पानी प-यो कि निद्रै लाग्दैन

वर्षायाममा आकाशबाट झमझमपानीपर्दा रमाउनेहरु धेरै छन् । तर नवलपुर मध्यविन्दु दुइ सेहरी गाउँका बासिन्दा पानी पर्दा ननिदाई बस्छन् । गत वर्ष साउन २९ गते गएको बाढीले उनीहरुको घर बगायो । घरसँगै बस्तुभाउ पनि बगायो । घरमा रहेका खाद्यान्नपनि केहीबाँकी रहेनन् ।
सेहरीमा बस्ने सबैको घर एकैनासको छैन । कसैको भुइँतल्लामात्र छ । कसैको माथिल्लो तलापनि छ । कसैको घर होचो छ । सबैको घरमा अलिअलि भए पनि अन्न छ । बस्तुभाउ छन् । बाढी पस्यो भने सर्पको डर हुन्छ । यस्तै यस्तै डर र त्रासका बीचमा यहाँ बासिन्दाको दिनहरु वितिरहेका छन् ।
यी बस्तीमा बर्सेनीहुने बाढीको त्रास कुनै नौलो कुरा होइन । यहाँका बासिन्दाले पटक पटक सरकारी अधिकारी र राजनीतिकदलका नेताहरुलाई गुहारेका छन् तर केही नतीजा निस्किएको छैन ।
मध्यविन्दु नगरपालिका वडा नं. २ का वडाध्यक्ष नारायण पौडेल यी बस्तीका समस्याबारे जानकार छन् । तर समस्या समाधानकालागिआफूहरुसँग पर्याप्त बजेट नभएको बताउँछन् ।