परदेशको “कोसेली”-प्यारालाइसिस

गुल्मीकि तुमाकला कुमालले करिव ४ वर्षअघि श्रीमान हरि बहादुरलाई साउदी अरबका लागि बिदा गरेकि थिइन्। श्रीमान सँग बिछोडिदाको पीडालाई मनको एउटा कुनामा गाठोपार्दै तुमाकला काठमाडौंबाट घर फर्किन्। सम्झनामा दिनहरु कट्दै गए। साउदी अरबबाट फर्किंदै गरेका श्रीमानलाई लिन तुमाकला त्यहि ४ वर्षघि छुट्टिएको एयरपोर्ट पुगिन्। महिनौ विदेशमा जे जस्तो दु:ख भोगेपनि आफ्नो मातृभूमि फर्किदाको खुसी अनि साथमा लामो बिछोडपछि हुन लागेको मिलन। धेरैका निम्ति खुसीयालीको त्यो क्षण तुमाकलाका निम्ति भने ४ वर्षपछिको त्यो भेट तुवालै तुवालोले घेरिएको धुम्म अनि अध्याँरो बन्यो। हरि बहादुर सँगै एउटै कम्पनीमा काम गरेर फर्किएका कोहि सुटकेश घिसार्दै बाहिर निस्किंदै थिए त कोहि विदेशको कोसेलीले भरिएको झोला काँधमै भिरेर बाहिरिंदै थिए। तर तिनैका बीचमा कसैको सहारामा बाहिरिन्छन् हरि बहादुर। अचेत अवस्थामा। उनलाई हुइलचेयरमा राखेर कसैले बाहिर ल्याउछन्।
त्यही दृश्यले तुमाकला भावविह्वल हुन्छिन्। बोल्न र हिड्न नसक्ने बनेका हरिबहादुरका आखाँबाट बर्र आशु झर्छन्। परिवारको सहारा बन्ने सपना देख्दै साउदी अरब गएका हरिबहादुर अरुको सहारामा नेपाल फर्किन्छन्। धन कमाउने सपना देख्दै विदेशिएका हरिबहादुरको कथा डलरको कथाको चौथो शृंखला।