आखिर किन पक्राउ परे दुर्गेश थापा ?

अपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि सरकारले छाड्दैन्ः रायमाझी

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले अपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि सरकारले कार्वाही गर्ने बताएका छन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले विगतका सरकारले ल्याउन नसकेको अपराधिक घटनालाई वर्तमान सरकारले बाहिर ल्याएर कार्वाही प्रक्रियालाई अघि बढाउने आँट गरिरहेको पनि स्पष्ट पारे।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले कुनै पनि प्रकारको बचाउ नगर्ने दृढता पनि व्यक्त गरे। नेता रायमाझीले गाउँगाउँमा विकास निर्माणको कामको लहर सुरु भएको पनि बताए। सडक, सञ्चार, सिंचाईको सुविधा गाउँगाउँमा पुगेको छ,’ नेता रायमाझीले भने ‘इतिहासमा यस अघि यस खालको विकास निर्माणको लहर कहिल्यै चलेको थिएन।’ नेता रायमाझीले अव सरकारले जनताको अपेक्षा अनुसार काम गर्ने दावी पनि गरे।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396

‘माननीयहरुका बारेमा आएका समाचार लज्जाको विषय, कानूनमाथि कोही छैन’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका नेता मीन विश्वकर्माले सत्तारुढ  नेकपाले ययअघि सभामुख र उपसभामुख चयन गर्दा बहुमतको दम्भका अधारमा संविधान मिचेर चयन गरेकाले अब भने नेपाली काग्रेसले त्यस्तो प्रवृत्तिको सशक्त प्रतिवाद गर्ने बताए।

संविधान बमोजिम सभामुख उपसभामुख फरक दल र लिङ्गको  हुनपर्ने व्यवस्थालाई उल्लंघन गर्दै यसअघि नेकपाले झेली गरेको भन्दै विश्वकर्माले अब त्यो सम्भव नुहने बताए।

विश्वकर्माले पछिल्लो समय माननीयहरुका बारेमा आएका समाचार निकै लज्जाको विषय भएको भन्दै संविधान भन्दा माथि कोही नभएकाले जुन सुकै ओहदाको भए पनि अपराधीलाई कानुन बमोजिम कारवाही गर्नु पर्नेमा काग्रेस प्रतिवद्ध रहेको बताए।

आलम छुट्ने डरले पीडित आतंकित

रौतहट – राजपुर बमकाण्डका पीडितहरू अहिले त्रासद जीवन बाँच्न बाध्य छन्। सो बमकाण्डका मुख्य आरोपित सांसद महम्मद आफताब आलम असोज २६ गते पक्राउ परेसँगै विभिन्नखाले धम्कीहरू आउन थालेको भन्दै पीडितहरूमा डरको स्थिति पैदा भएको हो। आलम थुनामुक्त भए आफूहरूलाई फेरि दुःख दिने डरले घटनाका पीडित, प्रहरीलाई बयान दिने र तिनका आफन्तहरू थर्कमान भएका हुन्।

बमकाण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका दाजु सत्येन्द्रप्रताप सिंह आफूहरू मुस्किलले दुई घण्टा पनि सुत्न नसकेको बताउँछन्। आलम थुनामुक्त भए आफूहरू मारिने त्रासले निदाउन नसकिएको उनको भनाइ छ। त्रिलोकका पिता ७९ वर्षीय श्रीनारायण सिंह छोरा मारिएपछि कारबाहीको माग गर्दै निरन्तर विभिन्न अड्डा धाइरहेका छन्। आफूले पहिलेदेखि नै विभिन्न धम्की सहँदै आएकाले खासै डर नलागे पनि आलम पक्राउ परेपछि भने केही गरिहाल्ने हुन् कि त्रास पैदा भएको उनी बताउँछन्।

बैतडीमा डोजर आक्रमणमा ८ घाइते, चालक पक्राउ

बैतडी-    सडक निर्माणका विषयमा बैतडीमा विवाद हुँदा सडक खनिरहेको डोजरबाट आक्रमण हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन्। घाइतेमध्ये गौरा अचेत छिन्। गौरालाई चालकले डोजरको बकेटले आक्रमण गरेको भिडियोमा देखिन्छ। गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

