महेश महर्जनको स्वागत । गाजाको खेति। लालबाबुको साइकलमा तेल। कांग्रेसमा डिप लभ

विवाह मण्डपमै कुटिइन बेहुली

विवाहको मण्डपमा बसिरहेकी एक बेहुलीमाथि कुटपिट भएको छ। बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई तेह्रथुम प्रहरीले नियन्त्रणमा लिएको छ।
राति १०.३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीय युवाको समूहले आक्रमण गरेको थियो। उनीहरूको कुटपिटबाट बेहुली प्रतिक्षा सम्बाहाम्फे र अन्य तीन जना घाइते भएका छन्।
प्रहरीले विवाहमा कुटपिट गर्ने १९ वर्षका सरोज लिम्बू, १४ वर्षका ओमन लिम्बू, २१ वर्षका दिनेश लिम्बू, १९ वर्षका सुदीप लिम्बू र १७ वर्षका मन्दिप लिम्बूलाई नियन्त्रणमा लिएको छ । कुटपिटबाट घाइते भएकी बेहुलीको थप उपचारका लागि विराटनगर पठाइएको र अन्य घाइते बेहुलीका दाजु देउमान लिम्बू, सुमन खापुङ र टीकादेवी सम्बाहाम्फेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए।

दाहाललाई कांग्रेसको जवाफः होली वाइन पिउनेहरुले धर्मबारे पढाइरहनुपर्दैन्

 

मुख प्रतिपक्षी नेपाली कांग्रेसले हिन्दू राष्ट्रको बहससँग नआत्तिन सरकारलाई आग्रह गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले आइतवार पत्रकार सम्मेलन गरी हिन्दू राष्ट्रको बहससँग नआत्तिन र कांग्रेसलाई धर्मका बारेमा नपढाउन सरकार र नेकपाका नेतालाई आग्रह गरेका हुन्।
मंसिर २९ गतेदेखि जारी महासमिति बैठकमा नेताले हिन्दू राष्ट्र र धार्मिक स्वतन्त्रताको मुद्दालाई जोडदार रुपमा उठाएका छन्। महासमिति सदस्यहरुको मागले कांग्रेस नेतृत्व समेत दबाबमा परेको छ। यस्तो बेला शनिवार राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसमा हिन्दू धर्मको बहसप्रति आपत्ति जनाएका थिए। कांग्रेसले हिन्दू राष्ट्रको पक्षमा वकालत गर्न नसुहाउने भन्दै दाहालले अतिवादलाई लिएर राजनीति गरे दुर्भाग्य हुने टिप्पणी गरेका थिए। उनले आफ्नो सम्बोधनमा संस्थापक नेता विपी कोइरालादेखि गिरिजा र सुशील कोइरालासम्मको नाम लिँदै धर्मनिरपेक्षताको विरुद्ध नजान आग्रह गरेका थिए।
Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

सिङ्गो गाउँनै एक व्यक्तिको नाममा दर्ता

 

 पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ । विसं २०२४ मा नापी हुँदा हाल वडा नं ६ मा पर्ने साविक सनई गाविस वडा नं २ को सनई गाउँ नै भोनु चौधारीको एकल नाममा दर्ता भएको ५१ वर्षपछि अहिले आएर रहस्य खुलेको हो।
उक्त गाउँमा ९० घरधुरी छन्। सनई २ (क) कित्ता नं ३३५ को गाउँब्लक भनी १० बिघा दुई कठ्ठा पाँच धुर जग्गा स्थानीयवासी चौधरीको नाममा दर्ता रहेको परासी नापी कार्यालयको फिल्डबुकमा उल्लेख छ । गाउँ ब्लकमा पर्ने सो जग्गाको आव २०७१÷७२ मा नापी गरी पूर्जा वितरण गर्ने क्रममा सो रहस्य खुलेको पाल्हीनन्दन–६ का वडाध्यक्ष कृष्णचन्द्र यादवले जानकारी दिए।
पुर्जा वितरणका लागि भन्दै नापी कार्यालयले नापजाँच गरेको तर लामो समयसम्म पनि पुर्जा नपाएपछि बुझ्न जाँदा एकै व्यक्तिको नाममा दर्ता भएकाले पुर्जा दिन नमिल्ने भनेपछि सो रहस्य खुलेको अध्यक्ष यादवले बताए।
फैसला थाहा नपाएको ‘बहाना’ मा मनाङे जेलमुक्त
ज्यान मार्ने मुद्दामा सजाय भोगिरहेका दीपक मनाङे (राजीब गुरुङ) ले तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला थाहा नपाएको दाबी गरेपछि सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्दै पुनरावेदन गर्न पाउने आदेश दिएको छ। न्यायाधीशहरू शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासबाट मनाङेलाई धरौटीमा जेलमुक्त र पुनरावेदन गर्न पाउने आदेश भएको हो।
प्रदेशसभा सदस्यका लागि भएको प्रत्यक्ष चुनावमा मनाङ (ख) बाट विजयी भएका मनाङेले सांसद पदको सपथ भने लिन पाएका छैनन्। अदालतबाट ५ वर्ष जेल सजाय तोकिएका कारण उनले सपथ लिन नपाएका हुन्। २०६९ साउन २८ मा तत्कालीन पुनरावेदन अदालत पाटनले सुरु फैसला केही उल्ट्याँदै मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय ठहर गरेको थियो।
त्यसअघि २०६३ माघ ७ मा जिल्ला अदालत काठमाडौंले मनाङेलाई ज्यान मारेको ठहर गर्दै २ वर्ष कैद हुने फैसला सुनाएको थियो।

पूर्व पाकिस्तानी प्रधानमन्त्री शरीफलाई सात बर्षकाे जेल सजाय

 

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई अदालतले सोमबार सात बर्षको जेल सजायको फैसला सुनाएको छ। भ्रष्टाचार सम्वन्धी मुद्दाका कारण यसअघिदेखि नै थुनामा रहेका शरीफलाई अदालतले साेमबार अन्तिम फैसला गर्दै जेल सजाय तोकेको हो।
फैसला पूर्व प्रधानमन्त्री शरीफको परिवारद्वारा मध्यपूर्वमा चलाएका व्यवसायबारे पानामा पेपर्समा आएका सूचनाहरूमाथिको अनुसन्धानपछि आएकाे बताइएको छ। पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका शरिफले भने आफुमाथि लागेका भ्रष्टाचारसम्वन्धी सवै आरोपहरूको खण्डन गरेका छन्। उनले पाकिस्तानमा प्राय हावी हुने शक्तिशाली सुरक्षा निकायले पूर्वाग्रहपूर्वक आफुमाथि भ्रष्टाचारको मुद्दा लगाएको र यसको प्रभाव अदालतहरूमा समेत परेको आरोप लगाउदै आएका छन्।