ढुक्क हुनुसका मनोज गजुरेल

प्रधानमन्त्रीलाई गिज्याउने तुइन यात्रा

जाजरकोट– नलगाड नगरपालिका–१ ठूलाबगरका पठवीर पुनले तुइनमा झुन्डिएर यात्रा गर्न थालेको वर्षौं भयो। वर्षातका बेला मात्र होइन अन्य बेलामा पनि भेरी नदी माथिको तुइनमा झुन्डिएर यात्रा गर्न उनको बाध्यता हो।

प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्रीको पद समाल्दा ०७२ असोजमा देशमा भएका सबै तुइनहरु विस्थापन गर्ने घोषणा गरेको खबर सुनेर पठवीर निकै खुसी भएका थिए, अब पुल र गतिलो सडकमा यात्रा गर्न पाइने भयो भनेर।

अाजै सरकारकाे नीति तथा कार्यक्रम बहुमतले पास भयाे। साे क्रममा प्रधानमन्त्री अाेलीले देशभरका तुइन विस्थापन गर्ने र त्यसकाे ठाउँमा झाेलुंगे पुल निर्माण गर्ने बताएका छन्।

सडकमै सुतेका चिया श्रमिक भन्छन्, ‘माग पूरा नगरे पछि हट्नेवाला छैनाैं’

इलाम – ३८ दिनयता आन्दोलनरत इलाम र झापाका चिया श्रमिकले मंगलबार राजमार्गमा सुतेर विरोध जनाएका छन्। उनीहरूले झापाको बिर्तामोडमा सवारीका साधनसमेत बन्द गराइ प्रदर्शन गरेका हुन्।

बिर्तामोडस्थित बिएन्डसी हस्पिटलछेउबाट सुरु भएको श्रमिकको -याली मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। त्यसपछि पूर्व–पश्चिम राजमार्गमै सुतेर विरोध जनाएपछि दिउँसो १ देखि साढे २ बजेसम्म लामो तथा छोटो दूरीका सवारीसाधनसमेत ठप्प भएका थिए।

कोणसभालाई सम्बोधन गर्दै श्रमिक नेताहरूले न्यूनतम् ज्याला, सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने बताए। उनीहरूले श्रमिकले भोकभोकै लामो समय आन्दोलन गरेर सरकारी निर्णय कार्यान्वयन माग गर्दा पनि सरकारले बेवास्ता गरेको गुनासो गरे।

नागरिकता बनाइदिन्छु भनी सेवाग्राहीसँग घुस माग्दै गर्दा पक्राउ

महाेत्तरी – इलाका प्रशासन कार्यालय, रामगोपालपुर, महोत्तरीमा कार्यरत कम्प्युटर अपरेटर अशोककुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ।

सिंहले नागरिकता प्रमाणपत्र पत्र बनाउन सहज गराइने भन्दै सेवाग्राहीसँग घुस रकम मागेका थिए। सिंहलाई जिल्लाको बर्दिबासस्थित आयोगको कार्यालयबाट खटिगएको टोलीले ४ हजार घुस रकमसहित समातेको जनाएको छ।

कार्यालयबाटै समातिएका सिंहमाथि थप अनुसन्धान भइरहेको कार्यालयले जानकारी दिएको छ।

सहकारी बैँक स्थापनाको तयारी

काठमाडौं– सरकारले पहिलो पटक सहकारी बँंक गठन गर्ने व्यवस्था गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ५ सय एकवटा सहकारी संघ, संस्थालाई मिलाएर सबै प्रदेशमा पहिलो पटक सहकारी बैँक स्थापना हुने गरी ‘सहकारी नियमावली–२०७५’ ल्याएको हो।

सबै प्रदेशमा रहेका सहकारी संस्थाहरुलाई मिलाएर पहिलो पटक सहकारी नियमावली बनाइएको सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए।

गगन थापा भन्छन्– प्रधानमन्त्रीले गैरसंसदीय भाषा प्रयोग गर्दा सभामुख निरीह

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादा कायम राख्न नसकेको आरोप लगाएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले गैरसंसदीय भाषा प्रयोग गर्दा पनि सभामुख भूमिकाविहीन अवस्थमा रहेको बताए।

प्रधानमन्त्रीले आक्रोश, कुण्ठा र निम्छरो अभिव्यक्तिलाई छोडेर अन्यको जवाफ दिन्छु भनेपछि आफुहरुले नियमापत्ति गर्दै असंसदीय भाषा प्रयोग भएकाले रेकर्डबाट हटाउन रुलिङ गर्न माग गर्दा उल्टै प्रधानमन्त्रीकै जवाफलाई निरन्तरता दिएँदा पनि सभामुख निरीह देखिएको टिप्पणी गरे।

