थापना दिवसको अवसरमा फोनिज रामेछापले गरेको संवैधानिक व्यवस्था र मिडियामा समाबेशीता विषयक अन्तरक्रिया तथा उत्कृष्ट आदिवासी जनजाति पुरस्कार २०७६ वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिल्ला पुगेकी सांसद माझीले नागार्जुनबाट राजा खेद्ने प्रचण्डको अधिकार नभएको बताइन्। उनले प्रचण्ड आफु शक्तिमा रहेर शक्तिमा नरहेको मान्छेसँग डराएर सार्वजनिक रुपमा अभिव्यक्ति दिनु प्रचण्डको राजनैतिक उचाइमा लजास्पद रहेको बताइन्।