भस्मे डनको जात्रै जात्रा

धान र गहुँको फरक नबुझ्नेलाई कांग्रेसले अर्थमन्त्री बनायो, अर्थतन्त्र बिगारियोः प्रदीप गिरी

काठमाडौं– नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद प्रदीप गिरीले धान र गहुँको फरक नबुझ्ने पिएचडी होल्डरलाई अर्थमन्त्री बनाएर कांग्रेसबाट गल्ती भएको बताएका छन्। यसबाट सिंगो नेपालको अर्थतन्त्र नै बिग्रिएको उनको आशय थियो।

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा मंगलबार भाग लिँदै सांसद गिरीले धान र गहुँको फरक नबुझ्ने र आलु प्याजलाई पानी चाहिन्छ कि चाहिँदैन? भन्न नसक्ने पीएचडी होल्डरलाई अर्थमन्त्री बनाएर आफ्नो पार्टीले गल्ती गरेको र यसको असर अर्थतन्त्रमा परेको बताए।

कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटमा तीन वर्षदेखि नबढेको कर्मचारीको तलब र वृद्धभत्ता दुबै बढ्ने भएको छ। स्रोतले भ्याएसम्म पपुलिष्ट बजेट बनाउने तयारीमा जुटेको सरकारले आगामी आवमा कर्मचारीको तलब अधिकतम २५ प्रतिशतसम्म र वृद्धभत्ता एक हजार थप्ने तयारी गरेको हो।

अर्थमन्त्री डा. युवराज खतिवडाले पूर्व बजेट छलफल सम्बन्धी विभिन्न कार्यक्रममा स्रोतले भ्याएसम्म चुनावी प्रतिबद्धताअनुसार बजेट बनाउने बताइसकेका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भएको पूर्वबजेट सुझाव संकलन कार्यक्रममा अर्थमन्त्री खतिवडाले स्रोतले भ्याएसम्म पपुलिष्ट बजेट बनाउने तयारीमा आफू रहेको बताएका थिए।

रातारात अतिक्रमण हुन लागेको जग्गा प्रहरीले जोगायो

उदयपुर– केहि भूमाफियाहरुले रातारात अतिक्रमण गरी कब्जा गर्न खोजेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको जग्गा प्रहरी प्रशासनले मंगलबार खाली गराएको छ। दुई दिनयता रातिको समय पारेर अतिक्रमण गर्दै लगेको झण्डै ३ विगाह क्षेत्रफल जग्गा प्रशासनको आदेशमा प्रहरीले मंगलबार दिउँसो स्थानीय जनप्रतिनिधि र उद्योगका कर्मचारीको रोहबरमा खाली गराएको हो।

त्रियुगानगरपालिका ४ र ६ को सीमानास्थित देउरीको पञ्जियार चोकदेखि दक्षिणतर्फ उद्योगको क्वाटर (कर्मचारी आवास) क्षेत्र जाने सडकको पश्चिमतर्फ मुखको जमिन २ रातयता अज्ञात समूहले किला गाडेर टहरा हाल्ने तयारी गरेको भन्दै उद्योगले सोमबार जिल्ला प्रशासन कार्यालय गुहारेको थिायो। प्रशासनको आग्रहअनुसार प्रहरीले जमिन खाली गराएको हो।

नक्कली लगत खडा गरी मोही बाँडफाँट निर्णय गर्ने तीनविरुद्द मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँटको निर्णय गरी भ्रष्टाचार गरेको अभियोगमा पर्साका तीन जनाविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार बाराको नकटुवा–२ को कित्ता नम्बर ५६ को जग्गामा भूमिसुधार कार्यालय, पर्साले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँट निर्णय गरेको र सो कार्यमा सरकारी कर्मचारीकोसमेत सहभागिता देखिएको छ।

नेकपाको बैठक सकियो, यस्तो भयो निर्णय

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताको एक वर्ष पुगेका अवसरमा र मदन आश्रित स्मृति दिवस मनाउन आज पार्टी मुख्यालय धूम्बाराहीमा तयारी बैठक बसेको थियो। पार्टीका महासचिव विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको तयारी बैठकले तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा बिहान ८ः३० बजे विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार सोही अवसरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्नेछन्।

आगलागीमा परेर तीन जनाको मृत्यु, १३ घर जलेर नष्ट

रुकुम– गत बिहीबारदेखि सल्यानका विभिन्न ठाउँमा भइरहेको आगलागीमा परेर अहिलेसम्म तीन जनाको मृत्यु भएको छ। आगलागीका कारण १३ घर पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ रामकाडाबाट सुरु भएको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। अहिले पनि जिल्लाका विभिन्न ठाउँमा सुरक्षाकर्मीहरु आगो नियन्त्रणका लागि खटिएको सल्यानका प्रहरी प्रमुख डिएसपी बीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार आगलागीमा परेर अहिलेसम्म जिल्लाको छत्रेश्वरी गाउँपालिकामा दुई जना र शारदा नगरपालिकामा एक जनाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका ६ का ५५ वर्षिया प्यान्टी बोहरा र सोही ठाउँका ४७ वर्षीय खगेन्द्र बोहरा तथा शारदा नगरपालिका ९ दुवेरीका ६३ वर्षीय गोवर्धन पुनको मृत्यु भएको डिएसपी शाहीले बताए। खगेन्द्रको उपचारको क्रममा काठमाडौंमा मंगलबार बिहान मृत्यु भएको बताइएको छ। मंगलबार साँझसम्म पनि यहाँका विभिन्न सामुदायिक वनमा आगलागी भइरहेको प्रहरीले जनाएको छ। जंगलमा भइरहेको आगो नियन्त्रण गर्न सक्ने अवस्थामा नरहेको बताइएको छ।

नयाँ मोडलको खोजीमा प्रचण्ड!

