पारस र सोनिकाको यो कस्तो निकटता ?

महरालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडाैंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ। मंगलबार अदालत न्यायाधीश दीपककुमार दाहालले महरालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

महराले एक कर्मचारीलाई बलात्कारको प्रयास गरेको भन्दै १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए। यसअघि १० दिन हिरासतमा बसेकाले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे महानगरीय प्रहरी परिसर काठमाडाैंका एसएसपी उत्तम सुवेदीले बताए।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

गाईको संरक्षण गर्न र सडकमा छोड्ने पशुधनीलाई कारवाही गर्न सर्वाेच्चको आदेश

काठमाडौं– सर्वाेच्च अदालतले राष्ट्रिय जनावर गाईको संरक्षण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

गाईगोरु संरक्षण तथा सडकमा छोड्नेलाई कारवाहीको माग गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा फैसला गर्दै न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र पुरुषोत्तम भण्डारीको इजलासले संविधानतः राष्ट्रिय जनावर घोषित गाईसहित गोरु बाच्छा बाच्छीको संरक्षण गर्न परमादेश जारी गरेको हो।

मंगलबार सार्वजनिक फैसलाको पूर्णपाठमा गाईको संरक्षण धार्मिक तथा सांस्कृतिक रुपमा समेत अत्यन्त महत्वपूर्ण भएको र संविधान एवं कानुन रुपमा समेत राज्यको दायित्व भएको उल्लेख छ।

‘जहाँ जहाँ समस्या देखिएको छ, त्यहाँको प्रदेश तथा स्थानीय तहहरु समेतको सहकार्य, सहयोग र समन्वयमा त्यस्ता छाडा पशुको साथै किसानले पालिरहेका पशुपंक्षीको तथ्यांक संकलन गर्ने, पालिएका सबै पशुहरु पहिचान हुन सक्ने गरी ट्यागिङ गर्ने र कम्प्युटर प्रविधिको माध्यमले समस्याग्रस्त क्षेत्रमा पहिलो चरणमा र त्यसपछि देशैभरी पशुहरुको तथ्यांक लिने व्यवस्था मिलाउने’, फैसलामा भनिएको छ।

राजनीतिकरण भएको भन्दै उपेन्द्र महतोद्वारा एनआरएन सम्मेलन बहिस्कार

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन चरम राजनीतिकरण भएको भन्दै संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बहिष्कार गरेका छन्।

संघमा अस्वभाविक राजनीतिक ध्रुवीकरण गर्दै भातृ संगठन जस्तो बनाउन खोजिएकोले आफुले सम्मेलन बहिस्कार गरेको महलोले नागरिकन्यूजलाई बताए। ‘राजनीतिक गर्नुहुन्न चुनाव लड्नु हुन्न भनेर मैले भनेको छैन’, महतोले भने, ‘तर एनआरएनलाई यसकै रुपमा दिउँ राजनीतिक प्यानल नबनाउँ भन्ने मेरो भनाई हो।’

विश्वर छरिएर रहेका नेपालीहरुको साझा संगठनलाई कुनै पार्टीको भातृ संगठन जस्तो बनाउन नहुने उनको तर्क छ।

धुव्रीकरण र खिचातानी गर्नु अस्वभाविक रहेको पनि महतोको ठहर छ। संघमा आवद्ध भएकाहरुले मातृभूमीप्रतिको दायित्व भुल्न नहुने उनको तर्क छ।

पत्रकार र मिडियाप्रति किन खनिए प्रधानमन्त्री ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर सञ्चारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा असन्तुष्टी व्यक्त गरेका छन्। मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले राजधानीमा आयोजना गरेको दोश्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संचारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्टी जनाएका हुन्।

उनले भाषा र संस्कृति नबिर्सन सचेत पनि गराए। उनले विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपार्टीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयापुस्ताले विर्सदै गएको बताए। विशेष गरेर सामाजिक सञ्जाल र सञ्चारक्षेत्रमा प्रयोग भएका भाषा प्रति उनले गम्भीर असन्तुष्टी जाहेर गरे। उनले भने ‘सभ्यताका पर्खालहरु बागमतिमा फालिए। शिष्टता, मर्यादा केही पनि छैन्। पत्रकारले बाउलाई पनि तपाई भन्दैन। तिमी भन्दा माथि उठेर। यो एउटा ट्रेन हो। किन भने अग्रेजीको ‘यु’ लोभ लागेर, अर्काको एउटा ‘यु’ भन्ने शब्दको लोभ लागेर बालाई तपाई भन्न गाह्रो लाग्यो। किन भने पैसावाला, डलरवाला, ‘यु’ वालाहरु ‘यु’ ले काम चलाउँछन् किन काम नचलाउने? सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्या छ। सानालाई तिमी भन्ने ठुलालाई तपाई भन्ने स्वभाविक हो। भाषा समाजको संस्कृतिको एउटा आफ्नो प्रचलन हुन्छ आफ्नो मर्यादा हुन्छ।’