प्रधानमन्त्रीको कम्बोडिया भ्रमणबारे संसदलाई जानकारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कम्बोडिया र भियतनाम भ्रमणबारे संघीय संसदलाई जानकारी गराएका छन्।

संघीय संसदको प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले बैशाख २६ गतेदेखि कम्बोडिया र भियतनामको औपचारिक भ्रमण गर्न लागेको जानकारी गराए। उनले जेठ १ गतेसम्म हुने आफ्नो औपचारिक भ्रमणले अन्तराष्ट्रिय सम्बन्ध सुदृढ बनाउनुको साथै नेपालको पर्यटन प्रर्वद्धनमा सकारात्मक योगदान पुग्ने विश्वास लिएको बताए।

करलाई लिएर नगरपालिका र उद्योगी व्यापारीबीच जुहारी

डोल्पा- नगरपालिका र उद्योगी व्यापारिबीच करको विषयलाई लिएर जुहारी चलेको छ। त्रिपुरासुन्दरी नगरपालिका क्षेत्र भित्रका उद्योगी व्यापारीहरुले नगरले नगरवासी र व्यापारीलाई उपलब्ध गराउनु पर्ने सुबिधा उपलव्ध नगराएको भन्दै नगरलाई कुनैपनि किसिमको कर नतिर्ने चेतावनी दिएका छन्।

नगरपालिका भित्र स्वच्छ खानेपानी,भरपर्दो विद्युत,सञ्चार र समयमा स्वास्थ्य संस्थाहरुमा औषधी ब्यवस्था लगायतको सुविधा र उद्योगी व्यापारी मैत्री कर प्रणाली नल्याएको भन्दै कुनैपनि किसिमको कर नगरलाई नतिर्ने बताएपछि नगर र व्यापारीबीच जुहारी चलेको हो।

सहुलियत कर्जामा एक अर्व प्रवाह

काठमाडौं-  सरकारले देशभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याएको सुहलियतपूर्ण कर्जामा करिब एक ऋण प्रवाह भएको छ। सरकारले सात प्रकारका व्यवसायलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको थियो। सो क्षेत्रमा कार्यविधि कार्यान्वयनमा आएको यो अवधिमा एक अर्ब कर्जा प्रवाह गरेको हो।

मन्त्रिपरिषद्ले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ गत भदौ २१ गते पास गरेको थियो। असोज ११ गतेदेखि राष्ट्र बैंकले परिपत्र जारी गरेर सबै वित्तीय संस्थालाई उक्त कार्यविधि कार्यान्वयनमा लैजान निर्देशन दिएको थियो।

रेस्लिङ आयोजना हुँदै, ६ देशका टप रेस्लरहरुको सहभागीता हुने

काठमाडौं– नेपालमा रिगं रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिबिधिहरु अगाडी बढाउदै आएको छ। नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेजका कारण यसको विकास र विस्तार गर्ने उदेश्यले स्थापना भएको यो संघले खेलाडी उत्पादन गर्नेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पियनसिपहरु गर्दै आइरहेको छ।

रिगं रेस्लिङ संघले डिस होमको सहकार्यमा बैशाख २८ गते शनिबारका दिन एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्न लागेको छ। त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते दिउँसो ३ बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुनेछ।

बाबुको फिल्ममा योद्धा आलिया

मुम्बई – बलिउड फिल्म ‘कलंक’को असफलता पछि फिल्मकी नायिका आलिया भट्ट चाँडै नै फिल्म ‘सडक २’को सुटिङको तयारी सुरु गर्दैछिन्। आगामी मे महिनाबाट छायांकन सुरु हुने फिल्मको निर्देशक आलियाका पिता महेश भट्टले निर्देशन गर्दैछन्।

आलिया पहिलोपटक पिताद्वारा निर्देशन गर्न लागेको फिल्ममा काम गर्न लागेकी हुन्। फिल्म ‘सडक २’ मा आलियाका अलावा आदित्य रोय कपुर, सञ्जय दत्त, पुजा भट्टलगायतका कलाकारको अभिनय रहनेछ। फिल्म ‘सडक २’ सन् १९९१ मा रिलिज भएको सुपरहिट फिल्म ‘सडक’को सिक्वेल हो। अघिल्लो संस्करणको फिल्ममा सञ्जय दत्त र पुजा भट्ट प्रमुख भूमिकामा थिए।