काठमाडौं-  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विकासका नयाँ मोडलको खोजी गर्नुपर्नेमा जोड दिएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने अध्यक्ष दाहालले चेतावनी दिए। मंगलबार ललितपुरमा सुरु भएको अन्तराष्ट्रिय प्राङगारिक कृषि सम्मेलन’लाई सम्बोधन गर्दै उनले संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न सम्बन्धित सबै पक्षलाई आह्वान पनि गरे। नयाँ राजनीतिक प्रणालीलाई स्थापित गराउने गरी हाम्रा कार्यशैलीहरुमा परिवर्तन नभए त्यो प्रत्यूत्पादक हुने अध्यक्ष दाहालको भनाई छ।

कतै तपाइँको मोटरसाइकल असुरक्षित ठाउँमा त पार्किङ छैन ?

काठमाडौं– तपाइँले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि? या असुरक्षित ठाउँमा पार्किङ गर्नु भएको त छैन? त्यसो भए मोटरसाइकल चोरी हुने सम्भावना बढी नै हुन्छ।

चोरहरुले पार्टपूर्जा परिवर्तन गरेर मोटरसाइकल चलाउने गरेकाले तपाइँको मोटरसाइकल भेटिने सम्भावना कम छ। काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गरेर पार्टपूर्जा परिवर्तन गर्ने चोरहरु सक्रिय छन्। मोटरसाइकल ग्यारेज सञ्चालक समेत यसमा संलग्न भएको खुल्न आएको छ।

यस्तै घटना काठमाडौंको गोकर्णेश्वरको अत्तरखेलमा भएको छ। स्थानीय राजन कार्कीको पार्किङ गरिएको मोटरसाइकल वैशाख २८ गते चोरी भएको भनी महानगरीय प्रहरी वृत्त बौद्धमा आएको निवेदन दर्ता भयो। त्यसको अनुसन्धान गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीको मोटरसाइकल मर्मत केन्द्रमा विभिन्न मोटरसाइकलका पाटपूर्जा फेला परेका छन्।

दरबारमार्गमा पूर्वराज परिवारको ‘ह्याप्पी मुड’, पारस देखिएनन् (फोटो फिचर)

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित ‘ह्याप्पी मुड’मा देखिएका छन्। छोरा पारस र श्रीमती कोमलको उपचार तथा भर्खरै देश दौडाहा सम्पन्न गरेका शाहले परिवारसहित दरबार मार्गस्थित किंग्स लाउन्जमा ३ घण्टा समय बिताएका हुन्।

पूर्वराजा शाहसँग परिवारका सदस्य तथा आफन्त सहभागी थिए। श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायतका साथमा ज्ञानेन्द्र किंग्स लाउञ्ज पुगेका थिए। तर, पूर्वराज परिवारको जमघटमा पूर्वयुवराज पारस भने देखिएनन्। झण्डै ४० जना आफन्तको साथमा किंग्स लाउन्ज पुगेका ज्ञानेन्द्रले पुरै तीन घण्टा समय बिताएका थिए।

अक्षयकुमारको नागरिकता विवादमा, बचाउमा बलिउडकर्मी

मुम्बई– बलिउड अभिनेता अक्षय कुमारको नागरिकता विवादमा परेको छ। भारतमा लोकसभा निर्वाचन भइरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीको गैरराजनीतिक अन्तर्वार्ता लिएर चर्चामा रहेका तथा भारतको वीर एप्लीकेशन आइडियाका संस्थापकसमेत रहेका अक्षयको नागरिकतामाथि प्रश्न उठेको हो। आफूसँग भारतीय नागरिकता नरहेको बेला देशभक्ति जगाउने फिल्म खेल्ने र मोदीको अन्तर्वार्ता लिएर भारतीयको भावनामाथि खेलवाड गरेको आरोप समेत उनीमाथि लागेको छ।

अनुभव काम लागेन: धोनी

हैदराबाद –चेन्नई सुपर किङ्सका कप्तान महेन्द्र सिंह धोनीले आफ्नो टोली अनुभवी खेलाडीले भरिए पनि त्यो अनुभवको भरपूर सदुपयोग गर्न नसक्दा इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इन्डियन्सलाई सुम्पिन बाध्य भएको बताएका छन्।

आइतबार भएको फाइनलमा मुम्बईले चेन्नईमाथि १ रनको सनसनीपूर्ण जितका साथ चौथो पटक आइपिएलको उपाधि जितेको हो। १ सय ५० रनको विजयलक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रन मात्र जोड्न सक्यो। ५९ बलमा ८० रन बनाएर खेलिरहेका ओपनर शेन वाट्सन अन्तिम ओभरको दोस्रो बलमा रनआउट भएपछि खेल मुम्बईको पक्षमा ढल्किएको थियो।