Sunil Prajapati – बिकाशको रथ तान्दै भक्तपुर | Nagarik Nayak 2080

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा भक्तपुर नगरपालिकका मेयर सुनिल प्रजापतिलाई नागरिक नायक २०८० बाट सम्मान गरेको छ । मेयर प्रजापति आफ्नो नगरमा शिक्षा, स्वास्थ्य र सम्पदाको क्षेत्रमा समग्र मुलुकलाई आशाको गोरेटो देखाउन सफल भएका छन् । उनकै पहलमा भक्तपुर नगरपालिकाले विकासको फरक गोरेटो खनेको छ ।

Laxmi Ghalan – सङ्घर्षले उभिएकी लक्ष्मी | Nagarik Nayak 2080

लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलानलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको छ। नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेको हो । घलान लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका लागि लडिरहेकी छिन् ।

Monty Desai – नेपाली क्रिकेटमा माेन्टी म्याजिक | Nagarik Nayak 2080

नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ। नेपाली क्रिकेट टोलीलाई विश्वकपको ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गराएका नेपाली इतिहासकै सफल प्रशिक्षक देसाईलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।