‘आङ सान सुकी नेपाल आउने’

काठमाडौं– सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सुकीको नेपाल भ्रमणको तयारी सुरु गरेको छ। राष्ट्रपति विद्या भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सूकीले नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उनको भ्रमणको तयारी सुरु गरेको हो।

सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ म्यानम्यारका स्टेट काउन्सिलर सुकीले नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि नेपाल आउने चाहाना राष्ट्रपति समक्ष व्यक्त गरेकाले सरकारले सो भ्रमणका लागि प्रबन्ध गर्ने कामलाई अघि बढाईसकेको जानकारी दिए।

नेवि संघ नेतृत्वका लागि कांग्रेसमा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय समिति गठनका विषयमा सहमति जुट्न सकेको छैन। देउवा निवास बुढानीलकण्ठमा आइतबार भएको छलफलमा पार्टी सभापतिले एक वर्षभित्र महाधिवेशन गर्ने गरी संघको केन्द्रीय समिर्ति  प्रस्ताव गरेकोमा सहमति जुट्न नसकेको हो।

देउवाले संघको महाधिवेशन गराउनका लागि आफूले संयोजक दिने प्रस्ताव गर्दै अन्य सदस्यहरूको नाम दिन नेता रामचन्द्र पौडेलसहितका असन्तुष्ट पक्षीय नेताहरूलाई आग्रह गरेका थिए। देउवाले महाधिवेशन गराउन ‘प्लेन’ समिति बनाउनै राम्रो हुने भन्दै आफू सहमतिबाटै संघको महाधिवेशन आयोजक समिति गठनको पक्षमा रहेको धारणा राखेका थिए।

बाला नझुलेपछि बोट काट्दै किसान

कैलाली – नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जात (वर्णशंकर) को धान खेती गरेका कैलाली र कञ्चनपुरका किसानको ३ सय ४८ हेक्टर जमिनमा फसल लागेको छैन। कैलाली–कञ्चनपुरका किसानले मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै गरिमा जातको धान रोपेका थिए। धान पाक्ने बेलामा पनि बाला नलागेपछि किसानले धोका पाएको महसुस गरेका छन्।

कैलाली–कञ्चनपुरमा एक लाख २० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा ३ सय ४८ हेक्टरमा लगाएको गरिमा जातको धानले फसल दिएको छैन। कञ्चनपुरमा ५६ दशमलव ८६ हेक्टर र कैलालीमा दुई सय ९१ हेक्टर जमिनमा गरिमा जातको धान रोपिएको थियो। गरिमा जातको धान खेती गरेका कञ्चनपुरका दुई सय २५ किसान र कैलालीका ९ सय ६४ किसान बाला नलागेपछि पीडित बनेका छन्।

ओली–दाहाल विवादमा नेपाल ‘मौन’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सत्ता हस्तान्तरण वा पार्टीमा कार्यकारी अध्यक्षको विवाद भइरहँदा अर्का नेता माधवकुमार नेपाल भने मौन बसेका छन्। पार्टी एकताको बेला भएका समझदारी कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दै पार्टीका अध्यक्ष दाहालले पार्टीका नेतासँग गुनासो गर्दा नेपाल भने मौन बसेका हुन्। उनले पार्टीका पछिल्ला गतिविधि र ओली दाहालबीच देखिएको आन्तरिक विवादमा केही पनि बोलेका छैनन्।

पार्टी एकताको समयमा भएको मध्ये आलोपालो प्रधानमन्त्री बन्ने समझदारी कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दे पूर्वएमालेका नेतासँगको भेटघाटलाई अध्यक्ष दाहालले तिव्रता दिएका थिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टी वा सरकारमध्ये एक जिम्मेवारी दिने आश्वसन दिए पनि बेलाबखत धोका महशुस गर्दै आएका छन्। ओलीले भने समय नै नआई दाहालले हतार गर्न थालेको भन्दै समयआएपछि कार्यान्वययनतर्पm जाने बताउन थालेका छन्। दसंैलगत्तै दाहालले सचिवालय सदस्य ईश्वर पोखरेललाई घरमै पुगेर भेटघाट गरेका थिए। पोखरेलसँग करिब डेढ घण्टा छलफल गरेका दाहालले झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमसँग पनि छलफल गरेका थिए। पार्टी एकतापछि दाहाल र पोखरेलबीच बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो। तर पछिल्लो समय कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ भन्ने विषयमा दाहाल पोखरेल एक ठाउँमा उभिएका छन्।

