कांग्रेस प्रवक्ताको गीतमा प्रचण्ड क्वाँ क्वाँ !

कांग्रेस प्रवक्ताको गीतमा प्रचण्ड क्वाँ क्वाँ ! अब ‘ढुक्क हुनुस्’को दर्शकलाई १० हजार बराबरको उपहार जित्ने सुवर्ण अवसर। पूर्ण जानकारीको लागि पुरा भिडियो हेर्नुहोस्।

किन हुँदैछ गुठि विधेयकको विरोध?

किन हुँदैछ गुठि विधेयकको विरोध? यस विषयमा कुराकानी गर्दै पुरातत्वप्रेमी, गणपतिलाल श्रेष्ठ नागरिक फ्रन्टलाइमा ।

प्रकाश सपुतको गलबन्दी अझै च्यातिएको छैन

लोकसेवाको विज्ञापन फिर्ता लिन माग गर्दै प्रदर्शन

लोकसेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) रुपन्देहीले प्रदर्शन गरेको छ। आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित रहेको भन्दै राजपाले रुपन्देहीको रोहिणी गाउँपालिका–३ स्थित धकधईमा प्रदर्शन गरेको हो।

लोकसेवाको विज्ञापन मधेशी, सीमान्तकृत समुदाय विरुद्ध र असंवैधानिक भएकोले विरोध कार्यक्रम गरिएको राजपा नेपाल रुपन्देहीका अध्यक्ष मण्डलका संयोजक महेन्द्र गुप्ताले बताए। मुलुकमा जारी गरिएको संविधानमा समावेशी समानुपातिक प्रतिनिधित्वबारे उल्लेख भए पनि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधान विरोधी गतिविधि गरेको उनले आरोप लगाए। मधेशी जनताको अधिकार कटौती गर्ने खेलमा सरकार लागेको उनले बताए।

‘मान्छेलाई लातका लात मर्नेगरी कुट्ने, गृहमन्त्रीले केही भएको छैन भनेर झुट बोल्ने?’

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले गृहमन्त्री रामबहादुर थापालाई सत्य बोल्न आग्रह गरेका छन्।

गुठी संरक्षण अभियन्तामाथि माइतीघर मण्डलामा भएको दमनको घटनाबारे गृहमन्त्री थापाले संसदमा दिएको जवाफमाथि प्रश्न गर्दै तिमल्सिनाले झुट नबोल्न सचेत गराए।

‘मान्छेलाई लातका लात कुटेर मार्ने अवस्था पुर्याएको छ। गृहमन्त्री भन्नुहुन्छ केही भएको छैन, सामान्य बल प्रयोग भएको छ। तपाईहरुले हेर्नुभएको छैन्, सत्तापक्ष सांसदले, सभामुखले हेर्नुभएको छैन? सबैतिर त्यही कुरा आइरहेको छ। सत्य कुरा मात्रै संसदमा बोल्नुपर्यो’, उनले भने।

असोजबाट रेल गुड्ने

आगामि असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ। रेलवे विभागले आगामी असोजबाट जयनगर–जनकपुर–कुर्था गुड्ने ३५ किमि रेल गुडाउने अन्तिम तयारी पूरा गरेको छ। नेपालमा भएको एउटै जनकपुर–जयनगर रेल छ वर्षदेखि पूर्ण रूपमा बन्द थियो।

यसका लागि विभागले ८५ करोडमा दुई वटा आधुनिक रेल खरिद गर्न भारतको कोनकोन रेल्वे करपोरेसनसँग सम्झौता गरेको छ। सम्झौताअनुसार तीन महिनापछि उक्त दुई रेल जनकपुर आइपुग्ने विभागका महाप्रकन्धक वलराम मिश्रले बताए। उनका अनुसार एउटा रेलमा एक हजार २ सय मान्छे अटाउँछन्। ‘अब असोजबाट ३५ किमि दूरीमा रेल गुड्नेछ। त्यसका लागि सबै काम पूरा गरेका छौ्र,’ मिश्रले भने।

धमला माथि भयङ्कर हमला!