सांसद साहलाई जनकपुर ल्याइयो

लहान– काठमाडौं विमानस्थलबाट पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) प्रमोदकुमार साहलाई विमानबाटै प्रहरीले जनकपुर ल्याएको छ। साह चढेको बुद्ध एयरको विमान ४ः४० बजे जनकपुर विमानस्थलमा अवतरण भएको थियो। उनलाई विमानस्थलबाट कडा सुरक्षा घेरामा राखेर जिल्ला प्रहरी कार्यालय जनकपुर लगिएको छ।

दिउँसोदेखि राजपा समर्थकहरुको ठूलो भिड जनकपुर विमानस्थलभित्र प्रदर्शन गरिरहेका थिए। भिडलाई नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। साहलाई कडा सुरक्षा स्कर्टिङबिच विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय जनकपुर लगिएको छ।

साह पक्राउ प्रकरणले निम्त्याउन सक्ने असहज अवस्थालाई मध्य नजर गर्दै विमानस्थलदेखि जनकपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। चोकचोकमा सुरक्षाकर्मी तैनाथ छन्।

सीको भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्नुस्ः सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्न आग्रह गरेका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असाधारण रुपले सफल रहेको उल्लेख गर्दै त्यसलाई तत्काल हुने लाभहानीको रुपमा नहेर्न आग्रह गरेका हुन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले दुई मुलुकको बीचको सम्बन्धलाई सगरमाथाको उचाईमा पु¥याएको पनि बताए। त्यसबाट सिंगो नेपाल र नेपाली जनता अत्यन्तै खुसी भएको मन्त्री बास्कोटाको भनाई छ। मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपति र चीनको उचाईबाट भएको यो भ्रमणले नेपालको अन्तराष्ट्रिय स्तरमा ईज्जत, मान र प्रतिष्ठा पनि बढाएको उल्लेख गरे। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले दुई मुलुकबीचको न्यायो र हार्दिक सम्बन्धलाई सगरमाथा झैं उचाई र सागरझैं गहि¥याईमा पु¥याएको छ,’ मन्त्री बास्कोटाले भने ‘यसलाई आजको भोली के भयो? भन्ने कोणबाट विश्लेषण गर्न हुन्न।’

भूकम्पपछिको पुनःनिर्माण, बनेनन् सरकारी भवन नै

काठमाडौं – २०७२ साल वैशाख १२ को महाभूकम्पबाट भत्केका निजी आवासीय घरहरूको पुनःनिर्माणमा ढिलाइ भइरहेको तथ्यांक बाहिर आइरहेको बेला सरकारी भवनकै पुनःनिर्माण पनि त्योभन्दा गए–गुज्रेको देखिएको छ। भूकम्पले क्षति पु-याएका राजधानी काठमाडौंकै भवन पुनःनिर्माण सम्पन्न नभएको देखिएको छ।

काठमाडौंमा भत्केका सरकारी भवनहरूमध्ये हालसम्म एउटामात्रै अर्थात् समरजंगी कम्पनी कार्यालयको भवन निर्माण कार्य सम्पन्न भएको तथ्यांक छ। यो भवनको निर्माण कार्य सम्पन्न भई हस्तान्तरणको चरणमा रहेको छ। महाभूकम्पले भत्केका सरकारी भवनहरू सरकारी स्रोतबाट र एसियाली विकास बैंक एडिबीको ऋण सहयोग गरी दुईतिरबाट बनिरहेका छन्। तीमध्ये सरकारी स्रोतबाट हालसम्म काठमाडौंमा एउटामात्रै सकारी भवन निर्माण सम्पन्न भएको छ।