विप्लव समूहका नेता गुणराज लोहनी पक्राउ

काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ। लोहनीलाई मंगलबार बिहान चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसअघि उक्त पार्टीका केन्द्रीय सदस्य रहेका लोहनीलाई स्वास्थ्य समस्याकाे कारण देखाउँदैं जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्ति विप्लवले सोमबार मात्रै जारी गरेका थिए। पार्टीको आठौं पूर्ण बैठकले उनलाई जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ। उनलाई केन्द्रीय समितिबाट मात्रै मुक्त गरिएको हो वा पार्टीबाटै त्यो भने विज्ञप्तिमा खुलाइएको छैन।

दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ गीत प्रतिबन्ध

काठमाडौ- सरकारले दुर्गेस थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएकाले प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ।

उक्त गीतमा कानूनबमोजिम नेपालमा प्रतिबन्धित लागुऔषध गाँजा सेवनलाई युवामा प्रोत्साहन हुने गरी सङ्गीत भरेर दृश्य छायाङ्कन गरी समाजमा गलत सन्देश फैलाउने कार्य गरेकाले प्रतिबन्ध लगाईएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गृहमन्त्रालयको पत्रानुसार थापाले आफ्नो युट्यूब च्यानलमा सार्वजनिक गरेको उक्त गीतमाथि आमसञ्चारमाध्यममा प्रतिबन्ध लगाई प्रसारण तत्काल बन्द गर्न निर्देशन दिएको छ। रासस

कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र

खोटाङ- वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन्। केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन्।

छ महीनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पुर्‍याइएका आफूहरुलाई सो कम्पनीले तोकिएको काम र तलब नदिएपछि अलपत्र परेको पीडित युवराजले बताए। ‘चार महीनासम्म लेबरको काम लगायो’, उनले भने, ‘कम्पनीले सम्झौताविपरीत काम लगाए पनि तलबसमेत नदिएको र अहिले मेनोफ्युज सप्लाइ कम्पनीले भने खान र बस्न दिएर राखेको छ।’

सगुन लाइटको कनेक्ट, शेयर र अर्न उद्देश्यसहितकाे ‘स्मार्ट कोइन्स’ सार्वजनिक

काठमाडौं – सगुन लाइटले कनेक्ट, शेयर र अर्न लक्ष्य बोकेको स्मार्ट कोइन्स सार्वजनिक गरेको छ। आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना प्रयोगकर्ताले सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने व्यवस्थासहितको उक्त स्मार्ट कोइन्स सार्वजनिक गरेको हो।

सगुन लाइटको प्रयोग गरी खुला रूपमा आफ्ना व्यक्तिगत विचार तथा अनुभवको साथै आफ्ना वरपर भैरहेका घटनाहरु र राजनीति, कानून, न्याय, धर्म जस्ता सार्वजनिक सरोकारका विषयहरूमा अभिव्यक्ति संप्रेषण गर्न पनि सकिने नेपालका लागि सगुन लाइटका संस्थापक गोविन्द गिरीले बताए।

उनका अनुसार स्मार्ट कोइन्स मार्फत सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने उद्देश्यसहित सगुनले आफ्नो उत्पादन सोसियल स्मार्ट कार्ड ‘अ डिजिटल वालेट’ सार्वजनिक गरेको हो। मानिसहरु अब सगुनसँग जोडिएर आफ्ना साथीभाई र परिवारसँग सामाजिकीकरण हुँदा स्मार्ट क्वाइनहरु कमाउन सक्छन् भन्ने कुराको घोषणा गर्न पाउँदा सगुन निकै उत्साहित भएको जारी विज्ञप्तिमा उल्लेखको छ।

Wardrobe: The Shine Collection Bagbazar, Kathmandu 9869050396