धमला माथि भयङ्कर हमला! अब ‘ढुक्क हुनुस्’को दर्शकलाई १० हजार बराबरको उपहार जित्ने सुवर्ण अवसर। पूर्ण जानकारीको लागि पुरा भिडियो हेर्नुहोस्।

व्यक्तिका नाममा दर्ता भएका सरकारी जग्गा सरकारकै स्वामित्वमा ल्याउन सकिन्छ ?

व्यक्तिका नाममा दर्ता भएका सरकारी जग्गा सरकारकै स्वामित्वमा ल्याउन सकिन्छ ? भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, पद्मा कुमारी अर्याल नागरिक फ्रन्टलाइनमा।

मुक्ति देखि दृष्टि सम्म सरिता लामिछाने

ठूलो भूकम्प आउने हल्ला फैलाउने अर्जुन पक्राउ

महाभूकम्प आउँछ भन्दै अफवाह फैलाउने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले क्षेत्रीलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो।

उनले आफू ज्योतिष भएको बताउँदै यहि जेठ महिनाभित्रै ठूलो भूकम्प जाने भन्दै विभिन्न युट्युव च्यानलमा अन्तर्वार्ता दिँदै हिडेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीमाथि अनुसन्धान शुरु भएको छ।

सांसदलाई ६ करोड दिने व्यवस्था बदर गर्न रिट

संघीय संसद्का सांसदलाई प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ बाँड्ने सरकारको घोषणाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सरकारले बजेट भाषणमार्फत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई निर्वाचन क्षेत्र कार्यक्रमअन्र्तगत प्रत्येक निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँ दिने घोषणा गरेको थियो।

अर्थमन्त्री युवराज खतिवडाले आव २०७६/०७७ बजेटमा स्थानीय तह पूर्वाधार विकासलाई तीव्रता दिन बजेट बढाउँदै ९ अर्ब ९० करोड रुपैयाँ विनियोजनको घोषणा गरेका थिए। अर्थमन्त्रीले गरको सो व्यवस्थाविरुद्ध अधिवक्ता पारसमणि भट्टराई र दिनेशराज सुवेदीले छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका हुन्। संघीय व्यवस्थामा स्थानीय तहमै बजेट जाने भएछि सांसदलाई दिन आवश्यक नभएको भन्दै रिट दर्ता भएको हो।

‘अबको प्रधानमन्त्री प्रचण्ड’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् सांसद हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पुरानो सहमति भएको स्पष्ट पारेका छन्।

गजुरेलले भने, ‘उहाँहरु दुवैले मिलेर नै पार्टी र सरकार चलाउनुहुन्छ। आलोपालोमा सहमति भैसकेको छ।’ उनले अब प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा गरे।

उनले दुई पार्टी एकता गराउन दुवै अध्यक्षको अहम भूमिका रहेको भन्दै धन्यवाद दिए। ‘अब पार्टीभित्र कार्यविभाजनपनि छिट्टै टुँगो लाग्छ, हामीलाई अध्यक्षमाथि विश्वास छ’, उनले थपे।

नाकाबन्दीका डिजाइनरलाई मोदीको मन्त्री ‘उपहार’

भारतमा नयाँ मन्त्रीको रुपमा पूर्वविदेश सचिव एस जयशंकरले सपथ ग्रहण गरेका छन्। बिहिबार साँझ भारतमा जयशंकरलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले सपथ गराएका हुन्।

नेपाल मामलाका जानकारसमेत रहेका जयशंकरलाई भारतले नेपालमाथि लगाएको नाकाबन्दीको मुख्य डिजाइनरको रुपमा समेत चिनिन्छ। तत्कालिन भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीको दुत बनेर नेपाल आएका जयशंकर विदेश सचिव थिए। स्मरण रहोस् ०७२ असोज ३ मा नयाँ संविधान जारी गर्नुअघि जयशंकरले नेपालको संविधान जारी नगर्न चर्को दबाबसमेत दिएका थिए।