विकास र समृद्धिको मुख्य ढोका

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने सम्झौताको व्यग्र प्रतिक्षामा थिए। चीनका राष्ट्रपति आउनु एक साताअघि नै काठमाडौं पुगेर उनले प्रदेशको समृद्धिसँग जोडिएको ‘जमुनाह–हिल्सा’ सडकलाई दुई देशबीच हुने सहमतिमा समावेश गर्न ‘लबिङ’ गरिरहे। आइतबार भएको २० बुँदे समझदारीभित्र कर्णालीको ‘लाइफलाइन’ समेटियो। ‘प्रदेश सरकारले अघि सारेको योजना सफल भयो,’ नागरिकसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीको विकास र समृद्धिको ढोका यहीँ लाइफलाइनले खोल्नेमा हामी ढुक्क छौं।’

गत असोजमा कर्णालीसँग सीमा जोडिएको चीनको सिचुवान प्रान्तको भ्रमण गरेर फर्केपछि मुख्यमन्त्री शाहीले कर्णालीलाई दुई ठूला छिमेकीलाई जोड्ने पुलको रुपमा विकास गर्ने बताएका थिए। भ्रमणका क्रममा जमुनाह–हिल्सा सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने सहमति भएअनुसार चीन सरकारको स्वामित्वमा रहेको चाइना रेलवे इरवान इन्जिनियरिङ कम्पनीले सडकको डिपिआर प्रदेश सरकारलाई बुझाइसकेको छ। उसले सडक निर्माणको जिम्मा आफूले पाए तीन वर्षभित्र सम्पन्न गर्ने आशय व्यक्त गरेको छ। चीन सरकारसँग भएको सहमतिसँगै तीन वर्षभित्र सडक सञ्चालनमा आउने विश्वास मुख्यमन्त्री शाहीले गरे।

के–पप गायिका सुल्ली मृत भेटिइन्

सियोल  – दक्षिण कोरियनकी के–पप गायिका तथा अभिनेत्री सुल्ली मृत भेटिएकी छन्। राजधानी सियोलस्थित निवासमा मृत भेटिएकी २५ वर्षीया गायिका सुल्लीले आत्महत्या गरेको आशंका स्थानीय प्रहरीले गरेको छ।

‘उनका म्यानेजर नियमित कामको सिलसिलामा उनको घर पुग्दा गायिका सुल्ली अचेत अवस्था थिइन्। उनी डिप्रेसनबाट ग्रसित समेत थिइन्। जसको कारण उनले जीवनको उत्साहभन्दा मृत्युलाई छनोट गरेको हुन सक्छिन्,’ स्थानीय प्रहरीले भनेका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा सक्रिय गायिका सुल्ली आफ्नो व्यवहारका कारण विवादमा पर्ने गरेकी थिइन्।

५० लाख बढी फलोअर कमाएकी गायिका सुल्ली सामाजिक सञ्जालमा आफ्ना समर्थकलाई गालीगलौच गर्ने गर्थिन्। सामाजिक सञ्जालमा अर्धनग्न फोटो राखेपछि विवादित बनेकी ती गायिका पछिल्लो समय मौन बसेको अनुमान धेरैले गरेका थिए।

जलविद्युतमा लगानी गर्न गैरआवासीय नेपालीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।

अर्थमन्त्री खतिवडाले गैर आवासीय नेपालीहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे उच्च प्रतिफल प्राप्त हुने आश्वासन पनि दिए। गैर आवासीय नेपाली संघको मंगलबारबाट काठमाडौंमा सुरु भएको नवौं विश्व सम्मेलनको पहिलो सत्रलाई सम्बोधन गर्दै उनले सरकार एक्लैले मुलुकलाई समृद्ध बनाउन आवश्यक लगानी जुटाउन सम्भव नभएको उल्लेख गर्दै गैर आवासीय नेपालीहरुबाट जलविद्युत क्षेत्रको विकासका लागि वार्षिक रुपमा करिव ७० अर्व लगानीको अपेक्षा गरिएको पनि बताए।

अर्थमन्त्री खतिवडाले १० वर्षमा १० हजार मेघावाट विद्युत उत्पादन गर्ने सरकारले लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि बाह्य लगानीको आवश्यक्तामा सरकारले जोड दिएको पनि स्पष्ट पारे। त्यस अवसरमा अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासमा गैर आवासीय नेपालीहरुले गर्दै आएको सहयोगको खुलेर प्रशंसा पनि गरे।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396